19/03/2020
मितिः २०७६/१२/६
आदरणीय सेवाग्राही महानुभावहरुमा,
अत्यन्त जरुरी सूचना र सहयोगको अपेक्षा !
विश्वभरी महामारीको रुपमा उग्र फैलिरहेको कोविड–१९ (Corona Virus) को कारण नेपाल पनि उच्च जोखिममा रहको सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय सरकारहरुले जनहितको लागि अति जरुरी सूचना जारी गरी मास जम्मा हुने कार्यक्रममा तत्काल रोक लगाउने निर्णय भएकोले सो निर्देशनलाई कार्यान्वयन गर्ने क्रममा, हामी आफैं पनि यस कार्यमा सहयोगी बनी सावधानी अपनाउनु बुद्धीमानी हुने भएकोले सुरक्षित तरिकाबाट आवश्यकता बाहेक घरबाट ननिस्कन हार्दिक अनुरोध गर्दै यहि मिति २०७६ चैत्र ७ गतेबाट अर्को सूचना नभएसम्मको लागि यहि चैत्र मसान्तसम्म हाम्रो सेन्टरहरु पनि बन्द रहने सूचना सबैमा जानकारी गर्दछौं । यसबाट सम्पूर्ण सेवाग्राहीमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।
हाम्रा आदरणीय सेवाग्राही बुबाआमाहरुले हामीलाई गर्नु भएको माया, खुशी, प्रेम र सद्भाव प्रति हामी उच्च सम्मान गर्दै यो बेला आफ्नो रोग प्रतिरोधात्मक क्षमता अभिबृद्धी गर्ने खालको खानेकुरा र उपकरणहरु प्रयोग गर्नु हुन समेत अनुरोध गर्दछौं । आवश्यक परे हामी विगेनका उपकरणहरु घरमै बसी अडर गर्नु भएपनि डेलिभरी गर्न तयार छौं ।
यो समय भनेको स्वस्थ रहने उपायहरु अवलम्बन गर्ने समय हो । तसर्थ विगेनबाट उपलब्ध स्वास्थबद्र्धक उपकरण एवं हर्बल उत्पादनहरुको प्रयोग पनि समाधानका लागि सहयोगी हुनेमा हामी आशावादी छौं।हजुरहरुको सेवा नै हाम्रो धर्म हो ।
सहयोगको लागि धन्यवाद !
सदैव सहयोग र सद्भावको अपेक्षा राख्दै पुनः सेवाको पर्खाइमा, सचेत बनौं, सदा स्वस्थ रहौं ।
भवदीय,
प्रकाश श्रेष्ठ
संस्थापक एवं कार्यकारी अध्यक्ष
एवं समस्त विगेन नेपाल परिवार