Aarogyam Health Care Pvt. Ltd

Aarogyam Health Care  Pvt. Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aarogyam Health Care Pvt. Ltd, Medical and health, Kathmandu.

काठमाडौंको सितापाइला चोकमा अवस्थित एक विशेषज्ञ आयुर्वेदिक क्लिनिक हो। यहाँ बन्ध्यारोग, गर्भिणी परिचर्या, पिनास ,बाथ रोग, पाइल्स लगायतका समस्याको उपचार अनुभवी विशेषज्ञ चिकित्सकहरुद्वारा गरिन्छ। तपाईँको स्वस्थ जीवनशैलीका लागि हामी सेवामा समर्पित छौं।

Shout out to my newest followers! Excited to have you onboard! Lilaballau Bhandari, Sp Tripathee, Shivraj Joshi, Sonu Ba...
28/12/2024

Shout out to my newest followers! Excited to have you onboard! Lilaballau Bhandari, Sp Tripathee, Shivraj Joshi, Sonu Bardewa Twinklingstar, Buddhiman Tamang, Puran Tamang, Ramakant Sah, Rajendra Dhakal, Md Qumruzzama, Surya Prasad Parajuli, तिर्था थापा, OM Prakash Bhatta, Bist Ram, Sukindra Sah, Šhärãđ Bhâťtãřaï, Sajana Gautam, Lalit Nath, Bishal Shrestha, Safal Mahat, Season Mehta, Ram Kisun Yadav, Shankar Raj Khanal, Prakash Thakur, Aasha Xettri, Mainali Shyam, Sarita Pradhan, Lilasingh Khatri, Sudama Jaiswal, Bhuban Bhattarai, SHI VA, Roy King, Usha Kunwar, Bisworaj Ghising, Arbind Patel, Youraj Chy, Sonu Dhami, Monsio Mine, Sanam Khadka, आशिष आचार्य, Rupa Khanal, Abhimanyu Khadgi, Niwush Lama Gurung, Shivaram Shrestha, Lama Sarmila, Adnan Hashmi

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:Aarogyam Health Care📍 Sitapaila, Kathmandu📞 01-5389967 | 9851229382 | 9803529381𝐕𝐢𝐬𝐢𝐭 𝐔𝐬:
21/12/2024

𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭:
Aarogyam Health Care
📍 Sitapaila, Kathmandu
📞 01-5389967 | 9851229382 | 9803529381

𝐕𝐢𝐬𝐢𝐭 𝐔𝐬:

Medical Center

सूचना!     सूचना!    सूचना!मिति: २०८१ पुष ३ गते (१८ डिसेम्बर २०२४) (पुष्य नक्षत्र)  बुधबार।पुष्य नक्षत्रको शुभ अवसरमा वि...
16/12/2024

सूचना! सूचना! सूचना!
मिति: २०८१ पुष ३ गते (१८ डिसेम्बर २०२४) (पुष्य नक्षत्र) बुधबार।

पुष्य नक्षत्रको शुभ अवसरमा विशेष स्वर्ण‌ प्राशन कार्यक्रम!
स्वर्ण प्राशन भनेको बच्चाको स्वास्थ्य, रोग प्रतिरोध क्षमता, तथा मानसिक र शारीरिक विकासलाई सुधार गर्ने आयुर्वेदिक पद्धति हो।
यो कार्यक्रम ६ महिना देखि ५ वर्षसम्मका बालबालिकाहरुका लागि विशेष रूपमा आयोजना गरिएको छ।

पुष्य नक्षत्रको महत्व:
पुष्य नक्षत्रलाई आयुर्वेदमा सबैभन्दा शुभ समय मानिन्छ। यो दिनमा स्वर्ण प्राशन गराउँदा यसको प्रभाव दोब्बर हुन्छ।

फाइदाहरू:

रोग प्रतिरोध क्षमता बढाउँछ।

स्मरण शक्ति र मस्तिष्क विकासमा सहयोग गर्दछ।

शारीरिक स्वास्थ्यलाई मजबुत बनाउँछ।

अब तपाईंको बच्चाको भविष्यलाई स्वस्थ र उज्ज्वल बनाउनको लागि यस अवसरलाई नछुटाउनुहोस्।

सम्पर्क गर्नुस्:
☎️ 9851229382
स्थान:📍 आरोग्यम हेल्थ केयर प्राइभेट लिमिटेड ,
एकमी इन्जिनियरिङ कलेजको ठिक अगाडि,
(सीतापाइलाचोक बाट छाउनी जाने बाटो)

तपाईंको बालबालिकाको सुरक्षा र स्वास्थ्यको लागि आजै नाम लेखाउनुहोस!

🎉 सबैमा यःमरी पुन्हि को हार्दिक शुभकामना! 🎊यस विशेष अवसरमा मीठो यःमरीको स्वादसँगै हाम्रो संस्कृतिको जगेर्ना गरौं। यो पर्...
15/12/2024

🎉 सबैमा यःमरी पुन्हि को हार्दिक शुभकामना! 🎊

यस विशेष अवसरमा मीठो यःमरीको स्वादसँगै हाम्रो संस्कृतिको जगेर्ना गरौं। यो पर्वले तपाईंको जीवनमा खुसी, सुस्वास्थ्य र समृद्धि ल्याओस्।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

उधौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आरोग्यम् हेल्थ केयर परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏🌾...
15/12/2024

उधौली पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आरोग्यम् हेल्थ केयर परिवारको तर्फबाट हार्दिक शुभकामना! 🙏🌾

उधौलीको यो पावन पर्वले हाम्रा जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

अब पायल्स, फिस्टुला, र फिसरको समस्याबाट बिना शल्यक्रिया छुटकारा पाउनुहोस्! आरोग्यम् हेल्थ केयरले तपाईंको लागि आयुर्वेदिक...
13/12/2024

अब पायल्स, फिस्टुला, र फिसरको समस्याबाट बिना शल्यक्रिया छुटकारा पाउनुहोस्! आरोग्यम् हेल्थ केयरले तपाईंको लागि आयुर्वेदिक र प्राकृतिक उपचारको विशेष व्यवस्था गरेको छ। पीडाबाट राहत पाउनुहोस् र स्वस्थ जीवन जिउनुहोस्।

हाम्रो अनुभवी आयुर्वेदिक चिकित्सकसँग परामर्श गरौं, सुरक्षित रहौँ ।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

🤰 गर्भावस्थामा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु! गर्भावस्थाको समयमा आमाको र बच्चाको स्वास्थ्यका लागि सचेत रहनु अत्यन्त...
11/12/2024

🤰 गर्भावस्थामा ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरु!

गर्भावस्थाको समयमा आमाको र बच्चाको स्वास्थ्यका लागि सचेत रहनु अत्यन्त जरुरी छ। यहाँ दुई प्रमुख सुझावहरू छन् जसले तपाईंको मातृत्वको यात्रा सहज बनाउन मद्दत गर्दछ:

1️⃣ हल्का व्यायाम:
डाक्टरको सल्लाह अनुसार हल्का व्यायाम गर्दा शरीर सक्रिय रहन्छ र डेलिभरी सजिलो हुने सम्भावना बढ्छ।

2️⃣ तनाव व्यवस्थापन:
सकारात्मक सोच र ध्यान (मेडिटेशन) जस्ता अभ्यासले मानसिक शान्ति कायम गर्न र बच्चाको लागि स्वस्थ वातावरण बनाउन मद्दत गर्दछ। 🧘‍♀️

💡 गर्भावस्थाको समयमा विशेषज्ञसँग नियमित परामर्श गर्नु अत्यन्त जरुरी छ।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

स्वास्थ्य जीवन, सुखद मातृत्व!

गर्भवती महिलाहरूका लागि स्वास्थ्य सुझाव!गर्भावस्था एउटा विशेष यात्रा हो, र आफ्नो स्वास्थ्यको ख्याल गर्नु सुखद मातृत्वको ...
08/12/2024

गर्भवती महिलाहरूका लागि स्वास्थ्य सुझाव!

गर्भावस्था एउटा विशेष यात्रा हो, र आफ्नो स्वास्थ्यको ख्याल गर्नु सुखद मातृत्वको प्रमुख कुञ्जी हो। 🍼💖

✅ प्राकृतिक र ताजा खाना खाऔं: ताजा, प्राकृतिक र पौष्टिक खाना खानुहोस्। प्रशोधित (प्रोसेस्ड) खानेकुरा टाढा राखौं, जसले अनावश्यक तौल वृद्धि र स्वास्थ्य समस्यालाई कम गर्छ। 🍎🥦
✅ पर्याप्त पानी पिउने बानी बसालौं: दिनमा कम्तीमा ८-१० गिलास पानी पिउँदा शरीर हाइड्रेटेड रहन्छ र स्वस्थ रहन मद्दत गर्छ। 💧

तपाईंको स्वास्थ्यलाई प्राथमिकता दिऔं र सुरक्षित मातृत्वको यात्रा तय गरौं। व्यक्तिगत सल्लाहका लागि आरोग्यम् हेल्थ केयरमा सम्पर्क गर्नुहोस्।

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

💚 "स्वास्थ्य जीवन, सुखद मातृत्व"

👉 यो पोस्ट आमा बन्न लागेकाहरूसँग सेयर गर्नुहोस् र सचेतना फैलाउन सहयोग गर्नुहोस्!

💚 अब जोर्नी र शारीरिक दुखाइलाई बिदा भन्नुहोस्, आरोग्यम् हेल्थ केयरसँग! 🌟जोर्नी दुखाइ, आर्थ्राइटिस, वा कम्मरको समस्याबाट ...
06/12/2024

💚 अब जोर्नी र शारीरिक दुखाइलाई बिदा भन्नुहोस्, आरोग्यम् हेल्थ केयरसँग! 🌟

जोर्नी दुखाइ, आर्थ्राइटिस, वा कम्मरको समस्याबाट ग्रसित हुनुहुन्छ?
आरोग्यम् हेल्थ केयर प्रा.लि., सीतापाइलामा अनुभवी चिकित्सकहरुद्वारा तपाइँको स्वास्थ्यका लागि विशेष परामर्श र उपचार उपलब्ध छ।

हाम्रो विशेष सेवाहरू:
✅ हाडजोर्नीको समस्या (अस्टियोआर्थराइटिस)
✅ रुमाटोइड आर्थ्राइटिसको उपचार
✅ ढाडको हड्डी तथा कम्मरको समस्या
✅ नसाको च्यापिएको समस्याको समाधान
✅ जोर्नी र शारीरिक स्वास्थ्यसम्बन्धी सम्पूर्ण समस्या

आरोग्यम किन छान्ने?
✅ अनुभवी चिकित्सकहरुद्वारा परामर्श
✅ सम्पूर्ण स्वास्थ्यको व्यक्तिगत हेरचाह
✅ सहज र शान्त वातावरण

🔖 "आयुर्वेद केवल रोगको उपचार मात्र होइन, यो जीवन सन्तुलनको पूर्ण विज्ञान हो।"

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

05/12/2024
त्रिबी शिक्षण आयुर्वेद अस्पतालमा आयुर्वेदिक उपचार पद्धतिबाट नि:सन्तान दम्पतिमा गर्भधारणको सफलता: उपप्राध्यापक ,स्त्री तथ...
04/12/2024

त्रिबी शिक्षण आयुर्वेद अस्पतालमा आयुर्वेदिक उपचार पद्धतिबाट नि:सन्तान दम्पतिमा गर्भधारणको सफलता: उपप्राध्यापक ,स्त्री तथा प्रसुति रोगतन्त्र विशेषज्ञ डा. काजल झाको उपचार अनुभव।

कीर्तिपुर निवासी २९ वर्षीया महिला, जो आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट थिइन्, आफ्नो ४-५ वर्षको नि:सन्तान समस्याको समाधान खोज्दै त्रि वि शिक्षण आयुर्वेद अस्पतालको स्त्री रोग तथा प्रसुतितन्त्र विभाग पुगिन्।

जहाँ उनी सुरुवाती अवस्थामा गर्भ खेर जाने समस्या र Low Anti-Müllerian Hormone (AMH) रिपोर्ट लिएर उपचारको सिलसिलामा डा. काजल झा, आयुर्वेदिक गायनेकोलोजिस्ट सँग सल्लाह लिन पुगिन ।

जसको कारणले उनी प्राकृतिक रूपमा गर्भधारण गर्न असमर्थ थिइन्।

उनले आधुनिक चिकित्सा पद्धति अनुसार अन्य थुप्रै उपचार प्रयास गरिसकेकी थिइन् ।

तर IVF नै एक मात्र विकल्प रहेको भनिएको थियो। आर्थिक समस्याका कारण IVF सम्भव नभएको हुँदा उनी निकै निराश थिइन्।

उपचारको क्रममा देखिएको समस्याहरू:

कम AMH: डिम्बाशयको क्षमतामा कमी, जसले प्राकृतिक गर्भधारण कठिन बनायो।

गर्भ खेर जानु: यसले गर्भधारणलाई थप जटिल बनायो।

भावनात्मक तनाव: समाजको दबाब र निरन्तर असफलताले उनी मानसिक रूपमा निकै तनावग्रस्त थिइन्।

आर्थिक समस्या: IVF महँगो भएकाले उहाँहरूको लागि यो व्यवहारिक विकल्प थिएन।

आयुर्वेदिक उपचार र प्रक्रियाहरू:

डा. झाले बिरामीको शारीरिक जाँच , रिपोर्टहरू को अध्ययन र मानसिक पक्षलाई ध्यानमा राखेर एकीकृत आयुर्वेदिक उपचार सुरु गरिन्।

बिरामीका लागि अपनाइएको उपचार विधि:

1. स्त्री रोग सँग सम्बन्धित पञ्चकर्म थेरापी जस्तै:

बस्ति: शरीरलाई विषमुक्त बनाउँदै हर्मोन सन्तुलनका लागि गरिएको उपचार।

नस्य: तनाव कम गर्न र हर्मोनल सन्तुलनका लागि विशेष विधि।

2. आहार व्यवस्थापन:

पोषणयुक्त खाना, जस्तै: दूध, घिउ, बदाम र बीउ।

प्रशोधित खाना, चिया/कफी र बढी चिनीको सेवनमा कटौती।

3. जीवनशैली परिवर्तन:

योग र प्राणायाम, जसले श्रोणी क्षेत्रमा(pelvic area) रक्त प्रवाह बढाउँछ।

दिनानुदिन (दिनचर्या) पालन गर्न प्रेरित गराइयो।
साथमा केही आयुर्वेदिक औषधिहरू समेत प्रेस्क्राइब गरिन्।

छ महिना आयुर्वेदिक उपचार र पञ्चकर्म थेरापीपछि रोगी प्राकृतिक रूपमा गर्भवती भइन्।

गर्भावस्थाका क्रममा पनि उनले आयुर्वेदिक सहयोग पाउँदा कुनै जटिलता बिना स्वस्थ गर्भधारण गर्न सफल भइन्।

गर्भधारणमा एएमएचको (AMH) भूमिका के हुन्छ ?

डाक्टर काजल झा भन्छिन्: एन्टि-मुलरियन हर्मोन (AMH) ले महिलाको डिम्बकोशहरूको रिजर्भ अर्थात् डिम्ब उत्पादन क्षमताको संकेत गर्दछ। यो हर्मोनले डिम्बकोशहरूको विकासलाई सन्तुलनमा राख्दै अन्डा उत्पादनलाई दीर्घकालसम्म निरन्तरता दिन मद्दत गर्दछ।

गर्भधारणको सम्भावना मूल्याङ्कन गर्न र गर्भाधानसम्बन्धी उपचारहरू, जस्तै आईभीएफ (IVF), मा सफलता अनुमान गर्न समेत AMH महत्त्वपूर्ण हुन्छ। यदि AMHको मात्रा कम छ भने डिम्बकोशको रिजर्भ घट्ने भएकाले गर्भधारणको सम्भावना कम हुन्छ।
यसले प्राकृतिक गर्भधारणमा कठिनाई निम्त्याउन सक्छ र आईभीएफजस्ता उपचारको सफलता दर पनि घट्न सक्छ।

यो केसमा IVF नै किन विकल्प थियो?

डाक्टर झाको विचारमा बिरामीको कम AMH र गर्भ खेर जाने समस्याले गर्दा IVF एउटा व्यवहारिक विकल्प हुन सक्थ्यो। तर, आर्थिक सीमितता र प्रक्रियाको जटिलताले गर्दा दम्पतिले आयुर्वेदिक उपचारलाई नै रोजिन्।

उनले स्वस्थ शिशुलाई जन्म दिँदै आफ्नो सपना पूरा भएको भनी तीन महिनाको शिशुको साथ त्रिवि शिक्षण अस्पतालको ओपिडीमा आउँदा
डा. झालाई भेटेर आफ्नो धन्यवाद व्यक्त गर्दै उनले आयुर्वेदिक पद्धति बाट आफ्नो उपचारले आफूलाई मात्रै नभई आफ्नो जीवनलाई पूर्ण बनाउँदै पूरै रूपान्तरण गरिदिएको बताइन्।

यहाँबाट दिएको परामर्श र उपचारप्रति उनी अत्यन्तै आभारी थिइन्।

"यो केस मेरो लागि विशेषज्ञ चिकित्सकको हैसियतमा लामो समयदेखि थुप्रै बिरामीहरूको उपचार गरिसक्दा पनि यो एउटा विशेष अनुभव थियो।"

"हामीले उपचार गर्दा उहाँको मानसिक, शारीरिक र सामाजिक समस्यालाई पनि ध्यान दिएर समग्र उपचार विधि अपनाइयो। यो केसमा हामीले पञ्चकर्म थेरापी (जस्तै बस्ति र नस्य), जीवनशैली परिवर्तन, पोषणयुक्त आहार, र आयुर्वेदिक औषधिहरूको संयोजन गर्नुपरेको थियो।
साथमा उहाँलाई समाजको दबाब र निराशालाई सामना गर्न मानसिक परामर्श पनि दियौँ। छ महिनाको लगातार उपचारपछि उहाँ प्राकृतिक रूपमा गर्भवती हुन सफल हुनुभयो। गर्भावस्थामा पनि हामीले उहाँलाई विशेष हेरचाह र निगरानीमा राख्यौ।

अन्ततः उहाँले कुनै जटिलता बिना ४.६ किलोको स्वस्थ शिशुलाई जन्म दिनुभयो। त्यति मात्र नभई हामीले गर्भ अवस्थापछिको हेरचाहा सुतिका परिचर्य (जसमा आफ्नो सरसफाई,खानपान, मालिस,स्तनपान,आमा बच्चाबीचको सम्बन्धहरूको बारेमा) समेत गरिएको थियो।"

"यो केसले बिरामीलाई आयुर्वेदिक चिकित्सा प्रणालीको सम्भावना र क्षमतामा अझ विश्वास दिलायो। बिरामी सुरुमा आयुर्वेदिक उपचारमा शंका राख्नुहुन्थ्यो, तर हाम्रो परामर्श र विश्वासले उहाँलाई यो प्रक्रिया अपनाउन प्रेरित गर्‍यो। आयुर्वेदिक चिकित्सा समाधान मात्र होइन, आशा र नयाँ जीवनको सुरुवात पनि हो।"

यो आयुर्वेदिक उपचार आफ्नो सिमितता हुँदाहुँदै पनि आयुर्वेदिक उपचारले जटिल प्रजनन समस्याहरू समाधान पनि गर्न सक्ने कुरामा डाक्टर झा जोड दिन्छिन्।

"अहिले तीन महिनापछि उहाँ आफ्नो स्वस्थ शिशुसँग अस्पताल आउँदा उहाँको खुसी देख्दा हामी सबैलाई निकै गर्व र सन्तोष महसुस भएको छ। यसले हामीलाई सधैं सम्झाउँछ कि सही परामर्श, सहानुभूति, र रोगीप्रति समर्पणले केकस्ता परिवर्तन ल्याउन सकिन्छ। यो अनुभव मलाई सधैं याद रहनेछ।"

अन्त्य मा डाक्टर झा भन्छिन्:

आयुर्वेद केवल रोगको उपचारमात्र होइन, यो जीवनको सम्पूर्ण सन्तुलनको पूर्ण विज्ञान हो।"

डाक्टर काजल झा
उपप्राध्यापक
स्त्री तथा प्रसुति रोग विशेषज्ञ
त्रिवी आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुर।

🤰 गर्भावस्थामा स्वस्थ रहनुहोस्, सन्तुलित जीवन जिउनुहोस्! 🌿आरोग्यम् हेल्थ केयर ले गर्भवती महिलाहरूको लागि विशेष स्वास्थ्य...
04/12/2024

🤰 गर्भावस्थामा स्वस्थ रहनुहोस्, सन्तुलित जीवन जिउनुहोस्! 🌿

आरोग्यम् हेल्थ केयर ले गर्भवती महिलाहरूको लागि विशेष स्वास्थ्य सल्लाह प्रस्तुत गर्दछ। तुलसी वा अदुवाको चिया पिउने प्राकृतिक उपायले स्वास्थ्यलाई ताजा राख्न र गर्भावस्थामा हुने असुविधा कम गर्न मद्दत गर्दछ।

फाइदाहरू:
✅ चिया-कफीको समस्या समाधान
✅ पाचन शक्ति सुधार
✅ ताजगी र आरामदायक अनुभव

सम्पर्क:
आरोग्यम् हेल्थ केयर
📍 सितापाइला, काठमाडौं
📞 ०१५३८९९६७ | ९८५१२२९३८२ | ९८०३५२९३८१

👉 आजै स्वास्थ्य परामर्शको लागि सम्पर्क गर्नुहोस र स्वस्थ जीवनको सुरुवात यहाँबाट गर्नुहोस ।

Address

Kathmandu

Telephone

+977 985-1229382

Website

Alerts

Be the first to know and let us send you an email when Aarogyam Health Care Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Aarogyam Health Care Pvt. Ltd:

Share