
05/09/2025
आज गोदावरी नगरपालिका कार्यालयमा मेयर र उप–मेयरज्यूको उपस्थितिमा महिला स्वास्थ्य स्वयंसेविकाका लागि अपाङ्गता पूर्वपहिचानसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा नगरपालिकाका १३ वटै वडाका महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकी प्रमुख तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो।
कार्यक्रमको प्रशिक्षण प्रमिला न्यौपाने द्वारा प्रदान गरिएको थियो। 👩🏫
👉 यो कार्यक्रम Autism Care Nepal Society, गोदावरी नगरपालिका र CBM Global Disability inclusion को सहकार्यमा सम्पन्न भएको हो।
यस अभिमुखीकरणले स्वास्थ्य सेवा, अपाङ्गता पूर्वपहिचान र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ। 💙