GorakshyaNath Medical Center - GMC

GorakshyaNath Medical Center - GMC Medical services

01/07/2020

८० भन्दा बढी देशहरुमा बिक्रि वितरण भैरहेको UAE को अति उच्च गुणस्तरीय Lubrex लुब्रिकेन्ट्स को बजार बिस्तारका लागि नेपालका प्रमुख शहरहरुमा डिलरको आवश्यकता परेको हुँदा इच्छुक फर्म ब्यक्तिले कृपया तलको लिन्क मा गई फर्म भर्नुहोला ।
https://bit.ly/30YaM0H
#

21/04/2020

९ बैशाख, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयले तितेपातीको तेल मिसाएर स्यानिटाइजर उत्पादन गरेको छ । विश्ववि....

13/05/2018

Share if you agree...

13/02/2017

बालबालिकाको स्नायु विकासमा अवरोध गर्ने अटिजम के हो ?

राजकाजी प्रजापति,
मनोपरामर्शदाता
२०७३ फाल्गुण १ आइतबार



हुर्कंदै गरेका बालबालिका परिवार तथा अन्य व्यक्तिसँग घुलमिल हुन रुचाइरहेका छैनन् । एक्लै बस्न मनपराइरहेका छन् वा आफन्तसँग पनि घुलमिन हुन र सामाजिक व्यवहार गर्न कठिनाइ मानिरहेका छन् भने त्यस्ता बालबालिकालाई अटिजम भएको हुन सक्छ । अटिजम मस्तिष्कका स्नायु कोषहरुको स्वाभाविक विकासमा अवरोध वा स्नायुहरुको विकासमा हुने अवरोधका कारण देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो ।

अटिजम भएका बालबालिकाले अन्य सामान्य बालबालिकाभन्दा भिन्न व्यवहार देखाउँछन् । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरका बालबालिका एक्लै बस्ने, निर्जिव बस्तुसँग ज्यादा खेल्ने, आफन्तको पनि मतलब नराख्ने तथा अञ्जान व्यक्तिसँग पनि डर नमान्ने स्वभावका हुन्छन् । बिनाकारण हाँस्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने जस्ता व्यवहार देखाउँछन् ।

बालबालिकाको यस्तो व्यवहारलाई धेरैले सुस्तमनस्थिति वा मानसिक रोग भनेर बुझिदिन्छन् । वास्तवमा उक्त समस्या अटिजमको हो । अटिजमबारे धेरैलाई जानकारी नहुँदा बच्चामा देखिने फरकपनालाई मानसिक रोग वा सुस्तमनस्थिति भनेर अभिभावकले निच मारिदिन्छन् । ग्रामीण भेगमा त अटिजम भएका बालबालिकालाई अभिभावकाले दाम्लोले बाँध्ने, थुन्ने गरेका घटना प्रसस्त भेटिन्छ । त्यसमाथि उपचारका लागि स्वास्थ्य संस्था पुग्नु भन्दा धामीझाँक्री र झारफुकमै अल्झिने गरेका छन् ।

अटिजमलाई मस्तिष्कको अव्यवस्थित विकास अन्तर्गत ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ भनेर राखिएको छ । यो रोग भने होइन । यसलाई विगतमा वौद्धिक अपाङ्गता भनिन्थ्यो । तर यो वौद्धिक अपाङ्गता र मनोवैज्ञानिक विकार पनि होइन । अटिजम बालबालिकामा देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो । यो अवस्थामा रहेका बालबालिकालाई सामान्य मानिस सरह जिउन कठिनाइ हुन्छ ।

१८ महिनादेखि ३ वर्षभित्र पहिचान

अटिजम जन्मजात आउने अवस्था हो र जन्मेको १८ महिनादेखि ३ वर्षभित्र पहिचान गर्न सकिन्छ । तर यो समस्या भने जीवनभर रहन्छ । त्यसैले शुरुवाति अवस्थामै बच्चालाई विशेष शिक्षा, तालिम, व्यावहारिक ज्ञान र सामाजिक अन्तर्घुलनबारे अभ्यस्त बनाउन सके धेरै हदसम्म बच्चामा सुधार आउँछ ।

20/02/2016

मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा निकै नै प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ, त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । हुन त यो ज्योतिष बिद्या आफैमा पनि यो उत्कृष्ट बिज्ञान हो तर यसलाई अवमूल्यन गरिदिने काम पनि उत्तिकै भएको छ ।
यो बिज्ञान हो कि अनुमान मात्रै हो, त्यो आफ्नो ठाउँमा बहसको बिषय होला । तर यहाँ चाहिँ भारतीय अंक ज्योतिष तथा अनुसन्धानकर्ता श्रीमती ज्योति शर्माले विभिन्न बारमा जन्मेका ब्यक्तिका आचरण, स्वाभाव र भविश्यका बारेमा समेत जानकारी पाएको दावी गरेकी छिन् । तपाईको जीवनमा उनले भनेको कुरा मेल खायो कि खाएन तपाई आफै चेक गर्नुहोस्।
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. तपाईंहरु अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण तपाईंहरु कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहनु हुन्छ ।
४. तपाईंहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुनुहुनेछ ।
५. तपाईंहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
६. तपाईं पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा कमाउने कोसिस गर्नुहुन्छ ।
७. तपाईं कनै पनि कुरामा सम्झौता गर्नुहुन्न ।
८. तपाईं सौन्दर्यलाई मन पराउनुहुन्छ त्यसकारण
आइतबार जन्मेका व्यक्तिहरु धेरै जसो प्रेम विवाह गर्ने गर्दछन् ।
९. तपाईंको रुपरंगमा तपाईंले आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०. तपाईं आफ्नो सम्बन्धलाई निकै सम्मान गर्नुहुन्छ त्यसकारण मानिसहरु तपाईंको झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु तपाईंलाई छोड्न चाहन्नन् ।
सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२. तपाईं मृदुभाषी हुनुहन्छ तर तपाईं निकै मुडी हुनुहुन्छ ।
३. तपाईं निकै संवेदनशील हुनुहुन्छ त्यसकारण निकै चाँडै नर्भस हुनुहुन्छ ।
४. तपाईंलाई आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. तपाईंका लागि सम्बन्ध निकै महत्व राख्नेछ ।
६. तपाईं पढाईमा तिक्ष्ण हुनुहुन्छ र आफ्नो करियरमा निकै माथि पुग्नुहुन्छ ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त तपाईं सबैलाई सम्मान गर्नुहुन्छ तर तपाईंको मुडी स्वभावले तपाईंलाई तनाव दिने गर्दछ ।
मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. तपाईंको जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि तपाईं निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ विचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंलाई नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. तपाईंको कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. तपाईंहरु कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण तपाईंहरु जीवनमा निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने तपाईंहरुले निकै सफलता हात पार्नु हुन्छ ।
८. तपाईंहरुलाई धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि तपाईंको रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. तपाईंहरु कसैलाई पनि सजिलै माफी दिनुहुन्न । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि तपाईंलाई प्रभावित तुल्याउन सक्दैनन् ।
१०. तपाईंहरु खर्चिलो स्वाभावको हुनुहुन्छ र आफ्नो निर्णय आफैँ लिनुहुन्छ ।
११. तपाईंको वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने तपाईं आफ्नो पार्टनरको निकै हेरबिचार गर्नुहुन्छ ।
१२. तीब्र बुद्धि हुने भएका कारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।
३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।
४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।
५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।
६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।
७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।
८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुुनुहुन्छ ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. तपाईंहरु धेरैजसो रचनात्मक क्षेत्रमा देखिनुहुन्छ ।
३. तपाईंलाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. तपाईं मधुर स्वरमा बोल्नुहुन्छ र मनमोहक मुस्कानका मालिक हुनुहुन्छ ।
५. तपाईं निकै भावुक हुनुहुन्छ जसका कारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. तपाईं आफ्नो सम्बन्धमा निकै सजक हुनुहुन्छ तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. तपाईंका निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. तपाईंलाई रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. तपाईंको राम्रा गुणहरु नै तपाईंका लागि नराम्रो साबित हुन्छ ।
११. तपाईंसँग धनको कमी हुँदैन तर तपाईं त्यसलाई बचत गर्न सक्नुहुन्न ।
१२. तपाईंले प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउनुहुन्छ तर जब पाउनुहुन्छ स्थायी रुपमा पाउनुहुन्छ अर्को शब्दमा भन्नुपर्दा तपाईं मेहनती हुनुहुन्छ र संघर्ष गर्न सक्नुहुन्छ ।
शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ ।
३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ ।
४. तपाईं हुन त सफा मनको हुनु हुन्छ तर कहिले काँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।
५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ ।
६. तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न ।
७. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ ।
८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न ।
९. तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्न ।
११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ ।

22/05/2015

दिमाग बढाउन हटाउनुपर्ने सामान्य ६ ब्यबहार

प्रकाशित मिति:२०७२ जेठ ५ गते १५:२५

-स्वास्थ्य खबरपत्रिका

जीवनमा उतारचढाव आइरहन्छ । जसको दिमाग मजबुत हुन्छ, उसले यस्ता उतारचढावलाई सहज तरिकाले लिन्छ । मानसिक रुपमा मजबुत रहन केही स्वस्थ ब्यबहार अपनाउन जरुरी हुन्छ । आफ्नो ब्यबहार, भावना र बिचार नियन्त्रण गर्न सक्यो भने सफलता धेरै नजिक हुन्छ । निम्न बिचारहरु मानसिक रुपमा मजबुत मान्छेसँग हुँदैनन् । यदि हामीले पनि यस्ता बिचार हटाउन सक्यौं भने मानसिक रुपमा मजबुत भएर सफलता हासिल गर्न सक्छौं ।

गल्ती महशुस गर्ने, तनाव नलिने-
गल्ती कसले गर्दैन ? जानेर पो गर्नहुँदैन । नजानेर हुने गल्तीका लागि धेरै मान्छे पछुताउछन् । तर, यो गलत बानी हो । एकचोटी भएको गल्तीलाई सम्झिरहँदा दिमाग क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउने बिचार लिएर भएको गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।


अर्काको नजरबाट आफूलाई नहेर्न-
धेरै मान्छेले जिन्दगीमा दोहो¥याउने गल्ती हो यो, अरुले ‘राम्रो’ भन्दा मख्ख पर्ने र ‘नराम्रो’ भनेपछि खिस्रिक्क हुने । यही गल्तीले मान्छेलाई पछारिरहेको हुन्छ । सधैँ अरुले हौसला प्रदान गर्देनन् र सबै आफ्ना अनुकल हुँदैनन् । अरुले खराब भनिदिँदा खराब महशुस गर्ने बानी त्याग्यो भने दिमाग बलियो बन्दै जान्छ ।

परिवर्तनसँग नडर्ने-
मान्छे ठिकठाक अवस्थामा छ भने ऊ परिवर्तनदेखि डराउँछ । परिस्थितिको परिबर्तन नयाँ अवसरको ढोका ठान्नेहरु मात्रै यो दुनियाँमा तेज बुद्धि भएकामध्य परेका छन् । सफलताको माथिल्लो सिढीमा उनीहरु नै पुगेका छन् । यस्ता मान्छेले परिवतृनलाई सधैँ स्वागत गर्छन् र समयसँगै आफूलाई बदल्छन् । त्यसैले परिवर्तनसँग डराउने होइन डटेर सामना गर्ने बिचारले बुद्धि बढाउँछ ।

एक्लोपन महशुस नगर्ने-
धेरै मान्छे साथीसँग अधिकांस समय कटाउन रुचाउछन् । यो दिमाग क्षय गर्ने सबभन्दा ठूलो कारण हो । किनकि साथीहरुमाझ दिमागले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हूँदै जाँदा असफलता हात लाग्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ । आफ्नो खुशीका लागि साथीमा निर्भर नभइ एक्लै रमाउनु पनि सफलताका लागि कारक बन्न सक्छ ।

जल्ने होइन, आइडिया लिने-
असाध्यै धेरैको सामूहिक रोग हो, अर्काको प्रगतीमा जल्ने । आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः मान्छेलाई त्यही रुपमा बदल्छ । दिमाग पनि आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिदा कहिल्यै सफलता हासिल गनृ सकिदैन । बरु उससँग सफलताका आइडिया लिएर अघि बढ्दा सहयोग पुग्छ ।

अरुसँग तुलना नगरौं-
आफ्नो तुलना कोही अर्काेसँग गर्नुहँदैन । किनकि जन्म नै फरक तरिकाले भएकाले कुनै कुरामा समानता हुने संभावना नै हुँदैन । आफूलाई अरुसँग राखेर हेर्दा जहिले पनि कमजोर महशुुस हुन्छ । आफूसँग उसको तुलना गरेर के छैन ? भनेर सोच्दा अभाव देखिन्छ । बरु आफूसँग भएको कुरालाई कसरी बढी प्रयोग गर्न सकिन्छ भनेर सोचौँ । जसले गर्दा दिमागले सदा विकल्प दिइरहन्छ ।

पुरुषमा यौन क्षमता कमजोर हुने कारण प्रकाशित मिति:२०७१ चैत ३० गते १९:१५-स्वास्थ्य खबरपत्रिकापुरुषमा यौन क्षमता कमजोरको लक...
19/04/2015

पुरुषमा यौन क्षमता कमजोर हुने कारण

प्रकाशित मिति:२०७१ चैत ३० गते १९:१५

-स्वास्थ्य खबरपत्रिका

पुरुषमा यौन क्षमता कमजोरको लक्षण पत्ता लगाउन ज्यादैं गा¥हो हुन्छ । सामान्यत : शरीरमा हर्मोनको गडबडी या कमीका कारण यौन क्षमता कमजोर हुने समस्या निम्तन सक्छ । हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकता वा यौन क्षमता कमजोर हुने शिकार बनिरहेको पाइन्छ । यसकारण नपुसंकता (यौन क्षमता कमजोर) को कारण पत्ता लगाउन गा¥हो हुन्छ ।
खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ । सामान्यत ः नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।
कुनै मानिसहरु नपुसंक नभएपनि घबराहट र मनको डर या कुनै मानसिक समस्याका कारण यौनकार्यका दौरान उत्तेजित हुन सक्दैनन् । पछि गएर सोही समस्या दीर्घकालिन बन्न जान्छ । खासमा नपुंसकता या बाँझोपनका लक्षण के हुन् त ?
– जो पुरुष सम्भोगका दौरान सही तरिकाले यौन क्रिया गर्न सक्दैंनन् या शिघ्रपतन हुन्छ, यो नपुसंकताको लक्षण हुन सक्छ ।
– नपुसंकता भएका पुरुषको लिंगमा कठोरता आउँदैंन, आएपनि लिंग चाँडै लुलो हुन्छ । सम्भोगका दौरान अचानक लिंगका कठोरतामा कमी आउनु पनि यसको लक्षण हो ।
– नपुसंकताको सिधा संबन्ध ज्ञानेन्द्रियसंग हुन्छ । मानिसले संकोचबश या जागरुकताको अभावमा यसबारेमा केही थाहा पाएका हुदैंनन. ।
– नपुसंकता धेरै उमेर भएका व्यक्तिमा पाइन्छ, जसबाट महिलानजिक जान पनि उनीहरुलाई डर लाग्न सक्छ । बढ्दो उमेरसंगै यौन इच्छा पनि कम हुँदैं जान्छ ।
– जो पुरुष यौन क्रियामा रुची राख्दैन र जसमा उत्तेजना हुँदैंन, उ पूर्ण रुपमा नपुंसक हुन सक्छ ।
– नपुंसकताका कारण पुरुषको लिंग सामान्यभन्दा छोटो हुन्छ, जसबाट पुरुष सही तरिकाले सम्भोग गर्न असमर्थ हुन्छ ।
– नपुंसकता पीडित व्यक्तिमा आत्मविश्वासको कमी हुन्छ यस्ता मानिस अक्सर भीडमा हड्बडाउछन्, महिलासंग कुरा गर्न पनि मन पराउदैंनन् ।
– नपुसंक व्यक्तिमा रोगप्रतिरोधी क्षमता कम हुन्छ, जसका कारण मानिस पटकपटक बिरामी परिररहन्छ ।
– बाँझोपनाका कारण प्रजनन अंग कमजोर हुन्छ ।
– फास्टफुडको बढी प्रयोग र खानपानमा पोषक तत्वको कमी पनि यसको प्रमुख कारण हो ।

यी हुन् दुखाई कम गर्ने घरेलु उपायप्रकाशित मिति:२०७१ चैत ११ गते-स्वास्थ्य खबरपत्रिकाअदुवा– मांसपेशीको दुखाईका लागि अदुवाम...
25/03/2015

यी हुन् दुखाई कम गर्ने घरेलु उपाय

प्रकाशित मिति:२०७१ चैत ११ गते

-स्वास्थ्य खबरपत्रिका

अदुवा– मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ ।



ल्वाङ– दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ ।



प्याजको रस – कान दुखाईका लागि कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुई दिनका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ । यसले अन्य मेडिकल औषधिले भन्दा चाँडो कानको संक्रमण निको पार्छ । वैज्ञानिकका अनुसार प्याजमा पाइने जर्मानियम, सेलेनियम र सल्फर तत्वले दुखाई गराउने ब्याक्टेरिया मार्छन् ।



चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।



माछा– पेटको समस्याका लागि पाचनमा समस्या, दिसा गर्दा समस्याहुने इरिटेबल बाउल सिन्ड्रोमजस्ता समस्या छन् भने माछाको नियमित सेवन प्रभावकारी हुन्छन् । अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाई निको पार्न मद्दत गर्छ । इपिए र डिएचएले ग्याष्ट्रोइन्टेस्टीनल ट्र्याक्टको कार्यमा सुधार गर्छन् ।



दही– महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाईबाट पीडित हुन्छन् । यसका लागि दही उपयोगी हुने बताइन्छ । दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन् ।



गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।



बेसार– दुखाई निको पार्न अध्ययनहरुका अनुसार पूर्वीय देशमा निकै प्रचलित बेसार एस्पिरिन, आइबुफ्रेनभन्दा तीन गुणा बढी प्रभावकारी हुन्छ । यसले क्रोनिक दुखाईलाई ५० प्रतिशतसम्म घटाउँछ ।

निन्द्रा आएन ? यसो गर्नुस् निद्रा लगाउँनप्रकाशित मिति:२०७१ चैत ६ गते -स्वास्थ्य खबरपत्रिकाआयुर्वेदका अनुसार आहार, निद्रा...
21/03/2015

निन्द्रा आएन ? यसो गर्नुस् निद्रा लगाउँन

प्रकाशित मिति:२०७१ चैत ६ गते

-स्वास्थ्य खबरपत्रिका

आयुर्वेदका अनुसार आहार, निद्रा, ब्रम्हचर्या, यी तिन स्वास्थ्यका आधारस्तम्भ हुन् । निद्रा शारीरिक आवश्यकता हो । यो सम्पूर्ण स्वास्थ्यका लागि आहारभन्दा पनि महत्वपूर्ण हुन्छ । निद्राको अभावमा मानिसका मनोकामना तथा व्यवहार अस्तव्यस्त हुन्छ । जीवनको आनन्द हराउँछ । कर्मयोगीका लागि निद्रा सजिलै प्राप्त गर्ने समाधि हो । निद्रा अचेतन या अर्धचेतन अवस्था हो ।
निन्द्राबाट लाभ

थकान मेटाई शरीरलाई ताजा र सक्रिय बनाउँछ । नित्य नष्ट कोषहरुको पुनर्निर्माण गर्छ ।
शरीरको विकारको निष्काशन ठीक समयमा हुन्छ ।
शक्ति सञ्चय वा शक्ति आर्जन गर्छ ।
स्नायुमण्डल, मांसपेशीलगायत सबै अंग प्रत्यंगलाई आराम प्रदान गर्छ ।
काम वा विचारमय जगतदेखि टाढा लैजान्छ ।
मष्तिष्कको भावनात्मक तनाव हराउँछ ।
दुःख र दुश्चिन्तालाई भुलाउँछ ।
रोग निवारणको सर्वोत्तम औषधि निद्रा पनि हो । शरीर मनको उत्तम टनिक हो ।
पूर्ण निद्राले मष्तिष्कमा दबाब कम हुन्छ र रक्तप्रवाह शान्त सामान्य हुन्छ । मेलेटोनिन, नार एड्रिलिन आदि अन्तस्राबी हर्मोनहरु, मांसपेशीहरु, नाडीमण्डल आदि शिथिलतापछि विश्राम पाउँछन् र थकान, तनावमुक्त हुन्छन् । निद्रामा श्वासप्रश्वास, हृदया वा नाडी संस्थानको गति मन्द हुन्छ । जो अन्तरअवयवको विश्रामको सूचक हो ।

निद्रा नआएमा :

विभिन्न मानसिक एवं शारीरिक विकारले पीडा गर्छ । यसले जीवनशक्तिको ह्रास भई विभिन्न रोगले सजिलै आक्रमण गर्छ । मष्तिष्कमा ग्रन्थीहरुमा विभिन्न विभिन्न विकास र विचार असन्तुलित हुन्छन् । अनिद्राको औषधि सेवन गर्नु र स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

सुत्ने तरिका :

– सुत्ने बेला सबै चिन्ताबाट टाढा भई गहिरो निन्द्राको आव्हान गर्नुपर्छ ।

– कोठा हावादार, शान्त र थोरै सामान राख्ने । तेज ज्योति नराख्ने ।

– निश्चित समयमा सुत्ने बानी बसाउने ।

– नाइट ड्रेस खुकुलो हुनुपर्छ ।

– पलंग धेरै गद्धि र मोटो नराख्ने । सिरानी पातलो राख्ने ।

– सुत्नुभन्दा २ घण्टा अघि नै भोजन गर्ने । गरिष्ठ भोजन नगर्ने ।

– सुत्नुअघि स्नान गर्नु राम्रो । नसके हातखुट्टा धोएर, दाँत सफा गरेर सुत्ने ।

– कुनै दबाई सेवन नगर्ने । यसले स्नायु प्रणालीलाई प्रभाव पार्छ ।

– संगितको सुमधुर लहर निन्द्रा लगाउन सहयोगी हुन्छ ।

– सुत्नु १ घण्टा अगाडि हल्का कार्बोहाइड्रेट नास्ता लिएमा निद्रा आउँछ । पेट भरेपछि त्यसका लागि जो इन्सुलिन उत्पादन हुन्छ, त्यसले तन्द्रा ल्याउनमा मद्दत गर्छ । यसले मष्तिष्कमा ट्रिप्टोफेन अमिनो एसिडको मात्रा बढ्छ, जो निन्द्रामा मेरेटोनिनद्वारा पाचित हुन्छ ।

– निन्द्रा नलागेमा कसैद्वारा वा आफैंले पाइतालामा हल्का मालिस गर्ने । साथै टाउको सुम्सुम्याउने वा रेकिदिने प्याज र सानो जाइफलको टुक्रा सेवन गर्ने, नियमित व्यायाम, प्राणायम र योगासन गर्ने ।

– पाएमा तिलको तेल, नपाएमा तोरीको तेलले पैतालामा मालिस गर्ने ।

– कानमा मनतातो सस्र्युंको तेल राखेर मसाज गर्दा निद आउँछ ।

जानुका भट्टराई (‘स्वास्थ्य रक्षाका सरल उपाय’ बाट)

अनुहार चम्काउने १० घरेलु तरिकाप्रकाशित मिति:२०७१ फागुन ३० गते -स्वास्थ्य खबरपत्रिकाअनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मान...
14/03/2015

अनुहार चम्काउने १० घरेलु तरिका

प्रकाशित मिति:२०७१ फागुन ३० गते

-स्वास्थ्य खबरपत्रिका

अनुहार चम्काउन सौन्दर्य प्रशाधनमा मानिसहरु हजारौं खर्च गर्छन् । व्युटी पार्लर धाउँछन् । तर कतिपय यस्ता सामाग्रीले कुरुप बनाएका थुप्रै उदाहरण पनि छन् । मापदण्ड भन्दा बढी केमिकल राखिएका सामाग्रीले रोगको शिकार पनि बनाएका छन् । तर साइडइफेक्ट नहुने र घरमै सहजै पाइने तरिका प्रति भने सौन्दर्यका पारखीहरुको ध्यान गएको पाइदैन । केही यस्ता घरेलु तरिका छन् जसले अनुहार चम्काउन मद्धत गर्छ ।

१) दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ ।

२) डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने ।

३) एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । (यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ ।) १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।

४) अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।

५) निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ ।

६) पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ ।

७) काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ ।

८) काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

९) अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।

१०) सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।

- सन्जीना श्रेष्ठ

किशोरावस्थामा धूमपानप्रतिको आकर्षण र असरहरूप्रकाशित मिति:२०७१ फागुन २३ गते -तेजिन्द्र राना मगरकिशोरावस्था भन्नाले १० देख...
07/03/2015

किशोरावस्थामा धूमपानप्रतिको आकर्षण र असरहरू

प्रकाशित मिति:२०७१ फागुन २३ गते

-तेजिन्द्र राना मगर

किशोरावस्था भन्नाले १० देखि १९ बर्षसम्मको अवस्थालाई जनाउँछ भने धूमपान भन्नाले चुरोट, बिँडी, सिगार, हुक्का, कक्कड, खैनीजस्ता सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन गर्नुलाई बुझिन्छ । यस उमेरमा किशोरहरुमा शारीरिक तथा मानसिक परिवर्तनहरु आउछन्, जस्तै – बढी चन्चल हुने, नक्कल गर्न बढी रुचाउने वा नयाँ कुरा सिक्न उत्सुक हुने, साथीहरुसँग बढी घुलमिल हुने हुन्छन् । यस्तो अवस्थामा आफ्नो लागि के राम्रो, के नराम्रो आफैं छुट्याउन नसक्ने भएकाले उनिहरु धूमपानको कुलतमा सजिलै फस्न सक्छन् । फेरि सुर्तीजन्य पदार्थका नराम्रा असर तत्कालै नदेखिने र उनिहरुले पनि रमाइलोको लागि सुर्तीजन्य पदार्थको सेवन गर्दै जाँदा पछि गएर कुलतबाट छुटाउन धेरै गाह्रो पर्दछ । जसको फलस्वरुप उनीहरु भविष्यमा फोक्सो, श्वासनली, मुख, मुटु, पेट, आँखा, मष्तिस्कसम्बन्धी खतरनाक रोगहरुबाट ग्रसित हुन्छन् । त्यसको असरहरु प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा परिवार, समाज र देशलाई समेत पर्दछ ।

नेपाल पनि अत्याधिक धूमपान सेवन गर्ने देशमा गनिन्छ । धूमपान गर्नेहरुमा प्रायः किशोरावस्थाबाट धुम्रपान गर्न सुरु गरेकाहरु छन् । धूमपानले धेरै प्रकारका स्वास्थ समस्या निम्त्याउछ, जसको कारण मानिस अकालमा नै मृत्युको मुखमा पर्छन् । धूमपानको कारणबाट मानिसलाई २५ प्रकारका रोगहरु लाग्ने कुरा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ । विश्वमा यसको कारणबाट प्रतिवर्ष ५४ लाख मानिसहरुको मृत्यु हुने गर्दछ भने नेपालमा १५००० मानिसहरुको मृत्यु धूमपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारणबाट लाग्ने रोगहरुबाट हुने गर्दछ । एक अध्ययन अनुसार एक खिल्ली चुरोट सेवन गर्ने व्यक्तिको ७ मिनेट आयु घट्ने गर्दछ ।

धूमपान तथा सूर्ती सेवनबाट तत्कालै हुने समस्याहरु– खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, दम बढ्ने, कसै कसैलाई वाक वाक लाग्ने, पेट दुख्ने, रुची घट्ने, दुब्लाउदै जाने, यौन चाहनामा ह्रास आउने आदि स्वास्थ्य समस्या देखिन्छ भने दीर्घकालिन समस्याहरुमा दाँत बिग्रने, औला पहेलो हुने, स्याँ स्याँ (दम बढ्ने) तथा अन्य श्वासप्रश्वास सम्बन्धी जीर्ण रोगहरु, रगत तथा रक्त नलीमा असामान्य परिवर्तन हुने, मुटुको रोग, मस्तिष्कमा रक्तश्राव, क्यान्सर आदि स्वास्थ्य सम्स्या देखिन्छन् । धूमपान गर्ने व्यक्तिले हावामा फालेको धुवा उसका वरपर रहेका व्यक्तिले लिन्छन् । यसरी हावामा फालिएको धुवा लिने व्यक्तिलाई निस्क्रिय धूमपानकर्ता भनिन्छ । चुरोटबाट निस्कने धुवाँ मध्ये २५ प्रतिशत धूमपान गर्ने व्यक्तिले शरीरभित्र तान्छ र बाँकी ७५ प्रतिशत हावामा फाल्ने गर्छ । धूमपान गर्ने व्यक्तिले निकालेको धुवाले धूमपान नगर्ने निस्क्रिय धूमपानकर्तालाई पनि उत्तिकै समस्या उत्पन्न गराउँछ भन्ने चर्को बहस पनि आजकाल हुन थालेको छ । हावामा फालिएको धुँवामा धूमपान गर्ने व्यक्तिले तानेको धुवामा भन्दा दुईगुणा निकोटिन, तीन गुणा टार, पाँच गुणा भन्दा बढी कार्वनमोनोअक्साईड र ५० गुणा भन्दा बढी क्यान्सरजन्य रसायनहरु हुन्छन् ।

धूमपानको लत लागि सकेपछि छोडन त्यति सजिलो हुँदेन । निश्चय नै यसको लागि आत्मबलको खाँचो पर्दछ । जसले आफ्नो मन र इन्द्रियलाई नियन्त्रण गर्न सक्दैन, उसले चाहेर पनि धूमपान तथा सूर्तीजन्य पदार्थहरुको सेवन त्याग्न सक्दैन । धूमपान गर्ने धेरै जसोलाई सोध्दा उनीहरुलाई यसले गर्ने हानीबारे थाहा हुँदाहुँदै र छोड्ने इच्छा समेत हुँदाहुँदै पनि छोड्न सकिरहेका हुँदैनन् । उनीहरुको एउटै गुनासो के छ भने धूमपान छोड्नलाई पर्याप्त तरीका तथा सूचना र जानकारीमूलक सामग्रीहरु भेटिदैनन् । त्यसैले धूमपान छोड्न चाहनेले उपयुक्त योजना बनाउनु आवश्यक छ । धूमपान छोड्न निरन्तरता दिनका लागि आफैले यसबाट हुने हानीको कल्पना गर्ने, धूम्रपान छाड्दा प्राप्त गर्ने फाइदाबारे सोच्ने, धूमपान आरामसँग छोड्दै जाने र छाड्न सक्छु भन्ने आत्मबलको विकास गर्ने, धूमपान गर्ने अन्य व्यक्तिहरुलाई पनि धूम्रपान त्याग्न सल्लाह दिने आदि ।

त्यसैले किशोरावस्था एक गतिशिल अथवा कुनैपनि कुराहरु चाँडै सिक्ने अवस्था भएको हुनाले यस अवस्थामा उनिहरुलाई बिशेष निगरानीमा राख्ने वा उनीहरुलाई धुम्रपानका असरहरुका बारेमा राम्ररी बुझाउन आवश्यक छ । साथै नेपाल सरकारको तर्फबाट पनि धुम्रपानको असरबारे बारे हरेक सहर, बजार अनि गाउँगाउँमा जनचेतना जगाउनु आवश्यक छ ।

एचआईभी उपचारमा चामत्कारिक सफलता, शरीरलाई भाइरसमुक्त बनाउन सकिनेप्रकाशित मिति:२०७१ फागुन २१ गते -स्वास्थ्य खबरपत्रिकाएजेन...
05/03/2015

एचआईभी उपचारमा चामत्कारिक सफलता, शरीरलाई भाइरसमुक्त बनाउन सकिने

प्रकाशित मिति:२०७१ फागुन २१ गते

-स्वास्थ्य खबरपत्रिका

एजेन्सी – एचआईभी संक्रमितका लागि खुसीको खबर । लामो प्रयासपछि वैज्ञानिकहरुले एचआईभी भाइरस सदाका लागि मानव शरीरबाट हटाउन सकिने उपचार पद्धतिको विकास गरेका छन् । मानव शरीरमा एकपटक एचआईभी भाइरस प्रवेश ग¥यो भने जिन्दगीभर औषधि सेवन गर्नुपर्ने अवस्था थियो । यस्ता औषधिले जीवन लम्ब्याउने मात्र हो । नयाँ उपचार पद्धतिले एचआईभी संक्रमणबाट हुने अकाल मृत्युबाट लाखौँको ज्यान जोगिने छ ।



पछिल्लो अनुसन्धानले मानव कोषमा रहेको एचआईभी भाइरसलाई हटाउन सकिने उपाय पत्ता लगाएको हो । यसलाई एचआईभीको क्षेत्रमा सबभन्दा ठूलो सफलता मानिएको छ । अमेरिकाको फिडालफेडियास्थित टेम्पल युनिभर्सिटी स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले एचआईभी भाइरसलाई हटाउन सकिने अनुसन्धानबाट प्रमाणित गरेका हुन् । यसलाई एचआईभी उपचारमा चामत्कारिक सफलता मानिएको छ ।



बेलायती पत्रिका ‘डेली मेल’मा लेखिएको छ, ‘अनुसन्धानकर्ताहरु मानव शरीरभित्र निष्क्रिय अवस्थामा रहेको एचआईभी वान भाइरसलाई मानव कोषबाट स्थायी रुपमा हटाउन सफल भएका छन् ।’ सो युनिभर्सिटीको न्युरोसाइन्स विभाग प्रमुख प्राध्यापक डा. कामेल खलिलीले यसलाई मानव शरीरमा रहेका एचआईभी भाइरसलाई पूर्ण रुपमा हटाउने कार्यमा सफलताको पहिलो पाइला भएको बताएका छन् । ‘यो एचआईभीलाई स्थायी रुपमा हटाउने निकै महत्वपूर्ण कदम हो,’ खलिलीले भने, ‘यो एउटा आश्चर्यजनक आविष्कार पनि हो ।’



प्रा. डा. खलिलीका अनुसार यो अनुसन्धान क्लिनिकसम्म जान भने केही समय लाग्ने छ । ‘यो सफलताले विज्ञान सही दिशामा अगाडि बढिरहेको प्रमाण दिएको हो,’ उनले भने, ‘अनुसन्धानको दायरा फराकिलो पार्दै केही समयभित्रै बिरामीको शरीरमा रहेका भाइरसका हरेक टुक्रा सधैँका लागि हटाउने सक्षम हुनेछौं ।’ अनुसन्धानकर्ताहरुले बताएअनुसार डीएनए स्निपिङ इन्जाइम (न्युक्लियस) र जीआरएनएको मिश्रणले भाइरसमा रहेको जिनको भागलाई आक्रमण गरी एचआईभी वानको डीएनएलाई सधैँका लागि मानव शरीरबाट हटाइदिन्छ । त्यसपछि भाइरससहित हटेको जिनको भागलाई शरीरका अरु भाइरसरहित कोषको जिनले पुनर्निमाण गरी एकआपसमा जोड्ने काम गर्छ ।

एचआईभी वान भाइरसलाई मानिसको रोग प्रतिरोधात्मक क्षमताले कहिल्यै हटाउन नसक्ने भएकाले नयाँ उपचार विधिको खोजी गरिएको अनुसन्धानकर्ताको दाबी छ । यसलाई खोपको माध्यममा पनि ल्याउन सकिने डा. खलिलीले बताए । विश्वभरि ३ करोड ३० लाख एचआईभीपीडित छन् । एचआईभी भएकाहरुलाई एन्टी रेट्रो भाइरल थेरापीद्वारा उपचार गरिँदै आइएको छ । यसले एचआईभीका भाइरसलाई कमजोर बनाउँदै मानिसको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोग गर्छ । तर, यो औषधि छाड्नेवित्तिकै रोग बल्झिने समस्या हुन्छ ।

Address

Sangamroad
Narayangarh
977

Telephone

056571668

Website

Alerts

Be the first to know and let us send you an email when GorakshyaNath Medical Center - GMC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to GorakshyaNath Medical Center - GMC:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram