Solu Health Care Centre Limited

Solu Health Care Centre Limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Solu Health Care Centre Limited, Medical and health, salleri, Phaplu.

18/03/2026
18/09/2024

सेवाग्राहीलाई अनुरोध तथा जानकारी
अस्पताल बिरामी भएर जाँदा मुख्यत: OPD मा जांच गराउन जाँदा, हामीहरु होटेलमा नास्ता खान गए जसरी जाने ,आंफुलाई जे गर्न मन छ गर्ने अनि फर्किने हाम्रो बानी त्यति उपलब्धिमुलक हुँदैन ।

तसर्थ स्वास्थ्य अवस्था जाँच गर्न जाँदा निम्न कुराहरुलाई मध्यनजर गरेर जाँदा उत्तम हुन्छ:

१. अस्पताल जाँदा आफ्ना पुराना स्वास्थ्य सम्बन्धी कागजात छन भने लिएर जाने साथै नियमित खाने तथा हाल सेवन गरिरहेका औषधिसमेत लिएर जाने बानी बसाल्नु पर्छ। यसले गर्दा बिरामीको पुरानो स्वास्थ्य अवस्था र हालको स्वास्थ्य अवस्था बिच दाँज्न सजिलो हुन्छ। औषधिसमेत लगेको अवस्थामा आंफुले खाईरहेको औषधि सहि छ या खाने तरीका सहि भैराखेको छ छैन भन्ने थाहा हुन्छ।

२. अस्पताल नितान्त आफ्नो समस्या तथा सहि सरसल्लाह लिने हेतुले जानुहोस न कि मेरो यो जाँच गर्ने मन लागेर आएको , मेरो Video X Ray गर्दिनुस, X - ray गर्दिनुस, मेरो यो रगत जाँच गर्दिनुस भनेर भन्दा आंफुलाई आवश्यक पर्ने जाँच भने छुटिरहेको हुन्छ। त्यसले आंफैलाई सम्म्स्या निम्त्याउने हो। त्यसैले यो गर्दिनुस भन्नू भन्दापनी मेरो समस्या यो छ भनेर सुनाउनुहोस अनि सल्लाह सुन्नुहोस पनि।

३. अस्पताल OPD चेक अप गर्न जानेहरु appointment लिएर जानू, अलिक समयमै पुग्नु जस्ले गर्दा आवश्यक जाँच तथा report हरु पनि समय दिएर मुल्यांकन गर्न्न सकियोस र हतार हतारमा कुनै निर्णय नहोस।

४. चिकित्सक लाई अत्याउने तथा हतोत्साहित बनाउने काम नगर्नुहोस। यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा बिरामीलाई नै असर पर्ने हुन्छ। चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अस्पतालका एक कर्मचारी मात्रै हुन। सबैथोक उनिहरुको हातमा हुँदैन भन्ने बुझ्नुहोस। उनिहरुले तपाईजस्तै सयौंलाई आफ्नै मानेर उपचार गर्नु पर्ने हुन्छ। मुख्य कुरा: चिकित्सक भगवान हैनन, केवल आफ्नो ज्ञान प्रयोग गरेर तपाईंहरुलाई सहयोग गर्ने कोशिश मात्रै गर्ने हुन, ज्यानको जिम्मा लिने होइनन।

५. "यस्सो देखाएर गैहाल्ने हो !" भन्ने मानसिकताबाट टाढा रहनुहोस। सानो समस्या भएतापनी त्यसलाई चिकित्सकले राम्ररी नियाल्नु पर्छ। त्यसलाई नजरअन्दाज नगर्नुहोस।

६. "सुखमा न आत्त्तिने दुखमा नमात्तिने !" गाह्रो भएर आएको बेला सेकेन्ड भित्रै हतारहतारमा उपचार चाहिने, नभए अत्याउने गाली गलौज गर्ने , अनि अलिकती ठिक भएको महसुस हुनासाथ घरै जान हतार हुने। कुनै पनि उपचारको पद्धति हुन्छ, त्यसलाई आत्मसात गर्न कोशिस गर्नुहोस। "धान रोप्ने बित्तिकै फल्दैन", समय लिन्छ। यसैगरी औषधिलाई पनि काम गर्न अलिकती समय लाग्छ कुनैलाई छिटै, कुनैलाई अलिक बढी। यो कुरामा ज्ञात रहनुहोस।

७. आंफू पनि अनुशासनमा रहनुहोस र अरुलाई पनि अनुशासित रहन प्रेरित गर्नुहोस।

09/08/2024

Vacancy Announcement
Hurry up....

Vacancy Announcement....
07/08/2024

Vacancy Announcement....

05/08/2024

Now in Solu Health care centre ...

Golden opportunity ..Notice regarding health camp going to be held!!!2080-08-16 to 2080 -08-22 at Solu Health Care Centr...
01/12/2023

Golden opportunity ..
Notice regarding health camp going to be held!!!2080-08-16 to 2080 -08-22 at Solu Health Care Centre Limited

Address

Salleri
Phaplu
038

Website

Alerts

Be the first to know and let us send you an email when Solu Health Care Centre Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share