Godawari Hospital Pvt. Ltd.

Godawari Hospital Pvt. Ltd. Well reputed general hospital with specialized Doctors located in Urlabari, Morang

गोदावरी अस्पतालमा ११ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु, १ हजारभन्दा बढीले लाभ लिने अनुमान१८ वैशाख/ उर्लाबारीउर्लाबारीस्...
02/05/2025

गोदावरी अस्पतालमा ११ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु, १ हजारभन्दा बढीले लाभ लिने अनुमान

१८ वैशाख/ उर्लाबारी
उर्लाबारीस्थित गोदावरी अस्पतालमा ११ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ। बिहिबार अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच कोशी प्रदेशकी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले शिविरको उद्घाटन गर्नुभयो l

गोदावरी अस्पताल र उर्लाबारी जेसीजको सहकार्यमा सुरु भएको सो शिविर ११ दिनसम्म सञ्चालन हुनेछ। “तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने मूल नाराका साथ सञ्चालन भएको सो शिविर शनिबार बाहेक हरेक दिन बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछ।

कार्यक्रममा बोल्दै सांसद पालुङ्वाले महिलाहरू अझै पनि घरभित्र मात्रै सीमित रहँदा स्वास्थ्य जाँच गराउन नपाएर समस्यामा पर्ने अवस्थालाई यस्ता शिविरहरूले कम गर्न सहयोग पुर्‍याउने वताउनुभयो । वहांले आम जनतालाई शिविरको सेवा लिई लाभ उठाउन आग्रह गर्नुभयो। साथै, वहांले यस्ता कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

त्यस्तै अध्यक्ष तथा कन्सल्टेण्ट फेमेली फिजिसीयन एवम् सर्जन डा. सूर्यनारायण शाहले मन्तव्य राख्ने क्रममा अस्पतालका सेवाहरुको बारेमा प्रस्ट्याउनुभयो। वहांले अस्पतालमा बिशेसज्ञ ओ.पी.डी. सेवा, बालरोग, छालारोग, अतिविशेषज्ञ सेवा , शल्यकृया सेवा तथा रेडियोलोजी सेवा सञ्चालनमा रहेको जानकारी दिनु भयो। हाल स्वास्थ्य बीमा सेवा केही समयका लागि स्थगित भएतापनि चाँडै पुनः सुरु हुने जनाउँदै वहांले अस्पताललाई सामाजिक उत्तरदायित्व सहितको उत्कृष्ट सेवा प्रदायक बनाउने लक्ष्य रहेको वताउनुभयो। "अस्पतालमा हाल २५ बेड रहेका छन्, जसलाई विस्तार गरी ५० बेड पुर्‍याउने तयारी भइरहेको छ। एक वर्षदेखि आइसीयू सेवा पनि सञ्चालनमा रहेको" वहांले जानकारी दिनु भयो।

शिविर उद्घाटन समारोहमा ७ नम्बर वडाकी वडाध्यक्ष उर्मिला थापा, नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखा सभापति भानु पराजुली, रोटरी क्लब उर्लाबारीका अध्यक्ष मुकुन्द निरौलाज्यु लगायतले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोचको विकास हुने वताउनुभयो।

कार्यक्रममा बोल्दै अस्पतालका सञ्चालक तथा युवा व्यवसायी सचिन शाक्यले नगर र वडाको सिफारिसमा गरिब तथा निमुखा नागरिकहरूलाई विशेष छुटमा उपचार सेवा दिइँदै आएको जानकारी गराउनुभयो। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक वर्षका लागि मधुमेहका बिरामी लाई लक्षित गर्ने गरि ब्लड सुगर फास्टिङ र पीपी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको संचालक शाक्यले जानकारी दिनु भयो ।

त्यस्तै, अन्य सेवामा पनि १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी गराईएको छ । प्रयोगशाला परीक्षण, अपरेशन सेवा, बेड तथा राउन्ड शुल्कमा २५ प्रतिशत छुट, युएसजी र एक्स-रे सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

हाल अस्पतालमा फिजिसियन, स्त्रीरोग, प्रसूति, हाडजोर्नी, नसारोग, नवजात तथा बालरोग, सर्जरी, छाला तथा यौन रोग, मानसिक रोग, मूत्र रोग, एनेस्थेसिया तथा पेन म्यानेजमेन्ट लगायतका सेवा भरपर्दो रूपमा उपलब्ध छन्।

अस्पतालका अध्यक्ष डा. शाहको अध्यक्षता रहेको उक्त शिविर उद्घाटन कार्यक्रमको संचालन उर्लाबारी जेसीजका कानुनी सल्लाहकार निशान भट्टराईले गरेका थिए।

12/03/2024

मधुमेह (चिनी/सुगर ) डायबिटीजको शुरुको स्टेज पता लगाउन:

१. खाना खाएको एक घण्टा पछी रगतमा चिनीको जाँच गरौ |
२. खाना खाएको दुइ घण्टा पछी (पी.पी.) रगतमा चिनीको जाँच गरौ |
३. दुइ घण्टा पछी (पी.पी.) रगतमा चिनी बढी द्खिएमा खालि पेट
(१०-१२ घन्टा) बिहान जाँच गरौ |
४. खाली पेटको चिनी सामान्य र दुइ घण्टा पछी (पी.पी.) रगतमा चिनी
बढेको अवस्थामा खाना नियन्त्रण र ब्यायाम तथा एक पटकमा सानो
थाल र रातिको खाना नियन्त्रण गरौ |
५. खाली पेटको चिनी मात्रा र दुइ घण्टा पछी (पी.पी.) रगतमा चिनी
बढेको अवस्थामा शुरुमा औषधिको सेवन गरी नियन्त्रण गरौ र पछी
खाना नियन्त्रण र ब्यायाम तथा एक पटकमा सानो थाल र रातिको
खाना नियन्त्रण गरौ |
६. एच वि ए वन सी को जाँच १२० दिनको (प्रत्येक चार चार महिना)
अन्तरालमा चिनी नियन्त्रणको अवस्था र आँखामा पार्न सकने प्रभावलाई हेर्न गर्नु पर्छ|

09/12/2023
गोदावरी हस्पिटल प्रा. लि., उर्लाबारी का अध्यक्ष डा. श्री सुर्य नारायण शाह ज्यु तथा यस अस्पतालका पदाधिकारी ज्यु हरु ले कन...
28/04/2023

गोदावरी हस्पिटल प्रा. लि., उर्लाबारी का अध्यक्ष डा. श्री सुर्य नारायण शाह ज्यु तथा यस अस्पतालका पदाधिकारी ज्यु हरु ले कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. श्री सुर्य नारायण बयर ज्यु लाई शुभकामान सहित स्वागत गर्नु भएको छ | अब उप्रान्त यस अस्पतालले २४ सै घण्टा भिडियो एक्स रे सेवा प्रदान गर्ने मन्तव्य अध्यक्ष ज्यु ले दिनु भएको छ |

Address

East-west Highway
Morang
56604

Telephone

+97721541972

Website

Alerts

Be the first to know and let us send you an email when Godawari Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Godawari Hospital Pvt. Ltd.:

Share

Category