प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क

  • Home
  • Nepal
  • Khotang
  • प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क

प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क Primary Health Centre Aiselukharka is Located in Aiselukharka-03, Aiselukharka Khotang. Services
OPD

प्रा.स्वा.के ऐसेलुखर्कमा कार्यरत अ.हे.व.रोषन्ति गुरूड•लाई सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना छ 💐🎊💐
30/11/2025

प्रा.स्वा.के ऐसेलुखर्कमा कार्यरत अ.हे.व.रोषन्ति गुरूड•लाई सुखद दाम्पत्य जीवनको हार्दिक मंगलमय शुभकामना छ 💐🎊💐

हार्दिक बधाई छ बिमल सर र गीता मेडमलाई अनि नयाँ  मान्छे लाई  स्वागत छ ।
27/11/2025

हार्दिक बधाई छ बिमल सर र गीता मेडमलाई अनि नयाँ मान्छे लाई स्वागत छ ।

स्वास्थ्य नै धन हो 🙏
20/11/2025

स्वास्थ्य नै धन हो 🙏

विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस  आजै देखि लागौं:  पाठेघरको मुखको क्यान्सर निवारण गरौं भन्ने नाराका साथ  आज  १७...
17/11/2025

विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस
आजै देखि लागौं: पाठेघरको मुखको क्यान्सर निवारण गरौं
भन्ने नाराका साथ आज १७ नोभेम्वर २०२५ (मिति २०८२।०८।०१) का दिन
विश्वभर तथा देश भर मनाइदै छ ।

आज १७ नोभेम्बर, विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस ।
विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रुपमा मनाउने घोषणा गरे अनुरुप यस वर्ष पहिलो पटक “आजैदेखि लागौँ : पाठेघरको मुखको क्यान्सर निवारण गरौँ” (Act Now: Eliminate Cervical Cancer) भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको छ। पाठेघरको मुखको क्यान्सर रोकथाम, उपचार र निवारणका लागि यस नाराले सबै सरोकारवाला निकायहरुलाई अहिले नै कदम चाल्न प्रेरित गर्छ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख हो । क्यान्सरबाट महिलाहरूको मृत्यु हुनेमा यो पहिलो नम्बरमा पर्छ।रोकथाम गर्न सकिने हुँदाहुँदै पनि नेपालमा प्रतिदिन ६ जना महिलाहरूमा पाठेघरको मुखको क्यान्सर देखा पर्ने गरेको छ।यही क्यान्सरको कारण प्रतिदिन ४ जना महिलाहरूले ज्यान समेत गुमाइरहेका छन्।
यस क्यान्सर निवारणको लागि सन् २०३० सम्ममा नेपाल सरकारले कम्तिमा ९०% किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाउने, ३० वर्ष माथिका कम्तिमा ९०% महिलाहरुको स्क्रिनिङ गर्ने र पाठेघरको मुखको क्यान्सरको निदान भएका कम्तिमा ९०% महिलाहरुको उपचार गर्ने रणनैतिक लक्ष्य लिएको छ।
सो लक्ष्य प्राप्तिको लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गत वर्षदेखि राष्ट्रिय खोप कार्यक्रममा एच.पि.भी. खोपलाई समावेश गरी ९४% प्रतिशत किशोरीहरुलाई पहिलो पटक निःशुल्क खोप सेवा प्रदान गरियो ।यस वर्षको फागुन महिनामा पनि विद्यालय जाने ६ कक्षाका छात्रा र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीहरुलाई HPV खोप दिने कार्यक्रम रहेको छ।साथै स्थानीय तह मार्फत संचालन हुने एकिकृत प्रजनन् स्वास्थ्य रुग्णता शिविर र तालिमप्राप्त स्वास्थ्यकर्मी भएका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा ३० वर्ष माथिका महिलाहरुको नियमित स्क्रिनिङ कार्यक्रम समेत संचालन गरिँदै आएको छ।त्यस्तै, यसका लागि नेपाल सरकारले क्यान्सरका विरामीहरुलाई उपचारमा सहुलियत समेत प्रदान गर्दै आएको छ।
अन्त्यमा, पाठेघरको मुखको क्यान्सरको निवारणका लागि जनचेतना अभिबृद्धि गर्न, किशोरीहरुलाई HPV खोप लगाउन प्रोत्साहन गर्न, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको महत्त्व बुझाएर समयमा नै यो रोगको पहिचान गरेर उपचार गराउन सबै जनप्रतिनिधीज्यूहरु, समाजसेवीज्यूहरु, सञ्चारकर्मीज्यूहरु, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाज्यूहरु, सम्पूर्ण स्वास्थ्यकर्मीज्यूहरु लगायत सबै सरोकारवालाज्यूहरुमा हार्दिक अनुरोध गर्न चाहन्छौं। प्रा.स्वा.के.परिवार धन्यवाद !!

स्क्रब टाइफस निकै फैलिएको छ सचेत बनौं ,बच्ने उपाए अबलम्बन गरौं 🙏
15/11/2025

स्क्रब टाइफस निकै फैलिएको छ
सचेत बनौं ,बच्ने उपाए अबलम्बन गरौं 🙏

https://www.facebook.com/share/p/16zDrXjX4g/?mibextid=wwXIfr
09/11/2025

https://www.facebook.com/share/p/16zDrXjX4g/?mibextid=wwXIfr

अजिनोमोटो के हो?

अजिनोमोटोलाई यसको रासायनिक नाम मोनो सोडियम ग्लुटामेट (Monosodium Glutamate – MSG) भनेर पनि चिनिन्छ।
यसको प्रयोग मुख्यतः चिनियाँ परिकारहरूमा स्वाद बढाउने सामग्रीको रूपमा गरिन्छ।

पहिले हामी प्रायः घरमा बनेका खाना खान्थ्यौं, तर अहिले मानिसहरू चिप्स, पिज्जा, मोमोज, अण्डा रोल, म्यागी जस्ता फास्ट फूडहरू खान बढी रुचाउने भएका छन् — यीमध्ये धेरैमा अजिनोमोटोको प्रयोग गरिन्छ।
यसको प्रयोग विभिन्न डिब्बाबंद फास्ट फूड, सोया सस, टोम्याटो सस, संरक्षित माछा लगायतका धेरै संरक्षित खाद्य वस्तुहरूमा पनि गरिन्छ।

पहिले हामी प्रायः घरमा बनेका खाना खान्थ्यौं, तर अहिले मानिसहरू चिप्स, पिज्जा, मोमोज, अण्डा रोल, म्यागी जस्ता फास्ट फूडहरू खान बढी रुचाउने भएका छन् — यीमध्ये धेरैमा अजिनोमोटोको प्रयोग गरिन्छ।
यसको प्रयोग विभिन्न डिब्बाबंद फास्ट फूड, सोया सस, टोम्याटो सस, संरक्षित माछा लगायतका धेरै संरक्षित खाद्य वस्तुहरूमा पनि गरिन्छ।
अजिनोमोटोलाई पहिलोपटक सन् 1909 मा जापानी जैव–रसायनशास्त्री किकुनाए इकेडाले खोज गरेका थिए।
उनीहरूले यस स्वादलाई “उमामी” भनेर नाम दिएका थिए, जसको अर्थ हुन्छ — सुखद स्वाद।
जापानी सूपहरूमा यसको प्रयोग निकै सामान्य रूपमा गरिन्छ।

यो स्वादमा केही हदसम्म नुनजस्तो हुन्छ र देख्नमा साना चम्किला क्रिस्टलजस्ता हुन्छ।
यसमा प्राकृतिक रूपमा एमिनो एसिड पाइन्छ, तर अहिले विश्वभरका धेरै कुकहरूले स्वाद बढाउन यसको प्रयोग गर्छन्।
तर, अजिनोमोटोको प्रयोग असुरक्षित मानिन्छ।
पहिले यो केवल चिनियाँ रसोईमा प्रयोग हुन्थ्यो, तर अहिले बिस्तारै हाम्रो घरको भान्सासम्म पनि प्रवेश गरिसकेको छ।
आजकल समय बचतका लागि हामी दुई मिनेटमै नुडल्स पकाएर खान्छौं — त्यस्ता धेरैजसो परिकारहरूमा अजिनोमोटो पाइन्छ, जसले शरीरलाई बिस्तारै हानि पुर्‍याउँछ।
यो एक प्रकारको लत (नशा) जस्तै हुन्छ — एकपटक अजिनोमोटोयुक्त खाना खान थालेपछि त्यसै खाना खाने चाहना बारम्बार हुने गर्छ।
यसको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ र रगतमा ग्लुटामेटको स्तर उच्च हुन्छ, जसले शरीरमा गम्भीर असर पुर्‍याउन सक्छ।

अजिनोमोटोलाई “मौन हत्यारा” पनि भनिन्छ, किनभने यसले आँखाको रेटिनालाई क्षति पुर्‍याउन सक्छ, साथै थाइराइड र क्यान्सर जस्ता रोगहरू उत्पन्न गर्ने सम्भावना पनि हुन्छ।
यदि नियमित रूपमा अजिनोमोटोयुक्त खाना खान थालियो भने यसले माइग्रेन (अधकपाली) पनि उत्पन्न गर्न सक्छ, जसमा आधा टाउको दुख्ने समस्या हुन्छ।
अजिनोमोटोको अत्यधिक सेवनले मोटोपन बढाउँछ, किनभने यसले शरीरको लेप्टिन हर्मोनमा असर गर्छ, जुन हर्मोनले हाम्रो मस्तिष्कलाई “अब पेट भरिसक्यो” भन्ने सन्देश दिन्छ।
त्यसैले अजिनोमोटो सेवनले हामी बढी खान्छौं र छिट्टै मोटोपनसँगै अन्य गम्भीर रोगहरू पनि निम्त्याउँछ।
👉 सावधान रहनुहोस्!
फास्ट फूडको सौखिन त सबै हुन्छौं, तर बजारको होइन, आफ्नै घरमा देशी तरिकाले बनेको खाना खानुहोस् — यही नै सुरक्षित र स्वास्थ्यकर विकल्प हो।

राष्ट्रीय भिटामिन ए र जुकाको औषधि बितरण कार्यक्रम २०८२/०७/२०र२१गते देश भरि संचालन भइरहेको छ कतै हजुरका ६महिना देखि ५बर्ष...
06/11/2025

राष्ट्रीय भिटामिन ए र जुकाको औषधि बितरण कार्यक्रम २०८२/०७/२०र२१गते देश भरि संचालन भइरहेको छ कतै हजुरका ६महिना देखि ५बर्ष मुनिका बालबालिका छुटेका छन् भने नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयं सेबिका वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला 🙏

प्रा स्वा.के.ऐसेलुखर्कमा एकै दिन भएको डेलिभरीहरू 🥰🙏🥰
03/11/2025

प्रा स्वा.के.ऐसेलुखर्कमा एकै दिन भएको डेलिभरीहरू 🥰🙏🥰

18/10/2025
प्राथमिक स्वास्थ्य केंद्र ऐसेलुखर्कमा कोशी प्रदेश लोक सेवा आयोग बाट  नयॉ नियुक्ति भई आउनु भएको डाक्टर आशिष यादव लाई प्रा...
18/10/2025

प्राथमिक स्वास्थ्य केंद्र ऐसेलुखर्कमा कोशी प्रदेश लोक सेवा आयोग बाट नयॉ नियुक्ति भई आउनु भएको डाक्टर आशिष यादव लाई प्रा.स्वा.के. टिमबाट स्वागत 🙏 गर्दै गर्दाको क्षण 💐

यस प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा बिगत २ बर्ष देखि कार्यरत हे.अ.गोरख रावललाई उहॉको उज्ज्वल भविष्यको कामना सहित फ...
16/10/2025

यस प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा बिगत २ बर्ष देखि कार्यरत हे.अ.गोरख रावललाई उहॉको उज्ज्वल भविष्यको कामना सहित फेरि भेटौंला कार्यक्रम गर्दै हामी प्रा.स्वा.के.टिम 🎉🎊🥰💐🙏

Address

9P5X+F8 Aiselukharka
Khotang
56202

Telephone

+97736411088

Website

Alerts

Be the first to know and let us send you an email when प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to प्राथमिक स्वास्थ्य केन्द्र ऐंसेलुखर्क:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category