17/04/2026
''प्रयोगशाला जनशक्तिको न्युनतम पारिश्रमिक र पेसागत सुरक्षा को लागि मेलान को अभियान ''
निजी तथा सामुदायिक स्वास्थ्य सस्थामा कार्यरत प्रयोगशालाकर्मी लगायत का स्वास्थ्यकर्मीहरुको नियुक्ति पत्र सहित न्युनतम परिश्रमिक , र अन्य सेवा सुबिधा को निर्धारण का सम्बन्धमा श्रम मन्त्रालय मा गहन छलफल भएको छ । ।।
हाम्रा मुख्य मागहरु
'' श्रम ऐन मा नै स्वास्थ्यक्षेत्र लाई बिशिष्ट क्षेत्र को रुपमा परिभाषित गरी दक्ष जनशक्ति ( Skilled Manpower ) को रुपमा शैक्षिक योग्यता र पद अनुसार तहगत बर्गिकरण गरी स्वास्थ्यकर्मीहरुको लागि अलग्गै न्युनतम पारिश्रमिक निर्धारण गर्न पर्ने ।
बिगत मा मेलान लगायत का सङ्घ सस्थाहरुले गरेको रचनात्मक दवाब पश्चात नेपाल सरकार स्वास्थ्य मन्त्रालय सङ भएको सहमति र स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्दै स्वास्थ्यकर्मीहरुको पेसागत सुरक्षाका सवाल मा बिगतमा गठित बिभिन्न कार्यदल हरुले दिएको प्रतिबेदन कार्यान्वयन गर्नु पर्ने ।। ''
का सम्बन्धमा श्रम मन्त्रालय को सकारात्मक धारणा आएको र यथाशिघ्र थप छलफल र आन्तरिक तयारी गरि समस्या समाधान गर्ने निर्णय भएको छ ।
जय मेलान
२०८३ /०१ /०३ गत्ते
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिहदरवार , काठमाडौं ।