पृष्ठभूमिः
हाम्रो सामाजिक जीवन बदलिंदो समयसँगै सोचेको भन्दा तीव्र रुपमा बदलिंदै छ ।
शहरी विकास राम्रो पक्ष भएपनि यस विकाससँगै हामी सबै अति व्यस्त हुन थालेका छौं । यसै बीच हाम्रा साँस्कृतिक र सामाजिक मान्यतामा आएका परिवर्तनलाई सकारात्मक बिचारले स्विकार गर्दै आएतापनि पुराना हाम्रा साँस्कृतिक र ऐतिहासिक सम्पदालाई जगेर्ना भने राम्ररी गर्न सकेका छैनौं ।
यसको कारण हामी पारिवारिक बृद्धिसँगै शहरभित्
रै किन नहोस एक ठाउँबाट अन्यत्र सर्दै आएका छौं । यसरी हामीले नयाँ वस्ती विकास भएको ठाउँमा नयाँ परिवेशमा सामाजिकरण वा हाम्रो मौलिक पहिचानसहित सदभाव र घुलमिल भएर नयाँ सास्कृतिक सम्पदा पनि निर्माण गर्न सकिरहेका छैनौं । घुलमिल गर्न समय अभाव हुँदै गएको मात्र चाल पाएर चाहेर पनि सामूहिक रुपमा धेरै गर्न सकेका छैनौं ।
तर हामीले हरेस मान्नुहुन्न । समतामूलक ज्ञानको खोजीमा सिद्धार्थ गौतमले मुदिताभावको उत्कृष्टता प्राप्त गरी भगवान बुद्ध भएर शान्ति र सुख फैलाएको इतिहास भएको देशमा कमसेकम उनले विकास गरेको भेदभाव रहित समाजलाई जोगाउने प्रयास जारी गर्नुपर्छ ।
यस्तै भावना भएका बौद्धमार्गी डशलाल डंगोलज्यूको मनमा श्रद्धापूर्वक मुदिताभाव उत्पन्न भई देशविदेशबाट पाल्नुहुने बौद्धगुरुहरु, ध्यानमार्गी तथा श्रद्धालुहरुलाई आश्रय दिन एउटा ध्यान केन्द्र र विहार बनाउने दानचित्त उत्पन्न भई नख्खुस्थित आफ्नो जग्गाबाट १ रोपनी १ आना जग्गा बर्माका राजदूतको समुपस्थितिमा उनकै हातबाट शिलान्यास भइसकेको अवस्था छ ।
यसै पावन उद्धेश्यलाई संस्थागत रुप दिनुकासाथै उक्त मंगलमार्ग ध्यान केन्द्र स्थापनासँगै आवश्यक पूर्वाधार निर्माण गर्न ललितपुरका प्रतिष्ठित व्यक्तित्वहरुको भेलाले निर्णय गरे अनुसार मंगलमार्ग ध्यान केन्द्र बिहार तदर्थ समिति गठन भइ जिल्ला प्रशासन कार्यालय ललितपुरमा जेठ ३० गते मंगलबारका दिन विधिवत रुपमा दर्ता भइ कार्य थालिसकेका छौं ।
मंगल मार्ग ध्यान केन्द्र विहार तदर्थ समितिको औचित्यः
माथि उल्लेखित सामाजिक परिस्थितिलाई बुझने हो भने बौद्ध धर्मावलम्वीको बाहुल्यता भएको उपत्यकाभित्र बुद्धका बैज्ञानिक तथा आध्यात्मिक गुणको व्यवहारिक प्रचार गर्नु आजको युगको एक परोपकारी कार्य हुनेछ ।
यस सम्बन्धमा स्थापित मंगलमार्ग ध्यान केन्द्र विहार तदर्थ समितिको स्थापना लगत्तै दाता दशलाल डंगोलको जग्गादान जस्तो पुण्यकार्यलाई बुझेर उक्त स्थानलाई तपाइ हामी सबै जुटेर सामुदायिक सदभाव झल्किने गरी ध्यान केन्द्र विहार निर्माण गर्नु, त्यहींबाट सामाजिक सदभावकालागि जेष्ठ नागरिकहरुको सेवासहित बौद्ध शिक्षा लगायतका अन्य धार्मिक क्रियाकलापहरु सञ्चालन गर्नु हामी सबैको साझा दायित्व हो ।
हाम्रो साझा प्रयासले आजको आधुनिक समाजमा तनावपूर्ण जीवन व्यतित गरिरहेका तथा दुखमा परेकालाई सेवासहित भिक्षुगण, अनागरिकाहरुकालागि आश्रय र भविष्यमा दिवासेवा सञ्चालन गर्ने यस पुनित कार्यमा सम्पूर्ण श्रद्धालु पूण्यकर्मीहरुबाट यथाशक्य भौतिक तथा आर्थिक अनुदान सहयोग प्रदान गरी सदभावपूर्ण समाज निर्माण गरी बौद्ध धर्मावलम्वीहरुको सेवा गर्ने एवं बौद्ध ज्ञान प्रचार कार्यमा योगदान पु¥याउन हार्दिक अनुरोध छ ।
मंगल मार्ग ध्यान केन्द्र विहार तदर्थ समितिः
१) पुष्प रत्न शाक्य अध्यक्ष
२) रामकाजी अवाले उपाध्यक्ष
३) अजर मान जोशी उपाध्यक्ष
४) सुनील महर्जन सचिव
५) रामकृष्ण महर्जन कोषाध्यक्ष
६) राजेश बज्राचार्य सह सचिव
७) शोभा शाक्य कार्यकारिणी सदस्य
८) जयराम ताम्रकार कार्यकारिणी सदस्य
९) अनिल महर्जन कार्यकारिणी सदस्य