30/04/2026
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा एम.बि.बि.एस. तथा नर्सिङ तर्फ स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूको समग्र तथा चौतर्फी विकास अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको एक हप्ते खेलकुद सप्ताह (Sports Week) को समापन कार्यक्रम पोखरा रंगशालामा अत्यन्त सभ्य, भव्य तथा गरिमामय वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त समापन समारोह प्रतिष्ठानका उपकुलपति प्रा. डा. भरतबहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै, जिल्ला खेलकुद कार्यालयका प्रमुख श्री डी.बी. नेपालीज्यू तथा पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष श्री दीपक गोदारज्यू अतिथिको रूपमा उपस्थिति रहनु भएको थियो।
समारोहमा खेलकुद कार्यक्रम संयोजक डा. दामोदर शर्माज्यू, बेसिक साइन्स तथा स्कुल अफ नर्सिङ तर्फका संयोजक/प्रमुख, शिक्षक, कर्मचारी एवं विद्यार्थीहरूको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो।
साथै, पोखरा रंगशालाका प्रशिक्षक (गुरु) हरू, रेफ्रीहरू तथा FitNepal sportsplex का रेफ्रीहरू सहित अन्य सहयोगी टोलीको महत्वपूर्ण सहयोगले कार्यक्रमको सफलतामा उल्लेखनीय योगदान पुर्याएको थियो। सम्पूर्ण सहभागीहरूको सक्रिय संलग्नता, अनुशासन, समन्वय तथा सहयोगका कारण उक्त कार्यक्रम सफल, प्रभावकारी तथा उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ।