Brahma Kumaris Pokhara

Brahma Kumaris Pokhara Brahmakumaris is a worldwide spiritual organization dedicated to personal and world transformation .

This spiritual organization is actively involved in spiritual services to the humanity revealing knowledge on spirituality.

पोखरा महानगरपालिका वडा नं ४ द्वारा आयोजित मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रममा विषयगत प्रशिक्षण द...
27/06/2024

पोखरा महानगरपालिका वडा नं ४ द्वारा आयोजित मनोसामाजिक परामर्श तथा तनाव व्यवस्थापन सम्बन्धी कार्यक्रममा विषयगत प्रशिक्षण दिंदै राजयोग प्रशिक्षक ब्र.कु. अन्जु ज्यू एवम् ब्र.कु. पुनम ज्यू। कार्यक्रम पश्चात् वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुली ज्यूले संस्थालाई सम्मान स्वरूप मायाको चिनो प्रदान गर्नुभएको थियो। उक्त कार्यक्रममा वडा सदस्यहरू, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि सहित ७० जनाकाे सहभागिता रहेको थियोे !

💐💐 हार्दिक श्रद्धाञ्जली 💐💐ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका समर्पित सदस्य एवं गोरखा शाखाकी संचालिका राजयाेगिनी ब्रह...
24/06/2024

💐💐 हार्दिक श्रद्धाञ्जली 💐💐

ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका समर्पित सदस्य एवं गोरखा शाखाकी संचालिका राजयाेगिनी ब्रह्माकुमारी पवित्रा बहिनी ज्यूका लौकिक पिता बलराम आचार्य ज्यूले आकस्मिक रुपमा आफ्नो भौतिक देह त्याग गर्नुभएको दुःखद् समाचारले हामी सबैलाई स्तब्ध र मर्माहत बनाएको छ। यस वियाेगकाे घडिमा दिवंगत आत्माले परमात्माको सानिध्य प्राप्त गराेस्, आत्माको आगामी यात्रा सुखद् र सरल बनाेस् भन्दै आत्माको लागि शान्ति र मंगलताको लागि कामना गर्दछौं। शोकसन्तप्त परिवारजनहरूलाई परमात्माबाट धैर्यता र साहस प्राप्त हाेस भनी परमात्मासँग प्राथना गर्दछौं।

राजयोगिनी ब्र. कु. परिणीता
निर्देशक/अध्यक्ष
एवं सम्पूर्ण ब्रह्माकुमारी ई. वि. वि. परिवार, नेपाल

 ं_स्मृति_दिवस                         ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका प्रथम मुख्य प्रशासिका मातेश्वरी जगदम्बा सर...
24/06/2024

ं_स्मृति_दिवस
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका प्रथम मुख्य प्रशासिका मातेश्वरी जगदम्बा सरस्वती ज्यूप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं ।

 #अन्तर्राष्ट्रिय_योग_दिवस१० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा-२०, भलामस्थित महेन्द्र माध्यमिक विद्यालयमा योग स...
22/06/2024

#अन्तर्राष्ट्रिय_योग_दिवस
१० औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा-२०, भलामस्थित महेन्द्र माध्यमिक विद्यालयमा योग साधना कार्यक्रम सम्पन्न भयो। प्रधानाध्यापक बोधराज पौडेल ज्यूको अध्यक्षतामा आयोजित कार्यक्रममा ब्र.कु. अन्जु ज्यू र ब्र.कु. पुनम ज्यूले राजयोग प्रशिक्षण दिनुभएकाे थियो भने ईश्वरीय विद्यार्थी द्वय विना सुवाल ज्यू र सुमिता बस्नेत ज्यूले शारीरिक याेगा एवम् व्यायाम गराउनु भएकाे थियाे ।

13/05/2024

LIVE 🔴 ।। आजको मुरली ।। ३१ बैशाख २०८१ सोमबार | | 13-05-2024 | |

२९ वैशाख/भैरहवा, रूपन्देही ।  #संस्थाकाे_अन्तर्रास्ट्रिय_थिम_राष्ट्रिय_शुभारम्भ_समाराेह     ब्रह्माकुमारी ईश्वरीय विश्व ...
11/05/2024

२९ वैशाख/भैरहवा, रूपन्देही । #संस्थाकाे_अन्तर्रास्ट्रिय_थिम_राष्ट्रिय_शुभारम्भ_समाराेह
ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकाे अन्तर्रास्ट्रिय थिम "स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तिकरण - २०८१(२०२४-२५)" काे राष्ट्रिय शुभारम्भ गर्दै संस्थाका संरक्षक आदरणीय राजयाेगिनी सुरेन्द्र दादीमाँ, निर्देशक राजयाेगिनी परनीता दिदी ज्यू, लुम्बिनी प्रदेशका माननीय मन्त्रीद्वय आर्थिक मामिला तथा याेजना मन्त्री चेतनारायण आचार्य र शहरी विकास तथा खानेपानी मन्त्री भुमिश्वर ढकाल, सह निर्देशक राजयाेगिनी कमला दिदीज्यू, उप निर्देशक राजयाेगिनी दुर्गा दिदीज्यू, महासचिव राजयाेगी शैलेषराज बरालज्यू, बनारस जाेनका प्रवन्धक एवं सल्लाहकार राजयाेगी दिपेन्द्र अधिकारीज्यू लगायत अन्य ।

Address

Nayabazar
Pokhara

Alerts

Be the first to know and let us send you an email when Brahma Kumaris Pokhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Brahma Kumaris Pokhara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram