Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा

  • Home
  • Nepal
  • Palpa
  • Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा

Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा, Astrologist & Psychic, Tansen, Palpa.

ऋषिपन्चमिको शुभकामना ।
28/08/2025

ऋषिपन्चमिको शुभकामना ।

27/08/2025
हरितालिका तीज शुभकामना !!हरितालिका तीज र यसको महत्व र तिजमा के गर्ने र के नगर्ने ....?                         हरितालिका...
26/08/2025

हरितालिका तीज शुभकामना !!

हरितालिका तीज र यसको महत्व र तिजमा के गर्ने र के नगर्ने ....?

हरितालिका तीज महिलाहरुसंग सम्बन्धित छ भन्ने बुझिन्छ । तीजको आफ्नै महत्व छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् ।

दिव्य एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्रप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्रप्त गर्न सफल भइन् भन्ने धार्मिक किम्बदन्तीहरु छन् ।

विशेष संकल्प दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । पार्वतीले यो व्रत प्रारम्भ गरेको मुख्य दिन यहि भाद्र शुक्ल द्वितियाबाट हो । चार दिन सम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व रहेको पाइन्छ ।



कसरी मनाउने हरितालिका तीज ?
खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ । स्वयं माता पार्वतीले पति शिवलाई पति पाउँ र शिवको स्वास्थ्य, आयु एव्म ऐश्वर्यमा कुनै बाधा नपुगोस् भन्ने दृढ चाहना राखेर व्रत उपासमा गरिएकाले सोही प्रसंगले निरन्तरता पाइरहेको विश्वास व्रतालु एवं धर्मालम्बिहरुमा रहनु स्वभाविक हो । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।

तीज महोत्सब, तीज महामेला, तीज माहाकुन्भ, तीज फेस्टिबल, तीज त्यौहार जस्ता अनेक नामले तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्याता हो । अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस मात्र नभई शिक्षक शिक्षिका तथा अभिभावक भेला भएर स्कुलमा, कर्मचारीहरु आ–आफ्नो दल विशेषका युनियनहरुमा, पेशागत संघसंस्थाहरु आ–आफ्नो कार्यलयमा, वनभोजमा तथा टे«किङ्ग र हाइकिङ्मासमेत तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । तीजको धार्मिक संस्कृतिक एवं सामाजिक महत्व दिनानुदिन घट्दै गइरहेको पाइन्छ ।

लामो समयसम्म भेटघाट नभएका चेलिबेटि माइतीमा भेला भएर सुख दुःख, उन्नति प्रगति आदिका बारेमा चर्चा परिचर्चा गर्दै दाजु–भाई, माता पिता सबैको सामूहिक उल्लासलाई उल्लासमय रुपमा माइतीको गाउँ, ठाउँ र देशमा मनाउनु पर्ने पर्वको अहिले आएर पार्टी प्यालेस र ब्याङ्केटलाई माइती मानेर मनाइँदै जान थालिएको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने स्वयं तीजको रमझममा रमाइरहेका हामी सबैले सोच्नु पर्ने बेला आएको छ ।

मुलुकको उत्पादनमुखि अर्थतन्त्र खस्कँदो छ । तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रम अनुत्पादक अर्थतन्त्रका द्योतक हुन् । सरकारले फजुल खर्च कम गर्ने, दरका नाममा हुने विकृति नियन्त्रण गर्ने र पार्टी प्यालेसहरुमा सांस्कृतिक विकृती नियन्त्रण गर्ने कानुन पनि निर्माण गरेको छ । हामी सरकारलाई दर खाई टन्न भएर गाली पनि गर्छौं । सरकारले केही गरेन पनि भन्छौं । सोचौं त सरकारले फजुल खर्च कम गर भनेको छ, नियन्त्रण गर्ने ऐन कानुन छ । हामीले चाहिँ कहाँ र कहिले पालना गर्यौं त ? यस्ता प्रश्नहरु धेरै छन् र प्रायः अनुत्तरित पनि छन् ।

यस वर्षको तीज शुक्रबार प्रारम्भ हुँदैछ । हरितालिका तीज संकल्पको पर्व हो । उपबास र उपासनाको पर्व हो । संस्कृतीलाई विकृती होइन सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । हामी सबै नारी पुरुषले यसलाई संस्कारयुक्त बनाउन सकेनौं भने तीज दिन प्रतिदिन खर्चालु, भड्किलो र सामाजिक रुपले विषाक्त बन्दै जाने छ ।

हरितालिका तीजको प्रथम दिन अर्थात भाद्र शुक्ल द्वितीय दर खाने दिन हो शरीरलाई पोषकयुक्त, गुणस्तरीय एवं स्वास्थवर्धक वस्तु खाएर मनाउनु राम्रो हुन्छ । दोस्रो दिन हरितालिका तीज भाद्र तृतीय, मुख्य व्रत र उपासनाको दिन हो । उप र वास, उप अर्थात नजिक र वास भनेको बस्नु हो । कसका नजिक बस्नु ? भगवानका नजिक बस्नु सत्यको निकट बस्नु असत्य, अहङकार विकृती र विसंगतीबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले शान्त, प्रसन्न एवम् दृढ संकल्पका साथ हरितालिकाको व्रत बस्नाले सबैका लागि हितकार हुन्छ ।

शरीर, मन र वचनले शुद्ध भएर दियो, कलश गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो संकल्पलाई सार्थक पार्न गरिने निस्काम व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ । ‘उमामहेश्वरसामुज्य सिद्धेये हरितालिका व्रतमहं करिस्ये’ भन्ने संकल्पका साथ शिव पार्वतीको प्रतिमामा पूजा गर्नाले नै पतिको अतिरिक्त सम्पुर्ण परिवारको नै आयु, आरोग्य, सौभाग्य एव्म श्रीबृद्धि हुने विश्वास यस व्रतको हो । हरितालिका व्रत कथा सुन्ने चलन पनि छ । शिवजीले पार्वतीलाई पूर्व जन्मको स्मरण गराएको महात्म्य नै हरितालिका व्रत कथा हो । एवं रितले तेश्र्रो दिन गणेश चौथी पर्दछ । व्रतको उद्यापन गरि सामान्य शुद्ध भोजन गरि पंञ्चमी पुजा गरेपछि हरितालिका तीज समाप्त हुन्छ ।



तीजमा के गर्ने के नगर्ने ?

पवित्र उद्देश्य र दृढ संकल्पका साथ सम्पन्न गरिने अनुष्ठानमा दरका नाममा अभक्ष, अखाद्य एवम् आफ्नो स्वास्थ्यलाई प्रतिकुल असर गर्ने भोजन नगर्ने । हामीले सुन्दै र पढ्दै आइरहेका छौं कि कहीँ अखाद्य भोजनका कारण गाउँ नै बिरामी प¥यो । कहीँ इनारको पानी प्रयोग गरि दर पकाएका कारण वडाका सबै महिला बिरामी परे । कहीँ दर खाएर घर फर्कदै गरेकी युवती दुर्घटनामा परिन् । यी र यस्ता समामचार थुप्रै छन् । अतः आफ्नो इष्टमित्र, अत्यन्त निकट छिमेकी तथा साथीभाइबीच सम्बन्ध सुमधुर बनाउनु सुखद् विषय हो । सम्बन्ध दर खाएर र खुवाएर मात्र सुदृढ हुने होइन । यो त व्यवहार, आदर्श र भावनाले हुने विषय हो । यो वर्ष जे ग¥यौं ग¥यौं आगामी दिनमा अनुत्पादक दर र अनुत्पादक तीजलाई टाढैबाट नमस्कार गरौं । मौलिक संस्कृति अनुरुप हरितालिका पर्व मनाउने संकल्प यही तीजबाट लिन सक्यौं भने मात्र व्रतको र हरितालिकाको मुख्य फल प्राप्त होला ।

हामी सामाजिक प्राणी, कतिपय मानिस एक पत्ता जीवन जल र एउटा गोली सिटामोल नपाएर मृत्युवरण गर्न वध्य छन् । कतियप हामी नवसंभ्रान्त भनिनेहरु दैनिक दरका नाममा फजुल खर्च गरिरहेका छौं । के हामीले दर नखाएर दिनहिनहरुको सेवा गर्न सक्दैनौं ? अनुत्पादक खर्चलाई उत्पादनमुखी बनाउन सक्दैनौं ? सोचौं ‘हरितालिका तीजको उपहार विपन्न बालबालिकाहरुलाई पुरस्कार’ भन्ने सोच पनि बनाउन सक्छौं । यो तीजले नकारात्मक भावनाहरुको अन्त्य गरी सकारात्मक सोच र भावनाको विकास गर्न सक्नु पर्दछ ।

हामी व्रतालुहरु व्रतको दिन मन्दिर जन्छौं, गहना तीजको संस्कृती नै हो । हामी तीजमा विशेष श्रृंगार गर्छौं, गच्छे अनुसारको पहिरन लगाउँछौं । सोचौं गहना दुर्घटनाको कारण नबनोस् । भड्किलो श्रृंगार र पोशाक बलात्कारको समाचार नबनोस् । तसर्थ ठीक गरगहना र मन्दिर जाँदाको होसियारीप्रति सबैको ध्यान पुग्नु जरुरी छ । श्रृंगार तथा गरगहना उत्ताउलो होइन शालिन र भद्र होस् । तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ । यसैमा छ तीजको महत्व ।

यस वर्षको हरितालिका तीज बुधबारका दिन हस्ता नक्षत्रमा रहेको कारण पहिलो पटक व्रत बस्ने जो कोहिलाई पनि शुभ मानिएको छ । निर्जल वा निराहार व्रत बस्ने प्रचलन छ तीजको । तर आफ्नो शरीर र स्वास्थ्यलाई ख्यालमा राखी पानी, जुस, फलफूल र दूध खाने चलन छ । कठोर व्रतले शरीर अनुसार हानी पनि गर्छ अतः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखी निराहार वा फलाहार रोज्ने त्यो व्रतालुको विचार इच्छा र स्वास्थ्यमा भर पर्ने विषय हो । धर्मका नाममा जबर्जस्ती व्रत पनि बस्नु हुँदैन् । जबर्जस्ती व्रत स्वयंमा प्रत्युत्पादक हुन्छ ।

सबैलार्इ तीजकाे शुभकामना ।

प्रकाश न्यौपाने "प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
शाखा कार्यलय कालीगण्डकी ५ जैपते स्याङ्जा
9847119191

२०८२/ ५/ ७ शनिबार  आज बाबाको मुख हेर्ने दिन दुई अखर आमा दुई अक्षर बाबा नै मेरो चार अक्षरका भगवान हुन् सबै बाबाहरुमा नमन ...
22/08/2025

२०८२/ ५/ ७ शनिबार
आज बाबाको मुख हेर्ने दिन

दुई अखर आमा दुई अक्षर बाबा नै मेरो चार अक्षरका भगवान हुन् सबै बाबाहरुमा नमन र सबै शुभकामना ।।

हिन्दु बैदिक परम्परा अनुसार भाद्र कृष्ण अौशिलाइ कुशे अौशि वा बुबाको मुखहेर्ने दिन भनिन्छ ।

हिन्दु बैदिक सस्कृतिमा कुश सबै कार्यमा प्रयोग हुनिहुनाले विशेष यसदिन पहिलो काम बिहान चाडै उठेर गगा वा तलाउमा स्नान गरि नबोलीकन पितृकार्यको लागि जरै सङ्गको कुश चाहिने हुँदा यसको लागि पितृतिर्थ ( बुढिअौला र चोर अौलाको बीचबाट) ॐ हुम् फट् स्वाहा भन्ने तान्त्रिक मन्त्र उच्चारणगरि उत्तर र पुर्बको बिचको इशान्य कोण फर्खेर कुशलाई उख्ल्नु वा नसके काट्नु र कुश लाई घर घरमा भित्र्याउनु लाई सबैभन्दा ठुलो श्रेय मानिन्छ ।

कुश सत्वगुणको प्रतीक पनि मानिन्छ । विशेष कुशको फेदमा ब्रम्हा, माझमा बिष्णु र टुप्पामा शिबजिको बास हुन्छ भन्ने बिश्वास छ । बराहरुपि बिष्णुले पृथ्वीको उद्दार गरेपछि यज्ञ बराहको रूपमा प्रार्थना गर्दा रौ लाई कुश रुपमा मानेको बिश्वास छ अर्कोतिर भगवान बिष्णुले समुन्द्र मन्थन गर्दा कतै बृन्दाको श्राप पूरा गर्न बिष्णु भगवानले कुशको रूपमा धारण गर्नु भएको कुरा श्री स्वास्थानी ब्रतकथा उल्लेख पाइन्छ ।।

विशेष - पितृदेबो भब: - जन्मदिने बाबुलाइ देउता समान मान्ने धार्मिक मान्यताको आधारमा आज छोराछोरीले पितालाइ सम्मान गर्छ्न । आजको दिन मातापिता नहुनी ले गगा वा तलाउमा स्नान गरि पितृलाई तर्पण दिदा मृत आत्मले शान्ति प्राप्त गरि पितृमुक्ति हुनि र पिता वा माता नहुनीले अन्यदिन रोकिएको श्राद्दहरु आजको दिन गर्न सकिन्छ अनि कोहि अौशिमा जन्मेको ब्यक्ति छ भने अौशि शान्ति र पितृ दोष शान्ति गरि गाई लाई चना खिर र गुण खुलाउनाले त्यो अौशि दोष र पितृ दोष निवारण गर्न सकिन्छ आजको दिन ।।

सबैभन्दा ठुलो कुरा यो हो कि बाबा लाई आज मात्र सम्झेर फेसबुक टिकटक पोस्ट गरेर आज मात्र राम्रो लुगा खाना फलफूल दिएर सम्मान हुन्न सम्मान जहाँ हुन्छ जब सम्म हामिले आफ्ना पिता मातालाई बृद्धआश्रम लान छोडि आफू सङ्ग राखेर पालन पोषण गरि उनीहरुको हरेक सुखदुःख साथ दिन सक्यौ भनी मात्र पितृको सम्मान हुनेछ ।

त्यसकारण मेरो बाबा यो ससारमा नरहेता पनि मलाइ पिर बिसाउने चौतारी नै मेरो बाबाको काध हो । अरु त केबल मेरो खुशीको अनुहारको हासो हेरेर मेरो खुशिको मुल्यांकन मात्र गर्ने हुन ।। विशेष आज सबै बाबा आमा प्रती उच्च सम्मान गर्दै कुशे अौशि वा बाबाको मुख हेर्ने दिन को सबै लाई धेरै धेरै शुभकामना शुभकामना ।।।

श्रीकृष्ण जन्माष्टमी र यसको महत्व  साथै  धेरै धेरै शुभकामना !!     श्रीकृष्ण जन्माष्टमीज्ञानयोग, कर्मयोग र भक्तियोगका प्...
16/08/2025

श्रीकृष्ण जन्माष्टमी र यसको महत्व साथै धेरै धेरै शुभकामना !!

श्रीकृष्ण जन्माष्टमी
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको वताइएको छ ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको विश्वास गरिन्छ । कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिएका थिए । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

यसै प्रसङ्गमा भगवान् श्रीकृष्णले श्रीमद्भगवत् गीतामा भन्नु पनि भएको छ–

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।

अर्थात् जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धरतीमा जन्म लिनेछु ।

श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनाेवल बढाउने उनको एउटा सामान्य सारथी (एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्ति)का रुपमा युद्धमा साथ दिएर “काम कहिले पनि सानो ठुलो हुँदैन” भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालार्इ प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः

“हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ ? कर्म गर फलको आशा नगर ।”

एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

09/08/2025

आज रक्षाबन्धनको विशेष महत्व
सम्पुर्ण रक्षाबन्धनको शुभकामना !!
-
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा. रामचन्द्र गौतमले जानकारी दिए।

मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।

यसै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ । यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ ।

यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ ।

स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ । अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो ।

वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायकलगायत वाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडाैंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा आज बिहानैदेखि मेला लाग्ने गर्छ ।
प्रकाश न्यौपाने " प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191

05/08/2025

आज पुत्रदा एकादशी व्रत
हरि ॐ ।

साउने सोमबारः किन   यसको  विशेष महत्व .... ?साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूज...
04/08/2025

साउने सोमबारः किन यसको विशेष महत्व .... ?

साउन शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।

साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।

साउने सोमवार

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजाआराधना गर्ने परम्परा छ। ज्योतिषशास्त्रअनुसार सोमवारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ। अझ यो महिनाको सोमवार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आˆनो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ। हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसंग पुराणमा पाइन्छ।

हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ । यो महिनामा व्रत, दान, पूजापाठ आदि गर्दा धेरै गुना बढी फल प्राप्त हुन्छ भन्ने विश्वास गरिछ । पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्- साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।

यसपटक साउनको पहिलो सोमवार साउन ७ गते परेको छ। यस हिसाबले यो वर्ष साउनमा ४ वटा मात्र सोमबार परेको छ। यो सौर गणनाको हिसाबले हो। तर व्रत गर्दा धार्मिक कार्यका लागि चान्ऽ तिथिबारको प्रयोग गर्नु भन्ने निर्देश छ। चान्ऽ र सौर दुवै मिलेको भए अझै राम्रो। यस हिसाबले हेर्दा अर्थात् चान्ऽ गणनाको हिसाबले पहिलो साउने सोमबार त १४ गते मात्र पर्ने देखिन्छ किनभने साउन ११ गतेसम्म त आषाढ नै बाँकी छ। तर नेपालीहरूले सौरमान अनुसार ७ गतेदेखि व्रत सुरु गर्ने देखिएको छ। चान्ऽमान हेर्न थालियो भने भदौ १० गतेसम्म नै साउन छ।

शिव को हुन् ?

शिव वैदिक देवता हुन्। शिवको अर्थ कल्याण हो। विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। शिवको उपासना गर्ने परम्परा वैदिक कालदेखि नै चलेको मानिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदको सोह्रौ अध्यायमा रुऽका विभिन्न वर्णन गरिएको छ। सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने रूपमा शिवको उपासना गरिएको छ। पौराणिक ग्रन्थहरूमा ब्रहृमालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ। शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात देवाधिदेव महादेव भनिएको छ । शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण गरिदिन्छन् भन्ने विश्वास गरिन्छ। वेदमा रुऽको रूपमा शिवको उपासना गरिएको छ। शुक्ल यजुर्वेदमा सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिएको छ।

साउनमा रुद्री

नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो। विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्रीभिषेक गराइन्छ। रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ। धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुऽलाई प्रसन्न पार्छन् । रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ।

साउन महिना नै शिवलाई बढी पि्रय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्- मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

हाम्रा महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ । श्रवण नक्षत्रको स्वामी चन्द्रमा हुन् ।चन्द्रमा भगवान् शिवको मस्तकमा शोभायमान छन् । जब सूर्य मिथुनबाट कर्कट राशिमा प्रवेश गरेर साउन महिना सुरु हुन्छ तब सूर्य दक्षिणायन हुन्छन्, सूर्यको ताप कम तथा दिन छोटा हुन थाल्छन् । साथै सूर्यले ताप तथा चन्द्रमाले शीतलता प्रदान गर्छन्, यसकारण सूर्य कर्कट राशिमा आएपछि वर्षा हुन्छ र यसले शिवलाई प्रसन्न तुल्याउँछ ।

साउने सोमवारका गन्तव्य

साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ। काठमाडौं वरपरका क्षेत्रका श्रद्धालु साउन महिनाको सोमवारको प्रमुख गन्तव्य बन्ने गरेको छ- पशुतिनाथ क्षेत्र। पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ। यसैगरी ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेस्वर लगायतका शिवालयहरूमा साउने सोमबारका दिन विशेष घुइँचो हुन्छ। केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ।

के हो बोलबम ?

कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।

साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ। पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ। स्मरणीय के छ भने नेपालमा साउने सोमवार तथा बोलबम मनाउने चलन सुरु भएको धेरै भएको छैन।
प्रकाश न्यौपाने " प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191

श्रावण १५ खिर खानि दिनको सम्पुर्णलाइ धेरै धेरै शुभकामना !!
31/07/2025

श्रावण १५ खिर खानि दिनको सम्पुर्णलाइ धेरै धेरै शुभकामना !!

29/07/2025

पाल्पा जिल्लाको तानसेन बजारको आन्दोलन चोकको लाखे नाच !

२०८२/ ४/१३ मगलबार नागपच्चमि को शुभकामना !!               किन गरिन्छ नागको पुजा ?  । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका ...
29/07/2025

२०८२/ ४/१३ मगलबार

नागपच्चमि को शुभकामना !!
किन गरिन्छ नागको पुजा ?

। प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिन्छ।

नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो । वैदिक मान्यतानुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । वराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाई गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिंदै आइएको हो ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्
लाई नागको रुपमा मान्ने गरिएको हो ।

प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको एक हातमा नाग छ । भगवान् विष्णुको अवतारका रुपमा जन्म लिनुभएका श्रीरामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ ।

श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा वर्णन गरिएको छ । विष्णुको नवौंँ अवतारका रुपमा जन्म लिनुभएका बुद्धको मूर्तिको शिरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ । मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ । जैन तीर्थङ्करहरुको शिरमा समेत सर्पाकार मुकुट हुन्छ ।

पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ । लक्ष्मीको वास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता हाम्रो समाजमा सनातनदेखि छ । नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न किंवदन्ती प्रचलित छन् । तीमध्ये एउटा प्रख्यात किंवदन्ती यस्तो छः एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन् । रीसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रीसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी “नमार्नुस्, म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु” भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिन् ।

मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न नागिनीले “तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग” भनेपछि उनले मौका छोपी “मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस्” भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले ‘तथास्तु’ भनी किसानका सपरिवारलाई बचाइदिइन् । यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रवर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो । गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि इतिहासमा उल्लेख छ ।

संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले नै शिरमा धारण गरेका हुन्छन् । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मन पर्छ । गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने मान्यता समेत छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्काेकट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हँुदैन भन्ने मान्यता छ ।

नाग पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दूबो, खीर र रोटीलगायत परिकार प्रसाद चढाउने गरिन्छ । वैज्ञानिकरुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ ।
अन्तमा
श्री नाग स्तोत्र

अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।
सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका:॥१॥

मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।
विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल॥२॥

अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: ।
कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता:॥३॥

यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: ।
भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा॥४॥

॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥

प्रकाश न्यौपाने "प्रयास "
कालीगण्डकी ज्योतिष वास्तु सेवा केन्द्र
तानसेन पाल्पा
9847119191

17/07/2025

आज साउने संक्रान्ति पर्व घरघरमा लुतो फालेर मनाइँदैछ।

सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने अर्थात कर्कट संक्रान्ति पर्व स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाउने गरिन्छ। सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्तिको रुपमा मनाउने प्राचीन परम्परा छ ।

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । आज विशेष गरी लुतो फल्ने दिनको रुपमा पनि मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्प्राको भनाई छ ।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानी अमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई हिन्दु धर्मावलम्बीले विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने गर्छन् ।

महिलाले हरियो चुरालगायत कपडा लगाएर यो महिनाभर सोमबारे बर्त बस्ने शिबको आराधाना गर्ने मान्यता छ ।

Address

Tansen
Palpa

Alerts

Be the first to know and let us send you an email when Astro Kaligandaki - कालिगण्डकी ज्योतिस तथा वास्तु सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram