Klub Psychology: सेतोघोडा साँस्कृतीक

  • Home
  • Nepal
  • Lalitpur
  • Klub Psychology: सेतोघोडा साँस्कृतीक

Klub Psychology: सेतोघोडा साँस्कृतीक Klub Psychology: सेतोघोडा साँस्कृतीक

Promoting Mental Health th

आस्था, प्रेम, बिश्वास अनि संस्कृतिकाे अनुपम संगम हरितालिका तिजमा सबैलाई शुभकामना।
26/08/2025

आस्था, प्रेम, बिश्वास अनि संस्कृतिकाे अनुपम संगम हरितालिका तिजमा सबैलाई शुभकामना।

शाेकलाई शक्तिमा बदल्न हास्यबिनाेदबाट शाेक-सन्तप्तहरूमा आराेग्यता भर्ने गाईजात्राकाे सबैमा शुभकामना।
10/08/2025

शाेकलाई शक्तिमा बदल्न हास्यबिनाेदबाट शाेक-सन्तप्तहरूमा आराेग्यता भर्ने गाईजात्राकाे सबैमा शुभकामना।

जनै पूर्णिमा, रक्षा बन्धन, क्वाति खाने दिन, पूर्णिमा व्रत, ऋषितर्पणी, संस्कृत दिवस, अन्तर्राष्ट्रिय आदिवासी दिवस, अन्तर्...
09/08/2025

जनै पूर्णिमा, रक्षा बन्धन, क्वाति खाने दिन, पूर्णिमा व्रत, ऋषितर्पणी, संस्कृत दिवस, अन्तर्राष्ट्रिय आदिवासी दिवस, अन्तर्राष्ट्रिय भू संरक्षण दिवस सबैकाे सबैमा शुभकामना।

आजको दिनको मन्त्र:

"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"

अर्थात्:

"जुन रक्षा (काँचो धागो)ले दानवहरूको महान् राजा बलिलाई बाँधिएको थियो, म तिमीलाई त्यही धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ ।

विशेषतः ब्राह्मण, क्षेत्रीया अन्य कुनै वैदिक धर्म पालन गर्ने समुदायमा ब्राह्मण पुरोहितसँग हातमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरिएको छ । सनातन हिन्दु वैदिक ग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्म सूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्न कालागि ग्रहण गर्न मन्त्रिएर तयार पारिएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुईवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतीकहरूको योग मानिन्छ ।

श्री पशुपतिनाथकाे देशमा भारतबाट नाकमा साँङ्लाेले बाँधेर, हजाराैं माईलकाे उठिबास अनि दुख दिएर रगताम्भ्य पारिएका राँगाेहरू...
08/08/2025

श्री पशुपतिनाथकाे देशमा भारतबाट नाकमा साँङ्लाेले बाँधेर, हजाराैं माईलकाे उठिबास अनि दुख दिएर रगताम्भ्य पारिएका राँगाेहरू ल्याएर, कसाईखानामा मारेर यहाँका कम्युनिस्ट ले चाईनाका कम्युनिष्टकाे थालमा मासु पुर्‍याउने रे।

श्री पशुपतिनाथकाे बज्र प्रकाेप पर्नेवाला छ कम्युनिस्टहरू माथि।

नेपालीहरूले मासु आफुलाई खान पुग्नेगरि मात्र उत्पादन र प्रसाेधन गर्ने हाे। मासु खान पाईन्छ, राष्ट्रलाई नपच्ने प्राणी हिंसा गर्न पाईन्न।

नाग पन्चमि तथा बिश्व बाघ दिवसकाे सबैमा शुभकामना। पर्यावरण र प्राणी सबैकाे हितका लागि सनातनकाे स्तम्भ राखिएकाे हाे।
29/07/2025

नाग पन्चमि तथा बिश्व बाघ दिवसकाे सबैमा शुभकामना।

पर्यावरण र प्राणी सबैकाे हितका लागि सनातनकाे स्तम्भ राखिएकाे हाे।

गुरु पूर्णिमाको सबैमा शुभकामना । अँध्यारोबाट उज्यालोको यात्रामा तपाईको सारथि तपाईकै गुरुनै हुनुहुन्छ ।ॐ असतो मा सद्गमय ।...
10/07/2025

गुरु पूर्णिमाको सबैमा शुभकामना ।
अँध्यारोबाट उज्यालोको यात्रामा तपाईको सारथि तपाईकै गुरुनै हुनुहुन्छ ।

ॐ असतो मा सद्गमय ।

तमसो मा ज्योतिर्गमय ।

मृत्योर्मा अमृतं गमय ।

ॐ शान्तिः शान्तिः शान्तिः ॥

यस श्लोकको भाव छ—

हामीलाई असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालोतर्फ, र मृत्युतर्फबाट अमरत्वतर्फ लैजानुहोस्, हे प्रभु। शान्ति, शान्ति, शान्ति।यस अर्थमा गुरु नै ती प्रकाश हुन् जसले हामीलाई जीवनका सत्य र शाश्वत मूल्यहरूको मार्ग देखाउँछन्।गुरु पूर्णिमा हाम्रो संस्कृतिको त्यो उज्यालो पर्व हो, जहाँ हामी ज्ञानको आराधना र गुरुप्रति समर्पण प्रकट गर्छौं।

"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,

गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"

अर्थात्

"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,

गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।"

हरिशयनी एकादशी व्रत र तुलसी रोप्ने दिवसको सबैमा शुभकामना ।---हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)सनातन दर्शनमा एकादशीको मह...
06/07/2025

हरिशयनी एकादशी व्रत र तुलसी रोप्ने दिवसको सबैमा शुभकामना ।

---
हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने)
सनातन दर्शनमा एकादशीको महत्व
वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।

वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ ।

यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।

तुलसी रोप्ने
आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।

तीर्थ समान तुलसीको मठ
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख छ ।

चलिआएको प्राचीन किंवदन्ती अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ ।किंवदन्ती तथा कथाहरूले जेसुकै भनेपनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सत्यपथतर्फ लम्किँदै जानुहोस्, प्रगति तपाईंको साथमा हुनेछ । तपाईंको दिन शुभ रहोस् ।

चतुर्मास व्रत आरम्भ
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका ४ महिना भगवान विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू शयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेषगरी भगवान शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।

भगवान विष्णु शयन गर्ने यो ४ महिनाभित्र श्रावणको व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो ४ महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता परापूर्वकालदेखि रहिआएको छ।

असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत थालनी गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चर्तुमास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चर्तुमास सकिन्छ ।

विष्णु भगवान चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीपछि मात्र मङ्गल लगन तथा मुहुर्तहरू हुन्छन् ।

-हाम्रो पात्रोका लागि सुयोग ढकाल

जसले सपनाहरू-आशाहरू तुह्याउँछनि उ पनि कंशनै हाे र त्यस्ता पात्रहरूकाे दम्भ अनि झुट निमाेठिदिन नै पर्छ।
04/07/2025

जसले सपनाहरू-आशाहरू तुह्याउँछनि उ पनि कंशनै हाे र त्यस्ता पात्रहरूकाे दम्भ अनि झुट निमाेठिदिन नै पर्छ।

साधरणतया बालबालिकामा हुने अवशाद-डिप्रेशनको मुख्य कारक भनेकाे परिवार प्रतिको जिम्ममेवारीबोधले थिचिएर, परिवारका सदश्यले नै...
18/06/2025

साधरणतया बालबालिकामा हुने अवशाद-डिप्रेशनको मुख्य कारक भनेकाे परिवार प्रतिको जिम्ममेवारीबोधले थिचिएर, परिवारका सदश्यले नै भावनात्मक ब्ल्याकमेलिंग वा अति अपेक्षा तेर्साईदिएर अनि ठुलासानाकाे ब्यभिचार, दुराचरमा परेको कारणले हुने गर्दछ ।

बालापन बचाउँ, हाम्रा कर्णधारहरू जाेगाउ । श्रममुक्त बालापन जिउने आधार तयार पाराैं । निरन्तरको बेखुुशी र बिस्मृतीबाट मुक्त हुन डिप्रेशनको मनाेपचारबाट पहलकदमी गरौं ।


Address

Virtual Space
Lalitpur
44700

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Klub Psychology: सेतोघोडा साँस्कृतीक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Klub Psychology: सेतोघोडा साँस्कृतीक:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Klub Psychology: सेतोघोडा साँस्कृतीक

Klub Psychology: सेतोघोडा साँस्कृतीक

Our new page for you to get connected and participate!

This page will promote and address Mental Health through participation in the Grand Culture of Nepal.