Dr. Om P Khaniya

Dr. Om P Khaniya Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Om P Khaniya, Doctor, Kathmandu.

वरिष्ठ प्राकृतिक चिकित्त्सा विशेषज्ञ/Senior Naturopathic Doctor
Lifestyle expert/Naturopathy & Yoga expert
Integrative Medicine Practitioner
Global Wellness Practitioner
Psychologist

 #स्वस्थरहनुहोसमस्तरहनुहोस
31/08/2025

#स्वस्थरहनुहोसमस्तरहनुहोस

बच्चाले सिक्ने सबैभन्दा ठूलो पाठ -तपाईंको उदाहरण******************************************मानव जीवनमा शिक्षा भन्ने कुरा ...
29/08/2025

बच्चाले सिक्ने सबैभन्दा ठूलो पाठ -तपाईंको उदाहरण
******************************************

मानव जीवनमा शिक्षा भन्ने कुरा केवल अक्षर र किताबमा सीमित छैन । जीवनको असली पाठशाला भनेको घर हो, र त्यहाँको असली गुरु भनेका आमा-बाबु हुन् । बच्चाले पहिलो अक्षर बोल्नुअघि नै देख्न थाल्छन्, र त्यसपछि उनीहरूको संसार बुझ्ने आधार भनेको आफ्ना अभिभावकको जीवनशैली बन्छ ।

शब्दभन्दा शक्तिशाली कर्म

बच्चाले सुन्ने कुरा भन्दा बढी हेर्ने र नक्कल गर्ने कुराबाट सिक्छ । तपाईंले अरूलाई कसरी व्यवहार गर्नुहुन्छ, तपाईं संकटमा कसरी धैर्य राख्नुहुन्छ, तपाईं आफ्नो बानीमा कति अनुशासित हुनुहुन्छ -यी सबै कुरा बालमस्तिष्कमा मौन तर गहिरो छापका रूपमा बस्छ ।

यदि तपाईंले बच्चालाई सधैँ धैर्य, ईमानदारी, श्रम र संस्कारको उदाहरण देखाउनुभयो भने, त्यो पाठ कुनै किताबले सिकाउन सक्दैन । बच्चाले बुझ्छ -सत्य केवल भनिने कुरा होइन, जीवनमा बाँचिने कुरा हो ।

मौन शिक्षाको शक्ति

बच्चा स्पन्जझैँ हुन्छ -उसले बोली मात्र होइन, तपाईंको मौनतालाई पनि सोस्छ । तपाईं रिसाउँदा उसको मुटु काँप्छ, तपाईं शान्त रहँदा उसको आत्मा स्थिर हुन्छ । तपाईंले अरूलाई नमस्ते गर्दा, उसले पनि नमस्तेको महत्व बुझ्छ । तपाईंले आमाबाबुको सेवा गर्दा, उसले आफ्नो भविष्यमा के गर्ने भनेर मौन निर्णय गरिसकेको हुन्छ ।

यो मौन शिक्षा त्यति शक्तिशाली हुन्छ कि, बच्चाले बढ्दो उमेरमा बाहिरका पुस्तक, गुरु वा समाजसँग भेट हुँदा पनि, उसको अन्तरात्माले भन्छ -"मेरो असली पाठ त घरमै सिकिएको थियो ।"

कठिनाइमा देखिएको उदाहरण

जीवनमा सुख त सजिलो हो, तर कठिनाइमा देखिएको व्यवहार नै असली शिक्षा हो । जब अभिभावकले संकटको क्षणमा धैर्य देखाउँछन्, तब बच्चाले जीवनको सबैभन्दा गहिरो सत्य बुझ्छ, "आँधी रोकिँदैन, तर मानिस रोकिएर शान्त रहन सक्छ ।"
त्यो धैर्य उसकै जीवनमा कहिल्यै हराउन नसक्ने बल बन्ने गर्छ ।

निष्कर्ष

अन्ततः बच्चाको संसारलाई बदल्ने सबैभन्दा ठूलो शक्ति तपाईंको बोली होइन, तपाईंको उदाहरण हो । तपाईंको चालढाल, आचरण, बानी, संस्कार र जीवन प्रतिको दृष्टिकोण -यी नै उसको भविष्यका ढाल र दिशानिर्देशक हुन्छन् ।

त्यसैले, आमा-बाबुले आफूलाई जसरी ढाल्छन्, त्यसैको प्रतिबिम्ब बच्चाले बन्छ ।
जीवनको असली पाठशाला भनेको घर हो, र असली पुस्तक भनेको अभिभावकको जीवनशैली ।

#स्वस्थरहनुहोसमस्तरहनुहोस

New studies show too much sugar is even worse for your heart than high cholesterol. Here's what you need to know.A landm...
23/08/2025

New studies show too much sugar is even worse for your heart than high cholesterol.

Here's what you need to know.

A landmark 15-year study published in JAMA Internal Medicine has found that consuming too much added sugar can more than double your risk of dying from heart disease—regardless of your weight, cholesterol, or exercise habits.

People who got 25% or more of their daily calories from added sugar faced more than twice the risk of heart-related death compared to those consuming less than 10%. Most of that sugar comes from sweetened drinks like sodas and fruit beverages, with desserts and breakfast cereals not far behind. Alarmingly, even a single can of soda can exceed the daily sugar limit recommended by the American Heart Association.

Unlike fat or cholesterol, excess sugar impacts the body in more subtle but equally dangerous ways. It can spike blood pressure and prompt the liver to release harmful fats into the bloodstream—both of which stress the cardiovascular system. With heart disease still the leading cause of death in the U.S., experts recommend taking proactive steps to reduce sugar intake. Simple swaps, like switching soda for fruit-infused sparkling water or choosing fresh fruit over candy, could make a major difference in heart health over time.

Source: Yang Q, Zhang Z, Gregg EW, Flanders WD, Merritt R, Hu FB. Added Sugar Intake and Cardiovascular Diseases Mortality Among US Adults. JAMA Intern Med. 2014;174(4):516–524.


#स्वस्थरहनुहोसमस्तरहनुहोस

व्रत वा उपवासले दिमागलाई रिवायर गरेर स्वस्थ बनाउछः बैज्ञानिक अध्ययन। #स्वस्थरहनुहोसमस्तरहनुहोस
15/08/2025

व्रत वा उपवासले दिमागलाई रिवायर गरेर स्वस्थ बनाउछः बैज्ञानिक अध्ययन।
#स्वस्थरहनुहोसमस्तरहनुहोस

  #स्वस्थरहनुहोसमस्तरहनुहोस
15/08/2025


#स्वस्थरहनुहोसमस्तरहनुहोस

  #स्वस्थरहनुहोसमस्तरहनुहोस
09/08/2025


#स्वस्थरहनुहोसमस्तरहनुहोस

"क्वाँटी: किन, कति खाने, कसरी बनाउने ? स्वाद, संस्कृति र विज्ञान जोडिएको यो अमृतमय झोलबारे जान्नैपर्ने सबै कुरा "काठमाडौ...
08/08/2025

"क्वाँटी: किन, कति खाने, कसरी बनाउने ? स्वाद, संस्कृति र विज्ञान जोडिएको यो अमृतमय झोलबारे जान्नैपर्ने सबै कुरा "

काठमाडौं । अबको केहि दिनमा जनै पूर्णिमा, देशभर हिन्दू धर्मावलम्बीहरूले रक्षाबन्धन बाँधेर र क्वाँटी खाएर यो पर्व हर्षोल्लासका साथ मनाउँदैछन्। हरेक चाडपर्वको आफ्नै विशेष परिकार भएजस्तै जनै पूर्णिमाको विशेष खान्की ‘क्वाँटी’ हो। यो केवल एक परम्परागत परिकार मात्र नभएर यसको सांस्कृतिक र वैज्ञानिक महत्व पनि उत्तिकै छ, जसले मानव स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुर्‍याउँछ।

के हो क्वाँटी ?

क्वाँटी एक प्रकारको पौष्टिक झोलिलो परिकार हो, जसको सुरुवात विशेषगरी नेवार समुदायबाट भएको मानिन्छ। नेवारी भाषामा ‘क्वाँ’ को अर्थ तातो र ‘टी’ को अर्थ झोल हुन्छ। मास, भटमास, सिमी, चना, केराउ, मुगी लगायत कम्तीमा नौ थरीका गेडागुडीलाई भिजाएर टुसा उमारेपछि पकाइने तातो र पोषिलो झोल नै क्वाँटी हो।

सांस्कृतिक र वैज्ञानिक महत्व

नेपाल कृषिप्रधान देश भएकाले वर्षायाममा खेतीपातीको कडा परिश्रमले थकित शरीरलाई अतिरिक्त ऊर्जा र पोषण दिन क्वाँटी खाने चलन बसेको विश्वास गरिन्छ। खेतीको काम सकिएपछिको थकान र चिसो मौसमबाट बच्न शरीरलाई चाहिने प्रोटिन, भिटामिन र मिनरल्सको परिपूर्ति गर्न टुसा उमारिएको गेडागुडीको झोल अत्यन्तै लाभदायक हुन्छ। यसले शरीरमा ताप प्रदान गर्ने, मांसपेशीलाई बलियो बनाउने र रोगसँग लड्ने क्षमता बढाउने काम गर्छ।

स्वास्थ्यका लागि अमृत समान

पोषणविद्का अनुसार, क्वाँटी विभिन्न पोषक तत्वले भरिपूर्ण ‘कम्प्लिट प्रोटिन’को स्रोत हो। यसका मुख्य फाइदाहरू निम्न छन्:

तत्काल ऊर्जा: यसले शरीरमा तत्काल ऊर्जा प्रदान गर्दछ।

रोग प्रतिरोधात्मक क्षमता: टुसा उमारिएको गेडागुडीमा पाइने एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढाउँछ।

पाचन प्रणालीमा सुधार: यसमा प्रशस्त मात्रामा फाइबर हुने भएकाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गरी कब्जियत जस्ता समस्या हटाउँछ।

अन्य फाइदा: मधुमेह, पायल्स र रक्तसञ्चारका बिरामीका लागि पनि क्वाँटी फाइदाजनक मानिन्छ।

सेवनमा सावधानी: कसले ध्यान दिने ?

क्वाँटी जति पौष्टिक र स्वादिलो छ, यसको सेवन उत्तिकै नियन्त्रित मात्रामा गर्नुपर्छ। पोषणविद्हरूका अनुसार, शरीरमा प्रोटिनको मात्रा बढी हुँदा युरिक एसिड बढ्ने र मिर्गौलामा असर पर्न सक्ने जोखिम हुन्छ। त्यसैले, विशेषगरी युरिक एसिड र मिर्गौलाका बिरामीले क्वाँटी खाँदा सावधानी अपनाउनु जरुरी छ।

क्वाँटी बनाउने सरल विधि

१. तयारी: कम्तीमा नौ थरीका गेडागुडी (मिक्स क्वाँटी) लाई सफा पानीमा पखालेर एक-दुई दिनअघि नै भिजाउनुहोस्। पानी फालेर यसलाई सफा कपडामा बाँधेर राख्दा टुसा उम्रन्छ।

२. भुटन: प्रेसर कुकरमा तेल वा घिउ तताएर ज्वानो, तोरी र सुप फुराउनुहोस्। त्यसपछि काटेको प्याज, अदुवा, लसुन र खुर्सानी हालेर हल्का खैरो हुन्जेल भुट्नुहोस्।

३. पकाउने: अब टुसा उम्रेको गेडागुडी, बेसार, जिरा-धनियाको धुलो, करी मसला, गोलभेडा र स्वादअनुसार नुन हालेर केहीबेर भुट्नुहोस्। त्यसपछि आवश्यकताअनुसार पानी राखेर प्रेसर कुकरको बिर्को बन्द गरी ६-७ सिठ्ठी लगाउनुहोस्।

४. अन्तिम रूप: पाकेको क्वाँटीमा काटेको हरियो धनियाँ हाल्नुहोस्। स्वाद बढाउन गरम मसला थप्न वा तेलमा जिरा र ज्वानो डढाएर झान्न पनि सकिन्छ। अब तात्तातो क्वाँटी खानका लागि तयार भयो।

पछिल्ला दिनहरूमा क्वाँटीको लोकप्रियता नेवार समुदायमा मात्र सीमित नरही सबै समुदायमा फैलिएको छ, जसले यस परिकारको सांस्कृतिक र स्वास्थ्य महत्वलाई थप फराकिलो बनाएको छ।



#स्वस्थरहनुहोसमस्तरहनुहोस

06/08/2025
Food is the medicine and medicine can be food…हरेक दिन बिहान उठेदेखि राती सुत्नु अघिसम्म खानुपर्ने विबिध औषधीहरु (कुनै त...
04/08/2025

Food is the medicine and medicine can be food…
हरेक दिन बिहान उठेदेखि राती सुत्नु अघिसम्म खानुपर्ने विबिध औषधीहरु (कुनै तिता, कुनै टर्रा, कुनै खल्ला, कुनै अर्कै गन्ध आउने) पानी सँग घुटुक्क निल्दा मुख नमिठो पार्नु भन्दा दैनिक खानेकुरा खाँदा मिठिने मुखलाई नियन्त्रण गर्ने कोशीस गर्नुहोस्।

जिबन सुन्दर र अमुल्य छ। अस्पताल धाउनुभन्दा पहिले ऋषी मनले सोच्नुहोस्। तपाईंले खाइरहेका औषधीहरुले तपाईका दीर्घ रोगहरु निको पूर्ण रुपमा पारिरहेका छैनन्। जीबन धान्ने उपाय मात्र गरिरहेका छन्।

जीबन अमुल्य छ। कसरी जीबन यापन गर्ने तपाईंमा नै भर पर्छ। भान्छालाई अस्पातल र खानेकुरालाइ औषधी ठानेर स्वास्थकर जिबनशैली अपनाउनुहोस । दैनिक ८ घण्टा सुत्ने । दैनिक घाम ताप्ने । ब्यायाम गर्ने । सकारात्मक सोच राख्ने । प्रशोधित खानेकुरा नखाने जस्ता कुराहरुको अनुशरण गरेमा यस्ता तमाम रोग र औषधीबाट छुटकारा पाउन पनि सकिन्छ । विज्ञसंग सल्लाह लिई अनुशरण गर्न सकिन्छ। हामी हजुरहरूको सेवामा तत्पर छौ।

तपाईं आफ्नो डक्टर आँफै हो ।आज देखी नै जीबन शैली सुधार्नुहोस र २१ दिन भित्रै आफ्नो स्वास्थ्यमा सकारात्मक परिवर्तन भएको महशुस गर्ने कोशिस गर्नुहोस ।२१ दिन नियमित लाग्नु भयो भने यो बानी बन्नेछ र ९० दिनपछि स्वत जिवनशैली नै बन्नेछ। सकारात्मक सोचका साथ स्वस्थ जीबनशैली अपनाउने प्रयास गरेमा नतिजा अबश्य राम्रो आउनेछ ।🙏🙏🙏

#स्वस्थरहनुहोसमस्तरहनुहोस

 #स्वस्थरहनुहोसमस्तरहनुहोस
31/07/2025

#स्वस्थरहनुहोसमस्तरहनुहोस

Address

Kathmandu
33600,44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr. Om P Khaniya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Om P Khaniya:

Share

Category