
17/03/2024
SOLVE & CARE
Kesh Bardan Onion Hair Oil
केश वरदान अनियन तेल प्याज,भृगराज, ब्राहमी, रोजमेरीको तेल, केशर, सिकाकाई, कालो तिलको तेल, नरिवलको तेल, नीम, मन्जेष्था, अमला, खसखस, जटामसी, यष्तिमधु, अमरवेली, धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट तयार पारिएको छ । यसको प्रयोगले टाउको चिलाउने समस्या समाधान हुन्छ भने कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ । यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान अनियन तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब ३ महिनाको नियमित प्रयोगले टाउकोमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।
प्रयोग विधि :– यो केश वरदान अनियन तेल हप्ताको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी १० देखि १५ मिनेट सम्म मालिस गर्नु पर्दछ । तालु अथवा कपालको अवस्था हेरी कम्तीमा ३ महिना देखि १ वर्ष सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।
https://youtube.com/?si=qlklXI5VNY0Wb7ZL
www.solvencare.com