Dr.anup upadhyaya

Dr.anup upadhyaya neuropsychiatric specialist

04/09/2024

मानसिक जानकारी 28
पेट दुखने समस्या भएको बिरामी दिनुहु अस्पताल मा आउने गर्छन जसमध्ये धेरै जस्तो लाई रिपोर्ट जांच गर्दा केही न देखिने हुन्छ l तेस्तो समस्या को बिरामी ले आये दिन बिभिन किसिम का औषधी खाने गर्छन जस्ले बिरामी पूर्ण रूप मा सनचौ न हुने र दुःख पाउने गर्छन l एस्ता समस्या भएको बिरामी लाई मानसिक रोग को डॉक्टर कहा सही जानकारी दिएर पठाउदा बिरामी पूर्ण रूप le ठीक हुने गर्छन.l
मानसिक जागरूकता

02/07/2024

मानसिक जानकारी -27
मानसिक रोग भनेको बिरामी लाई भूज्नु,उसको रोग को बारेमा बुज्नु र औषधी को बारेमा बुज्नु हो। तसर्थ बिरामीले ठीक तरीका ले उपचार पाएना भने यों सबै ठाउ मा असर पर्छ। सतर्क रहु सही रोजौ।

मानिसक जागरूकता

26/05/2024

मानसिक जानकारी 26

पेट दुखने समस्या लिएर बिरामी दिनहु अस्पताल आउने गर्छन। बिभिन्न प्रकारको जांच गर्दा रिपोर्ट मा केही न देखिने र पटक पटक एउटै जांच गाराउदा बिरामी को आफ्नै दुःख देखिने गर्छ। एस्ता बिरामी लाई एक पटक मानसिक रोगको डॉक्टर लाई भेटन ज़रूरी हुन्छ किनकी यों केवल एउटा लछन हुने गर्छ जून मानसिक समस्या हरु मा देखिनछ। उपचार गरे पछि बिरामी यों समस्या बाट ठीक हुने गर्छ जून दिनहु ओ पी डी मा हामी ले हेर्ने गरछओं।

मानसिक जागरूकता

23/02/2024

मानसिक जानकारी -२५
आज भोलि कम उमेरका छोरा छोरी हरु लाई बेहोस हुने समस्या प्रायः जस्तो धेरै देखिन्छ जुन स्कूल मा पढ्ने बच्चा हरू मा देखिन्छ। यस्ता रोग हरुमा सबै जाँच गर्दा पनि केही नराम्रो न देखिने र रिपोर्ट हरू सबै ठीक हुने गर्दछ। यस्तो रोग छारे रोग जस्तो देखिन्छ तर हुँदैन र बच्चा हरुमा ड्रग मिस युस हुने सम्भावना बढि हुन्छ। यो एक किसिम को मनसिक रोग को लक्षण हो जुन मानसिक रोगको डाक्टर कहाँ गएर ठीक हुने गर्दछ र सबै ले औषधि नी खानु पर्छ भन्ने हुँदैन ,केही बिरामी लाई थेरापी गरेर नी ठीक गर्नै मिल्छ।

मानसिक जागरूकता

06/02/2024

मानसिक जानकारी -२४
मन र शरीर को सम्बन्ध गहिरो छ। मानसिक रोगहरू मा शारीरिक लक्षण हरू को सम्बन्ध नी गहिरो छ । धेरै बिरामी को समस्या शारीरिक हुन्छ जुन कुनै रिपोर्ट मा न देखने, भिन्न भिन्न डाक्टर लाई देखाउने गर्ने र अनेक थरिका का औषधि प्रयोग गर्दा नी ठीक नहुने गर्दछ। यस्ता बिरामी हरू लाई मानसिक पुर्नस्थापना गर्न जरुरी हुन्छ जुन मानसिक रोग को डाक्टर लाई भेटे पछि समाधान हुने गर्छ।
मानसिक जागरूकता

20/01/2024

मानसिक जानकारी -२२
छारे रोग का बिरामी दिनहुँ अस्पताल मा आउने गर्छन। धेरै जस्तो बिरामीहरू छारे रोग को लक्षण बाहेक अन्य लक्षण नी देखने गर्छ जुन समस्या कडा खाले मानसिक रोग को हुन्छन।बिरामी ले थुप्रै ठाउँमा यस समस्या सम्बन्धी उपचार गर्ने गर्छन तर पूर्ण रूप ले लाभ न भाको भन्छन् । कतिपय अभिभावक को गुनासो मा बिरामीले मारने र मरने कोसिस नी गर्छ, भन्छन् जुन मानसिक रोग को डाक्टर लाई भेट्न एकदमै जरुरी हुन्छ किन कि यस्ता समस्या पूर्ण रूपले समाधान हुने गर्छं। तसर्थ यस्ता बिरामीहरू ले मानसिक रोग को डाक्टर भेट्न अनिवार्य हुन्छ जसको फलस्वरूप बिरामी लाई छारे र सम्बन्धी मानसिक रोग बाट ठीक पार्न सकिन्छ।
मानसिक जागरुकता

12/01/2024
11/01/2024

मानसिक जानकारी -२१

धेरै बिरामी आत्महत्या को कोसिस वा पूरा गरेर इमरजेन्सीमा आउने गर्छन। यस्ता बिरामी हरु मेडिकल रूपमा ठीक भए पछि मानसिक रोग को डाक्टर लाई भेट्न एकदम जरुरी हुन्छ किन कि यो मानसिक उपचार को इमरजेन्सी हुन्छं । बिरामी हरू सँग समस्या भुझ्दै जाँदा बिरामी लाई कुनै न कुनै मानसिक रोग हुने गरेको हुन्छ। जुन उपचार गर्न एकदमै महत्पूर्ण हुन्छ किन कि यस्ता बिरामी ले फेरि पनि आत्महत्या को कोसिस या पूरा गर्ने काम गर्न सक्छन् । तसर्थ आत्महत्या को कोसिस गर्नु मानसिक रोग हो जुन उपचार पश्चात ठीक हुने गर्छ।

मानसिक जागरूकता

07/01/2024

मानसिक जानकारी -२०

मुटु ढुकढुक गर्ने ,मुटु को चाल तीब्र गति मा चल्ने ,मुटु पोल्ने आदि यस्ता किसिम का लक्षण लिएर बिरामी दिनहुँ अस्पतालमा आउने गर्छन। यसको लागि बिरामीले मुटु सम्बन्धि सबै जाँच नी गर्दा केही नदेखेको प्रमाण पनि दिन्छन् । यस्ता बिरामी थुप्रै ठाउँ बाट औषधि खाएको र यसकै लागि भारत सम्म पुगेको अनुभव भन्छन्। कुराहरू गर्दै गर्दा मानसिक रोग को डाक्टर लाई त्यो समयमा नभेट्ने अनुभव नी दिन्छन् जुन एक किसिम को विभिन्न मानसिक रोगहरूको लक्षण मात्र हो। तसर्थ यस्तो समस्या भएको बिरामी एक पटक मानसिक रोग को डाक्टरलाई भेट्न अनिवार्य हुन्छ जुन उपचार पश्चात नी ठीक हुने गर्दछ।

मानसिक जागरूकता

06/01/2024

मानसिक जानकारी -१९
सास फेर्न गाह्रो हुने समस्याको उपचार धेरै बिरामीहरूले गर्ने गर्छन र विभिन्न प्रकार को औषधि प्रयोग नी गर्ने गर्छन जुन रिपोर्टमा र एक्सरे मा केही देख्दैन । बिरामीहरूले उपचार गर्दा नी सञ्चो न हुने र धेरै डाक्टर लाई भेटेको प्रमाण नी दिने गर्छन । यदि समस्या यस्तो भएमा मानसिक रोग को डाक्टर सँग एक पटक भेट्न जरुरी हुन्छ किन कि यो एक किसिम को लक्षण मात्र हुन्छ मानसिक रोग को जुन उपचार पश्चात ठीक हुने गर्छन।

मानसिक जागरूकता

Address

Banke Goan
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Dr.anup upadhyaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category