
20/04/2025
श्रीमान् अध्यक्षज्यू,
प्रेस काउन्सिल नेपाल
कुपण्डोल, ललितपुर
विषय: डाक्टरप्रति गरिएका भ्रामक र अपमानजनक समाचारप्रति आपत्ति तथा आवश्यक कारवाहीको माग सम्बन्धमा।
महोदय,
नेपाल डेन्टल एसोसिएसन सम्पूर्ण दन्त चिकित्सकहरूको राष्ट्रिय संस्था हो। यस संस्थाले देशभर दन्त स्वास्थ्य सेवा दिने चिकित्सकहरूको पेशागत अधिकार, मर्यादा र सेवाको गुणस्तरको संरक्षण र संवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
२०८२ बैशाख ३ गते विभिन्न अनलाइन मिडियाहरूमा (Sachet Khabar सचेत खबर, Daunne Media - दाउन्ने मिडिया , News Nepal Media) गैर दन्त चिकित्सक ले गरेको उपचार बाट मृत्यु भएको समाचार लाइ “डाक्टरको लापरवाही’ भनि एकपक्षीय, तथ्यहीन र अपमानजनक समाचार प्रकाशित गरिएको छ। उक्त समाचारमा सचेत खबरलाइ कमेन्ट मा post हटाउनुस / सच्यौनुस भनेर भन्दा भन्दै पनि पुन ३ पटकक सोहि समाचार राखेको र सम्पूर्ण डाक्टर को अपमान गरेको छ | सो उपचारमा गैर दन्त चिकित्सक रहेको पुस्टि भैसकेको अवस्थामा, पेशागत मर्यादाविपरीत समाचार सम्प्रेषण गरिएको छ, जसले दन्त चिकित्सकहरूको पेशागत छविमा आँच पुर्याउनुका साथै आमजनमानसमा भ्रम सृजना गरेको छ ।यस प्रकारका समाचारहरू प्रेस आचारसंहिता र पत्रकारिताको नैतिक मूल्यविपरीत छन्। यस्तो समाचार प्रकाशनले न केवल सम्बन्धित चिकित्सा छेत्रलाई मानसिक पीडा पुर्याएको छ, र सम्पूर्ण दन्त चिकित्सक वर्गको मनोबलमा नकारात्मक असर परेको छ।
अतः, नेपाल डेन्टल एसोसिएसन निम्न मागहरू राख्दछ:
१. उक्त समाचार प्रकाशन गर्ने मिडिया र पत्रकारविरुद्ध प्रेस काउन्सिल नेपालले छानबिन गरी आवश्यक अनुशासनात्मक कारवाही अगाडि बढाइयोस्।
२. सोहि शिर्षक मा नया post राखेर “दन्तचिकित्सक नभएको, गैर दन्तचिकित्सक बाट उपचार भएको ” भनि पुन अर्को समाचार राख्नु पर्ने |
३. भविष्यमा यस्ता एकपक्षीय, अप्रमाणित र चिकित्सकको पेशागत छवि बिगार्ने खालका समाचारहरू प्रकाशनमा रोक लगाउन उचित कदम चालियोस्।
४. प्रेस काउन्सिल नेपालमार्फत सम्बन्धित मिडियाबाट सार्वजनिक माफी माग्न लगाइयोस्।हामी प्रेस स्वतन्त्रता र उत्तरदायित्व दुबैको सम्मान गर्दछौं। तथापि, स्वतन्त्रताको आडमा चिकित्सकीय पेशाको अपमान स्वीकार्य छैन। यस पत्रलाई गम्भीरतापूर्वक लिई शीघ्र आवश्यक कारवाही अगाडि बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
Sachet Khabar सचेत खबर https://www.facebook.com/share/p/1BmSjuaPdV/
Sachet Khabar सचेत खबर https://www.facebook.com/share/r/14Yj1Dp4fE/
Sachet Khabar सचेत खबर https://www.facebook.com/share/p/1AgjuDjRUC/
Daunne Media - दाउन्ने मिडिया https://www.facebook.com/share/r/15MydqSWAa/
Nepal Media https://www.facebook.com/share/r/1AZGPoGF16/
बोधार्थ
नेपाल प्रहरी साइबर ब्युरो,
नेपाल प्रहरी