ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal

  • Home
  • Nepal
  • Ranibirta
  • ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal

ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal 100 bedded Community Hospital located at Birtamode, Jhapa providing quality services within affordable price.

22/07/2025

एक जना ४४ वर्षीया महिलाको दुबै अण्डाशयमा एन्डोमेट्रियल सिस्ट भएको कारण अत्यधिक पीडा हुने समस्या देखिएको थियो। सो समस्या समाधान गर्न डा. एकराज गौतमले दुर्बिन प्रविधिबाट सफल शल्यक्रिया गर्नुभएको छ।

21/07/2025

भर्ना खुल्यो!
पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजका लागि
Diploma in Pharmacy
Diploma in General Medicine (HA)
PCL Nursing (Staff Nurse) मा भर्नाका लागि आवेदन खुल्यो
फारम भर्ने अन्तिम मिति यही साउन २५ गतेसम्म
आवेदन दस्तुर: रु. १००० मात्र
Online आवेदन फारम भर्ने ठेगाना
https://itms.ctevt.org.np:5580/entrance/
विस्तृत जानकारीका लागि सम्पर्क:
कलेजको सम्पर्क कार्यालय बिर्तामोड सिटी सेन्टर:
फोन नम्बर ०२३–५९१०५१
कलेज प्रशासन ०२३–५९१२३५
क्याम्पस प्रमुख ९८४२५३२२५३
परीक्षा शाखा ९८२४९०२६२० / ९७०९१७९६९१
Email: manmohan.purwanchalcollege@gmail.com
Website: psssl.edu.np
सीटहरू सीमित छन् – समयमा फारम बुझाएर आफ्नो स्थान सुरक्षित गर्नुहोस्!

Happy birthday 🎂🎈 Dr nirjala timsina
20/07/2025

Happy birthday 🎂🎈 Dr nirjala timsina

19/07/2025

अस्पतालको कवाडी सामग्री लिलाम सम्बन्धी सूचना

यही मिति २०८२/४/४ गते आइतबार दिउँसो १ बजे मनमोहन अस्पताल बिर्तामोडका फलाम, पित्तल, तामा, स्टील, ब्याट्रीलगायतका कवाडी सामग्रीहरू डाक बढाबढको प्रक्रियामा लिलाम बिक्री गर्नुपर्ने भएकाले इच्छुक क्रेताहरूलाई अस्पतालको डायलासिस भवनमा उपस्थित भइ सामाग्री हेरी दरभाउपत्र पेश गर्न सूचित गरिन्छ।

अस्पताल प्रशासन

19/07/2025

एक जना २८ वर्षीया महिलाको पेटमा बच्चा नबस्ने समस्या लिएर आज अस्पताल आउनु भएको थियो । डा. एकराज गौतमले हिस्टेरोस्कोपी (hysteroscopy) मार्फत जाँच गर्दा योनिमार्गदेखि पाठेघर भित्रसम्म ठूलो जाली पलाएको पाइएको थियो । डा. गौतमले उक्त जाली काटेर पाठेघरलाई बच्चा बस्न योग्य बनाउनु भएको छ ।

18/07/2025

एकजना बिरामीको किड्नीमा ढुंगा पलाएर पिसाबनलीको मुखमै बसेर पिसाब निस्किने बाटो बन्द भएपछि डा. सरोज कुमार यादवले दुर्बिन प्रविधिबाट ढुंगा निकालेर पिसाब बग्ने बाटो पुनः खोलिदिनु भयो र सफल अपरेशन सम्पन्न गर्नु भएको छ।

17/07/2025

एक जना बिरामीको नाकको हड्डी जन्मजातै बाङ्गिएको र नाक टेढो देखिने जसले गर्दा सास फेर्न बिरामीलाई निकै गाह्रो हुने समस्या रहेको थियो। उक्त समस्या समाधान गर्न डा. धिरज गिरीले ४ घण्टा लामो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्नुभयो।

15/07/2025
13/07/2025

सिद्धिथुम्का इलाम घर भएकी एकजना डेलिभरीकी बिरामीको मनमोहन अस्पतालमा सामान्य डेलिभरी भएको थियो। डेलिभरीपछि बच्चाले सास नलिएपछि डा. विकास शर्मा पौडेलले नवजात शिशुलाई एनआईसियूमा भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गर्नु भयो। सफल उपचारपछि शिशु पूर्ण रूपमा निको भइ आज १५ दिनपछि डिस्चार्ज गरिएको छ।

09/07/2025

मनमोहन मेमोरियल पूर्वाञ्चल कलेजको मातृ संस्था पूर्वाञ्चल स्वास्थ्य सहकारी संस्था लिमिटेडका संस्थापक कोषाध्यक्ष दिवंगत ज्ञानुराम प्रसाईंको चौथो स्मृति दिवसमा आज कलेज परिसरमा वृक्षरोपण सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष नरेश खरेलले उद्घाटन गरेको वृक्षरोपण कार्यक्रममा अध्यक्ष खरेल तथा संस्थाकी उपाध्यक्ष दिवंगत प्रसाईंकी अर्धाङ्गिनी तथा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले संयुक्त रुपमा वृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरे।

09/07/2025

मनमोहन मेमोरियल अस्पताल बिर्तामोडका संस्थापक कोषाध्यक्ष दिवंगत ज्ञानुराम प्रसाईंको चौथो स्मृति दिवसमा आज अस्पतालमा श्रद्धाञ्जली सभाको आयोजना गर्दै बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।

Address

Ranibirta

Alerts

Be the first to know and let us send you an email when ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to ManMohan Memorial Eastern Regional Community Hospital ,Birtamod,Jhapa,Nepal:

Share

Category