25/01/2026
७३औं विश्व कुष्ठरोग दिवस समारोह !
"कुष्ठरोगको छ ओखति, सामाजिक लाञ्छना र विभेद मुख्य चुनौती " भन्ने नाराका साथ् गण्डकी प्रदेशले सप्ताहव्यापी सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै विश्व कुष्ठरोग दिवस मनायो !
आज २०८१ माघ ११ गते आइतबारका निम्न कार्यक्रमहरु सम्पन्न गरेर उक्त दिवस मनाइयो।
🚶 विशाल सचेतना र्याली
पोखरा वडा-१५ कार्यालयदेखि आईएनएफ नेपाल हरियो खर्क अस्पतालसम्म ६०० भन्दा बढी मानिसहरू सहभागी भए ! र्यालीमा आमा समूह, विद्यार्थी, सामुदायिक महिला स्वास्थ्य सेविका र आइएनएफ नेपालका कर्मचारीहरू सचेतना प्ले-कार्डसहित सामेल भए ।
🎤 विशिष्ट अतिथिहरू:
मुख्य अतिथि: माननीय कृष्ण पाठक, स्वास्थ्य तथा जनसंख्या मन्त्री, गण्डकी प्रदेश
अध्यक्ष: डा. मधुर्जी ढकाल, प्रदेश जनस्वास्थ्य केन्द्र प्रमुख, पोखरा
📚 बालबालिकालाई सहयोग:
कुष्ठरोग प्रभावित परिवारका १७ विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग प्रदान गरियो।
💬 मुख्य वक्ताहरू:
१. डा. अरुण बुढा ले हरियो खर्क अस्पताल ले कुष्ठरोग उपचार र पुनर्स्थापना सेवा कसरी प्रदान गर्दछ भनेर साझा गर्नु भयो ।
२. श्री तोरण बहादुर बानिया, पोखरा महानगरपालिका, वडा-१५ अध्यक्ष
३. श्री प्रेम बास्तोला, IDEA नेपाल गण्डकी प्रदेश अध्यक्ष
❤️ मन्त्रीको अवलोकन:
स्वास्थ्य मन्त्रीले ह्यान्सेन वार्डको अवलोकन गर्नुभयो, बिरामीहरूसँग कुराकानी गर्नुभयो र आइलिन एण्ड बेट्टी सेन्टर र आनन्द निवासमा उपचार गराइरहेका बिरामीहरूलाई लत्ता कपडा तथा फलफूल वितरण गर्नुभयो। उहाँले हरियो खर्क अस्पतालमा कुष्ठरोग कार्यक्रमहरूको लागि प्रदेश सरकारबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
कुष्ठरोग निको हुन्छ ! हामि सबै मिलि यो कलंक हटाऔं !
----------------------------------------------------
73rd World Leprosy Day
"Leprosy is curable, social stigma and discrimination are the main challenges." Gandaki Province celebrated World Leprosy Day with week-long awareness programs !
Today, Sunday, Magh 11, 2081 (January 25, 2026), we celebrated this important day with the following programs:
🚶 Massive Awareness Rally
Over 600 people participated in the rally from Pokhara Ward-15 Office to INF Nepal's Green Pastures Hospital! The rally included mothers' groups, students, Female Community Health Volunteers, and INF Nepal staff carrying awareness placards.
🎤 Distinguished Guests:
Chief Guest: Hon. Krishna Pathak, Minister of Health and Population, Gandaki Province
Chairperson: Dr. Madhurji Dhakal, Chief of Provincial Public Health Centre, Pokhara
📚 Supporting Our Children:
17 students from leprosy-affected families received educational materials support.
💬 Key Speakers:
1. Dr. Arun Budha shared how Green Pastures Hospital provides leprosy treatment and rehabilitation services
2. Mr. Toran Bahadur Baniya, Chairperson, Pokhara Metropolitan City Ward-15
3. Mr. Prem Banstola, President, IDEA Nepal Gandaki Province
❤️ Minister's Visit:
The Health Minister visited Hansen Ward, interacted with patients, and distributed clothes and fruits to patients receiving treatment at Eylen and Betty Center and Ananda Niwas. He committed to providing continuous support from the Provincial Government for leprosy programs at Green Pastures Hospital.
Leprosy is curable! Let's all unite to eliminate this stigma !