03/09/2024
CONTESTANT 56
MANJUL SHAKYA
BAGLUNG
प्रख्यात श्री गलेश्वरधाम शिवालय मन्दिर ः
किम्बदन्ती अनुसार श्री मुक्तिनाथ बाबाको कण्ठ रहेको नाममा प्रसिद्ध धार्मिक शिबालय श्री गलेश्वर धाम म्याग्दि जिल्लाको बेनि नगरपालिका वाड नं ९ मा पर्दछ यस पवित्र धाममा जर भरतले तपस्या गरेको र कालीगण्डकीको काखमा रहित अति प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । एउटै शिलामा सो गलेश्वर मन्दिर अबस्थित रहेको छ । यहाँ रहेको विशाल शीलामा प्रसस्त सालिग्राम को दर्शन गर्न सकिन्छ । साे शिला ९ राेपनी क्षेत्रफलमा फैलिएकाे छ । प्रत्येक वर्ष बाला चतुर्दशी र महाशिवरात्रीमा श्रद्धा र आस्थाका घर्मभिरुहरुको ठुलो जम्गट रहने गरेको छ । एउटै विशाल शिलामा यति धेरै संरचनाहरु बन्नु कौतुहल्ता र जिज्ञासा पनी जनमानसमा रहेको छ । पर्यटकिय नगरी पोखरा बाट यहाँ सम्म पुग्न जम्मा ८४ कि.मी. पक्की सडक बाट करिव २.०० घण्टाको समयमा मध्य पहाडी लोकमार्ग हुँदै मालढुङ्गा बाट कालीगण्डकी करिडोरलाई पच्छाउदै हामी बेनी हुँदै त्यहाँ सम्म पुग्न सक्छौं ।