
03/09/2025
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, काठमाडौँको आयोजना साथै FHI 360 को सहयोग तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, गण्डकी प्रदेशको सक्रियतामा HIV Viral Load नमुना संकलन, भण्डारण, ढुवानी तथा डाटाबेस व्यवस्थापन सम्बन्धी दूई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । यस कार्यक्रममा प्रयोगशालामा कार्यरत प्रयोगशालाकर्मी तथा ART Counsellor हरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रम मार्फत नमुना व्यवस्थापन र गुणस्तरीय सेवा प्रवाहमा थप स्पष्टता, दक्षता र समन्वय बढाउने अपेक्षा गरिएको छ ।