02/02/2025
स्नायु आपूर्ति हुन नसकेर मांसपेशीमा आएको कमजोरी, शरीरको कुनै अंग वा भाग नचल्ने अवस्थालाई प्यारालाइसिस भनिन्छ ।
➡️मुख मात्र बाङ्गिने समस्या प्यारालाइसिस नहुन सक्छ
मस्तिष्कघातको अन्य लक्षण देखिएको छैन मुख मात्र बाङ्गिएको छ भने त्यो मस्तिष्काघातको लक्षण होइन । यो जाडोमा वा भाइरल संक्रमणले हुनसक्ने ‘फेसियल पाल्सी’ भन्ने समस्याले गर्दा हो । अनुहारको मांसपेशीलाई नियन्त्रण गर्ने एउटा नसा (स्नायु) हुन्छ त्यसमा संक्रमण वा असर हुन गयो भने मुख बाङ्गो हुन्छ । मुख बाङ्गो भई बोली लर्बरिएकाे छैन भने त्यो प्यारालाइसिस नहुन सक्छ ।
मस्तिष्काघात अचानक हुने भएकोले यसको कारण शरीरकाे प्रभावित भाग पनि एक्कासि कमजोर हुन्छ । मुख बाङ्गिएकाे महिना दिन पछि हात नचल्ने भयाे भने त्यो मस्तिष्काघात होइन ।
➡️यसको जोखिम कसलाई बढी हुन्छ ?
मस्तिष्काघातको जोखिम केटा मान्छेहरूलाई बढी हुन्छ । चुरोट रक्सी खाने, उच्च रक्तचाप, मधुमेहको समस्या भएको, मुटुको समस्या भएको, कोलेस्टेराेलको समस्या भएको, धेरै तनाव चिन्ता लिने, व्यायाम नगर्ने र अस्वास्थ्यकर खानपान अपनाउने व्यक्तिहरूमा यसको जोखिम बढी हुन्छ ।
✅स्पार्क बी एण्ड डी हस्पिटल प्रा.लि.
पोखरा–८, सभागृहचोक (मिडटाउन पछाडि)
बिरामी जाँच समय:
⏰ बिहान ८:०० बजेदेखि बेलुका ६:०० बजेसम्म
(शनिबार पनि सेवा उपलब्ध छ।)
फोनबाट नाम दर्ता गर्न सक्नुहुन्छ:
📞 061-571408
📱 9856026750, 984825172
Whatsapp : 985-6026750
स्वस्थ रहनुहोस्, हाँसी-खुशी रहनुहोस्!