Kyathrin Pharmacy and Pathology

Kyathrin Pharmacy and Pathology आराध्या हेल्थ क्लिनिक एण्ड प्याथोलोजी Kyathrin Health Clinic Pvt. Ltd. Established in 2024

01/11/2025
आज हरिबोधिनी एकादशी तथा तुलसीविवाह -नेपाली पात्रो अनुसार २०८२ कार्तिक १५ गते।ॐ नमो भगवते वासुदेवाय। यस दिन व्रत उपवास वस...
01/11/2025

आज हरिबोधिनी एकादशी तथा तुलसीविवाह -
नेपाली पात्रो अनुसार २०८२ कार्तिक १५ गते।ॐ नमो भगवते वासुदेवाय। यस दिन व्रत उपवास वस्ने सज्जन वृन्दहरुले विहान सबेरै उठी सकेसम्म गंगादि तीर्थको जलमा स्नान ध्यान जप संध्या तर्पण आदिकर्म गरि सकेपछि श्रीबिष्णु भगवानको प्रार्थना गर्नु पर्छ।
#प्रार्थना गर्ने मन्त्र-
शुक्लां वरधरं विष्णुं शशिवर्णं चतुर्भुजम्।
प्रशन्नं वदनं ध्यायेत् सर्वविघ्नोपशान्तये।।
शान्ताकारं भूजग शयनं पद्मनाभं सुरेशम्,
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम्।।
लक्ष्मीकान्तं कमलनयनं योगिभिर्ध्यान गम्यम्।
बन्दे विष्णुं भवभयहरं सर्वलोकैक नाथम्।।
मैले आज श्री हरिबोधनी एकादशीका दिन मेरा सम्पूर्ण पाप ताप तथा शारीरिक मानसिक रोग व्याधी दुःख कष्टहरु दूर होऊन् भनि भगवद् प्रित्यार्थं यथाशक्ति भक्ति र श्रद्धापूर्वक व्रत उपवासं करिष्ये तथा च श्रीलक्ष्मीसहितस्य श्रीविष्णो: पुरुषसूक्त मन्त्रै यथामिलितोपचारै: पूजनं करिष्ये। भनेर ब्रतसंकल्पगर्ने र दियो, कलश, गणेशको पूजन गरी ताम्रपात्र माथि तामाकै थाली स्थापना गरी सो माथि श्रीलक्ष्मीनारायणको प्रतिमा राखी त्यहां षोडशोपचार विधिले पुरुष सूक्त मन्त्र द्वारा पूजा गर्नु पर्छ र साथै सोही थालीमा भगवानको
#अंगपूजा गर्नु पर्छ।
ॐ मत्स्यदेवाय नम: पादौपूजयामी, ॐ कुर्मदेवाय नम: जंघे पूजयामि, ॐ वराह देवताय नम: जानूनी पूजयामि,ॐ नृसिंहदेवाय नम:कटिं पूजयामि,ॐ वामदेवाय नम:उदरं पूजयामि,ॐ परशजरामदेवाय नम: बाहूं पूजयामि,ॐ रामचन्द्रदेवाय नम: कण्ठं पूजयामि,ॐ कृष्णदेवाय नम: मुखं पूजयामि ॐ बुद्धदेवायनम: नेत्रे पूजयामि,ॐ कल्कि देवाय नम:,ललाटं पूजयामि,ॐ केशवदेवाय नम: शिरं पूजयामि,ॐ सर्वात्मने नम: सर्वाङ्गं पूजयामि भनेर श्रीविष्णुभगवानका अंगपूजागरी यथाशक्ति अष्टाक्षरमन्त्र(ॐ नमो वासुदेवाय) यी आठ अक्षर मन्त्र जपेर
#अर्घदान गर्ने-
जन्मान्तर सहस्रेषु यन्मया पातकं कृतम्।
तत्सर्वं नाशमायातु प्रसादात् तव केशव ।।
यस प्रकार पूजा गरिसके पछि रातभर भगवद्गुणानुवाद भजनकीर्तन नाचगान गरी जागरण वस्ने र भोलीपल्ट द्वादशीको दिन प्रभात समयमा स्नान सन्ध्यादि कर्म सकेर क्षीरसागरमा सुत्नु भएका भगवान विष्णुलाई यी मन्त्र पढी जगाइन्छ।
#ब्रह्मेन्द्ररुद्राग्निकुबेरसूर्यसोमादिभिवन्दित पादपद्म।
बुद्ध्यस्व देवेश जगन्निवास मन्त्र प्रभावेण सुखेन देव।।
इयं च द्वादशी देव प्रवोधार्थं विनिर्मिता।
त्वयैव सर्वलोकानां हितार्थं शेषशायिना।।
उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यजनिद्रां जगत्पते।
त्वयि सुप्ते जगन्नाथ जगदत्सुप्तं भवेदिदम्।।
उत्थित्ते चेष्टते सर्वमुत्तिष्टोत्तिष्ठ माधव।
गता मेघा वियच्चैव निर्मलं निर्मला दिशः।।
शारदानि च पुष्पाणि गृहाण मम केशव।
इदं विष्णुरिति प्रोक्तो मन्त्र उत्था पने हरे:।।

#अर्थात् ब्रह्मा इन्द्रादि देवता तथा कुवेर ,सूर्य सोम आदिले जसको स्तुति गर्छन् र जसको आधारमा जगत् टिकेकोछ यस्ता देवताहरुवाट पनि वन्दनीय देवताका पनि देव हे ईश्वर? तपाइ यस मन्त्रको प्रभाव वाट सुखपूर्वक जाग्नुहोस। हे देव? विष्णुरुप यो द्वादशी आफ्नो जागरणको लागि सवलोकको कल्याणको लागि रच्नु भएकोहो। हे गोविन्द ?जगतकास्वामी? तपाइ उठ्नुहोस उठ्नुहोस निद्रालाइ त्यग्नुहोस किनभने तपाइं सुत्दा जगत पनि सुत्छ र तपाइ उठ्दा जगत् पनि उठ्छ। यसरी जगाइ सके पछि भगवानलाई पूष्पाञ्जली दिने” हे देव? ऐले आकाशमा वादल छैन, आकाश र दिशाहरु निर्मल भएका छन् शरद्ऋतुका विभिन्न प्रकारका फूलहरु ग्रहण गर्नुहोस। भनेर पुष्पाञ्जली भगवानका विग्रहमा अर्पण गर्ने। यस प्रकार भगवानको पूजा अर्चना उपासना गर्नुपर्छ।
#अब तुलसीविवाहको प्रसंग –
सर्वप्रथम तुलसी को हुन् ? भन्ने सम्बन्धमा विभिन्न पौराणिक कथनहरु छन् । श्रीस्वस्थानी व्रतकथामा महावली असुर जालन्धरकी पत्नी वृन्दा पतिब्रता नारी थिइन् उनको पतिव्रता धर्मले गर्दा जालन्धरमा अजेय वल र शक्ति प्राप्त भएको थियो त्यसैले उसले देवताहरुलाई जितेर सवैको भागहरण गरेर वसेको थियो।
पतिब्रता नारी सती वृन्दाको पातिब्रत्य धर्मनष्ट नगरेसम्म जालन्धर देवताहरुको हातवाट नमारीने भएकाले श्रीविष्णुले छल गरेर उसको पातिब्रत्य धर्म नष्ट गरीदिनु भयो र जालन्धर मारीयो। यै रिसले सती वृन्दाले विष्णुलाई श्राप दिइन हे विष्णु ! तपाइलें मलाइ छल गरेर मेरो पतिब्रता धर्म नष्ट गर्नु भयो र मेरा पति मारिए त्यस कारण तपाईँलाई जडरुप शिला हुनु ,वृक्ष हुनु झार हुनु भनेको हुनाले विष्णु शालीग्राम ,वृक्षमा पिप्पल र झारमा तुलसी भएर बस्न पर्यो ।
पछि उनै वृन्दाले श्री विष्णुको तपस्या गरेर तपाईँलाई पतिको रुपमा भोग्न पाऊँ भनेर तपस्या गरिन् भगवानले वृन्दालाइ तथास्तु भनि वरदान दिनुभयो र भन्नु भयो हे वृन्दे ! तिमी पृथ्वीलोकमा तुलसीको नामले प्रख्यात भै रहने छौ । तिमी सवैकी पूजनीय वन्दनीय बन्नेछ्यौ।तिमीले सबै जीवहरुको कल्याण गर्नेछौ, तिम्रो मेरो विवाह हुनेछ ।
जस्का घरमा तिम्रो पूजा आराधना हुनेछ म त्यस ठाउंँमा सदा निवास गर्नेछु भनेको हुनाले तुलसीलाई विष्णुकी प्रियतमा बिष्णुवल्लभा भनि आजसम्म पनि घरघरमा पूजा गरिन्छ त्यसैको निरन्तरताको रुपमा कार्तिक शुक्ल पक्षकी एकादशीदेखि वैकुण्ठ पूर्णिमाका दिनभित्र
#तुलसीको विवाह पिपल वृक्ष वा शालिग्राम संग ब्रह्म विवाह जुन प्रकारले गरिन्छ त्यसै प्रकारले कुमार रुपमा दामोदर भगवान र कन्या रुपमा तुलसी (राधारानी)लाई पूजन गरी सौभाग्यादि सोह्रशृंगार गरी तुलसीलाई पूजावन्दना स्वस्तिवाचन गरी
#कन्यादान समेत गरेर श्री विष्णुलाइ दिइन्छ।
कन्यादान मन्त्र-
ॐजगधात्रि नमस्तुभ्यं विष्णोश्च प्रियवल्लभे।
यतो ब्रह्मादयो देवा:सृष्टिस्थित्यन्तकारिण:।।
नमस्तुलसी कल्याणि नमो विष्णुप्रिये शुभे।
नमो मोक्षप्रदे देवि नम: सम्पत्प्रदायिके।।
तुलसी पातुमां नित्यं सर्वापद्भ्यो$पि सर्वदा।
कीर्तितापि स्मृता वापि पवित्रयति मानवम्।।
नमामि शिरसा देवीं तुलसी विलसत्तनुम्।
यां दृष्ट्वा पापिनो मर्त्या मुच्यन्ते सर्व किल्विषात्।।
तुलस्या रक्षितं सर्वं जगदेतच्चराचरम्।
या विनिहन्ति पापानि दृष्ट्वा पापिभिर्नरै:।।
नमस्तुलस्यतितरां यस्यै बद्ध्वाञ्जलिं कलौ।
कलयन्ति सुखं सर्वं स्रियो वैस्यास्तथा$परे।।
तुलस्या नापरं किन्चिद्दैवतं जगतीतले।
यथा पवित्रितो लोको विष्णु संगेन वैष्णव:।।
तुस्या पल्लवं विष्णो: शिरस्यारोपितं कलौ।
आरोपयति सर्वाणि श्रेयांसि वरमस्तके।।
तुलस्यां सकला देवा वसन्ति सततं यत:।
अतस्तामर्चयेल्लोके सर्वान्देवान समर्चयन्।।
नमस्तुलसी सर्वज्ञे पुरुषोत्तम वल्लभे।
पाहि मां सर्व पापेभ्य: सर्वसम्पत्प्रदायिके।।
इति स्तोत्रं पुरा गीतं पुण्डरीकेण धीमता।
विष्णुमर्चता नित्यं शोभनैस्तुलसी दलै:।।
तुलसीश्री महालक्ष्मीर्विद्याविद्या यशस्विनी।
धर्म्या धर्मानना देवी द्यौभूमिरचलाचला।
षोडशैतानि नामानि तुलस्या कीर्तयेन्नर:।।
लभते सुतरां भक्तिमन्ते विष्णु पदं लभेत्।
तुलसी भूर्महालक्मी:पद्मिनी श्रीहरिप्रिया।।
तुलसी श्रीसखि शुभे पापहारिणि पुण्यदे।
नमस्ते नारदनुते नारायणमन: प्रिये।।इति

#हाम्रो दैनिक जीवनमा तुलसीको प्रयोग –
मानिस मृत्युशैयामा हुंँदा प्राण त्याग्नु अघि तुलसीको मठसंगै राखेर तामाको अंखरीमा गंगाजल राखि त्यसमा तुलसीदल राखि जल पिलाउने गरिन्छ । जीवनको अन्तीम घडीमा तुलसीदल खाएर देहावसान भएको व्यक्तिलाई मोक्ष मिल्छ भन्ने शाश्त्रीय प्रमाणहरु छन् । तुलसीको काठको माला बनाई कण्ठमा धारण गर्ने ,भगवानको नाम जप गर्ने गर्नाले चित्त शान्त हुन्छ, नकारात्मक तत्वहरु हटेर जान्छन् मनका विकार निर्मुल भएर जान्छन् र मनशान्त हुन्छ भनिएकोछ।
#तुलसीको माला धारण गर्ने मन्त्र-
निवेद्य केशवेमालां तुलसीं काष्ठ सम्भवाम्।
वहते यो नरो भक्त्या तस्य नैवास्ति पातकम्।।
तुलसी काष्ठ सम्भूते मालेकृष्ण जन प्रिये।
विभर्मि त्वमहं कण्ठे कुरुमां कृष्णवल्लभाम्।।
एवं सम्प्रार्थ्य वधिन्वमालां कृष्णगलोर्पिताम्।
धारयेत्कार्तिकेयो वै सगच्छेद्वैष्णवं पदम्।।
अर्थात् तुलसीको काठको माला कण्ठमा धारण गर्दा तुलसीको प्रार्थना गरी भगवान श्रीकृष्णका गलामा अर्पण गरी माला लगाउनाले भगवानका कृपाले शोक सन्ताप दूर हुन्छन् कुनै किसिमको भय प्राप्त हुंदैन।
विज्ञानले तुलसीलाइ मृतसंजीवनी भनेकोछ। तुलसीको वोट भएको चारसय मिटर वरपरको वातावरणलाइ तुलसीको सुगन्धले शुद्ध वनाउंछ। तुलसी,तथा वटवृक्ष,(वर)वरिपरि र तुलसीको छांया तथा यसको हावाको वरिपरी कुनै पनि विषाणु किटाणुहरु टिक्न सक्दैनन् र असाध्य रोगीहरु समेत तुलसीको सेवनले रोगमुक्त भएको कुरा वैज्ञानिकहरु वताउनु हुन्छ।
#विहान उठी तुलसीको पूजा गर्नाले, तुलसीको सम्पर्क गर्नाले मात्रै पनि मानिस निरोगी बन्छ भने तुलसीदल राखिएको खाद्यपदार्थ संग नियमित सेवन गर्ने व्यक्तिलेत दीर्घ जीवन प्राप्त गर्न सक्दछ।वनस्पति विज्ञ डा•खेम भट्टराइका अनुसार तुलसीमा एन्टीअक्सीडेन्ट नामक तत्व पाइने हुनाले हाम्रो वरीपरीको प्रदुषण र भोजनसंग मिस्सीएर पेटमा गएका विषाक्त किटाणुहरुलाइ तुलसीको पत्ताको सेवनले नष्ट गरीदिनछ ।एन्टीअक्सीडेन्टले मुटुको समस्या,मृगौला ,कलेजोको समस्यामा पनि तुलसी उपयोगी हुन्छ।तुलसीको रसले मालिस गर्दा हड्डी वलियो हुन्छ। तुलसीको पत्ताको सेवनले स्वास प्रस्वास सम्वन्धी रोगमा पनि फाइदा हुन्छ। रुघा खोकी शिरदर्द आदि चीसोका कारण हुने रोगहरुको त अचुक औषधी नै तुलसी पत्ता हो।
तुलसीका पात, हांँगा जरा आदि सवै औषधीय गुणले भरिपूर्ण छन्। पितृहरुकालागि दिइने पिण्डमा तुलसी पत्र राखेर दिंदा पितृहरु तृप्त हुन्छन्।देवकार्यहरुमा तयार वनाइने पंचामृत, वा जुनसुकै नैवेद्यमा पनि तुलसी पत्ता राखिएको हुन्छ ।
तुलसी पत्र नराखिएको नैवेद्य जुठो र अशुद्ध मानिन्छ। तुलसीपत्र विना गरिएको भगवानको पूजा पनि पूर्ण हुंँदैन भनिएको छ।तुलसीको मन्जरी सवै फूलहरुमा श्रेष्ठ मानिन्छ।तुलसी पत्ता सवै दिनमा टिप्न मिल्दैन।त्यसैले यी निसिद्ध दिनहरुवाहेक अरु शुभ दिनमा टिपेर राखेको तुलसी पत्ताले देव वा पितृपूजन गर्नु पर्छ। यदि निसिद्ध दिन परेकोछ र टिपेर राखिएका तुलसी पत्रहरु पनि छैनन् भने तुलसीका झरेका पातहरु टिपी देवपूजन गर्नु पर्छ तर तुलसीको पत्ता विना देवपूजन वा पितृपूजन हुंँदैन।दैनिक गरिने शालिग्राम भगवानको पूजाको लागि भने निसिद्ध दिनमा पनि टिप्न सकिन्छ भनिएको छ।
#अब यस व्रत संग सम्वन्धित राजा अम्वरीष र महर्षि पर्शुरामको कथा -
श्रीमद्भागवत नवमस्कन्धको अध्याय चारमा यो कथा आउँछ।
राजाअम्वरीष मनुका पनाती नभगका नाती तथा नाभागका पुत्र थिए उनी भगवानका ठूला भक्त थिए।
राजा अम्वरीषले प्रत्येक एकादशीका दिन (पानी सम्म पनि नपीइ) निराहार ब्रत वस्थे । भोलि पल्ट द्वादशी तिथि नवित्दै ब्रतको पारायण (समापन) गरी ब्राह्मणहरुलाइ भोजन दक्षिणा दिइ सके पछि मात्र यज्ञशेष भोजन आंफुले सेवन गर्नु हुन्थ्थो। एवं प्रकारले ब्रत गर्दै जाने क्रममा कार्त्तिक शुक्ल हरिवोधनी एकादशीको दिन आई पुग्यो। राजाले यी एकादशीमा झन निष्ठाकासाथ ब्रत वसी शालीग्राम भगवानका साथमा तुलसी मैयाको विवाहा सम्पन्न गर्नु भयो। रात्रिमा हरिभजन गर्दै रातभर जाग्राम वस्नु भएको थियो । भोली पल्ट पारायण गरी ब्राह्मणहरुलाइ भोजन गराउनलाई धेरै ब्राह्मण तथा ऋषिहरुलाई पनि निम्त्याउनु भएको थियो । राजाको निमन्त्रणा स्वीकार गरि ऋषि दुर्वासा सहित आमन्त्रित सवै ब्राह्मण तथा ऋषिगणहरु समेत पाल्नु भयो। यसै वीचमा ऋषि दुर्वासाले भन्नू भयो तपाइहरु पारायणका कर्महरु गर्दै गर्नु म गंगा स्नान गरेर भोजन तयार हुंदा सम्म आइ पुग्छु भनेर आफ्ना शिष्यहरुका साथ गंगास्नान गर्न भनि निष्कनु भयो। एता त्यस दिन द्वादशी तिथि एक घडी मात्र रहेकाले सो अवधि भित्र ब्राह्मणहरुद्वारा पारायण सम्वन्धी कर्महरु पनि विधिपूर्वक सम्पन्न गरियो। अब आमन्त्रित ऋषिगण तथा ब्राह्मणहरुलाई भोजन तथा दक्षिणा दिने काम मात्र वांकी रह्यो तर त्यति वेला सम्म पनि स्नान गर्न जानुभएका दुर्वासा ऋषि आउनु भएन। द्वादशी तिथि भित्रै ब्रतको पारायण गरी ब्रतालुले व्रत तोड्नु पर्नेमा द्वादशी तिथि पनि वित्नै लाग्यो तर वहाँहरु(ऋषिदुर्पासा र वहांका शिष्यहरु आउनु भएन । त्यसैले त्यहां ठूलो शंकटपैदा भयो।
यसै वीचमा त्यहां उपस्थित ब्राह्मण पुरोहित गण तथा ऋषिहरुको परामर्श वाट द्वादशी तिथि भित्र पानी मात्र पीएर राजाले उपवास ब्रत तोड्ने र वांकी कर्महरु ऋषि दुर्वासा आउनु भए पछि गर्ने भन्ने निष्कर्ष निकालियो र राजा अम्वरीषलाई पानी पिउन दिइ ब्रत तोड्न लगाइयो। ब्राह्मणहरुको आदेश अनुसार राजा जलमात्रै पीएर दुर्वासाको वाटो हेरेर वहांको प्रतिक्षामा वस्नु भयो। त्यस पछि तुरुन्तै दुर्वासा सन्ध्यावन्धनादि नित्यकर्महरु सके र दरवारमा आइपुग्नु भयो । आउनासाथ अम्वरीष महाराजले पानी पिएको कुरा थाहा पाउनु भयो।
दुर्वासालाई यो कुरा सह्य भएन र राजा उपर क्रोधित हुँदै भन्न थाले हे पापिष्ठ राजा? तिमीले मलाई निमन्त्रणा गरेर आंफुले खाना खाएर वस्ने? अनि तिम्रो जुठो भोजन मैले खाने? त्यैहो तिम्रो धर्म? तेसैले तिमी पापी हौ तिमीलाई वाच्ने अधिकार छैन तिमीलाई ऐले नै हत्या गर्छु भनि आफ्नो शक्तिवाट कृत्या नाम गरेकी राक्षसिनी उत्पन्न गर्नु भयो।
तत्कालै कृत्याले हातमा तरवार लिएर राजालाई मार्न भनि के अघि वढेकी थिइ ठिक तेती नै वेला विष्णु भगवानको सुदर्शनचक्र प्रकट भयो र कृत्यालाई भष्म गरिहाल्यो। त्यस पछि सुदर्शनचक्र दुर्वासालाई मार्न भनि दुर्वासा तिर दौड्यो । दुर्वासा डरले त्यहां वाट भागेर ब्रह्माजीको शरणमा पुगे, ब्रह्माजीले म तिमीलाई वचाउन सक्दिन किन भने शुदर्शन चक्र विष्णुका भक्तहरुको रक्षागर्न हर वखत खडारहेको हुन्छ । त्यसैले मैले तिमीलाई वचाउन सक्दिन भन्नु भयो। त्यस पछि दुर्वासाऋषि कैलाश पर्वतमा रहनु भएका शिवजी कहां गएर विन्ति गरे , शिवजीले पनि विष्णुका भक्त उपर घात गर्नेलाई मैले कसरी वचाउन सक्छु जानुस विष्णुकै पासमा भनेर पठाउनु भयो। अन्तमा दुर्वासा श्री विष्णुजी कहां गएर आंफुलाई वचाउन विन्ति गरे तर श्री विष्णु भगवनाले ऋषिलाई भन्नुभयो-
संदह्यमानो$जितशस्त्रवन्हिना
तद्पादमूले पतित:सवेपथु:।
आहाच्युतानन्त मदीप्सित प्रभो,
कृतागसं मामव हि विश्वभावन।। भा ९/४/६१
अजानता ते परमानुभावं
कृतं मयाधं भवत:प्रियाणाम्।
विधेहि तस्यापचितिं विधात
र्मुच्येत यन्नाप्नुदिते नरको$पि।।भा ९/४/६२
अर्थात् दुर्वासाजी भगवानको सुदर्शन चक्रवाट निस्केको आगोवाट जलिरहेका थिए ,त्यस्तै डरले थुर थुर काम्दै भगवानका चरणमा लम्पसार पर्दै भन्न लागे -
"हे अच्युत? हे अनन्त तपाईं एकमात्र जीवन दाता हुनु हुन्छ ,म अपराधी हूं। तपाईं मेरो रक्षा गर्नुहोस।
तपाइंको परम प्रभाव नजान्नाको कारणले मैले तपाइंका परम भक्तको अपराध गर्न पुगें , तथापि तपाईं शरणागतको रक्षा गर्नेवाला हुनु हुन्छ त्यसैले मलाई वचाउनुहोस। के भनौ प्रभु तपाइंकोत खाली नाम उच्चारण गर्नाले मात्रै पनि नर्कमा परेका जीवहरु पनि मुक्त हुन्छन्।
यसरी दुर्वासाजीले भगवानका चरणमा गिरेर विन्ति गरे पछि भगवान भन्नू हुन्छ-
अहं भक्तपराधीनो ह्यस्वतन्त्र इव द्विज।
साधुभिर्ग्रस्तहृदयो भक्तैर्भक्तजनप्रिय:।।६३
नाहमात्मानमाशासे मद्भक्तै:साधुभिर्विना।
श्रियं चात्यन्तिकीं ब्रह्मन् येषां गतिरहंपरा।।६४
ये दारा गार पुत्राप्तान् प्राणान् वित्तमिमं परम्।
हित्वा मां शरणं याता: कथं तांत्यक्तुमुत्सहे।।६५
मयि निर्बद्धहृदया: साधव: समदर्शन:।
वशीकुर्वन्ति मां भक्त्या सत्स्त्रिय:सत्पतिं यथा।।६६
मत्सेवया प्रतीत च सालोक्यादि चतुष्टयम्।
नेच्छन्ति सेवया पूर्णा: कुतो$न्यत् कालविद्रुतम्।।६७
साधवो हृदयं मह्यं साधूनां हृदयं ह्ययम्।
मदन्यत् ते न जानन्ति नाहं तेभ्यो मनागपि।।६८
उपायं कथयिष्यामि तब विप्र शृणुष्व तत्।
अयं ह्यात्माभिचारास्ते यतस्तं यातु वै भवनन्।
साधुभि ग्रहितं तेज:प्रहर्तु:कुरुत$शिवम्।। ६९
तपो विद्या च विप्राणां नि:श्रेयसकरे उभे
ते एव दुर्विनीतस्य कल्पेते कर्तुरन्था।।७०
ब्रहंस्तद गच्छ भद्रं ते नाभागतनयं नृपम्।
क्षमापय महाभागं तत:शान्तिर्भविष्यति।।७१
अर्थात् हे दुर्वासाजी? म सर्वथा भक्तहरुको अधीनमाछु।
म आंफै स्वतन्त्र छैन।मेरा सीधा साधा भक्तहरुले मेरो हृदयनै आफ्नो हातमा वांधेर राखेकाछन्।भक्तहरुले मलाइ प्रेम गर्छन्
मैले उनलाइ।। आफ्ना प्रेमी भक्तहरुको आश्रय एक मात्र म नै हुँ, यसकारण आफ्ना ती सरल हृदयी भक्तहरुलाइ छोडेर न मैले आफ्नै चिन्ता गर्छु न मेरी लक्ष्मीको नै। ती मेरा भक्तहरुले जस्ले परिवार धनसम्पत्ति छोडेर मेरो शरणमा आएकाछन् तीनलाइ छोड्ने संकल्प सम्म पनि गर्न सक्दिन।
जसरी सती स्त्री आफ्नो पतिब्रत्य धर्मले सदाचारी पतिलाई आफ्नो वसमा राखेकी हुन्छिन् त्यसरीनै मेरा भक्तहरुले आफ्नो भक्तिद्वारा मलाई वसमा पारेका छन्।
हे ब्रह्मर्षि ? मेरा अनन्य भक्तहरु मेरो सेवा गर्नालेनै कृत्य कृत्य हुन्छन् ती भक्तहरुलाइ मेरो सेवा वाहेक अरु सालोक्य सायुज्य जस्ता उत्तम मोक्ष सम्म पनि स्वीकार्य छैन भने अरुकोत के कुरा? दुर्वासाजी? मैले तपाइंलाई अरु के भनौं मेरा प्रेमी भक्तहरुत मेरा हृदय हुन् भने ती प्रेमी भक्तहरुको हृदय म स्वयं हूं , तिनिहरुले म वाहेक अरु केही जान्दैनन् र मैले ती वाहेक अरुलाई जान्दिन।त्यसैले तिनलाई छाडेर तपाइलाई वचाउन सक्दिन ।,
दुर्वासाजी ? तपाइलाई यौटा उपाय वताउंछु सुन्नुहोस , जसको अनिष्ट गर्नाले तपाइंलाई यो विपत्ति झेल्नु परेकोछ तपाईं स्वयं उनकै समीपमा गएर माफि माग्नुस ,मैले माफि दिन पनि सक्दिन। किन भने जसले निरापराध सिधा साधा व्यक्तिहरुलाई दु:ख दिन्छ उसलाई झन् ठूलो विपत्ति झेल्नु पर्छ।
भगवान् अगाडि भन्नू हुन्छ- यसमा सन्देह छैन कि ब्राह्मणहरुको लागि तपस्या र विद्या परम कल्याणकारी साधन हुन परन्तु यदि ब्राह्मण उदण्ड र अन्यायी भयो भने तिनै कल्याणकारी साधनले उल्टो फलदिएर अकल्याण गर्नेछन्।
दुर्वासाजी? अव तपाई उनै राजा अम्वरीषका समिपमा गएर क्षमा माग्नुहोस तब तपाइलाई शान्ति मिल्नेछ।तपाइंको कल्याणहोस।
। भगवनाले तेति भने पछि ऋषि राजाअम्वरीषजीकहाँ गएर सवै कुरा वताएर क्षमा मागे । राजा अम्वरीषले भगवानको दिव्य शक्ति शुदर्शन चक्रलाई प्रार्थना गर्नु भयो । अम्वरीषको प्रार्थनापछि, शुदर्शन चक्र पनि स्वधाम फिर्ता भयो।,त्यस पछि राजा अम्वरीषजीले दुर्वासाका पाउ पूजेर
भोजन गराउनु भयो। भने यी एकादशीको ठूलो महीमा छ । एक दिन उपवास गर्दैमा
शरीरलाइ कुनै हानी नोक्सानी हुंदैन वरु फाइदानै हुन्छ , हाम्रो पाचन प्रणाली पनि सुद्ध हुन्छ , उसलाइ विश्राम मिल्छ । यस
दिन तुलसीलाई सिगारेर विष्णु संग विवाह गराइन्छ ।तुलसीको
दर्शन हुन्छ गंगा स्नान हुन्छ सत्संगमा वसिन्छ वैज्ञानि दृष्टिले पनि तुलसीमा ८० प्रकारका रोग निदान गर्नेशक्ति हुन्छ भनेर
वैज्ञानिकहरुले पनि स्वीकारी सकेका छन् त्यसैले सक्नेले यो व्रत अवश्य गर्नु
पर्छ । १५ दिनमा एक दिन उपवास गर्नाले अतिपोषणको विमारीवाट पनि वचिन्छ । खाना शरीरलाइ चाहिने तत्व (भोजन) नपुग्नाले कुपोषण हुन्छ भने वढीखानाले अतिपोषण हुन्छ यी दुवै हुनु पनि विमारी हो।
खाएको खानालाई पाचन प्रणालीले पचाउन नसक्दा पनि शरीरमा विजातीय तत्वको मात्रा वढ्छ र त्यसै वाट बिष वन्छ र यसले शरीरलाइनै हानी गर्छ । शरीरलाई सन्तुलित आहार चाहिन्छ। १५ दिनमा एक दिन उपवास वस्नु स्वास्थको दृष्टिले अतिउपयुक्त मानिन्छ। त्यसैले १५ दिनमा एक पटक पर्ने एकादशीमा ब्रत वस्नाले स्वास्थ्य धन र धर्म दुवै एकै साथ प्राप्त हुन सक्छन्। अत: हाम्रा धार्मिक पर्वहरु जति पनि छन् ती पर्वहरु संग कुनै न कुनै पौराणिक कथाहरु जोडिएकै हुन्छन्। जहाँ पौराणिक कथाहरु जोडिएका छन् त्यहां मानव हितका कुराहरु अवश्य रहेकै हुन्छन् तर तिनलाइ शूच्छ्म दृष्टिले केलाएर हामीले कहिल्यै हेरेनौं त्यसैले आज रोगको प्रकोप यति वढेर जानथाल्यो कि ऐलोपैथिक उपचार पद्धतिनै निष्प्रभावि हुन थाली सकेको छ ।समामान्य संक्रमित रोगहरु कोराना, डेंगु, वर्डफ्लु अरुके के भइसहरु पनि नियन्त्रण वाहिर हुँदै जान थालेका छन् भने यी भन्दा कडा क्यान्सर जस्ता घातक रोगहरुको बृद्धिको अनुपात पनि अत्यधिक रुपमा वढ्दै गएको देखेर खूद मेडिकल डाक्टरहरु पनि आफ्ना रोगीहरुलाइ सात्विक भोजन गर्न ,उसवास वस्न वाहिरका जङ्कफूड एवं दूषित खाना नखाने सल्लाहा दिन थाल्नु भएकोछ।
अन्तमा-
पद्मपुराणको योश्लोक-
नाहं वसामि वैकुण्ठे योगिनां हृदये न वै।
मद्भक्ता यत्र गायन्ति तत्र तिष्ठामि नारद।।( पद्मपुराण)
हे नारद? न म वैकुण्ठमा वस्छु न त योगीहरुका हृदयमा निवास गर्छु म त मेराभक्तहरु जस्ले आफ्नो सर्वस्व ठानेर मेरो गुणगान भजन गर्छन् म सदा त्यहीं रहन्छु।
ॐ नमो भगवते वासुदेवाय।
Kyathrin Pharmacy and Pathology

लौ आयो हैं जाडो को लागि   and   in  reasonable price  #जाडोअफरअर्डर को लागि msg garnu hola Or Call 986-7207412
01/11/2025

लौ आयो हैं जाडो को लागि and in reasonable price
#जाडोअफर
अर्डर को लागि msg garnu hola
Or
Call 986-7207412

01/11/2025

हरिबोधिनी एकादशी (तुलसी विवाहको) हार्दिक शुभकामना !
Kyathrin Pharmacy and Pathology

01/11/2025

Unboxing MLX Plus Microscope 🔬

Anti diabetic drugs side-effects ✅
01/11/2025

Anti diabetic drugs side-effects ✅

CPR कसरी गर्ने?📌CPR गर्ने तरिका 👇
31/10/2025

CPR कसरी गर्ने?
📌CPR गर्ने तरिका 👇

31/10/2025

Dxn Asp Yadav Yadav

27/10/2025

Aníl's Health Page 'shealthpagemoment

छठ पर्वको हार्दिक शुभकामना श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको यो पर्व प्रकृति र मानवजातिबीचको सम्बन्धको अद्भुत उदाहरण ...
27/10/2025

छठ पर्वको हार्दिक शुभकामना
श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको यो पर्व प्रकृति र मानवजातिबीचको सम्बन्धको अद्भुत उदाहरण पनि हो। प्रकृति, सूर्यदेव र जलको आराधना गर्ने हाम्रो पवित्र पर्व छठ विशेषगरी महिलाहरुको दृढता तथा त्यागको प्रतिमूर्तिको रूपमा पनि सम्मानित छ। विविधतामा एकता नेपाली समाजको विशिष्ट पहिचान हो । सबैले खुसी र सद्भावले यो पर्व मनाउन आग्रह गर्दै यहाँहरु सबैको घरमा समृद्धि र सुखको उज्यालो फैलियोस्, शुभकामना व्यक्त गर्दछु ।
Kyathrin Pharmacy and Pathology

Address

Lumbini

Telephone

+9779867207412

Website

Alerts

Be the first to know and let us send you an email when Kyathrin Pharmacy and Pathology posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kyathrin Pharmacy and Pathology:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram