Thasi Community Hospital

Thasi Community Hospital "health services for the community by the community"

31/07/2025

सूचना !!
यस स्वास्थ्य केन्द्रमा सेवा प्रदान गर्दै आउनु भएका हाडजोर्नी विशेषज्ञ डा. बिदुर ज्ञवाली थप विशेषज्ञता हासिल गर्नको लागि अध्ययन र तालिमको लागि जानु पर्ने भएकोले वहाँको स्थानमा वहाँका सहकर्मी हाडजोर्नी विशेषज्ञ डा. अमृत श्रेष्ठ द्वारा सेवा सुचारु हुने व्यहोरा जानकारी गराउंदछौँ । डा. बिदुर ज्ञवालीलाई हार्दिक शुभकामना र डा. अमृत श्रेष्ठलाई स्वागत !
क्लिनिक समय: प्रत्येक बुधबार, बिहान ८:०० बजे
साथै हाडजोर्नीका सिमित शल्यक्रिया सेवा पनि उपलब्ध हुनेछ।

Diabetic project D  discussion meeting 2082/3/15 at kwality food
16/07/2025

Diabetic project D discussion meeting 2082/3/15 at kwality food

यस थसी सामुदायिक अस्पतालबाट निकट भविष्यमा बिस्तार गरिने हाड जोर्नी शल्य क्रिया सेवा, २४ घण्टा आकस्मिक सेवा र बिरामी भर्न...
28/05/2025

यस थसी सामुदायिक अस्पतालबाट निकट भविष्यमा बिस्तार गरिने हाड जोर्नी शल्य क्रिया सेवा, २४ घण्टा आकस्मिक सेवा र बिरामी भर्ना (वार्ड) सेवाको लागि बागमती प्रदेश सरकारबाट प्राप्त सामग्रीहरु महालक्ष्मी नगरपालिकाका मेयर ज्यु तथा उप मेयर ज्युबाट हस्तान्तरण भयो।

21/04/2025

यस संस्थामा प्रत्येक शुक्रबार बिहान ९:३० बजे देखि प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा शुरु हुने व्यहोरा सम्पुर्ण समुदायमा जानकारी गराउन चाहन्छौं।

21/04/2025
यहि कार्तिक १३ गते संचालित बृहत स्वास्थ्य शिविर (Eye, ENT, Dental, Physiotherapy) का झलकहरु :- प्रायोजक संस्थाहरु: सिद्ध...
30/10/2024

यहि कार्तिक १३ गते संचालित बृहत स्वास्थ्य शिविर (Eye, ENT, Dental, Physiotherapy) का झलकहरु :-
प्रायोजक संस्थाहरु: सिद्धिपुर थसी बहु-उद्धेश्यीय सहकारी संस्था, झिगु नेवा: बचत तथा ऋण सहकारी संस्था, दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था। आयोजक : Lions Club District 325 R, Zone 3, प्राविधिक सहयोग गर्ने BP Eye Foundation/CHEERS Hospital लगायत सम्पुर्ण स्वयंसेवकहरुलाई विशेष धन्यवाद।

यहि आउँदो कार्तिक १३ गते मंगलबार यस संस्थामा डाइबेटिजका बिरामीहरुको सम्भावित स्वास्थ्य जटिलताहरुको परिक्षण शिविर संचालन ...
22/10/2024

यहि आउँदो कार्तिक १३ गते मंगलबार यस संस्थामा डाइबेटिजका बिरामीहरुको सम्भावित स्वास्थ्य जटिलताहरुको परिक्षण शिविर संचालन हुने हुँदा समयमै आफ्नो नाम दर्ता गर्नु हुन सुचित गरिन्छ। सेवाहरु: आँखा, दांत, नाक, कान, घांटी परिक्षण, फिजियोथेरापी र स्वास्थ्य शिक्षा। सम्पर्क: ५७०९५९६

04/09/2024

सुचना
यस स्वास्थ्य केन्द्रमा डेंगु पोजिटिभ भएका बिरामीहरु देखा पर्न शुरु भएकोले सम्पुर्ण स्थानीय बासिन्दाहरु सतर्क रहनु सुचित गर्दछौं। आफ्नो घर टोल वरपर पानी जम्ने स्थानहरु पुर्नु होला, खाली शिसी, टायर र फालेर राखिएका थोत्रा भाँडाकुड़ाहरुमा पानि जमेर लामखुट्टेको लार्भा बस्ने हुनाले त्यस्ता वस्तुहरुलाइ व्यवस्थान गर्नु होला। ज्वरो संगै शरीर दुख्ने, जोर्नी दुख्ने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने शरीरमा रातो दागहरु आउने आदि जस्ता समस्याहरु देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नु होला। यस स्वास्थ्य संस्थामा डेंगु को परिक्षण र आवश्यक उपचार सेवा उपलब्ध भएको व्यहोरा जानकारी गराउंदछौं ।

यस संस्थाद्वारा गत जेष्ठ ३२ देखि असार ९ गते सम्म महालक्ष्मी न पा , वडा नं ६ को दश स्थानमा गरिएको डाइबेटिज र उच्च रक्तचाप...
09/07/2024

यस संस्थाद्वारा गत जेष्ठ ३२ देखि असार ९ गते सम्म महालक्ष्मी न पा , वडा नं ६ को दश स्थानमा गरिएको डाइबेटिज र उच्च रक्तचाप पुर्व पहिचान अभियानको प्रतिवेदन अनुसार निम्न अनुमानहरु लगाउन सकिन्छ / ३० देखि ९० वर्ष उमेर समूहमा लगभग प्रत्येक ४ जनामा १ जनालाई डाइबेटिज भएको हुन सक्छ। लगभग प्रत्येक ३ जनामा एक जनालाई उच्च रक्तःचाप भएको हुन सक्छ। प्रत्येक १६ जना मध्ये एक जनालाई दुवै समस्या भएको हुन सक्छ। प्रत्येक ५ जना मध्ये ४ जनालाई मोटो पनको समस्या भएको हुन सक्छ। समयमै डाइबेटिज र उच्च रक्तचापको परिक्षण गरौँ । स्वस्थ रहौं। दीर्घ जीवन जिउँ। परिक्षण, उपचार र सल्लाहको लागि यस संस्थाको नम्बर ५७०९५९६ मा सम्पर्क गर्न सक्नु हुन्छ।

Address

Buddhapokhari, Mahalaxmi Municipality/6, Siddhipur
Lalitpur
44700

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Saturday 07:00 - 15:00
Sunday 07:00 - 17:00

Telephone

+9779851079005

Alerts

Be the first to know and let us send you an email when Thasi Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Thasi Community Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram