Mental Health Nepal

Mental Health Nepal Mental Health Nepal is a not-for-profit organization dedicated to promoting mental health.

03/07/2025

डिप्रेसन – यो के हो र के होइन?

के हो?

डिप्रेसन भनेको "आज मन नलागेको" वा एक दिनको उदासी वा निराशापना होइन। यो लामो समयसम्म मनभित्र गढेको गहिरो दुःख हो, जसले निन्द्रा, भोक, र शारीरिक शक्तिलाई अत्याधिक असर गर्दछ।

यसमा पहिले रमाईलो लाग्ने कुराहरुले पनि कुनै उत्साह जगाऊदैन र हरेक समय नैराश्य्पनाले घेरि राख्छ।

आफूलाई असहाय, अप्ठ्यारो र एक्लो महसुस गराउँछ।

दैनिक जीवन चलाउन गाह्रो बनाउँछ। उत्साह उमङमा अत्याधि्क कमि ल्याऊछ।

के होइन?

यो मात्र नरमाइलो लाग्नु होइन।

आराम गरे एक दुई दिनमा हराउने समस्या होइन।

यो कसैको ब्यक्तिगत कमजोरी होइन न त अल्छीपन मात्र हो ।
न त यो ध्यान खिच्न गरिने कुनै नाटक हो।

के गर्ने?

कुरा गर्न डराउनु हुँदैन – साथी, परिवार, वा मानसिक स्वास्थ्य विशेषज्ञसँग आफ्नो मनको कुराहरु खोल्नुहोस्।

उपचार (काउन्सेलिंग, मनोचिकित्सक) मा आत्मबिश्वासका साथ अघि बढ्नुहोस।

#डिप्रेसन वास्तविकता हो।

#कुरा गरौं साथ दिऔं। हामी तपाईको साथ छौ।

मेन्टल हेल्थ नेपाल — तपाईंको मानसिक सु-स्वास्थ्यको साथी
सानेपा, ललितपुर
फोन : 9841555265, 9841768919
इमेल : mhncare@gmail.com

02/07/2025

Healing takes time, so take a courageous step now for your beautiful tomorrow.
Mental Health is the key.

22/06/2025

के तपाईंले यस्ता लक्षणहरू अनुभव गर्नुभएको छ — यस्ता लक्षणहरू जुन जो–कोहीमा देखिन सक्छन्, र जसका लागि साथ र सहयोग आजको दिनमा, जीवनका अरू जुनसुकै क्षणभन्दा पनि, बढी आवश्यक रहन्छ?

• लगातार चिन्ता, डर वा अशान्तिको अनुभूति
• एक्लोपनाको अनुभव, जीवनमा रुचि हराउनु, ऊर्जा कमी, आत्महिनताको भावना
• अत्यधिक नचाहिएका विचारहरू बारम्बार दोहोरिने
• आफू वा अरूलाई हानि पुर्‍याउने डर; विचारअनुकूल कार्य नगरेसम्म असहज महसुस हुनु
• अतीतका पीडादायी घटनाहरू बारम्बार सम्झनु वा ती घटनाबाट डर लाग्नु
• निद्रामा समस्या, मन थाम्न गाह्रो हुनु, चिडचिडापन
• दैनिक कार्य, पढाइ वा सम्बन्धहरूमा ध्यान दिन नसक्नु

या सामान्य पढाइको दबाब, पारिवारिक तनाव वा दैनिक जीवनका कठिनाइहरूले थिचिएको महसुस भइरहेको हुनसक्छ वा बस् भावनात्मक सन्तुलन र आत्मविकासको यात्रा सुरु गर्ने चाहना।

मेन्टल हेल्थ नेपाल जीवनका हरेक चरणमा तपाईंको साथमा छ।

सामान्य मानसिक स्वास्थ्य सेवा (सबै उमेर समूह)
• तनाव, एन्जाइटी, डिप्रेशन, OCD, शोक तथा आघात (ट्रमा) लगायत अवस्थामा परामर्श र उपचार
• सामाजिक सम्बन्ध, पारिवारिक कलह, दाम्पत्य समस्या
• बुलिङ (विद्यालय, कार्यस्थल वा अनलाइन) तथा शारीरिक, मानसिक वा यौन दुव्र्यवहारबाट उत्पन्न मानसिक असरहरूमा परामर्श
• लागूपदार्थ दुरुपयोगसम्बन्धी परामर्श
• व्यक्तिगत, जोडी (couple), पारिवारिक तथा समूह परामर्श
• सन्तुलित जीवन र खुसीका लागि समग्र मानसिक सुस्वास्थ्य सेवा

शैक्षिक तथा विद्यार्थी परामर्श (सबै उमेर समूह):
• परीक्षा आत्मविश्वास निर्माण, अध्ययन सीप विकास तथा प्रेरणा अभिवृद्धि
• करिअर पहिचान र खोजमा भावनात्मक वा विकासजन्य अवरोधको न्यूनीकरणमा सहयोग

किशोर तथा युवाहरूका लागि सेवाहरू:
• अभिभावक–किशोर सम्बन्धमा सुदृढीकरण
• साथीसँगको दबाब, पहिचान संकट तथा डिजिटल सुरक्षामा मार्गदर्शन
• आत्मविश्वास अभिवृद्धिका लागि जीवन–सीप तालिम

विशेष आवश्यकता भएका व्यक्तिका लागि थेरापी (ASD, ADHD, ID, SLD):
• विकासात्मक मूल्यांकन, व्यवहारिक हस्तक्षेप, अन्य आवश्यक थेरापी तथा जीवन–सीप तालिम
• शैक्षिक तथा व्यवहारिक विकासका लागि व्यक्तिगत योजना निर्माण
• आत्मनिर्भरता र सम्मानजनक जीवनको लागि पारिवारिक परामर्श, मार्गदर्शन, तालिम तथा अभिमुखिकरण

तालिम तथा साझेदारी कार्यक्रमहरू:
• मनोसामाजिक परामर्श तालिम
• अटिजममा परिचयात्मक र विशेषज्ञता तालिम, बिहेवियरल थेरापी / ABA तथा विशेष शिक्षा तालिम
• मानसिक स्वास्थ्य प्रथम सहायता, जीवन–सीप कार्यशाला तथा अनुसन्धान सहयोग
• कार्यस्थल सुस्वास्थ्य प्रवर्द्धन, सामाजिक लाञ्छना, कुरीति तथा अन्धविश्वास विरुद्धका कार्यक्रम
• रेडियो, टिभी, सामाजिक सञ्जाल तथा सामुदायिक कार्यक्रममार्फत राष्ट्रिय चेतनामूलक अभियान
• मानसिक स्वास्थ्य प्रवर्द्धनमा इच्छुक साझेदारहरूका लागि सहकार्य अवसरहरू

मेन्टल हेल्थ नेपाल — तपाईंको मानसिक सुस्वास्थ्यको साथी
सानेपा, ललितपुर
फोन : 9841555265, 9841768919
इमेल : mhncare@gmail.com

01/05/2023

Address

Lalitpur

Opening Hours

Monday 15:00 - 17:00
Tuesday 15:00 - 17:00
Wednesday 15:00 - 17:00
Thursday 15:00 - 17:00
Friday 15:00 - 17:00
Sunday 15:00 - 17:00

Telephone

+9779841351704

Website

Alerts

Be the first to know and let us send you an email when Mental Health Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Mental Health Nepal:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram