Dr. Ram Krishna Giri

Dr. Ram Krishna Giri Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Dr. Ram Krishna Giri, Rheumatologist, New Road, Opposite of City Hall, Pokhara.
(1)

Rheumatologist & Immunologist (वाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ)
Specialist in Uric Acid, Arthritis, Immune Disorders, Autoimmune Diseases, Joint Preservation, Pain Management, Reproductive Immunology & Allergy Treatment.

14/09/2025
Please follow me on TikTok as well.
04/09/2025

Please follow me on TikTok as well.

959 Followers, 3 Following, 1917 Likes - Watch awesome short videos created by डा. राम कृष्ण गिरी

28/08/2025

❓जनमानसमा हुने प्रायजसो जिज्ञासाहरु ❓👇:

✅ १. युरिक एसिड र वाथ रोगमा के फरक छ?
✅ २. वाथ रोगको उपचार किन गर्नुपर्छ?
✅ ३. के वाथ रोगको औषधिको सेवनले बाँझोपन गराउन सक्छ?
✅ ४. वाथमा प्रयोग हुने औषधिले गर्भ रहन दिँदैन भन्छन्, के यो सत्य हो?
✅ ५. वाथ रोगमा सेवन गर्ने औषधिले side effects हुन्छ भन्छन्, यदि side effect हुने भए औषधि किन खाने?
✅ ६. नेपालमा सबैभन्दा धेरै देखिने वाथ कुन हो?
✅ ७. वाथ कुन उमेर समुहका मानिसहरुलाई धेरै देखिन्छ?
✅ ८. वाथ भएका मानिसहरुले के-के कुराहरु खान हुँदैन?
✅ ९. वाथ हुँदा के-के लक्षणहरु देखा पर्छन्?
✅ १०. कस्ता बिरामीले वाथरोग विशेषज्ञसँग र कस्ता बिरामीले हाडजोर्नी रोग विशेषज्ञसँग उपचार गर्ने?
✅ ११. वाथ रोग लाग्नै नदिन के गर्नुपर्छ?
✅ १२. वाथ लागिसकेपछि उपचार सम्भव छ?
✅ १३. के वाथ रोग वंशानुगत रोग हो?
✅ १४. वाथ रोगका बिरामीहरुलाई सुझाव❗❗❗
#वाथ #बाथ Megha Health Care - Rheumatic Disease Center Sathi Polyclinic Surunga Medicine & Clinic छ्त्रदेव हेल्थ केयर प्रालि Medicity Health Clinic Kist Polyclinic And Medical Center Pvt.Ltd

02/07/2025

वहाँको विगत केही वर्षदेखि रोगको गलत पहिचान भएको थियो र रोग अनुसारको उपचार भइरहेको थिएन। लुपस वाथ (SLE) को ठाउँमा गठिया वाथ (Rheumatoid Arthritis) को उपचार भइरहेको थियो। रोगको सहि उपचार नहुनु नै उपचार नगर्नु सरह हुन्छ। यस्तो अवस्था धेरै नै देखिन्छ।

लुपस वाथ अथवा Systemic lupus erythematosus (SLE), एक दिर्घ रोग हो जसले शरीरको कुनै पनि अङ्गमा सुजन गराउँछ। यो एक स्वत: प्रतिरक्षा रोग हो, जसमा प्रतिरक्षा कोशिकाहरु अनियन्त्रि भई शरीरका विभिन्न स्वस्थ अंग र तन्तुहरुलाई आक्रमण गर्न थाल्छन्। सामान्यतया, लुपस वाथले छाला, जोर्नीहरु तथा भित्री अङ्गहरूमा असर गर्दछ। ९०% भन्दा ज्यादा मामलामा यसले वयस्क महिलाहरूलाई असर गर्दछ। लक्षण, गम्भीरता र रोग निदान शरीरमा भैरहेको क्षति र रोगको तीव्रतामा निर्भर गर्दछ।

, , #वाथ #लुपस, ,
Megha Health Care - Rheumatic Disease Center Sathi Polyclinic Surunga Medicine & Clinic Medicity Health Clinic छ्त्रदेव हेल्थ केयर प्रालि Kist Polyclinic And Medical Center Pvt.Ltd

30/06/2025

म एक चिकित्सक हुँ!!!

बिरामीलाई उपचार गर्दा त्यो मैले दशकौँसम्म आर्जन गरेको ज्ञान, शिप र त्यसमाथि मेरो विश्वास, कडा मेहनत, ईमान्दारिता, पेशागत धर्म, मानवता आदिको परीक्षा हो।

मेरो उपचारले तपाईँ निको नभएर मलाइ लापर्वाहिको क्षतिपुर्ति भराउने चाहाना राख्नुहुन्छ भने कृपया म कहाँ आउँदै नआउनु होला। मैले प्रयास मात्र गर्ने हो, ग्यारेन्टी दिने भगवान होईन।

तपाईँ मेरो उपभोक्ता होइन र म व्यापारी पनि होईन।

मसँग त पैसा छैन है।

रिसानी माफ पाऊँ।।।
🙏

वाथ रोगका बारेमा हिन्दीमा अति सामन्य भाषामा जानकारी 👇        #बाथ  #वाथ  #वाथरोग      #गठिया
15/06/2025

वाथ रोगका बारेमा हिन्दीमा अति सामन्य भाषामा जानकारी 👇

#बाथ #वाथ #वाथरोग #गठिया

Rheumatoid Arthritis (RA) एक Autoimmune बीमारी है जो जोड़ों में सूजन, दर्द और जकड़न का कारण बनती है।इस वीडियो में Dr. Vijay KR Rao (UK-certified Rheumatologi...

12/05/2025

खुसी बिरामी खुसी म!!!

गठिया वाथ (Rheumatoid Arthritis) र सोरियाटिक वाथ (Psoriatic Arthritis) बाट पिडित वहाँहरु उपचार पछि खुसी हुँदै म प्रती आभार ब्यक्त गर्दै गर्दा मलाई खुसी एवं गर्व महसुस भएको छ। एक डक्टर को लागी यो नै अत्यन्त खुसीको क्षण हो।

गठिया वाथ (Rheumatoid Arthritis) एक प्रगतिशील, दीर्घकालीन अवस्था हो जसमा शरीरका जोर्नीहरूमा सूजन हुन्छ। परिणामस्वरूप दुखाइ (pain) र कठोरता (stiffness) ले दैनिक कृयाकलाप गर्न र हिंडडुल गर्न गाह्रो हुन्छ। सुरुवाती अवस्थामै उपचार गरे दुरगामी जटिलताबाट जोगिन सकिन्छ।

यसका मुख्य लक्षणहरु यस प्रकार हुन्छन्:
✓ हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
✓ बिहान जोर्नीहरु करकर खाने।
✓ बिस्तारै जोर्नी र औंलाहरु बाङ्गिदै जाने।
✓ जोर्नी भन्दा बाहिर छाला, मुटु, फोक्सो तथा आँखामा पनि विशेष क्षति पुग्न सक्छ।

सोरियाटिक वाथ (Psoriatic Arthritis) सेरोनेगेटिभ ओलिगोआर्थराइटिस (Seronegative Oligoarthritis) हो जुन प्राय सोरियासिस (Psoriasis - छालाको वाथ) भएका बिरामीमा देखिन्छ। हरेक ५ जना Psoriasis भएका मध्ये १ जनामा Psoriatic Arthritis देखिन्छ। समयमै पहिचान गरी उपचार नगरे जोर्नीहरुमा अपरिवर्तनीय क्षति पुगी अपाङ्गता हुनसक्छ। प्राय यो वाथका बिरामीको उपचार अन्य वाथ भनि गरिएको पाईएको छ, जसले यसको पहिचानमा समस्या भएको देखाउँछ। यहाँ बोल्नुभएको बिरामीको पनि समयमै रोगको पहिचान नभएकाले धेरै दु:ख पाउनुका साथै अनावश्यक खर्च पनि भयो।।।

#वाथ #बाथ #गठिया #वाथरोग

11/05/2025

सोरियाटिक वाथ (Psoriatic Arthritis) सेरोनेगेटिभ ओलिगोआर्थराइटिस (Seronegative Oligoarthritis) हो जुन प्राय सोरियासिस (Psoriasis - छालाको वाथ) भएका बिरामीमा देखिन्छ। हरेक ५ जना Psoriasis भएका मध्ये १ जनामा Psoriatic Arthritis देखिन्छ। समयमै पहिचान गरी उपचार नगरे जोर्नीहरुमा अपरिवर्तनीय क्षति पुगी अपाङ्गता हुनसक्छ। प्राय यो वाथका बिरामीको उपचार अन्य वाथ भनि गरिएको पाईएको छ, जसले यसको पहिचानमा समस्या भएको देखाउँछ। यहाँ बोल्नुभएको बिरामीको पनि समयमै रोगको पहिचान नभएकाले धेरै दु:ख पाउनुका साथै अनावश्यक खर्च पनि भयो।।।
#वाथ #बाथ

गठिया वाथ (Rheumatoid Arthritis) बाट पिडित वहाँ दिदी उपचार पछि खुसी हुँदै म प्रती आभार ब्यक्त गर्दै गर्दा मलाई खुसी एवं ...
30/04/2025

गठिया वाथ (Rheumatoid Arthritis) बाट पिडित वहाँ दिदी उपचार पछि खुसी हुँदै म प्रती आभार ब्यक्त गर्दै गर्दा मलाई खुसी एवं गर्व महसुस भएको छ।

गठिया वाथ (Rheumatoid Arthritis) एक प्रगतिशील, दीर्घकालीन अवस्था हो जसमा शरीरका जोर्नीहरूमा सूजन हुन्छ। परिणामस्वरूप दुखाइ (pain) र कठोरता (stiffness) ले दैनिक कृयाकलाप गर्न र हिंडडुल गर्न गाह्रो हुन्छ। सुरुवाती अवस्थामै उपचार गरे दुरगामी जटिलताबाट जोगिन सकिन्छ।

यसका मुख्य लक्षणहरु यस प्रकार हुन्छन्:
✓ हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
✓ बिहान जोर्नीहरु करकर खाने।
✓ बिस्तारै जोर्नी र औंलाहरु बाङ्गिदै जाने।
✓ जोर्नी भन्दा बाहिर छाला, मुटु, फोक्सो तथा आँखामा पनि विशेष क्षति पुग्न सक्छ।
#वाथ #बाथ #गठिया Megha Health Care - Rheumatic Disease Center Surunga Medicine & Clinic Sathi Polyclinic Medicity Health Clinic

Check out डा. राम कृष्ण गिरी’s video.

13/04/2025

गठिया वाथ (Rheumatoid Arthritis) को सहि पहिचान र उपचार नभएर लगभग अपाङ्ग हुनै लागेका यि व्यक्ति सहि उपचार पश्चात् १ महिनामै भएको सुधारले खुसी र आशावादी भएका छन्।

गठिया वाथ एक प्रगतिशील, दीर्घकालीन अवस्था हो जसमा शरीरका जोर्नीहरूमा सूजन हुन्छ। परिणामस्वरूप दुखाइ (pain) र कठोरता (stiffness) ले दैनिक कृयाकलाप गर्न र हिंडडुल गर्न गाह्रो हुन्छ। सुरुवाती अवस्थामै उपचार गरे दुरगामी जटिलताबाट जोगिन सकिन्छ।
यसका मुख्य लक्षणहरु यस प्रकार हुन्छन्:
✓ हात-खुट्टाका जोर्नीहरु सुन्निने र दुख्ने।
✓ बिहान जोर्नीहरु करकर खाने।
✓ बिस्तारै जोर्नी र औंलाहरु बाङ्गिदै जाने।
✓ जोर्नी भन्दा बाहिर छाला, मुटु, फोक्सो तथा आँखामा पनि विशेष क्षति पुग्न सक्छ।

04/04/2025

लुपस वाथ के हो ? लुपस वाथ महिलालाई किन बढी हुन्छ ?यसबाट हुने असर वाट कसरी बच्ने?EditorBijay GurungVFXSuresh Rana MagarCamera PersonSuman GurungBibek Kumar BK...

Address

New Road, Opposite Of City Hall
Pokhara
33700

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779746306030

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Ram Krishna Giri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category