01/02/2026
जरुरी सूचना - स्टाफ नर्स NOTICE - Staff Nurse
यस लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., कोहलपुरको मिति
२०८२ पौष १५ गतेको सूचना नं. ०५/०८२/०८३ अनुसार स्टाफ नर्स पदका लागि लिखित परीक्षा लिई मेरिटका आधारमा पद पूर्ति गर्न सूचना आव्हान गरिएकोमा सोही सूचना बमोजिम आवेदन फारम पेश गरेका संलग्न नामावली बमोजिमका १८ जना उम्मेदवारहरुको लिखित परीक्षा निम्न मिति, स्थान र समयमा हुने भएकाले तोकिएको मिति, स्थान र समयमा उपस्थित हुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा जानकारी गराईएको छ । परीक्षाको प्रवेश पत्र परीक्षा हुने दिनमै वितरण गरिने भएकाले परीक्षा सुरु हुनु भन्दा आधा घण्टा पहिला परीक्षा स्थलमा उपस्थित हुन समेत सम्बन्धित सबैलाई जानकारी गराईएको छ ।
लिखित परीक्षा हुने मिति, स्थान र समयः
परीक्षा हुने मितिः २०८२ माघ २५ गते, आइतबार
स्थानः नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरको लेक्चर हल नं २
समयः विहान १०.०० बजे देखि
नोटः (सम्पर्कका लागि फोन नं. ०८१-५९०५३६)