Nawalpur hospital

Nawalpur hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nawalpur hospital, Hospital, Narayangarh.

28/08/2024
17/05/2024

उच्च रक्तचापले मुटुमा असर पार्दछ भन्दै डा. महेन्द्रले , मुटुको हृदयघात , हर्टफेलर,पछघात,मिर्गौला फेलर पनि गराउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो “उच्च रक्तचापले मुटुबाट निस्कने ठूला साना जुनसुकै रक्तनलीलाई असर पार्न सक्छ ।
उच्च उच्च रक्तचापको पर्मुख कारण मिर्गौलाको रक्त नलीको प्रेसर बढी हुनु नै मनिन्छ।
उच्च रक्तचापले किड्नी (मृर्गौला), खुट्टाका नसाम पनि असर पार्न सक्ने भएकोले यसलाई नियन्त्रणमा राख्न उहाँले आग्रह गर्नुभयो । डा. महेन्द्र अग्रहृरीले भन्नुभयो “त्यसैले उच्च रक्तचाप नियन्त्रणका लागि, चिकित्सक, स्वस्थ्यकर्मी र , हाम्रो समाज र व्यक्तिको पनि भूमिका हुनुपर्छ ।”

रक्तचाप मापन गरेको ठीक छ कि छैन भन्ने कुरा महत्वपूर्ण छ । रक्तचाप मापनका आफ्नै नियमहुने बताउनुभयो । हतारमा अस्पताल पुग्दा बित्तिकै रक्तचाप ननाप्न सुझाव दिंदै उहाँले भन्नुभयो “अस्पताल पुगेको २० देखि २५ मिनेट आराम गरेपछि, कुर्चीमा ढाड सिधा हुने गरी कुर्चीको आड लगाएर, खुट्टा भुईमा राखेर आरामसँग रक्तचाप नाप्नु पर्दछ ।” रक्तचाप नाप्नुभन्दा एक घण्टा अघिदेखि चिया, कफि, चुरोट, रक्सी सेवन गर्न नहुने उहाँको भनाई छ ।

एक पटक उच्च रक्तचाप (हाई) देखिए भन्दैमा तुरुन्त औषधि खान सुरु गर्नु नहुने उहाँको भनाई छ । औषधि सुरु गर्नु अगाडी अन्य अंगमा यसको असर कोन्फिर्म गरेर मात्र गर्नु पर्छ । “रक्तचाप उच्च देखियो भने २० देखि २५ मिनेटमा पुनः परीक्षण गर्ने, अर्काे दिन पनि परीक्षण गरेर रक्तचाप एकिन गर्नुपर्छ ।”

उच्च रक्तचापमा नुन एक नम्बर कारक मानिने भन्दै उहाँले भन्नुभयो “सामान्यतया ४ देखि ६ ग्राम नुन खाईन्छ भने उच्च रक्तचाप भएपछि २ देखि ४ ग्राममात्रै सेवन गर्नु पर्दछ । अर्थात् नुनको मात्रा आधा घटाउनुपर्छ ।”

पोटासियमयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राख्ने भन्दै डा. महेन्द्रले फलफूल र सागपातमा पोटासियम पाईने भएकाले नियमित खान सुझाव दिनुभयो ।

नियमित चुरोट, खैनी, सूर्ती, मदिरा सेवनले रक्तचाप बढाउने भन्दै उहाँले बाहिरका जंक फुड र प्रदुषणसँगै तनावले पनि उच्च रक्तचाप हुने जानकारी दिनुभयो ।

बंशाणुगत रुपमा पनि उच्च रक्तचाप हुनसक्ने भन्दै बुबाआमा, हजुरबुबा आमालाई उच्च रक्तचाप छ भने छोराछोरीलाई हुने सम्भावना रहने बताउनुभयो ।

10/01/2024

सुचनाा! सुचना!! सुचना!!!

यस नवलपुर अस्पतालमा अत्याधुनिक मेसिनबाट मुटुको जाँच इको, गर्भमा रहेको बच्चा को खराबी भएको वा नभएको छुट्याउने एनोमाली scan गरिन्छ साथै अत्याधुनिक CR/DR मेसिनबाट एक्स-रे गरिन्छ र फिजियोथेरापी सेवा पनि उपलब्ध छ ।

08/08/2023

VACANCY ANNOUNCEMENTS

STAFF NURSE :1

Con:9849179893/ 9857040031

31/07/2023

Urgent Wanted
Marketing officer :-1

Address

Narayangarh

Telephone

+97778541531

Website

Alerts

Be the first to know and let us send you an email when Nawalpur hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category