Dr. Sonaam N Sherpa

Dr. Sonaam N Sherpa Physician

31/07/2025

शरीरको कुन अवस्थामा sugar को मात्र normal हुँदा पनि Diabetes को जोखिम हुने गर्दछ? हेर्नुस् है यो महत्वपुर्ण जनकारी।

17/07/2025

शारीरिक रुपमा स्वास्थ रहनको निम्ति तनावमुक्त जीवन किन आवश्यक? बुझ्नुस् है भिडियो मार्फत 🙏

06/07/2025

के blood pressure को औसधी जीवनवर खानु पर्छ? बुझ्नुस् है यो सम्बन्धि संक्षिप्त जनकारी

05/07/2025

आलुको कुनै पनि परिकार बनाउँदा आलुको बोक्रालाई तास्ने एवंम् काटेर पानीमा 15 मिनेट जति डुबाउने गर्नुस् है। त्यसो गर्दा पकाउने बेला उत्पन्न हुने हानिकारक तत्व Acrylamide को मात्र धेरै कम भएर जान्छ जसले अन्यथा cancer रोग सम्म गराउने जोखिम उच्च बढाउँने गर्दछ। यतिमात्र नभएर Diabetes को जोखिमलाई पनि न्युनिकरण गर्दछ।

29/06/2025

SEE मा राम्रो नतिजा ल्याउन सफल सम्पूर्ण विधार्थीहरुलाई बधाई। एउटा फलामे गेटको ताल्चा खोल्नु भयो। गेट खुले संगै अनेकौ सम्भावना एवंम् चुनौतीहरुले स्वागत गरिसकेका छन्। ती चुनौतीहरु उत्तर पुस्तिकामा लेखेको जस्तो पक्कै नहुन सक्छ।अबको दिनमा मानसिक्,शारीरिक सामाजिक,आर्थिक,पारिवारिक एवंम् राजनैतिक चरित्रका प्रश्नहरु तपाइको अगाडि हरेक पल तेर्सिदै जाने छन् जसले तपाइलाई तर्साउने प्रयास पक्कै गर्दछ तर हिम्मत नहार्नु होला। यी प्रश्नहरुको उत्तर जीवनको संघर्ष,भोगाई ,अपमान ,असफलता एवंम् सफलताहरुबाट प्राप्त गर्न सकिन्छ 🙏असफल हुने विधार्थीहरु हिम्मत नहार्नु होला,अक्सर असफलता चाखेकोहरुलेनै सच्चा सफलताको झण्डा गाडेको इतिहाँस् छ

17/06/2025

मुखबाट शरीरमा गएको विषको उपचार औसधीको माध्यमबाट सम्भव हुन्छ तर कानबाट दिमागमा गएको विषको उपचार करिब करिब असम्भव जस्तै हुने गर्दछ। तसर्थ हरेक कुरालाई आफैले एक पटक अनुसन्धान गरि असल वातावरण तय गरौँ 🙏 🧿

12/06/2025

Chronic Liver Disease भनेको के हो र यसका कारणहरु संक्षिप्तमा 🙏

05/06/2025

दिनमा एक प्याक या हप्तामा 2-3 ग्लास रक्सि पिउनु शरीरको निम्ति राम्रो हुन्छ भन्नु गलत तर्क हो। विषले आफ्नो काम गरेरै छाड्छ चाहे थोरै या धेरै। रक्सिले मस्तिष्कको neuron ड्यामेज् गर्छ जस् कारण विस्तारै स्मरण शक्ती गुम्दै जान्छ, मुटु र कलेजोको cells ड्यामेज् गर्छ जस् कारण मुटु र कलेजो सुन्निदै जान्छ र आन्द्राको cells ड्यामेज् गर्छ जसकारण कुपोषणको लक्षण देखाउदै जान्छ। 🧿

03/06/2025

तपाईले अरु केहि गर्न नसके पनि दिनमा कम्तिमा एक घण्टा मज्जाले हिंड्नुहोस्।सक्नु हुन्छ भने राक्सी र चुरोट त्याग्नु होस्। अझै सक्नु हुन्छ भने गुलियो र नुनिलो कम गर्नु होस्। तपाई 90% स्वास्थ हुनु हुनेछ आफ्नै कारणले

30/05/2025

ग्यास्ट्रिक सम्बन्धि छोटो जनकारी।🧿

27/05/2025

उच्च रक्तचाप (High Blood Pressure) भएका व्यक्तिले कफी पिउन किन कम या बन्द गर्नु पर्छ?

१. कफीमा क्याफिन (Caffeine) हुन्छ, जसले रक्तचाप चढाउँछ।
क्याफिनले रक्तनलीलाई साँघुरो बनाउँछ र मुटुको गति बढाउँछ, जसले रक्तचाप अस्थायी रूपमा बढाउँछ।

२. नियमित कफीले औषधिको असर घटाउन सक्छ।
क्याफिनले उच्च रक्तचापको औषधिको काम गर्ने तरिका असर गर्न सक्छ।

३. तनाव र निद्रामा असर पुर्‍याउँछ।
कफीले निद्रा बिगार्छ, जसले तनाव र रक्तचाप दुबै बढाउँछ।

Address

Katmandu

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Sonaam N Sherpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category