01/07/2025
आज मुख खोलेरै भन्छु रवि दाइ, तिमीले साँच्चै ठूलो गल्ती गर्यौ।
तिमीले पत्रकारिताको नशा चढायौ, राजनितिको विशाल आकाशमा हाम फालेउ ।
देश बदलिन्छ भन्ने ठुलो भरोसा गर्यौ।
कसैले भन्यो “हेर, म टेलिभिजन खोल्दैछु, तिमी आउ काम गर अनि केही लाख लेउ, र आफ्ना सत्कर्मलाइ कसैको हस्तक्षेपबिना नितन्तरता देउ ”
तिमिलाइ लाग्यो सहि हो , अनि गयौ ।
तर, तिमिले गल्ती गरेउ दाइ ।
तिमिले त के गर्नुपर्थ्यो भने -
सरकारी जग्गा पतञ्जलीको नाममा पास गराएर अरबौं कमिसन माग्नुपर्थ्यो ।
तिमीले टेरामक्स जस्ता उपकरण खरिद गराएर अरबौं चलखेल गर्नुपर्थ्यो ।
६१ किलो सुन एयरपोर्टबाट ट्रकका ट्रक तस्कर गर्नुपर्थ्यो।
नक्कली भुटानी शरणार्थी बनाएर यिनै नेपाली नागरिकलाइ बेच्नुपर्थ्यो ।
तब मात्र,
तिमी इमान्दार र देशभक्त कहलिन्थेउ ।
र अरबौं बिगो मागदाबी हुंदा पनि अदालतले "कसुर देखिएन" भन्दै - "२ लाख" "४ लाख" "२५ लाख" "३५ लाख" धरौटिमा छोडिहाल्थ्यो ।
यसरी करोडको मागदाबिमा करोडै धरौटी मागेर पनि आज अपराधिको ट्याग झुन्ड्याएर त्यो भैरहवाको टन्टलापुर गर्मीमा पसिना पुछ्दै बस्नुपर्नेथिएन ।
तिमिलाइ ब्यर्थैमा के को देशको सेवा गर्नुपर्या, के को नागरिकका आँसु पुछ्न आउनुपर्या ??
जुन देशको पासपोर्टको सपना सारा नेपालिले देख्छन त्यही देशको पासपोर्ट फिर्ता दिएर तिमी फर्केर चाहिँ किन आउनुपर्या देशको चिन्तामा ?? उताबाट त आयौ आयौ, अनि यताको त्यो शान सौरतसहितको आनन्दको ग्यालेक्सि टेलिभिजनको लाखौं तलब पाउने जागिर छोडेर चाहिँ किन आउनुपर्या ?
तिमिलाइ थाहा थिएन र,
-यहाँ राम्रो काम गर्न आउनेलाइ सम्मान हैन सडाउने गरिन्छ ।
- यहां ठग्नु सजाय होइन, सम्मानजनक कला हो ।
- यहाँ लुट्नेको बखान गरिन्छ र लुटिनेलाइ जेल हालीन्छ।
- यहाँ यी दलले खडा गरेको भ्रष्टाचारको साम्राज्यको सदस्यता लिने मात्र सुरक्षित हुन्छन अरु सबै जेल जान्छन ।
- यहाँ घोटालालाइ अबसर मानिन्छ र त्यसका बिरुद्द बोल्नेलाइ अपराधि मानिन्छ ।
अनि तिमिले फेरि आंफुमाथी अन्याय भयो श्रीमान भनेर किन अदालतमा गयौ ?
फेरि किन भुलेउ कि यहाँ अदालत आंफै अन्योलमा छ कि उसले न्याय दिन्छ कि कसैको आदेश पालना गर्छ भन्ने कुरा ।
यि केही बुझेनौ,जानेनौ या भुलेउ त्यसैले त ,
आज तिमी जेलमा छौ,
र जो जो यी कला जानेका र बुझेका ‘कलावान’हरू छन उनिहरु "वातानुकुलित" ठाउंमा स्वतन्त्र र निर्बाध बसिरहेका छन ।
रवि दाइ-
सायद तिमीले यो देशलाई "अमेरिका" सम्झियौ होला,जहाँ सत्य बोल्नेहरूलाई सुरक्षा दिइन्छ।
तर बिडम्बना, यो देशमा सत्य बोल्नेहरूलाई सुरक्षा होइन, सजाय दिइन्छ।
र अन्तमा यत्ती भन्न चाहें -
तिमी दोषी हौ कि निर्दोष त्यो त म भन्न सक्दिन रबि दाइ ।
त्यो भन्दा ठूलो कुरा यो हो कि तिमी सोझो भयौ र अहिले एक्लो भयौ ।
किनभने सत्यको साथ दिन्छौं भन्नेहरु पनि ,जुन दिन तिमी थुनामा गयौ सायद उनिहरु उत्सवको माहोलमा होलान ।
त्यसैले तिमी आंफै लड दाइ, आंफै त्यो प्रतिसोध र अन्यायको जन्जिर तोड्ने प्रयास गर दाइ । तिमिलाइ तिम्रा नजिककाले त मलाइ आसपास पर्न अहिलेसम्म दिएका छैनन तर मेरि आमाको कसम खाएर भन्छु तिमिलाई यदि त्यो जन्जिरको पर्खालले उकुसमुकुस बनाएको छ र त्यो तोड्न चाहन्छौ भने म बम बनेर त्यो पर्खाल फुटाउन जरुर आउनेथिएं । किनकी तिमिमा मैले मेरो देशप्रती अथाह मायां र प्रेम देखेको छु ।
र सबैभन्दा महत्वपुर्ण कुरा तिमिमा मैले आंफुलाइ देखेको छु ।