Dr. Tara Koirala - Endocrinologist

Dr. Tara Koirala - Endocrinologist वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग बिशेषज्ञ (UK Board Certified Endocrinologist )
(2)

06/05/2026
05/05/2026

यहि बैसाख २६ गते शनिवार बाग्लुङ बजार ग्रिन सिटी मेडिकल क्लिनिक (पुरानो धौलाश्री)मा आउदैछु।
🙏🙏🙏

यस वर्षको International Thyroid Awareness Week (May 25–31) को मुख्य विषय “Thyroid and Nutrition” रहेको छ। थाइराइड स्वास्...
04/05/2026

यस वर्षको International Thyroid Awareness Week (May 25–31) को मुख्य विषय “Thyroid and Nutrition” रहेको छ। थाइराइड स्वास्थ्यका लागि आवश्यक मुख्य पोषक तत्त्वहरूमा सेलेनियम, जिंक, आइरन, आयोडिन र भिटामिन A, D र B12 पर्छन्, जसले हर्मोन उत्पादन र नियमनमा सहयोग गर्छन्।

📌 थाइराइड स्वास्थ्यका लागि प्रमुख पोषक तत्त्वहरू:

🔹 सेलेनियम (Selenium): हर्मोन उत्पादनलाई नियन्त्रित गर्छ र थाइराइड ग्रन्थीलाई अक्सिडेटिभ स्ट्रेसबाट जोगाउँछ।
स्रोत: ब्राजिल नट, सूर्यमुखी बीउ, माछा, अण्डा।

🔹 जिंक (Zinc): थाइराइड हर्मोनको उत्पादन र रूपान्तरणका लागि आवश्यक।
स्रोत: मासु , फर्सीको बीउ, दाल।

🔹 आइरन (Iron): मेटाबोलिज्म र हर्मोन उत्पादनमा सहयोग गर्छ; यसको कमी विशेषगरी Hashimoto’s रोगमा देखिन्छ।
स्रोत: गेडागुडी, दाल, रातो मासु, पालुंगो साग।

🔹 आयोडिन (Iodine): थाइराइड हर्मोन उत्पादनका लागि अत्यावश्यक।
स्रोत: आयोडिनयुक्त नुन, माछा, दुग्धजन्य पदार्थ, अण्डा।

🔹 भिटामिन D: इम्युन सिस्टमलाई सन्तुलित राख्न मद्दत गर्छ; अटोइम्युन थाइराइड रोगमा प्रायः कम हुन्छ।

🔹 भिटामिन A: T4 लाई सक्रिय T3 मा रूपान्तरण गर्न सहयोग गर्छ।

🔹 अन्य पोषक तत्त्वहरू: म्याग्नेसियम, कपर, र भिटामिन B12 पनि महत्वपूर्ण छन्।

📌 महत्वपूर्ण कुरा:
अत्यधिक वा असन्तुलित आहार परिवर्तनले माइक्रोन्युट्रिएन्टको कमी गराउन सक्छ, जसले इम्युन सिस्टम, पोषक तत्त्वको अवशोषण र एपिजेनेटिक परिवर्तनमार्फत थाइराइड कार्यमा असर पार्न सक्छ।

🔹 पोषण असन्तुलनले थाइराइड समस्या निम्त्याउन सक्छ। त्यसैले सन्तुलित र पोषक तत्वयुक्त आहारले थाइराइड स्वास्थ्य राम्रो राख्न महत्वपूर्ण भूमिका खेल्छ।

30/04/2026

9802856550

21/04/2026

यहि बैसाख १२ गते शनिबार मिर्दी क्लिनिक वालिङ् वजार आउदैछु।🙏🙏🙏

तपाईंले महसुस गर्नुहुन्न सुगर बढेको!!!न दुखाइ न चेतावनी तर भित्र आँखाका साना नलीहरू बिग्रिरहेका हुन्छन्कमजोर बन्छन् ,चुह...
13/04/2026

तपाईंले महसुस गर्नुहुन्न सुगर बढेको!!!
न दुखाइ न चेतावनी तर भित्र आँखाका साना नलीहरू बिग्रिरहेका हुन्छन्
कमजोर बन्छन् ,चुहिन्छन् ,रगत बग्न थाल्छ ,दृष्टि धमिलो हुन्छ ।कहिलेकाहीँ सधैंका लागि हराउन सक्छ।
अन्धोपनको मुख्य कारण मध्ये एक
धेरैजसो लक्षण बिना नै बढ्ने
धमिलो दृष्टि
तैरिने धब्बा
कालो दाग
लक्षण देखिनु अघि नै
क्षति सुरु भइसकेको हुन्छ
सुगर नियन्त्रण गर्नुहोस्
नियमित आँखा जाँच गर्नुहोस्
आफ्नो दृष्टि जोगाउनुहोस्

12/04/2026

हाम्रो सेवा हप्ताको ६ दिन नै ( शनिवार बाहेक) सुचारु रहेको जानकारी गराउदछौं। 🙏🙏🙏

10/04/2026

Most commonly asked question at OPD

07/04/2026

यहि चैत्र २८ गते शनिवार दमौली बजार चोरस स्वास्थ्य क्लिनिकमा आउदैछु।
🙏🙏🙏

24/03/2026

यहि चैत्र १४ गते शनिवार बाग्लुङ बजार ग्रिन सिटी मेडिकल क्लिनिक (पुरानो धौलाश्री)मा आउदैछु।
🙏🙏🙏

28/02/2026

आदरणिय शुभेच्छुक तथा आफन्तजनहरू!!
अत्यन्त जरुरी पारिवारिक कारणले गर्दा म केही समयका लागि (करिब दुई हप्ता) विदेश जानु पर्ने भएको छ। यो अवधिमा नियमित रूपमा तपाईंहरूलाई सेवा दिन नसक्ने हुँदा मनदेखि नै क्षमाप्रार्थी छु। बिरामीहरूसँगको दैनिक भेटघाट, विश्वास र आत्मीय सम्बन्ध मेरो लागि सधैं विशेष रहँदै आएको छ, त्यसैले केही समय टाढा रहनु पारिवरिक कर्तव्यको रुपमा बुझिदिनु हनेछ भन्ने विश्वास लिएको छु।
मेरो अनुपस्थितिमा पनि आकस्मिक स्वास्थ्य सेवा,परिक्षण एवं औषधीको लागी हाम्रो स्वास्थ्य संस्था खुला नै रहने छ । छिट्टै नै पुनः फर्किएर पहिलेझैं तपाईंहरूको सेवामा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।
यहाँहरूले देखाउनुभएको विश्वास, माया र साथप्रति हृदयदेखि धन्यवाद।🙏🙏🙏

Address

Pokhara

Opening Hours

Monday 08:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 18:00
Sunday 07:00 - 18:00

Telephone

+97761570552

Website

Alerts

Be the first to know and let us send you an email when Dr. Tara Koirala - Endocrinologist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr. Tara Koirala - Endocrinologist:

Share