बाला स्वास्थ्य चौकी - Bala health post

  • Home
  • Nepal
  • Khandbari
  • बाला स्वास्थ्य चौकी - Bala health post

बाला स्वास्थ्य चौकी - Bala health post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बाला स्वास्थ्य चौकी - Bala health post, Medical and health, Sankhuwasabha, Nepal., Khandbari.

यहि मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुव...
14/04/2026

यहि मिति २०८३ साल बैशाख ६ र ७ गते देशैभर ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधी खुवाऔं !

14/04/2026

नयाँ वर्ष, नयाँ संकल्प! 🌸 यस वर्षको सुरुवातसँगै राष्ट्रिय खोप महिना पनि सुरु भएको छ।

स्वास्थ्यपूर्ण भविष्यतर्फको पहिलो पाइला चालौं 👍 आउनुहोस्, आफ्ना बालबालिकाको समयमै खोप लगाएर सुरक्षित नेपाल निर्माण गरौं।

मोतियाबिन्दुको छनौट शिविर सञ्‍चालन हुने सम्बन्धी सूचना।
09/04/2026

मोतियाबिन्दुको छनौट शिविर सञ्‍चालन हुने सम्बन्धी सूचना।

सिलीचोङ गाउँपालिका वडा नं २ दाङखिला सामुदायिक स्वास्थ्य इकाई मा कार्यरत स्वास्थ्यकर्मी श्री Chandika Kulung ज्यूलाई यस ब...
04/04/2026

सिलीचोङ गाउँपालिका वडा नं २ दाङखिला सामुदायिक स्वास्थ्य इकाई मा कार्यरत स्वास्थ्यकर्मी श्री Chandika Kulung ज्यूलाई यस बाला स्वास्थ्य चौकीको तर्फबाट जन्मदिनको विशेष विशेष शुभकामना व्यक्त गर्दछौं।

कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा(H5N1) बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको प...
25/03/2026

कोशी प्रदेशका मोरङ, झापा र सुनसरी जिल्लामा(H5N1) बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि ६० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको पशुपन्छी विकास महाशाखाले जनाएको छ। तपाईँको बिचारमा यस्तो सङ्क्रमण फैलिन नदिन कस्ता उपाय अपनाउन जरुरी छ? कृपया तल कमेन्टमा लेख्नुहोस्।

‘मुख स्वास्थ्य राम्रो भएमा शरीर पनि स्वस्थ रहन्छ’विश्व मुख स्वास्थ्य दिवस २०८२ को सम्पूर्णमा शुभकामना !
20/03/2026

‘मुख स्वास्थ्य राम्रो भएमा शरीर पनि स्वस्थ रहन्छ’
विश्व मुख स्वास्थ्य दिवस २०८२ को सम्पूर्णमा शुभकामना !

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेक...
19/03/2026

भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार देशका विभिन्न भागमा भारी वर्षा, हिमपात तथा तीव्र हावाहुरीको सम्भावना रहेको पूर्वानुमान छ।
तसर्थ, काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गर्दछ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्नु हुन पनि आग्रह गर्दछौं। हेलो गृह मन्त्रालय

२०८२ साल चैत्र  महिनामा खोप लगाउनुपर्ने बालबालिकाहरुको विवरण  तपसिल बमोजिम रहेको छ।
16/03/2026

२०८२ साल चैत्र महिनामा खोप लगाउनुपर्ने बालबालिकाहरुको विवरण तपसिल बमोजिम रहेको छ।

25/02/2026

बाला स्वास्थ्य चौकी को कार्यालयमा पूर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ्ग ज्यू को नसर्ने रोग को स्क्रिनिङ गरिँदै ☺️
कृपया यस बाला बसी ३० वर्ष माथिका सम्पूर्णमा नागरिकमा पनि नजीकैको स्वास्थ्य संस्था मा गएर NCD screening गराउनु हुन अनुरोध छ 🙏
सेवाहरु:-
१. उच्च रक्तचाप
२. मधुमेह (random blood sugar)
३. BMI जाँच ( उचाई र तौलको अनुपात)
४. मिर्गौलाको जाँच ( urinalysis)

स्थान:-
१. पौखमटार बुधबारे सा. स्वा. ई
२. कङथुला सा. स्वा. ई
३. बाला स्वास्थ्य चौकी
४. दाङ्खिला सा. स्वा. ई

नोट:- विदाको दिन बाहेक १० देखि ४ बजे सम्म (विशेष गरी फाल्गुन महिना भरी)

15/02/2026

सुचना। सुचना ।। सुचना ।।।
बिषय नसर्ने रोगहरु मधुमेह, रक्तचाप,मृगौला सम्बन्धि रोगहरुको जाँच, शरीरको उचाई र तौलको अनुपात पहिचानका लागि फाल्गुन महिनालाई अभियानको रुपमा संचालन सम्बन्धमा ।
प्रस्तुत विषयमा नेपालमा नसर्ने रोगको कारण बिरामी हुने एवं मृत्यु हुनेहरुको अनुपात धेरै हुँदै गएको अवस्था रहेकाले यस बाला स्वास्थ्य चौकी बाट फाल्गुन १ गते देखि ३० गते सम्म एक महिनाको अभियानमा नसर्ने रोगहरु जस्तै मधुमेह, रक्तचाप,मृगौला सम्बन्धि रोगहरुको जाँच, शरीरको उचाई र तौलको अनुपात पहिचानका लागि फाल्गुन महिनालाई अभियानको रुपमा संचालन हुने जनकारी गर्दाछौं ।
तपसिल
१, मधुमेहको स्क्रिनिङ ३० वर्ष भन्दा माथिको उमेर समूहलाई मात्र ।
२, रक्तचापको जाँच ३० वर्ष भन्दा माथिको उमेर समूहलाई मात्र ।
३, मृगौला सम्बन्धि रोगको जाँच ३० वर्ष भन्दा माथिको उमेर समूहलाई मात्र ।
४, शरीरको तौल अनुपात (BMI) को मापन

स्थान:- बाला स्वास्थ्य चौकी ,सि.गाँ.पा. ०२

10/02/2026

HPV खोप अभियान २०८२/१०/२७ गते बाला याम्दाङ मा वि, तेयुङ मा सम्पन्न भएको छ lयस अभियानमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यव...
10/02/2026

HPV खोप अभियान २०८२/१०/२७ गते बाला याम्दाङ मा वि, तेयुङ मा सम्पन्न भएको छ l
यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्णमा धन्यवाद 🙏🙏

Address

Sankhuwasabha, Nepal.
Khandbari

Website

Alerts

Be the first to know and let us send you an email when बाला स्वास्थ्य चौकी - Bala health post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to बाला स्वास्थ्य चौकी - Bala health post:

Share