Brahma Kumaris Rajyoga Nepal

Brahma Kumaris Rajyoga Nepal This is the official page of Brahma Kumaris Nepal.Stay tuned for more spiritual inspiration.

पोखरा, नेपाल / १६ असार २०८२, सोमवारविश्व एकता र विश्वासको सन्देश फैलाउने उद्देश्यले आयोजित  #विश्व_एकता_र_विश्वासका_लागि...
30/06/2025

पोखरा, नेपाल / १६ असार २०८२, सोमवार
विश्व एकता र विश्वासको सन्देश फैलाउने उद्देश्यले आयोजित #विश्व_एकता_र_विश्वासका_लागि_राजयोग_मेडिटेसन (२०२५/२६)" को क्षेत्रीय शुभारम्भ समारोह आज मिति २०८२ असार १५ गते विशाल उपस्थिति सहित, उत्साहजनक एवं दिव्य वातावरणमा सम्पन्न भयो।
माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ब्रह्माकुमारी ई. वि. वि. नेपालकी केन्द्रीय सदस्य राजयोगिनी ब्र. कु. सावित्री दिदी ज्यूले स्वागत मन्तव्य दिनुभएको थियो। ब्र. कु. जेनिशा ग्रुपको भावनात्मक नृत्य प्रस्तुतिले सम्पूर्ण वातावरणलाई सांस्कृतिक ऊर्जा र सौन्दर्यले भरिदियो। कार्यक्रमको औपचारिक उद्घाटन दीप प्रज्वलनद्वारा सम्पन्न भयो।
कार्यक्रमको उद्देश्य ब्रह्माकुमारी महासचिव ब्र. कु. शैलेषराज बराल ज्यूले स्पष्ट रूपमा प्रस्तुत गर्नुभयो। साथै, प्रमुख अतिथि माननीय मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे ज्यू, माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक ज्यू , प्रमुख जिल्ला अधिकारी कास्की रुद्रा देवी शर्मा ज्यू, संस्थाको अन्तरार्ष्ट्रिय मुख्यालय माउन्ट आबुका आवास विभाग प्रमुख ब्र. कु. देव भाई ज्यू, ब्रह्माकुमारीज नेपालका केन्द्रीय उपाध्यक्ष ब्र. कु. दुर्गा दिदी ज्यू, लगायतले शुभकामना मन्तव्य प्रदान गर्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई ईश्वरीय उपहार वितरण गरिएको थियो र समापन मन्तव्य राजयोगिनी ब्र. कु. परणीता दिदी ज्यूले दिनुभयो।
यस कार्यक्रमले विश्व एकता, विश्वास, र आन्तरिक शान्तिको सन्देश फैलाउने उद्देश्यसहित एक सकारात्मक ऊर्जा प्रवाहित गर्‍यो। सबै महानुभावहरूको सहभागिता तथा प्रेममय उपस्थिति प्रति कृतज्ञता व्यक्त गर्दछौं।

30/06/2025

पोखरा नेपाल/१६ असार २०८२, सोमवार “विश्व एकता र विश्वासका लागि राजयोग मेडिटेसन – २०८२ (२०२५/२६)” को क्षेत्रीय शुभार.....

"विश्व ध्यान दिवस-२०८१ " भव्यताका साथ सु-सम्पन्न |
22/12/2024

"विश्व ध्यान दिवस-२०८१ " भव्यताका साथ सु-सम्पन्न |

ओम् शान्ति । २०८१ पौष ६, शनिबार गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय पोखराको विशेष आयोजना,...

Address

Pokhara
33700

Alerts

Be the first to know and let us send you an email when Brahma Kumaris Rajyoga Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Brahma Kumaris Rajyoga Nepal:

Share