Nepal APF Hospital

  • Home
  • Nepal APF Hospital

Nepal APF Hospital A general hospital specially for armed police personnel and their dependents.

मिति २०८२/०४/३१ गते Rotary Club Tripureshwor र Nepal APF Hospital को सहकार्यमा Nepal APF Hospital को प्राङ्गणमा वृक्षारो...
16/08/2025

मिति २०८२/०४/३१ गते
Rotary Club Tripureshwor र Nepal APF Hospital को सहकार्यमा Nepal APF Hospital को प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो।

उपस्थित:
१. घनश्याम गिरी (मेयर - चन्द्रागिरी न. पा.)
२. प्रा.स.प्र.ना.म.नि. डा. रुपक महर्जन (अस्पताल प्रमुख -
Nepal APF Hospital)
३. भरत कुमार लकाई (President - Rotary Club Tripureshwor)
४. Nepal APF Hospital मा कार्यरत स.प्र.क. हरु।

Breastfeeding Class conducted at Nepal APF Hospital on the occasion of "33rd World Breastfeeding Week"
05/08/2025

Breastfeeding Class conducted at Nepal APF Hospital on the occasion of "33rd World Breastfeeding Week"

आज मिति 2082/04/09 गते नेपाल ए.पी.एफ. अस्पतालमा Associate Professor of Neurology and Emergency Medicine at the Universit...
25/07/2025

आज मिति 2082/04/09 गते नेपाल ए.पी.एफ. अस्पतालमा Associate Professor of Neurology and Emergency Medicine at the University at Buffalo, USA का डा. अमित कंडेल ज्यूबाट “Think Fast, Act Faster: Stroke Systems and Neuro Care That Work When Seconds Matter” सम्बन्धि भएको प्रस्तुतिकरणमा यस अस्पतालमा कार्यरत चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी र Zoom को माध्यमबाट ८ वटा क्षेत्रिय तथा फिल्ड अस्पताल र UN Lavel 1 Hospital, South Sudan मा कार्यरत स्वास्थ्यकर्मी सशस्त्र प्रहरी कर्मचारीहरु सहभागी रहेको थियो ।

मिति 2082/04/02 गते 07:00 बजेको समय देखि 08:30 बजेको समय सम्म यस अस्पतालमा अन्तराष्ट्रिय योग प्रशिक्षक कृपा श्रेष्ठ ज्यू...
18/07/2025

मिति 2082/04/02 गते 07:00 बजेको समय देखि 08:30 बजेको समय सम्म यस अस्पतालमा अन्तराष्ट्रिय योग प्रशिक्षक कृपा श्रेष्ठ ज्यूबाट योग प्रशिक्षण कार्य सम्पन्न भयो । उक्त कार्यक्रममा अस्पताल प्रमुख प्रा.स.प्र.ना.म.नि. डा. रुपक महर्जन, प्रा.स.प्र.ब.उ., स.प्र.उ., लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरु गरी करिब 100 जनाको उपस्थिति रहेको थियो ।

मिति २०८२/०३/३० गते सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य तथा नेपाल ए पी एफ अस्पतालको विशेषज्ञ चिकित्सकहरुद्वारा इन्...
14/07/2025

मिति २०८२/०३/३० गते सशस्त्र प्रहरी परिवार महिला संघको सहकार्य तथा नेपाल ए पी एफ अस्पतालको विशेषज्ञ चिकित्सकहरुद्वारा इन्जिनियर भवन पुल्चोक, ललितपुरमा नेपाल ईन्जिनियर्स एशोसिएसनद्वारा आयोजित रक्तदान तथा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालन गरिएको र उक्त शिविरमा १९० जना स्थानीय तथा इन्जिनियरहरूको स्वास्थ परीक्षण गरिएको र ३५ जनाद्वारा रक्तदान गरिएको थियो।

नेपाल मेडिकल एसोसिएसन र नेपाल ए.पी.एफ. अस्पतालको संयुक्त आयोजनामा संचालित ६ हप्ताको  “Medical Journal: Research, Editori...
06/07/2025

नेपाल मेडिकल एसोसिएसन र नेपाल ए.पी.एफ. अस्पतालको संयुक्त आयोजनामा संचालित ६ हप्ताको “Medical Journal: Research, Editorial Process, and Publication” तालीमको समापन सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यूको प्रमुख आतिथ्यमा सु-सम्पन्न भयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ज्यूहरु, नेपाल मेडिकल एसोसिएसनका प्रेसिडेन्ट डा. अनिल कार्कीज्यू तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी ज्यूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल ए. पी. एफ. अस्पतालका ३४ जना स्वास्थ्यकर्मी हरुलाई तालीमको प्रमाणपत्र वितरण गरीएको थियो ।

Handover of Electronic Medical Recording (EMR) System by World Health Organisation (WHO) Nepal to Nepal APF Hospital, Ba...
20/06/2025

Handover of Electronic Medical Recording (EMR) System by World Health Organisation (WHO) Nepal to Nepal APF Hospital, Balambu, Kathmandu.

सशस्त्र प्रहरी बल नेपालमा साधरण समुह साधरण उपसमुहमा सशस्त्र प्रहरी जवान पद तथा प्राविधिक समुह प्राविधिक उप-समुहमा प्रावि...
14/05/2025

सशस्त्र प्रहरी बल नेपालमा साधरण समुह साधरण उपसमुहमा सशस्त्र प्रहरी जवान पद तथा प्राविधिक समुह प्राविधिक उप-समुहमा प्राविधिक सशस्त्र हवल्दार पदमा भर्ना भई २० बर्ष भन्दा माथी सेवा गरी अवकास भई जानुभएका भु.पु.सशस्त्र प्रहरी कर्मचारीहरुको बिदाई कार्यक्रम ।

नेपाल ए. पी. एफ. अस्पतालबाट सशस्त्र प्रहरी कर्मचरीहरुलाई Internet प्रयोग गरी Computer वा Mobile मार्फत दूर-चिकित्सा (Tel...
12/03/2025

नेपाल ए. पी. एफ. अस्पतालबाट सशस्त्र प्रहरी कर्मचरीहरुलाई Internet प्रयोग गरी Computer वा Mobile मार्फत दूर-चिकित्सा (Telemedicine) सेवा, निम्न सेवा तालिका बमोजिम प्राप्त गर्न सकिने जानकारी गराउँदछौ ।

नेपाल एपीएफ अस्पतालको २३औँ वार्षिकोत्सव सम्पन्न ।संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फ...
14/02/2025

नेपाल एपीएफ अस्पतालको २३औँ वार्षिकोत्सव सम्पन्न ।

संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन ०२ गते नेपाल एपीएफ अस्पताल बलम्वुको २३औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

सो अवसरमा संगठन प्रमुखद्वारा नेपाल ए. पी. एफ. अस्पतालमा नव-निर्मित Tennis Court उद्घाटन, Paying Pharmacy काे उद्घाटन, नेपाल ए. पी. एफ. अस्पताल प्रतिबिम्ब २०८१ विमोचन, नेपाल ए. पी. एफ. अस्पताल सम्बन्धी Online गुनासो पोर्टलको उद्घाटन, नेपाल ए. पी. एफ. अस्पतालमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई IG Commendation तथा कदरपत्र वितरण गरी सम्पन्न गरियो।

नेपाल ए. पी. एफ. अस्पताल सम्बन्धी कुनै गुनासाे तथा सुझाव भएमा निम्न लिंकमा क्लिक गरी आवेदन गर्नको लागि अनुरोध। https://h...
14/02/2025

नेपाल ए. पी. एफ. अस्पताल सम्बन्धी कुनै गुनासाे तथा सुझाव भएमा निम्न लिंकमा क्लिक गरी आवेदन गर्नको लागि अनुरोध।

https://hospital.apf.gov.np/gunasso

साथै निम्न QR बाट पनि आफ्ना गुनासाे तथा सुझावहरु पठाउन सकिने व्यहोरा जानकारीको लागि अनुरोध।

Address

Balambu

Alerts

Be the first to know and let us send you an email when Nepal APF Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal APF Hospital:

  • Want your practice to be the top-listed Clinic?

Share