12/05/2026
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशन अनुसार “सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गदर्शन २०८३” लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले नेपाल ए.पी.एफ. अस्पतालमा मिति २०८३ बैशाख २८ गतेदेखि जेष्ठ १ गतेसम्म सरसफाई सप्ताह कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिएको छ ।
यस अभियानमार्फत स्वच्छ, स्वस्थ तथा व्यवस्थित वातावरण निर्माण गर्नुका साथै सरसफाई सम्बन्धी सकारात्मक आचरण विकास गर्ने उद्देश्य राखिएको छ ।