
30/05/2025
Inspirational: स्नातक पूरा गरेका तानसेन, पाल्पाका तीन दाजुभाइ सुशील, उमेस र टार्जन भण्डारीले आफ्नो ठाउँलाई स्वच्छ राख्नको लागि पाँच वर्ष देखि फोहोर संकलन केन्द्र स्थापना गरेर पुन प्रशोधन गर्न सकिने कागज, फलाम, सिसि, बोतल लगायतका सामग्रीहरु संकलन गरि विभिन्न प्रशोधन गर्ने उद्योगहरुलाइ पठाउदै आउनुभएको छ । +२ अध्ययन गर्दा कलेजबाट फर्किदा बाटो बाट सिसि बोतल संकलन गर्दै सुरु भएको वहाँहरुको यात्रा अहिले सानो pickup भ्यान सम्म पुगेको छ भने आफ्नो काम बाट सन्तुष्ट रहेको वहाँहरु बताउनु हुन्छ । ❤️🙏