31/03/2026
Just for today, March~31
Insides and outsides (भित्र र बाहिर)
"हाम्रो वास्तविक मूल्य हामी आफु जस्तो छौ त्यस्तै रहनु मा नै हुने गर्दछ।"
basic text 105
-------------=--------------
जसो हामी पाइला हरुमा कार्य गर्ने गर्दछौ, तब हामीले आफ्नो बारेमा केहि आधारभूत सत्य कुरा हरु थाहा पाउदछौ। हाम्रो गोप्य कुरा हरु बाट पर्दा उठाउना ले र त्यसलाई खुलासा गर्नाले र आफ्नो चरित्र को खोजी गर्नाले हाम्रो वास्तविक प्रकृति सामुन्ने आउने गर्दछ। र जस संग हामी परिचित हुदै जाने गर्दछौ। हामीले हामी जे हौ त्यसै रहनको लागी निर्णय गर्न जरुरी रहने गर्दछ।
हामी यो कुरा मा ध्यान दिन चाहन्छौ कि हामी आफ्नो फेल्लो दुर्व्यसनी साथि हरु संग तथा आफ्नो वरीपरी छरिएर रहेको संसार लाइ जे देखाइरहेका छौ र के त्यो जुन हामीले हामी भित्र पत्ता लगाएका छौ त्यो संग मेल खाने गर्छ ? के हामी यो दिखावटी गरि राखेका छौ कि अब हामीलाई केहिले पनि समस्या दिने गर्दैन? तर वास्तविकता यो हो हामी एकदमै संबेदनशील व्यक्ति हौ। के हामी आफ्नो असुरक्षा को भय लाइ हस्सी मजाक गरेर लुकाई रहेका त छैनौ या आफ्नो भय लाइ अरुसंग शेयर गर्छौ ? के हामि कुनै किशोर जस्तै फेशन त गरि रहेका छैनौ ? जबकि हामि चालिस बर्ष काटेका एक पुरातन सोच भएका व्यक्ति हौ।
हामी शायद त्यो कुरा हरुमा पनि गौर गर्न चाहन्छौ जुन हामी सोच्ने गर्दथ्यौ कि हाम्रो जस्तो छैन। हुन सक्छ कि हामी एन.ए को गतिबिधी हरुमा यस कारणले सहभागी हुन न खोजेका हौ कि सायद हामीलाई भिड भाड मन पर्दैन। वा शायद हामी आफ्नो व्यवसाय परिवर्तन गर्ने कुनै गोप्य सपना देखि रहेका छौ र त्यसैले आफ्नो निर्णय लाइ स्थगित राखेका छौ किन अकि हामी यो विश्वास गर्न सकी रेहका छैनौ कि जुन सपना हामीले देखि रहेका छौ त्यो सपना वास्तवमा हाम्रो लागी ठिक छ कि छैन भनेर! जसो कि हामी आफु स्वयम् को बारेमा एउटा समझदारी विकसित गर्ने गर्दछौ त्यसरी नै हामी आफ्नो व्यवहार लाइ त्यहि अनुसार तालमेल मिलाएर लैजाने गर्दछौ। हामी जे हौ त्यसको उदाहरण बन्न चाहन्छौ।
-------------=-------------
आजको निम्ति मात्र :- म आफुलाई आश्वस्त पार्नको लागि आफ्नो बाहिरी जीवनलाई मेरो आफ्नो भित्री जीवन संग मेल खान्छ कि खादैन भनेर निरीक्षण गर्ने छु। मैले सुधार मा जुन विकास को अनुभव गरेको छु त्यहि मुताबिक कार्य हरु गर्ने प्रयास गर्ने छु।
#१७चैत२०८२