04/01/2026
𝐒𝐢𝐧𝐮𝐬𝐢𝐭𝐢𝐭𝐬 (पिनास) भनेको के हो?
पिनास भनेको नाकभित्र रहेका साइनस ग्रन्थीहरू सुन्निने, रातो हुने, दुख्ने वा सङ्क्रमण हुनु हो।
जाडो मौसम वा मौसम परिवर्तन हुदा एलर्जी, चिसो, फङ्गस, भाइरस वा ब्याक्टेरियाको कारण साइनुसाइटिस हुन सक्छ।
𝐒𝐢𝐧𝐮𝐬𝐢𝐭𝐢𝐭𝐬 (पिनास) का लक्षणहरू:
- नाक बन्द हुने वा सास फेर्न गाह्रो हुने ,
- नाकबाट पातलो तरल पदार्थ (सिँगान) लगातार बग्ने,
- टाउको दुख्ने वा आँखाको वरिपरि दुख्ने
- स्वाद र गन्ध कम महसुस हुने
- घाँटी दुख्ने
𝐒𝐢𝐧𝐮𝐬𝐢𝐭𝐢𝐭𝐬 (पिनास) बाट बच्ने उपायहरू:
- धुँवा–धुलोबाट टाढा रहने र मास्कको प्रयोग गर्ने
- चिसो मौसममा नाक, कान र घाँटी न्यानो राख्ने
- सन्तुलित खाना खाने
- प्रशस्त पानी तथा झोल पदार्थ पिउने
ध्यान दिनुपर्ने कुराहरु
लामो समयसम्म एलर्जी वा पिनास भएमा नाक बन्द रहने टाउको दुख्ने सुध्ने शक्ति कम हुने तथा बारम्बार सङ्क्रमण हुने समस्या देखिन सक्छ । गम्भीर अवस्थामा संक्रमण आँखासम्म फैलिन सक्ने जोखिम पनि हुन्छ।
त्यसैले समयमै नाक–कान–घाँटी रोग विशेषज्ञ सँग भेटी स्वास्थ्य परामर्श तथा उपचार गराउनुहोस्।
थप जानकारी तथा परामर्स को लागि आजै दीर्घायु पोखरा हस्पिटलमा सम्पर्क गर्नुहोस्।
डा. डी.बी. लामिछाने
(नाक, कान तथा घाँटी रोग विशेषज्ञ)
Pokhara-8, Prithivi Chowk
061-581503, 581504