Sushma Koirala Memorial College, HA/Physiotherapy

Sushma Koirala Memorial College, HA/Physiotherapy “समर्पण, अनुशासन र सेवाभावले सुसज्जित, सीपयुक्त र संवेदनशील स्वास्थ्यकर्मी निर्माण|"

यस Sushma Koirala Memorial College, नेपालगञ्जका प्रिन्सिपल तथा कार्यकारी निर्देशक श्री Ranjan Dhungana ज्यूले IMNHC 2026...
27/03/2026

यस Sushma Koirala Memorial College, नेपालगञ्जका प्रिन्सिपल तथा कार्यकारी निर्देशक श्री Ranjan Dhungana ज्यूले IMNHC 2026, Nairobi मा सफलतापूर्वक सहभागिता जनाउँदै आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभएकोमा हामी अत्यन्त गर्व महसुस गर्दछौं।

यस अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका ८७ देशहरूबाट १,४०० भन्दा बढी प्रतिनिधि तथा विज्ञहरूको सहभागिता रहेको थियो। यस्तो प्रतिष्ठित मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै ज्ञान आदान–प्रदान गर्नु र अनुसन्धान प्रस्तुत गर्नु संस्था तथा देशकै लागि गौरवको विषय हो।

उहाँको यस उपलब्धिले मातृ तथा नवजात शिशु स्वास्थ्य क्षेत्रमा थप योगदान पुग्ने विश्वास लिएका छौं।

सत्यको विजय र अधर्मको नाश गर्ने भगवान श्री रामको जन्मदिन 'रामनवमी' को सबैमा लाखौं लाख शुभकामना!   #जयश्रीराम
27/03/2026

सत्यको विजय र अधर्मको नाश गर्ने भगवान श्री रामको जन्मदिन 'रामनवमी' को सबैमा लाखौं लाख शुभकामना!

#जयश्रीराम

सूचना!
25/03/2026

सूचना!

Eid ko subhakamana!
21/03/2026

Eid ko subhakamana!

बधाई छ भविष्यका स्वास्थ्यकर्मीहरूलाई! HA दोस्रो वर्षको परिक्षा सफलतापूर्वक पास गर्नुभएकोमा सबै विद्यार्थी साथीहरू तथा भा...
20/03/2026

बधाई छ भविष्यका स्वास्थ्यकर्मीहरूलाई! HA दोस्रो वर्षको परिक्षा सफलतापूर्वक पास गर्नुभएकोमा सबै विद्यार्थी साथीहरू तथा भाइबहिनीहरूलाई धेरै-धेरै बधाई। अब तेस्रो वर्षको अन्तिम यात्राका लागि पनि अग्रिम शुभकामना! सधैं यसरी नै अघि बढ्नुहोस्।

हार्दिक बधाई तथा शुभकामना! हामीले अत्यन्त गर्वका साथ जानकारी गराउन पाउँदा खुशी लागेको छ कि ज्योति रावत (JYOTI RAWAT) ले ...
16/03/2026

हार्दिक बधाई तथा शुभकामना!

हामीले अत्यन्त गर्वका साथ जानकारी गराउन पाउँदा खुशी लागेको छ कि ज्योति रावत (JYOTI RAWAT) ले General Medicine (HA) देश्रो वर्षको अन्तिम परीक्षामा ८२.३६% (Distinction) अंक प्राप्त गरी उत्कृष्ट तथा सर्वाधिक नतिजा हासिल गर्न सफल हुनुभएको छ।

उहाँको यो उल्लेखनीय उपलब्धिले Sushma Koirala Memorial College, Nepalgunj परिवारलाई अत्यन्त गर्वान्वित बनाएको छ।

उहाँको उज्ज्वल भविष्यको कामना!

16/03/2026

औद्योगिक अवलोकन भ्रमण सम्पन्न!

सुषमा कोइराला मेमोरियल कलेज, नेपालगन्जमा मा HA दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले नेपालगन्जस्थित Blue Star Drinking Water Industries को अवलोकन भ्रमण सफलतापूर्वक सम्पन्न गरेका छन्।
विद्यार्थीहरूले पिउने पानीको प्रशोधन प्रक्रिया, गुणस्तर मापन र औद्योगिक व्यवस्थापनका बारेमा प्रत्यक्ष रूपमा सिक्ने अवसर प्राप्त गरे। यस शैक्षिक भ्रमणलाई सहज बनाइदिनु भएकोमा र विद्यार्थीहरूलाई मार्गदर्शन गर्नुभएकोमा आदरणीय सरोज रिमाल सर प्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौँ।

16/03/2026

सुषमा कोइराला मेमोरियल कलेज, नेपालगन्जमा तेस्रो वर्षमा अध्ययनरत HA का विद्यार्थीहरूले प्राथमिक स्वास्थ्य केन्द्र (PHC) मा आफ्नो महत्वपूर्ण प्रस्तुतीकरण सफलतापूर्वक सम्पन्न गरेका केहि दृश्यहरु ।
भविष्यका दक्ष स्वास्थ्यकर्मीहरूलाई धेरै धेरै बधाई तथा शुभकामना! 🎉

15/03/2026
आज मार्च ८, अर्थात् ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। समाज, शिक्षा र विकासका हरेक क्षेत्रमा महिलाहरूको अतुलनीय यो...
08/03/2026

आज मार्च ८, अर्थात् ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। समाज, शिक्षा र विकासका हरेक क्षेत्रमा महिलाहरूको अतुलनीय योगदानको कदर गर्दै सम्पूर्ण आमा, दिदीबहिनी तथा सहकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

समानता र सशक्तीकरणको यो यात्रा अझ सशक्त बनोस्। 💜✨

#नारीशक्ति #महिलादिवस

02/03/2026

सुष्मा कोइराला मेमोरियल कलेज (SKMC) परिवारका आदरणीय प्रशासनिक कर्मचारी (Staff Members), मार्गदर्शक शिक्षक शिक्षिकाहरू (Faculties), तथा विद्यार्थीहरू लगायत सम्पूर्णमा होलीको रङ्गीन शुभकामना व्यक्त गर्दछौं।

Address

Aadarshnagar
Nepalganj
21900

Website

Alerts

Be the first to know and let us send you an email when Sushma Koirala Memorial College, HA/Physiotherapy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share