
25/09/2025
हार्डजोर्नी सम्बन्धि अप्रेसन सेवा सम्पन
मिति २०८२ साल असोज ०९ गते विहीबार
======================
कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतका अस्पताल प्रमुख हार्डजोर्नी नशा तथा बाथरोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा.श्याम कृष्ण लौडारी ज्यू तथा यस अस्पतालमा कार्यरत प्रा.प्र.नि.बृन्दा चापागाई, प्रा.प्र.स.नि.टिका कुमारी पाण्डे र प्रा.प्र.ह.सुमन खड्का लगायतको टोलीबाट इलाका प्रहरी कार्यालय राजापुर बर्दियामा कार्यरत प्रहरी नायव निरीक्षक मोहन लाल थनेतको ४ वर्ष पहिले बायाँ हातको हड्डी भाँचिएर राखिएको पाता (4 years old United Lt. Distal radius Fracture with locking plate in situ को WALANT विधिवाट एनेस्थेसिया दिई Implant removal सम्बन्धी अप्रेसन सेवा सम्पन्न भएको छ ।
साथै अर्को व्यवस्था वा आदेश नभए सम्मको लागि यस अस्पतालमा उल्लेखित चिकित्सकबाट हप्ताको प्रत्येक विहीबार अर्थोपेडिक सम्बन्धि अप्रेशन हुने र शुक्रबार अर्थोपेडिक ओ.पि.डी. (विशेष परिस्थिती बाहेक) संचालन हुने भएकोले सोही व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ ।