Sahid Smiriti Community Hospital

Sahid Smiriti Community Hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sahid Smiriti Community Hospital, Hospital, Parasi.

नवलपरासी बर्दघाट -१४, चौपत्तामा अवस्थित एक सामुदायिक अस्पताल हो, जसले २४ सै घण्टा आकस्मिक सेवा, OPD, सर्जन, हाडजोर्नी, फिजियोथेरापी, ल्याब, फार्मेसी, एक्सरे, दन्त, भिडियो एक्सरे, एम्बुलेन्स लगायतका गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ।

06/01/2026
प्रत्येक हप्ताको बुधबार यस सहिद स्मृति सामुदायिक अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ आउने हुदा निम्न समस्या हुने बि...
06/01/2026

प्रत्येक हप्ताको बुधबार

यस सहिद स्मृति सामुदायिक अस्पतालमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ आउने हुदा निम्न समस्या हुने बिरामीहरुले विशेषज्ञ उपचार सेवाको लाभ लिनुहुन अनुरोध गर्दछौ।

☑️ घुँडा, जोर्नि को दुखाइको उपचार ।
☑️ ढाड तथा कम्मर दुख्ने समस्याको उपचार।
☑️ हड्डी खिइएको उपचार ।
☑️ घुँडा दुख्ने तथा सुनिने समस्या।
☑️ नशा च्यापिएको, नशा झमझमाउने समस्यको उपचार।
☑️ पैताला र पाता पोल्ने समस्याको उपचार।
☑️ जन्मजात हात,खुट्टा बाङ्गो भएको उपचार
☑️ अप्रेसन वा प्लास्टर पछी भएको हड्डी सम्बन्धि समस्या तथा कुनै पनि हाडजोर्नी तथा नशा रोग सम्बन्धि समस्या।

थप जानकारी तथा नाम दर्ताको लागि सम्पर्क :

📍 स्थान: सहिद स्मृति सामुदायिक अस्पताल, बर्दघाट-१४ , चौपत्ता ,नवलपरासी
☎️ सम्पर्क: ०७८-४११०५५
Highlights

05/01/2026

Vacancy Announcement !!!

नि: शुल्क घुम्ती शिबिर सम्बन्धि सुचना ।
05/01/2026

नि: शुल्क घुम्ती शिबिर सम्बन्धि सुचना ।

02/01/2026

वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने सूचना!!

👩‍⚕️प्रत्येक हप्ताको शुक्रबार

यस सहिद स्मृति सामुदायिक अस्पतालमा वरिष्ठ महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर आउने हुँदा समयमै आफ्नो उपचार गरि ढुक्क हुनुहोस ।

उपचार हुने सेवाहरु :
✅ नियमित गर्भजाँच (ANC)
✅ महिला स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार
✅ परिवार नियोजन र परामर्श
✅ निश:न्तान दम्पतीहरुलाई आबश्यक परामर्श र उपचार
✅ पाठेघरको समस्या तथा संक्रमणको उपचार

📞 सम्पर्क: ०७८ ४११०५५
🕘 सेवा समय: विहान १०.०० बजे देखि ३.०० बजे सम्म ।

’re family, not just a patient.

#सामुदायिकसेवा

Highlights
स्वस्थ आमा, सुरक्षित सन्तान — हाम्रो प्रतिवद्धता !
तपाईंको नजिकै, तपाईंका लागि !

प्रत्येक हप्ताको 1. Wednesday | बुधबारOrthopedic Consultant(Bone, Joint & Spine Care)हाडजोर्नी विशेषज्ञ (हड्डी, जोर्नी त...
22/12/2025

प्रत्येक हप्ताको
1. Wednesday | बुधबार
Orthopedic Consultant
(Bone, Joint & Spine Care)
हाडजोर्नी विशेषज्ञ (हड्डी, जोर्नी तथा मेरुदण्ड)

2. Friday | शुक्रबार
Gynecologist
(Women’s Health & Maternity Care)
स्त्री तथा प्रसूति रोग विशेषज्ञ

3. Saturday | शनिबार
Surgeon
(General & Minor Surgery)
सर्जन (सामान्य तथा साना शल्यक्रिया)

4. Saturday | शनिबार
General Physician
जनरल फिजिसियन
(पेट/टाउको/छाती/ सुगर / प्रेसर )

आज यस अस्पतालमा ४ वटा अप्रेशन सफलतापुर्वक सम्पन्न भयका छन् ।1. Hemangioma excision2. Suppurative Inguinal Lymphadenitis ...
20/12/2025

आज यस अस्पतालमा ४ वटा अप्रेशन सफलतापुर्वक सम्पन्न भयका छन् ।

1. Hemangioma excision
2. Suppurative Inguinal Lymphadenitis with abscess drainage
3. Delayed Primary Closure S/P I&D of Left Breast Abscess
4. Debridement of Non Healing Wound

हामीलाई विश्वास गर्नुहुने सम्पूर्ण महानुभावहरुमा अस्पतालको तर्फ देखि हार्दिक धन्यवाद प्रकट गर्दछौ ।

#सामुदायिकसेवा

प्रत्येक हप्ताको  शनिबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत वरिष्ठ जनरल सर्जन द्वारा ओ. पि. डि. एबम सर्जरी  सेवा...
19/12/2025

प्रत्येक हप्ताको शनिबार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत वरिष्ठ जनरल सर्जन द्वारा ओ. पि. डि. एबम सर्जरी सेवा प्रदान गरिने हुदा स-शुल्कमा सर्जरी उपचार सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
उपचार हुने सेवाहरु
१. पायल्स/ फिसर /फिस्टुलाको चेक जाच तथा शल्यक्रिया
२. शरीरमामा आउने गाठागुठी चेक जाच तथा शल्यक्रिया
३. हर्नियाको चेक जाच तथा शल्यक्रिया
४. हाईड्रोशिलको चेक जाच तथा शल्यक्रिया
५. भेरिकोज तथा कब्जियत जस्ता अन्य समस्याहरु

#सामुदायिकसेवा



19/12/2025

सूचना ,सूचना, सूचना……
प्रत्येक शनिबार
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत वरिष्ठ जनरल सर्जन द्वारा ओ. पि. डि. सेवा लगायत सर्जरी सेवा प्रदान गरिने हुदा स-शुल्कमा सर्जरी उपचार सेवाको लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
उपचार हुने सेवाहर
१. पायल्स/ फिसर /फिस्टुलाको चेक जाच तथा शल्यक्रिया
२. शरीरमामा आउने गाठागुठी
३. हर्नियाको चेक जाच तथा शल्यक्रिया
४. हाईड्रोशिलको चेक जाच तथा शल्यक्रिया
५. भेरिकोज तथा कब्जियत जस्ता समस्याहरु

#सामुदायिकसेवा


प्रत्येक हप्ताको शुक्रबार
19/12/2025

प्रत्येक हप्ताको शुक्रबार

💙 आज मैले एक नर्सलाई भगवान जस्तै देखेँ। 💙आज म ड्युटीमा थिएँ, एक निजी अस्पतालमा । एक सानो बच्चा भर्ना भएको थियो। अत्यन्तै...
17/12/2025

💙 आज मैले एक नर्सलाई भगवान जस्तै देखेँ। 💙

आज म ड्युटीमा थिएँ, एक निजी अस्पतालमा । एक सानो बच्चा भर्ना भएको थियो। अत्यन्तै कम तौल, समयभन्दा अघि जन्मिएको । र मेरो ड्युटीको क्रममा उसलाई बारम्बार झट्का (seizure) आइरहेको थियो।

कन्सल्टेन्ट सरसँगै हामी अभिभावकलाई काउन्सेलिङ गरिरहेका थियौँ । उहाँहरूको आँखामा ड'र थियो, आवाजमा असहायता। कुरा गर्दै जाँदा थाहा भयो -आर्थिक अवस्था अत्यन्तै कमजोर रहेछ । सरकारी अस्पतालमा बेड नपाएर मात्र निजी अस्पतालमा रेफर गरिएको रहेछ।

म सरकारी अस्पतालमा पनि काम गर्छु। आजै कुनै बेड खाली छ कि भनेर प्रयास गरेँ। भाग्यवश, एक मात्र बेड बाँकी थियो।

मैले अभिभावकलाई भनेँ - “उपचार उस्तै हुन्छ, सरकारी अस्पतालमै जानु राम्रो हुन्छ।” उहाँहरूको पनि त्यही इच्छा थियो। सबै कागजात तयार भए । अब बिल तिर्ने समय आयो।
उहाँहरूसँग पूरा रकम थिएन। मैले कन्सल्टेन्ट सर र प्रशासनसँग कुरा गरेँ। उनीहरू पनि अत्यन्तै उदार । राम्रो छुट दिइयो। तर अझै केही रकम कम थियो।

त्यत्तिकैमा सरकारी अस्पतालबाट फोन आयो - “बच्चा किन आइपुगेन? एउटा मात्र बेड बाँकी छ, चाँडो ल्याउनुहोस्।”

मैले सबै अवस्था बुझाएँ र ३० मिनेट मात्र कुर्न अनुरोध गरेँ।

फेरि प्रशासनसँग कुरा गरेँ - “बाँकी रकम पछि दिन्छौँ अहिले बच्चालाई जान दिनुहोस्। उनीहरूले फेरि पनि मानवता देखाए। केही औपचारिकतापछि हामी निस्कियौँ।

एम्बुलेन्स आयो। बच्चा अक्सिजनमा थियो। नर्सले बच्चालाई समातिरहेकी थिइन्। त्यसैबेला उनले भनिन् -“Doctor, एकछिन बच्चा समाइदिनुहोस्। मैले समातेँ । उनी एम्बुलेन्सबाट बाहिर निस्किइन्। मलाई लाग्यो, केही बिर्सिनु भयो होला। तर उनी फर्किँदा हातमा पैसा थियो।

उनले एम्बुलेन्स ड्राइभरलाई १००० रुपैयाँ दिँदै भनिन् -
“उनिहरुले सायद भाडा तिर्न सक्दैनन् यो लिनुहोस्।

त्यो क्षण…
म भित्रैदेखि लज्जित भएँ।
काश, मसँग पनि त्यस्तो विशाल मन हुन्थ्यो।

हामी सरकारी अस्पतालको इमर्जेन्सी पुग्यौँ। डाक्टरलाई सबै बुझायौँ। रिफरल नोट हस्तान्तरण गर्यौँ। सबै ठीक थियो।

फर्किन लाग्दा

नर्स फेरि अगाडि आइन्।
आफूसँग बाँकी रहेको करिब ४००० रुपैयाँ बच्चाकी आमाको हातमा राख्दै भनिन् -“यहाँ कागजपत्र, औषधि, साना-साना खर्च लाग्न सक्छ राख्नुहोस्।”

त्यो क्षण…
मेरो लागि अत्यन्तै विशेष बन्यो।

त्यतिबेला मैले बुझेँ - कति दिन्छौँ भन्ने कुरा होइन,
कसलाई दिन्छौँ ? र आफ्नै थोरैमा कति दिन्छौँ । त्यो नै महानता हो। त्यो नर्सको नाम मलाई थाहा छैन।
तर आज,
उहाँ मेरो जीवनको सबैभन्दा ठूलो पाठ हुनुहुन्छ।

म केही गर्न सकिनँ
धन्यवाद बाहेक।

यही संसारमा अझै पनि
यति धेरै दयालु मुटुहरू बाँकी छन्।
हामी साँचो बनिरह्यौँ भने,
बाटो आफैँ बन्छ। 🙏

✍️ Kripesh Dhital

अन्नपूर्ण पोल्ट्री फर्मका Owner, United Plastic Industries का Chairman तथा गौतम बुद्ध सामुदायिक अस्पतालका Director Ashan...
14/12/2025

अन्नपूर्ण पोल्ट्री फर्मका Owner, United Plastic Industries का Chairman तथा गौतम बुद्ध सामुदायिक अस्पतालका Director Ashan Ullha ज्यूले यस सहिद स्मृति सामुदायिक अस्पताल तथा डायलाइसिस सेवा सेन्टरको भेटघाट तथा अनुगमन गर्नु भयो।
उहाँबाट अस्पतालको विकास, यस क्षेत्रको स्वास्थ्य सेवाको सुदृढीकरण तथा व्यक्तिगत एवं संस्थागत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उक्त भेटघाट बर्दघाट नगरपालिका नगर प्रमुख ,अस्पताल कार्यसमिति तथा प्रतिनिधिहरूसँग सम्पन्न भयो।
यस अवसरमा उहाँले “स्वास्थ्य सेवामा सहकार्य र सद्भाव नै दिगो विकासको आधार हो” भन्ने समेत धारणा राख्नु भएको थियो।

Address

Parasi
33007

Alerts

Be the first to know and let us send you an email when Sahid Smiriti Community Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sahid Smiriti Community Hospital:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category