बिमा अभिकर्ता - मनिशा रिजाल

  • Home
  • Nepal
  • Kathmandu
  • बिमा अभिकर्ता - मनिशा रिजाल

बिमा अभिकर्ता - मनिशा रिजाल आउनुहोस हामी हजुरहरुको परिवारको जिब?

15/04/2020
22/10/2019

Good morning.

13/04/2019

नव बर्ष २०७६ सालको आर्दिक मंगल मय शुभकाना साथै वार्षिक राशि
मेष
यो राशिलाई यस वर्ष ग्रहको प्रभाव समष्टिमा राम्रो रहने देखिन्छ । वर्षारम्भमा तृतीय राहु, नवम गुरु शनि वक्र रहेपनि तृतीय भावमा पूर्ण दृष्टि रहने र चन्द्र सूर्य को अनुकूलताले भाग्य बलियो हुनुको साथै वौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको योग पनि यस वर्ष रहनेछ । राहुको कारण दाजुभाइ र सहयोगी हरुको सहयोग खासै मिल्ने देखिन्न । साधक व्यक्तिहरुको लागि यो वर्ष अनुकूल रहनेछ । धार्मिक कार्य हरुमा रुचि वढ्नुको साथै सामाजिक कार्यमा सम्मान पाउने योग छ । नोकरीमा उतार चढावका वावजुद सफलतामा पुग्न सकिनेछ । राजनीतिमा आफ्ने वर्चश्व कायम राख्न सफल भइनेछ । मित्रहरुले पूर्ण सहयोग गर्नेछन परिवारको सहयोग सोचे जस्तै मिल्नेछ । घर जग्गा जोड्ने र सवारीसाधन जोड्ने तरखरमा हुनुहुन्छ भने सजिलै सफलता मिल्नेछ । शैक्षिक उन्नतिमा छात्रबृद्धि हासिल गर्दै विदेश यात्रा हुने र राजनैतिक र कूटनैतिक कार्यको सिलसिलामा अथवा वैदेशिक व्यापारको बजार व्यवस्थापनको लागि विदेशिने योग छ । नयाँ प्रेम हुनुको वा पुरानो प्रेमको यात्राले वैवाहिक मार्ग अवलम्वन गर्नेछ । ज्येष्ठ ९ गते देखि कार्तिक १२ गते सम्म गुरु पूनः वृश्चिक राशिमा फर्कने हुँदा स्वास्थ्यमा वाधा आउनुको साथै काममा अवरोध आउने, मन अशान्त हुने, भाग्य कमजोर हुने योग छ । धार्मिक कार्यमा अरुचि बढ्ने, लेनदेनमा अग्रसर भएमा आर्थिक संकट बढ्ने अवस्था आउँछ । विस्वास गरेकाले धोका दिनेछन । मन अशान्ति हुनेछ । यो समय ओं बृँ बृहस्पतये नमः भन्ने मन्त्र जप गर्नु राम्रो हुन्छ । अन्य समयमा ग्रहगोचर राम्रो रहनेछ । आषाढ, आश्विन, माघ, फाल्गुन राम्रो महिनामा पर्दछ भने ज्येष्ठ, श्रावण, मार्ग, चैत्र खराव र अन्य महिना मध्यम रहनेछ ।
वृष
यो वर्ष ग्रहगोचर का दृष्टिमा त्यति अनुकूल देखिन्न । वर्षारम्भमा अष्टम वक्र शनि र गुरुको प्रतिकूल प्रभाव र द्वितीय वक्र राहु शनि गुरुको वक्र दृष्टि रहने हुँदा धन क्षति हुनुको साथै दाँत मुखमा पीडा हुनेछ । अनावस्यक विवादले मानिसक तनाव बढाउनेछ । विस्वासमा धोका हुनेछ । ठूला व्यक्तिसँग हुने विमतिले राजनीति कर्मीहरुको अवस्था जटिल बन्नेछ । हाड जोर्नी दुख्नुको साथै मुत्रविकार वढ्ने सम्भावना रहन्छ । शरीरमा आलस्यता बढ्नुको साथै निर्णयको अभावले काम बीचमा रोकिने र आर्थिक संकट प्रसस्त मात्रामा बढ्नेछ । घरेलु समस्याले पनि धेरै सताउनेछ । मित्रहरुले अप्ठ्यारोमा सहयोग गर्ने छैनन । सवारी साधनले बेला बेलामा धोका दिनेछ । पतीपत्नीबीच मतभेद बढ्ने, व्यापारमा समस्या आउने र कूटनैतिक तथा वैदेशिक कार्यमा संकट आउने योग छ । नोकरीमा संकट आउनेछ । राजनीतिमा एक पछि अर्काे समस्याले पदप्रतिष्ठामा समेत आँच आउनेछ । ज्येष्ठ ९ देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूल प्रभावले बोल्न विचार पु¥याउँदा वैदेशिक कार्यमा सुधार आउनुको साथै व्यापारमा प्रगति हुने, पति –पत्नी बीच सम्बन्ध राम्रो बन्ने, परिवारिक सहयोग मिल्ने तथा शैक्षिक यात्राको अवसर मिल्ने, सन्तानबाट लाभ हुने, प्रेममा सफल हुने र वैवाहिक कार्यमा सकारात्मक कुरा अगाडि बढ्ने देखिन्छ । फाल्गुन ५ गते देखि शनि अनुकूल रहने छ । मित्रहरुले साथ दिने हँुदा नयाँ कामको सुरुवात हुने तथा रोकिएका कामहरु पनि पुरा हुनेछन । आम्दानी पनि बढ्नेछ । परिवारिक सुख र नोकरी तथा राजनीतिमा सुधार आउनेछ । बैशाख, आषाढ, भाद्र, पौष महिना प्रतिकूल रहने छ । श्रावण, कार्तिक, फाल्गुन, चैत्र अनुकूल रहने र अरु मध्यम रहनेछन । वर्षको आरम्भ देखिनै ओं नमः शिवाय महाँ देवाय मृत्युँञ्जय महाँ देवायनमोऽस्तुते भन्ने मन्त्रको जप सकेसम्म धेरै गर्नु राम्रो हुनेछ ।
मिथुन
यो वर्ष ग्रहगोचर मध्यम रहनेछ । वर्षारम्भको समय गुरु, शनि, सूर्य, चन्द्र र राहु अनुकूल रहने हुँदा गरेका काममा सफलता मिल्ने छ । व्यापार उन्नति, शैक्षिक उन्नतिका साथै कूटनैतिक कार्यलाइ लिएर विदेश यात्रा हुने योग छ । राजनीतिमा वैदेशिक सहयोग प्राप्त भई अरुलाई उछिन्दै अघि बढ्ने अवसर पनि मिल्नेछ । राशिमा एकादश तृतीय स्थानमा गुरुको दृष्टि पर्ने हुँदा आम्दानी प्रसस्त मात्रामा हुने, पढाइमा प्रगति हुने, तथा सन्तान प्राप्ती र भएका सन्तानले उन्नति गर्ने योग बलियो छ । किसोर किसोरी हरुले प्रेम गर्ने अवसर मिल्नेछ । साथै वैवाहिक वन्धनमा बाँधिने सम्भावना रहन्छ । औद्योगिक कार्यमा लाग्नेहरुको लागि समय अनुकूल रहनेछ । निर्माण व्यवसायी हरुले सोचेजस्तै सफलता पाउनेछन । ज्येष्ठ ९ गते देखि कार्तिक १२ गते सम्म गुरु प्रतिकूल हुनाले शत्रु बढ्ने, काममा अवरोध आउने, वैदेशिक कार्यमा समस्या हुने र नोकरीमा संकट आउनुको साथै राजनीतिमा ठूलो संकट अउनेछ । विस्वास गरेकाले धोका दिनेछन । व्यापारमा संकट आउने, कूटनैतिक कार्यमा असफल भई राजनीतिमा मुद्धा मामिलाले वदनाम हुनसक्ने यो समय अति संयम हुनुपर्नेछ । कार्तिक १३ देखि फाल्गुन ४ सम्म ग्रह गोचर राम्रो भएकोले महत्वपूर्ण काम हरु त्यति बेलानै गर्नु राम्रो हुनेछ । फाल्गुन ५ देखि अढैया शनि सुरु हुने हुँदा समय प्रतिकूल हुनेछ । आर्थिक कठिनाई धेरै बढ्नेछ । स्वास्थ्यमा वाधा आउनेछ । मुटु तथा मष्तिश्कमा समस्या आउन सक्छ । पति–पत्नी बीच सम्बन्ध बिग्रन सक्छ । ज्येष्ठ, श्रावण, आश्विन, माघ अशुभ महिना हुन भने वैशाख, भाद्र, कार्तिक, पौष, फाल्गुन शुभ महिना हुन । अरु मध्यम रहने छन । ओं शं शनिश्चराय नमः यो मन्त्रको जप वर्षारम्भ देखिनै गर्नु होला ।
कर्कट
ग्रह गोचर समष्टिमा राम्रो छ । वर्षारम्भदेखि नै राहु बाह्रौ तथा छैटा गुरुको प्रतिकूलताले खर्च बढाउने, विवाद बढाउने र चिन्ता बढाउने हुनाले संयम हुनु पर्नेछ । विद्या र उन्नतिमा वाधा हुने र वौद्घिक कार्यमा प्रसस्त कठिनाई आउनेछन । समयमा निर्णय नहुँदा महत्वपूर्ण कामहरु बिग्रनेछन । मित्रहरुले समयमा कुरा नवुझ्ने र शत्रुले मौका छोपेर अप्ठ्यारो पारी फसाउने हुँदा गोपनियतामा जोड दिनु पर्ला । प्रेम सम्बन्धमा विवाद उत्पन्न हुँदा प्रतिष्ठामा आँच आउन सक्ने र त्यही कारणले प्रसस्त धन क्षति हुनसक्ने भएकोले प्रेमको मामलामा सचेत हुनु राम्रो देखिन्छ । वैदेशिक व्यापारमा समस्या आउने तथा कूटनैतिक क्षेत्रमा विवाद बढ्न सक्ने हुनाले यस्ता कार्य हरुमा संयमित भएर काम गर्नु उचित हुनेछ । धार्मिक पक्ष कमजोर हुँदा मनोवल कमजोर भएपनि ज्येष्ठ ९ गते बाट कार्तिक १२ गते सम्म पञ्चम गुरुको भाग्य स्थान, एकादश स्थान र राशिमा दृष्टि अनुकूलताले बौद्धिक कार्यहरु धेरै हुनेछन । शैक्षिक कार्यमा सफलता सोचे जस्तै मिल्नेछ । लेखन मार्गमा सोचेभन्दा बढि सफलता मिल्नेछ । सन्तान सुख राम्रो हुनुको साथै सन्तान नहुनेलाइ सन्तान लाभ हुने वर्ष छ । व्यापारमा सफलता मिल्नुको साथै वैदेशिक कार्यमा निर्विवाद अघि बढ्ने अवसर मिल्नेछ । सो कार्यबाट मनग्य धन कमाउने अवसर मिल्नेछ । कूटनैतिक क्षत्रमा ऐतिहासिक सफलता मिल्नेछ । कूटनैतिक कार्यबाट राजनीतिमा अग्रहुने अवसर पनि मिल्नेछ । मित्र परिवारजनहरुको पर्याप्त सहयोग मिल्नेछ भने शत्रु पराजय हुनेछन । घर तथा सवारी साधन जोड्ने तरखरमा हुनुहुन्छ भने समयले साथ दिनेछ । आषाढ, भाद्र, कार्तिक तथा फाल्गुन महिना अशुभ हुनेछन भने बैशाख, ज्येष्ठ, आश्विन, पौष शुभ महिना हुन । अन्य महिनाहरु मध्यम रहनेछन ॐ नमः भगवते वाशुदेवाय यो मन्त्रको जप बर्षारम्भ देखिनै गर्नु राम्रो होला ।
सिंह
यस बर्षका ग्रह गोचर समष्टिमा राम्रो रहनेछ । एकादश स्थानमा उच्च राहुलाई पञ्चम गुरुको दृष्टिको अनुकूल प्रभाव बर्षभरि नै रहनेछ । राहुको तथा गुरुको अनुकूलताले अधुरा कामहरु पुरा हुने र नयाँ काम आरम्भ हुने हुँदा आम्दानी ह्वात्तै बढ्न,े मित्र तथा गैर मित्र हरुबाट पर्याप्त सहयोग पाउने हुँदा उच्च सम्मान बढ्न,े मस्तिष्क तिब्र हुने र शत्रुलाई परास्त गर्ने योग भएकोले सकृय भएर काम गर्नुपर्ला । गुरु, केतु तथा शनि पञ्चममा एक साथ रहेको वर्षारम्भले शैक्षिक क्षेत्रलाइ धुँमिल्याउन खोजे पनि शनि बृहस्पतिको संयोग निकै बलवान हुने हँुदा उतारचढावका वावजुद शैक्षिक मार्ग सवै र विशेष कानुन र प्राविधीक पक्षमा अनुकूल हुनुको साथै छात्रवृत्ति सहितको शैक्षिक यात्रा गर्ने अवसरहरू पनि मिल्नेछन् । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बोलिको प्रभाव राम्रो रहनेछ । ठूला व्यक्तिले आफू प्रति विश्वास गर्नेछन् । पराक्रममा बृद्धि हुनुको साथै अधुरा काम पुरा हुने तथा नयाँ काम पाउने बलियो सम्भावनाछ दोहोरो । सहयोगीहरूबाट र दाजुभाइहरूबाट राम्रो सहयोग नपाए तापनि आफ्नै प्रयास र प्रयत्नले सफलता हाँसिल गरी महत्वपूर्ण काम हात पार्न सफल हुनुहोला । औद्योगिक कार्यमा नयाँ अवसरहरू पनि पर्याप्त मात्रामा मिल्नेछन् । घर तथा सवारी साधन जोड्ने अवसर पनि मिल्नेछ । सप्तम शनि र पञ्चम गुरुको एक साथ बन्ने राजयोगले बौद्धिक र कूटनैतिक कार्यमा ठूलो फड्को मार्दै राष्ट्रिय सम्मान पाउने योग छ । भुलेका मित्रले याद गर्दै विदेश घुमाउने प्रयास गर्नेछन् । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । पुराना प्रेमले दाम्पत्य जीवनको बाटो अंँगाल्नेछ । सामाजिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । नोकरीमा पदोन्नति र राजनीतिमा आफ्नो वर्चस्व बढाउन प्रतिस्पर्धाले मात्र सकिनेछ । ज्येष्ठ गते देखि कार्तिक १२ गते सम्म गुरु केन्द्रादि दोष बनाउँदै प्रतिकूल हुने हुँदा घरेलु कार्यमा र मित्रको सम्बन्धमा अनावश्यक संकट ह्वात्तै बढ्नेछ । फाल्गुन ५ गते पछि शनिको सातौँ स्थान प्रवेशले पति–पत्नीबीच बढ्ने विवादले मनलाई विचलित पार्ने तथा आफन्तहरूसँग मनमुटावले शत्रुलाई बलियो गराउने भएकोले केही अप्ठ्याराहरू देखिए पनि यस वर्ष ग्रह स्थिति राम्रो छ । ज्येष्ठ, आषाढ, कार्तिक, माघ राम्रो महिनामा पर्दछ भने श्रावण, आश्विन मार्ग र चैत्र खराव महिना र वैशाख, भाद्र, पौष फाल्गुन मध्यम महिना रहनेछ ।

कन्या
वार्षारम्भमा चतुर्थ वक्री केतु गुरु र अढैया शनिको प्रतिकूल प्रभाव रहनेछ । गुरु तथा शनिका कारण परिवारिक समस्या बढ्नेछ । पेट गडवड हुनुको साथै मित्रहरूको असहयोगले काम गर्न अप्ठ्यारो हुनेछ । विश्वास गरेकाहरूबाट विश्वास घात हुनेछ । बसाईं सराइको योग पनि देखिन्छ । सवारी साधनले पटकपटक दुःख दिनेछ । घरेलु समस्याले गर्दा पढाइमा अवरोध आउनेछ । सन्तानसँग पनि विमति भएर चिन्ता बढ्नेछ । शत्रुले परिवारसँग मिलेर फसाउने प्रयत्न गर्नेछन् । आफन्तहरू सहयोग गर्न भन्दा कुरा काट्न उद्धत हुनेछन । आमा हुनेहरूको लागि आमाको स्वास्थ्य समस्याले धेरै सताउनेछ । हाडजोर्नीको पीडा पनि कमी हुनेछैन । लेनदेनमा विवादको समाना गर्नु पर्नेछ । नोकरी तथा राजनीतिमा राहुको प्रतिकूलताले समय समयमा संकट सिर्जना गरेपनि राहु उच्च हुनाले प्रयत्न गर्दा सफल हुन सकिनेछ । ज्येष्ठ ९ गते देखि कार्तिक १२ गते सम्म गुरुको अनुकूलताले गर्दा भाग्य बलियो भई अरुको विश्वास सजिलै जित्न सकिनेछ । संयमीत भएर काम गर्दा धेरै कुरामा सफलता मिल्नेछ । पराक्रम बढ्ने अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । यो समय सेवक तथा दाजुभाइहरूवाट उचित सहयोग मिल्न सक्नेछ । धर्ममा रुची बढ्ने र तीर्थयात्राको योग पनि वलियो छ । सामाजिक कार्यमा प्रतिस्पर्धा गर्नु परे पनि अन्ततः तपाईंको आवश्यकता महसुस हुनेछ र विरोधीहरू नै शरण पर्न आउनेछन् । व्यापारमा लाभ सोचेभन्दा बढि नै मिल्नेछ । कूटनैतिक क्षेत्रमा ऐतिहासिक र अविष्मरणीय कार्य गरेर समाजको उत्थान र शत्रुको शीर निहुराउन सफल हुनुहोला । विना दौडधूप प्रेममा सफलता मिल्नेछ । अविवाहितहरूको लागि विवाहको र विवाहितहरुको लागि सन्तानको योग रहनेछ । खर्चको गति तीव्र भए पनि आम्दानीका श्रोतहरू चौतर्फी जुट्नेछन् । राज्यले फसाउने प्रयास गरेपनि तपाईंको इमान्दारिताले अन्ततः राज्यनै झुक्नु पर्ने देखिन्छ । यो समय बलको काममा भन्दा बुद्धिको काममा जोड दिनु राम्रो हुनेछ । फाल्गुन ५ गते देखि अढैया शनि सकिने हुँदा वैदेशिक व्यवसाय र कुटनैतिक क्षेत्र र पर्यटकीय व्यवसायमा हुनेहरूको लागी यो समय राम्रो रहनेछ । सवारी साधन र घरजग्गा व्यवसाय गर्नेहरु फाल्गुन ४ गते सम्म नराम्रोसँग फस्न सक्नेछन् । आषाढ, श्रावण, मार्ग, फाल्गुन राम्रो महिनामा पर्दछ भने बैशाख, भाद्र, कार्तिक, पौष नराम्रो र ज्येष्ठ, आश्विन, माघ, चैत्र मध्यम महिनामा पर्दछ ।

तुला
वर्षका ग्रह गोचर आगामी फाल्गुन ४ गते सम्म राम्रो छ । सानातिना उल्झन आए पनि वर्षारम्भमा तृतीयस स्वगृही गुरु तथा चतुर्थेश पञ्चमेश शनि तृतीय भावमा बलशाली भएकोले आँट र साहस प्रशस्त मात्रामा बढ्नेछ । नयाँनयाँ सोचका साथै नयाँनयाँ काममा प्रवेश गरी सफलतामा पुग्न सकिनेछ । मित्र तथा परिवारजनको उचित सहयोग मिल्नेछ । भुलेका मित्रले पुनः याद गर्नेछन् । घर तथा सवारी जोड्ने प्रयासमा हुनुहुन्छ भने सजिलै सफलता पाउनुहोला । शैक्षिक यात्रामा छात्रवृत्ति प्राप्त गर्ने, ज्ञान विज्ञानमा विषेश लाभ हाँसिल गर्ने र प्रविधीक तथा कानूनी शिक्षामा ऐतिहासिक सफलता मिल्ने योग रहेको छ । सामान्य मित्रको सम्बन्ध प्रेममा परिणत हुनेछ भने घनिष्ट प्रेम वैवाहिक मार्गमा अघि बढ्न सक्नेछ । सन्तान प्राप्तीको पनि बलियो सम्भावना छ । बोलिको प्रभाव राम्रो रहेकोले कूटनैतिक कार्यमा कीर्तिमानी कार्य गर्न सफल भई अरुको शीर निहुराउन सफल हुनुहोला । ठूला व्यक्ति सँग निकट भई काम गर्ने अवसर मिल्नेछ । राज्यका उच्च अङ्गले तपाईंको परामर्स लिनेछन् ज्येष्ठ, आश्विन, मार्ग र माघ महिना बाहेकका महिनामा धन आर्जन प्रशस्त मात्रामा हुनेछ । धार्मिक, सामाजिक वा वैज्ञानिक कार्यको अनुसन्धानको सिलसिलामा यात्रा गर्ने अवसर मिल्नेछ । व्यापारमा सफलता पाउन अलि प्रतिस्पर्धा गर्नु पर्नेछ । भाग्यले साथ नदिए पनि कर्म बलियो भएकोले बर्षारम्भदेखि फाल्गुन ४ सम्म समय अनुकूल रहनेछ । फाल्गुन ५ देखि अढैया शनि तथा तृतीय केतु र नवौं राहुको प्रतिकूलताले पेट, छाती समस्या हुने तथा नोकरीमा र राजनीतिमा संकट आउनाले मनमा चिन्ता बढ्नेछ । यतिबेला शत्रु सक्रिय हुने हुनाले सजग रहनु उचित हुनेछ । शरीरमा चोटपटक लाग्न सक्छ । निर्णय गर्न गाह्रो भई आफू दुविधाग्रस्त भएको मौकामा अरुले गलत फाइदा उठाउन सक्ने भएकोले धैर्य गर्नुपर्ला । मातापिताको स्वास्थ्यमा वाधा र सम्बन्धमा ह्रास आउन सक्ने भएकोले सचेत हुनु वेश रहनेछ । ज्येष्ठ, आश्विन, माघ, मार्ग खराव महिना, श्रावण, भाद्र, पौष, चैत्र राम्रो र आषाढ, कार्तिक, फल्गुन र बैशाख मध्यम महिना रहनेछन ।

वृश्चिक
वर्षको ग्रह गोचर मध्यम रहनेछ । वर्षारम्भबाट आषाढ ९ सम्म र कार्तिक १३ देखि द्वितीय गुरुको दशम दृष्टि समेतको अनुकूताले बोलिको प्रभाव राम्रे रहने हुँदा नोकरीमा आफ्नो वर्चस्व बढाउन सकिनेछ । अरुको विस्वास जितेर राजनीतिमा महत्वपूर्ण सफलता हासिल गरी धन मनग्य कमाउन सकिने छ । वैदेशिक व्यापार र कूटनैतिक क्षेत्रमा कुशलता प्रदर्शन गरी उचित लाभ उठाउन सकिनेछ । पढाइमा र वौद्धिक कार्यमा राम्रै सफलता मिल्नेछ । लेखन मार्गमा रुचि बढ्ने र सफल पनि हुने देखिन्छ । ज्येष्ठ ९ देखि कार्तिक १२ गते द्वितीय शनि, केन्द्रादि दोष युक्त गुरु, अष्टम राहु, द्वितीय केतु रहेका छन् जस्ले कार्यमा निरासका बादलहरू चौतर्फी फैलाउने छन् । सोचने शक्ति अत्यन्त कमजोर हुनेछ । जसको फलस्वरुप मुटु र मस्तिष्कमा पीडा, मानसिक तनाव र अनावयश्क विवादले सञ्चित धनको नास भई अरुबाट तीव्र आलोचना हुनेछ । विश्वास गरेकाले धोका दिनेछन् । अरुको काम धेरै गर्नु परे तापनि जश पाउने सम्भावना अत्यन्त कम रहनेछ । गलत विचार प्रशस्त मात्रामा बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । नोकरीमा एकपछि अर्काे समस्याले ग्रसित हुनुपर्नेछ । विनाकारण दोषी भई स्थानान्तरण हुनेछ । राजनीतिमा पाएको स्थान र मान गुम्ने प्रवल सम्भावना छ । घरेलु समस्याले सताउनेछ । पारिवारिक समस्याले घरै छाड्ने स्थितिसम्म सिर्जना हुन सक्नेछ । सवारी साधनले पनि धोका दिनेछ । मित्रहरूले सहयोगको सट्टा अक्रमण गर्नेछन । फाल्गुन ५ पछि शनि साढेसाती सकिने हुँदा समय अनुकूल भई शत्रु पराजय हुने र व्यापार तथा पढाइमा सुधार आउनाको साथै उपलब्धिमूलक यात्रा गर्नु हुने र प्रेमको यात्रालाई वैवाहिक मार्गमा परिवर्तन गर्ने योग रहनेछ । पति–पत्नीबीच सौहार्दता बढ्ने छ । भाग्यले साथ दिनेछ । धर्ममा मन जाने छ । सामाजिक कार्यमा धेरै प्रशंसा हुनेछ । ज्येष्ठ ९ देखि कार्तिक १२ सम्म महत्वपूर्ण काम सकेसम्म अघि नबढाउनु वेश हुनेछ । बैशाख, भाद्र, आश्विन, माघ शुभ र आषाढ, कार्तिक, पौष, फाल्गुन अशुभ तथा ज्येष्ठ, श्रावण, मार्ग र चैत्र महिना मध्यम रहनेछन् ।
धनु
बर्षका ग्रह गोचर प्रतिकूल रहनेछ । मध्य साढेसाती सप्तम राहु तथा राशिको केतु र वार्षारम्भमा राशिमा रहेका वक्र गुरु र शनिको प्रतिकूल प्रभाव रहने हुँदा ग्रहको प्रभावले नकारात्मक अवस्था रहनेछ । धनस्थान र पराक्रम स्थानको मालिक शनि राशिमा बसेकोले विवादहरू बढ्नेछन् । सकेसम्म गोपनीयता अपनाउनु राम्रो रहनेछ । आम्दानीका अवसरहरू मिल्ने छैनन् । कामको फुर्सद नहुँदा पनि अधुरा काम बाँकी रहने र नयाँ काममा अवसर नपाउने हुँदा चिन्तित हुनु पर्नेछ । सहयोगीहरूको सहयोग पनि मिल्ने छैन । मित्रहरूले पूर्णरुपमा असहयोग गर्नेछन् । परिवारिक असहयोगले धन हातपार्न सकिनेछैन । घर तथा सवारी साधन जोड्ने क्रममा हुनुहुन्छ भने सजिलै प्राप्त हुने छैन । पढाइमा सफलता नमिल्ने र बौद्धिक कार्यमा कमजोर हुने भएकोले त्यसमा सफलता हाँसिल गर्न सकिनेछैन । पढ्नका लागि विदेश जाने तयारिमा भए त्यसमा सफता पाउने सम्भावना छैन । शत्रु बलिया हुने हुँदा आफ्नो जीत सुनिश्चित हुने छैन । व्यापारमा सफलता पाउन निकै कसरत गर्नु पर्नेछ । प्रेममा अवरोध आउने र वैवाहिक कार्यमा विलम्व हुने योग छ । सबैतिरबाट निरासाहरूमात्र छाउनेछन् । मन अत्यन्त विचलित हुनेछ । मनमस्तिष्क र शरीर सबै कमजोर बन्नेछन् । मानसिक तनावलाई नियन्त्रणमा लिन गाह्रो पर्नेछ । गलतलाई सही र सहीलाई गलत ठानेर निर्णय हुने हुँदा सर्वत्र आलोचना हुनेछ । झुटा आरोपको सामना प्रशस्त मात्रामा गर्नु पर्नेछ । आफन्तहरूनै कुराकाट्न तम्सिनेछन् । परिवारले समेत साथ नदिने हुँदा दिक्क भएर घर छाड्ने मनस्थिति बन्नेछ । बौध्दिक कार्यहरू ओझेलमा पर्नेछन् । पढाइमा ह्रास आउनेछ । व्यापारमा सङ्कट आउनुको साथै यात्रामा र वैदेशिक कार्यमा प्रशस्त सङ्कट सामना गर्नु पर्नेछ । भरोसा गरेकैहरूले अरुसँग मिलेर फसाउने सम्भावना छ । आर्थिक कारोवारमा निकट सम्वन्धहरू तोडिने सम्भावना रहेकोले सकेसम्म नगद कारोवार नगर्नु नै उचित हुनेछ । ज्येष्ठ, आश्विन, कार्तिक, फाल्गुन शुभ, श्रावण, मार्ग, माघ, चैत्र अशुभ र बैशाख, आषाढ, भाद्र, पौष मध्य महिना हुनेछन् ।
मकर
यो वर्ष ज्येष्ठ ८ सम्म बाह्रौ वक्री गुरु शनि रहने हँुदा अनावश्यक विवाद र अनावश्यक खर्चलाई धान्नै मुस्किल पर्नेछ । व्यवासायिक मार्ग अत्यन्तै प्रतिकूल रहनेछ । वैदेशिक कार्यमा अनियन्त्रित ह्रास आउनेछ प्रेमको सम्वन्ध विनाकारण विग्रन गई मनमा पीडा खपि नसक्नु हुनेछ । पति–पत्नीबीचको सम्वन्ध कमजोर हुनुको साथै परिवारिक आलोचना पनि सामना गर्न मुस्किल पर्नेछ । सानो भूलको परिणाम ठूलो बनेर निस्कनेछ । पुराना समस्यालाई कोट्याएर अप्ठ्यारोमा पार्ने काम शत्रुले गर्नेछन् । आर्थिक कठिनाइले प्रतिष्ठामा समेत धक्का पुग्न सक्छ । नोकरीमा विनाकारण दोषी भइ पदमुक्त हुने सम्भावना रहनेछ । राजनीतिमा पुराना कुरालाई उल्टाएर फसाउने काममा शत्रु निकै सक्रिय हुनेछन् । अलिकति मात्र पनि वेहोस गरिएमा झुटा आरोप लगाएर मुद्दा मामलामा फसाउने सम्भावना रहनेछ । विश्वास गरेकाले समेत आवश्यक परेको समयमा धोका दिने भएकोले आफूलाई सम्हाल्न मुस्किल पर्नेछ । कार्तिक १३ पछि पनि ग्रह यस्तै प्रतिकूल रहनेछन् । साढेसाती को प्रभाव वर्ष भरिनै रहनेछ । हड्डी र नसा कमजोर भई शरीर सिथिल हुने र मन समेत विचलित हुने हुँदा सक्दो आराम गर्ने प्रयास गर्नुहोला । ज्येष्ठ ९ बाट कार्तिक १२ सम्म गुरुले लाभ भावमा गोचर गर्ने हुँदा व्यापार तथा वैदेशिक कार्यमा अपेक्षित सुधार आउने र अवस्था सकारात्मक हुनेछ । आर्थिक उन्नतिमा अप्रत्यासित प्रगति हुन गई मनस्थितिलाई प्रशस्त उर्जा प्रदान गर्नेछ । रोकिएका कामहरू क्रमशः बन्न थाल्नेछन । नयाँ कामका प्रस्तावहरूपनि आउनेछन् । कमजोर शरीरमा उत्साह पैदा हुनेछ । मित्रहरूले यथार्थ बुझेर आत्मालोचना र क्षायाचनाका गर्दै साथ सहयोगको तत्परता पनि देखाउनेछन् । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्यमा तीव्रताका साथ अघि बढ्ने अवसर मिल्नेछ । सन्तानहरूबाट उचित सहयोग मिल्नेछ । पति–पत्नीबीच बिग्रिएको सम्बन्ध राम्रो बन्नेछ । प्रेमको मार्गमा आएको अवरोध हटेर जानेछ । नोकरीमा आएको समस्यालाई सजिलै हटाउन सकिनेछ । राजनीतिमा आउने समस्यालाई कूटनैति सहयोगमा आफ्नो प्रयासले सुल्झाउन सकिनेछ । महत्वपूर्ण काम ज्येष्ठ ९ पछि र कार्तिक १२ भित्र मात्र गर्नु उपयुक्त रहनेछ । कार्तिक १३ पछिको समय निकै प्रतिकूल रहनेछ । वैशाख,भाद,्र पौष र फाल्गुन महिना अशुभ र आषाढ, कार्तिक, मार्ग र चैत्र शुभ अरु मध्यम रहनेछन् ।

कुम्भ
वर्षारम्भमा शनि गुरु राहु केतुका साथै अधिकांश ग्रह अनुकूल भएकोले ज्ञान विज्ञान तथा प्राविधिक शिक्षा र त्यस्तै काममा चौतर्फी सफलता पाउने योग छ । तपाईको निश्चल कार्य र इमान्दारितामा राज्यले नतमस्तक हुनु पर्नेछ । निर्माण कार्यमा लाग्नेहरूले आफ्नो दक्षता प्रदर्शन गरी कूशलता प्रस्तुत गर्ने अवसर पाउनेछन । बोलीको प्रभाव राम्रो रहनाले आकस्मिक धनलाभ हुनुको साथै नसोचेको काम हात पार्न बोलीकै प्रभाव प्रयाप्त हुनेछ । ठूला व्यक्तिसँग हुने अन्तर संवादमा उनिहरुको मन जित्न सफल भई आफ्नो मनोबल बढ्नुको साथै उनीहरुकैे सदासयताबाट पद प्रतिष्ठा प्राप्तीकोे सम्भावना रहनेछ । नोकरीमा शुभ अवसरहरू प्रशस्त मात्रामा प्राप्त हुनेछन । पदोन्नतिको सम्भावना पनि प्रवल छ । राजनीतिमा गुमेको स्थान फर्काउन सफल भइनेछ । कुटनैतिक कार्यमा ऐतिहासिक सफलता मिल्नेछ । शत्रु पराजय हुनुको साथै मित्र तथा पारिवारिक सहयोग प्रशस्त मात्रामा मिल्नेछ । नयाँ मित्रको आगमनले सफलतालाई अझै उचाइमा लैजानेछ । घर जग्गा तथा सवारी साधन जोड्ने प्रयासमा हुनु हुन्छभने ठूलै प्रयासले मात्र सफलता मिल्नेछ । व्यापारमा लाभ मिल्नुको साथै रमाइलो यात्रा हुने र यात्रामा हुने भेटघाटले वैदेशिक कार्यमा लाभ हुने योग छ । प्रेमको प्रस्ताव अरुबाटै आउनेछ । अविवाहित र सन्तान नहुनेहरूको लागि यो वर्ष निकै फलदायी रहनेछ । भाग्य बलियो हुनुको साथै धार्मिक कार्यहरूमा मन जाने र सामाजिक कार्यमा सम्मान पाउने बलियो सम्भावना छ । तीर्थयात्रा पनि हुनेछ । कुरा काटनेहरू सबै प्रशंसक हुनेछन् । पुराना समस्या सुल्झाउनका लागि यो उचित समय हो । ज्येष्ठ ९ पछि गुरुको केन्द्र प्रवेशले परिस्थिति अलि प्रतिकूल बन्नेछ । महत्वपूर्ण कामलाई त्यो भन्दा पहिला नै सक्नु उपयुक्त हुनेछ । ज्येष्ठ ९ पछि कार्तिक १२ सम्म बृहस्पति केन्द्रमा स्थान हानी गरेर रहने हुँदा नोकरीमा केही अप्ठ्यारहरू आउनेछन् । गोपनीयतामा जोड दिनुहोला । राजनीतिमा शत्रुको कुदृष्टि पर्ने हँुदा अरुको विश्वासमा भन्दा आफ्नो विवेकमा काम गर्दा समस्या कम होला । यो समय अत्यन्त संयमित रहनु पर्नेछ । बैशाख, श्रावण, मार्ग र पौष शुभ महिना हुन भने ज्येष्ठ, आश्विन, माघ र चैत्र खराब र आषाढ, भाद्र, कार्तिक र फाल्गुन मध्यम महिना हुन् ।

मीन
वर्षारम्भमा दशम गुरु तथा शनि वक्रभै प्रतिकूल रहनेछ । राशि स्वामी र दशमेष गुरु स्थान हानी गर्दै दशमस्थानमा बसेकोे र चतुर्थ स्थानमा शनिको र गुरुको वक्र दृष्टि हुने र राहु समेत वक्र भई चतुर्थ रहने हुँदा स्वास्थमा समस्या धेरै आउन सक्छ । नोकरीमा सङ्कट आउनुको साथै राजनीतिमा समस्या आउनेछ । झुटा आरोप लगाउने हरू सक्रिय हुनेछन् । विश्वास गरेका हरूबाट धोका हुनेछ । विनाकारण हुने विवादले मानसिक तनाव बढ्नेछ । आर्थिक सङ्कटले सताउनेछ । कामको बीचमा अवरोध खडा गर्नेहरू सक्रिय हुनेछन् । मित्रहरूको गुनासो बढ्नुको साथै पारिवारिक समस्याले सताउने देखिन्छ । आमाको स्वास्थ्यमा समस्या आउन सक्ने हुनाले त्यतातिर समयमै ध्यान पु¥र्याउनु उचित होला । पढाइमा ह्रास आउनुको साथै बौद्धिक कार्यमा समस्या आउने योग छ । पितासँगको सम्वन्धमा ह्रास आउनेछ । सर्वत्र सङ्कट आउनेछ । गलत विचार बढ्नेछ । समयमा निर्णय नहुँदा आफ्नो काममा अरुले अधिकार जमाउनेछन् । ज्येष्ठ ९ पछि कार्तिक १२ सम्म गुरुको शनिको अनुकुलताले समय बलियो हुनेछ । उच्च मनोवल बढ्नुको साथै सकृय भएमा रोकिएका कामहरू बन्नेछन् । दशमेष गुरु भाग्य भावमा र एकादशेस शनि कर्म भावमा बलियो भएकोले अघि बढ्न सजिलो हुनेछ । धार्मिक कार्यमा अघि बढेर सम्मान पाउनु होला । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । नोकरीमा आउने समस्या हटेर जानेछ । राजनीतिमा आएका समस्याहरू पूर्ण रुपले हटेर जानेछन । राज्यले आफ्नो गल्ती महसुस गरी तपाईको लगनशीलता र इमान्दारिताको उच्च मुल्याङ्कन गर्नेछ । पदक प्राप्ति पनि हुनेछ । आम्दानीमा आएका बाधाहरू पूर्ण रुपले हटेर जानेछन र आम्दानीका स्रोत हरू चौतर्फी जुटनेछन । व्यापारमा र वैदेशिक कार्यमा सोचे जस्तै सफलता मिल्नेछ । पढाइमा सुधार आउनुको साथै बौद्धिक कार्य पनि निर्विवाद अघि बढ्नेछ । परिवार तथा मित्रहरूले पनि कुरा बुझेर सहयोगको हात अघि सार्नेछन् । शत्रुलाई परास्त गर्दै आफ्नो लक्ष्यमा पुग्न सहज वातावरण बन्नेछ । महत्वपूर्ण कामहरू ज्येष्ठ ९ देखि कार्तिक १२ भित्र गर्नु यव उपयुक्त रहला । ज्येष्ठ, भाद्र, पौष र माघ शुभ महिना हुन भने वैशाख, आषाढ, कार्तिक र फाल्गुन अशुभ छन् । श्रावण, आश्विन, मार्ग र चैत्र मध्यम रहनेछन् ।

21/05/2018

हिजो को बिजेता श्री Ramkrishna B.K. बन्नु भएको छ । श्री Ramkrishna लाई हामिले 10,000 rs को रिचार्ज कार्ड पठाइसकेका छौ।

अब भोलि को बिजेता बन्ने पालो तपाईं को।बिजेता बन्न को लागि तल दिए

को नियम पूरा गर्नु होला। सहि उतर दिनु होस।हरेक दिन एक जना बिजेता ले रु. 10,000 को Recharge Card प्राप्त गर्नु होस।

निम्न नियम पूरा नगरेमा बिजेता बन्नु हुने छैन।। नियम हरु:

1.उतर दिने ब्यक्ति ले सहि उतर दिनु पर्ने छ।

2. उतर दिने ब्यक्ति ले यो पेज अनिवार्य लाइक गरेकै हुनु पर्ने छ।

3. उतर दिने ब्यक्ति ले यो पोस्ट अनिवार्य कुनै फेसबुक ग्रुपमा सेयर गरेकै हुनुपर्ने छ।

4.बिजेता गोला प्रथा बाट घोषणा गरिनेछ। बिजेता अर्को हप्ता घोषणा गरिने छ।।

13/12/2017
13/12/2017

२८ । ८ । २०७४
आजको रासि
विक्रम संवत २०७४ साल मार्ग २८ गते बृहस्पतिबार तदनुसार २०१७ डिसेम्वर १४ तारिख पौष कृष्ण पक्ष द्वादशी तिथि भोलिविहान ६ ।१९ उप्रान्त त्रयोदशी तिथि तिथि स्वति नक्षत्र राति १ । ५ उप्रान्त विषाखा नक्षत्र अतिगण्ड योग भोलिविहान ३ । ४२ उप्रान्त सुकर्म योग कौलव करण आनन्दादि योगमा स्थिर योग चन्द्रमा तुला रासिमा शुभ बेला विहान ८ । १८ सम्म चन्द्रमा आज पश्चिम दिशामा रहने भयकोले आज काम गर्दा पश्चिम फर्केर यात्राको पनि सोहि ऋतले गर्नुबेश विहानै उठेर पश्चिम फर्केर ॐ वं श्रीं वं श्रीं ॐ ऐं ह्रीं श्रीं क्लीं गृह्यलक्ष्म्यै स्वाहाः श्रीं ॐ यो मन्त्रको कम्तीमा १०८ जप गरेर काम शुरुगरेमा सहजर सरल हुनेछ । अहिले समय अशुभ छ त्यसैले अशल मन भएका राष्ट्र प्रेमीहरुले विहान उठेर राष्ट्रको लागी यो २ मन्त्र पनी जप गर्नुहोला ॐ नमः शिवाय मृत्युन्जय महाँ देवाय नमोऽस्तुते । ॐ श्रीं ह्रीं क्लीं ग्लों गं क ए इ ल ह्रीं गणपतये हसकल ह्रीं वरवरद सकल ह्रीं वरवरद सर्वजनं मां वशमानाय स्वाहाः
ॐ गं गणपतये नमः ॐ नमः शिवाय । ॐ नमः भगवते वाशुदेवाय ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे नमः ॐ घृणीं सूर्या आदित्याय नमः इ ५ मन्त्र पन्च भौतिक शरिर धारणा गर्ने सबैका लागि कल्याण कारी हुनेछ
मेष
अनेकन समस्या लाइ पन्छ्याउदै आफ्नु गन्तब्यतिर पुग्न ग्रहले साथ दिनेछ आटेको काम पुराहुनेछ प्रेम गर्ने अवसर मिल्नेछ बैबाहिक चर्चापनि अघिबढनेछ
बृष
उचित समयमा शत्रुलाइ आफुले परास्त गर्दै अघिबढ्दा काममा सफल भएर पाइला हरु अघि बढने अवस्था सिर्जनाहोला निर्णयाक शक्ति वलियो भएकोले प्रगति काममा दाममा पढाइमा सफलता मिल्ने सम्भावनाछ
मिथुन
बौध्दिक क्षत्रमा र पढाइको क्षत्रमा असफलताको वादल्ले ढाकेर मनमा उदाशिन्ता बढाउनेछ विस्वासगरेकाले धोका दिनेछन काममा सफलता मिल्न गारोछ सजक हुनुहोला
कर्कट
भेटघाटका अवसरमा मित्रहरु टेढिन सक्ने हुदा जति सक्दो भेट घाटलाइ कम गर्नु पर्ला आफन्त हरुको असहयोगले आटेको काममा सफलता लिन गारो छ लगन सिलतार इमान्दारिताको अप मुल्याङ्कन हुनेछ
सिंह
बोलिको प्रभावले मनोबल बढनेछ सहजै काममा सफलता मिल्नेछ कुरा काटने हरु प्रसम्सा गर्न थाल्नेछन अरुको विस्वास जित्न सकिनेछ मनमा उत्साह सरिरमा स्फुर्ति सिर्जनाहुनेछ
कन्या
कुराकाटने हरुलाइ परास्त गर्न नसक्ने भएकोले नवोलेरै काम गर्नु उचितछ धनमालको नास हुन सक्ने भएकोले ढुकुटिमा नजर लगाइ रहनुहोला आँटेका कुरा धेरै अधुरा हुनेछन
तुला
मनमा उत्साह हरु बढनेछन सबै अप्ठ्यारा हरु पनि किनारा लाग्नेछन आमदनि गति तिब्र हुनेछ सानु प्रयासले पनि ठूलो काममा सफलता पाउनुहोला
बृश्चिक
सजिलै धनका श्रोत हरु हात पर्नेछैनन खर्च धेरै गर्नुपर्ने भएकोले मन चिन्तित रहने झुटा आरोप लाग्नेछ विस्वासमा धोका हुनेछ
धनु
प्रसस्थ धन कमाउने अवसर मिल्नेछ बैदेशिक कार्यमा आफ्नु बर्चस्व बढनेछ अरुले सम्मान गर्नेछन राज्यमा स्थान उच्च रहनेछ
मकर
सामाजिक कार्यमा सुधार आउनेछ भाग्यले साथ दिनेभयकोले नोकारी तथा राजनीतिमा सफल पायर मनमा खुसिले बाश गर्नेछ विस्वास गरेकाहरुबाटै धेरैकाम हुनेछ
कुम्भ
भाग्यले साथ नदिने धर्ममा मन नजने आर्थिक क्षति बढेर जानेभएकोले मनोवल निक्कै कम्जोर हुनेछ सरिरमा आलस्यता बढेर काममा अवरोध आउनेछ
मीन
दुखद भेटघाटहरु हुनेछन अरुबाट तिब्र आलोचना हुने योगछ जतिनै प्रयत्न गर्दापनि काम गर्ने अवसर मिल्नेछैन स्वास्थ कम्जोर हुनुको साथै आर्थिक संकटले निक्कै सताउनेछ


। मान्छे गर्भमै सचेत हुन्छ प्रकृर्तिको यस्तो नियमछ आमाको कोखबाट वाहिरिदा गर्वमा हुदा रहेको ज्ञानभुलिन्छ अनि दोश्रो जिवन पुनः शुरुहुन्छ धर्तिमाता लाइ स्पर्स गर्दा । त्यै शुरु हुदाको समयमा आकाशमा रहेका ग्रहरुको प्रभाव पर्ने हो । त्यसैलाइ राशि वा लग्न दुवै भनिन्छ । मानेपनि नमाने पनि आँखिर ग्रहको प्रभाव अवस्य पर्नेछ । जसरी सूर्यको प्रभाव तातो पन हामीले महसुस गरिरहेकाछौ । सर्बप्रथमा शुरुहुने लग्ननैहो राशिभनेको ९ वोटा अक्षरबाट बन्छ तिनै ९ अक्षरलाइ नक्षत्रको पाउ पनि भन्ने गरिन्छ । प्रत्यक दिन एक लग्नको जानाकरी गराउँने कोसिसमा छु । लग्न भनेको साला खाला २ घण्टाको अवधिमा परिवर्तन हुन्छ । लग्न भनेको सूर्यको सुक्ष्म प्रकाशहो हामी जन्मिदा सूर्यको प्रकाश जहाँ हुन्छ त्योनै लग्नहो । सूर्यलाइ ग्रहहरुमा राजा मनिन्छ ज्योतिष शास्त्रमा सूर्य निकै महत्वपूर्ण हुन्छ । सूर्यलाइ पिता र आत्मा अनि राजनीतिको कारक मानिन्छ । चन्द्रमा लाइ मन र माताको कारक अनि मंगलाइ दाजुभाइ र रगत अधिपति मानिन्छ बुधलाइ मस्तिष्क र बृहस्पतिलाइ पुत्र विद्या धर्मको कारक शुक्रलाइ पत्नी कारक अनि शनिलाइ हड्डिकारक । पूर्विया ज्योतिष अत्यन्तै सुक्ष्म छ लग्न बाट मानिसको रुपगुण र आत्मवलका साथै सोच्नी शक्तिको वारेमा जान्न सकिन्छ । दितिय स्थान बोलि धन सन्चिति । तृतियमा दाजुभाइ र सहयोगी । चतुर्थमा आमा मित्र घर वाहान । पन्चमा विद्वा र सन्तान । षष्ठममा रोग र शत्रु । सफ्तममा व्यापार यात्रा पती पत्नी । अष्टममा मृत्यु । नवौमा धर्म र भाग्य । दशममा पिता राजनीति र जागिर । एकादशमा आम्दानि छोरि वुहारि दिदि बहिनी । वाह्रौमा खर्च विबाद । अरुधेरै हुन्छन संक्षिफ्तमा भनिएकोहो । त्यस्तै आज तुला लग्नको चर्चा गरौ यस वाटपनि धेरैकुरा बुझिन्छ । तुलामा कुन कुन ग्रह महत्वपूर्ण हुन्छन विचार गरौ शुक्र शनि मंगल बुध र चन्द्र इ ४ केनद्र र २ त्रीकोणका मालिक हुन केन्द्र वा त्रीकोणका मालिक केन्द्र वा त्रीकोणमा बस्दा राजयोग हुन्छ यहाँ शनि एकल राज वाला हुन् चतुर्थ र पन्चमको मालिक अहिले म तुला लग्नमा सूर्यको बारेमा वताउने कोसिसमा छु । सूर्य तुलामा अति बलसालि हुन्छन एकादशेस भयर लग्नमा सूर्य आमादानि धेरै गर्न सक्ने छोरि वुहारीबाट सखु दिदि वैनि बाट लाभ । तुलामा चन्द्रमा नोकरीमा सम्मान राजनीतिमा सफलता व्यापारमा लाभ अरुको विस्वास जित्न सफल । तुलामा मंगल वैवाहीक क्षत्रमा बाधा वैदेशिक कार्यमा लाभ सेनामा सफल प्रेममा असफल । तुला बुध धर्ममा रुचि सामाजिक काममा रुचि अरुवाट सम्मान पाउने । तुलामा बृहस्पति स्वाभिमानी ज्ञानी ध्यानि विद्वान परिश्रमी निर्लोभ निस्कपट कटु मिज्यासको । तुलामा शुक्र साहित्यमा प्रखर प्रेममा सफल भाभुक वैज्ञानीकुरामा चासो कलाको पारखी सहयोगि भाव । तुलामा शनि साधक योगि दार्शनिक न्याय प्रेमी सेवामा तल्लिन स्वआर्जनमा खुसि । तुलामा राहु अनि केतु अहंकारी रिसाह मुटु मस्तिष्कमा पिढा मनमा अशान्ति दुःखि जिवन । अरु धेरै हुन्छ यो संक्षिफ्त भनेर बुझ्नु र आफैले अनुभव गर्नु भएमा ज्योतिषको वास्तविकता पनि महसुस हुन्छ ।

01/12/2017

आउनुहोस हामी हजुरहरुको परिवारको जिब?

21/09/2017

देश तथा विदेश मा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी लगायत मान्यजन साथै सम्पूर्ण नेपालीहरुलाई दशैँ को शुभकामना !!!

25/08/2017

यी किशोरीहरु मुम्बईको 'रेड-लाइट' क्षेत्रमा यौनकर्मी महिलाका छोरीका रुपमा हुर्किए, आफ्ना भोगाइबारे अनुभव बाँड्न उनीहरुले ब्रिटेनको एडिनबरा महोत्सवमा भाग लिइरहेका छन्।

23/08/2017

कति मार्मिक छ,एकचोटी हेर्नुहोला सुन्नुहोला सेयर पनि गर्नुहोला , धन्यवाद !!

Address

कलंकी काठमाडौँ
Kathmandu

Telephone

+9779803669169

Website

Alerts

Be the first to know and let us send you an email when बिमा अभिकर्ता - मनिशा रिजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बिमा अभिकर्ता - मनिशा रिजाल:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category