Health Service office Mugu-hospital

Health Service office Mugu-hospital Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Health Service office Mugu-hospital, Hospital, Rara.

१९ महिनासम्म दुर्गम मुगुमा आएर निस्वार्थ सेवा भावका साथ गरिब, दुःखी तथा विपन्न समुदायको स्वास्थ्य सुधारका लागि समर्पित र...
21/03/2026

१९ महिनासम्म दुर्गम मुगुमा आएर निस्वार्थ सेवा भावका साथ गरिब, दुःखी तथा विपन्न समुदायको स्वास्थ्य सुधारका लागि समर्पित रहनु भएकी डा. पूजा आचार्यज्यूलाई हार्दिक कृतज्ञता 🙏
LSCS सेवा, SNCU सुदृढीकरण, पोषण कार्यक्रम, अनुसन्धान तथा OCMC जस्ता महत्वपूर्ण क्षेत्रमा चिकित्साशाखा प्रमुखको रूपमा रहँदै यहाँको स्वास्थ्य सेवामा उहाँले पुर्‍याउनु भएको योगदान साँच्चै उदाहरणीय र उत्कृष्ट छ। उहाँको कार्यले मुगु जिल्ला अस्पतालको सेवा स्तरलाई नयाँ उचाइमा पुर्‍याएको छ।
अब उहाँ काठमाडौँस्थित कान्ति बाल अस्पतालमा सेवा दिने तथा त्यसपश्चात बालरोग (Pediatrics) विषयमा थप अध्ययनका लागि अगाडि बढ्नु हुने भएकोमा हार्दिक बधाई तथा सफलताको शुभकामना 🎉
तपाईंको समर्पण, नेतृत्व र माया हामी सधैं सम्झिरहनेछौं।
फेरि कुनै दिन भेट्ने आशासहित — We will always miss you! ❤️
— मुगु जिल्ला अस्पताल परिवार
Pooja Acharya
Nirmal Nagarkoti
Nahakul Shahi

विशेषज्ञ सेवा को लाभ उठाउन हुन अनुरोध।हरेक महिना जस्तै यसपालि पनि सञ्चालन हुन गइरहेको विशेषज्ञ सेवा अन्तर्गत  चैत्र महिन...
13/03/2026

विशेषज्ञ सेवा को लाभ उठाउन हुन अनुरोध।

हरेक महिना जस्तै यसपालि पनि सञ्चालन हुन गइरहेको विशेषज्ञ सेवा अन्तर्गत चैत्र महिनाको पहिलो आईतबार, १ गते (२०८२/१२/०१) , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य ओपिडी जाँचका लागि निम्न विशेषज्ञ चिकित्सकहरू आउनु हुने भएको छः

मनोचिकित्सक (Psychiatrist), हाडजोर्नी रोग विशेषज्ञ (Orthopedic Surgeon), रेडियोलोजिस्ट (Radiologist ) तथा नाक–कान–घाँटी रोग विशेषज्ञ (ENT Specialist) द्वारा विशेषज्ञ ओपीडी सेवा प्रदान गरिनेछ।

समयमै स्वास्थ्य संस्थामा उपस्थित भई विशेषज्ञ सेवाको अधिकतम लाभ उठाउन हुन सम्पूर्ण सेवाग्राहीहरूमा हार्दिक अनुरोध गर्दछौं।

Specialist doctors will be available for OPD consultation. Please visit on time to get the service.


#सेवा

भेन्टिलेटर सेवा प्रयोगमा भइरहेको जानकारी ।।।स्वास्थ्य सेवा कार्यालय, मुगुमा हाल बालबालिका तथा वयस्क दुवै बिरामीहरूका लाग...
12/03/2026

भेन्टिलेटर सेवा प्रयोगमा भइरहेको जानकारी ।।।

स्वास्थ्य सेवा कार्यालय, मुगुमा हाल बालबालिका तथा वयस्क दुवै बिरामीहरूका लागि भेन्टिलेटर सेवा प्रयोगमा भइरहेको जानकारी गराउन चाहन्छौं।

हालै ७७ वर्षीया एक ज्येष्ठ नागरिक आमामा गम्भीर सास फेर्न गाह्रो हुने समस्या र मुटुसँग सम्बन्धित जटिलता देखिएपछि भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ। उहाँको अवस्था निरन्तर निगरानीमा राखी आवश्यक उपचार प्रदान गरिँदैछ। यसअघि पनि समयभन्दा अगाडि जन्मिएको नवजात शिशुहरुमा देखिएको संक्रमणको सफल उपचार अस्पतालको NICU मा गरिएको थियो।

सीमित स्रोत साधनका बाबजुद पनि बिरामीहरूलाई सकेसम्म आफ्नै जिल्लामा गुणस्तरीय उपचार सेवा दिन हामी प्रतिबद्ध छौं। आगामी दिनहरूमा यस सेवाको दायरा अझ विस्तार गर्दै लैजाने हाम्रो अपेक्षा रहेको छ।

यस महत्वपूर्ण पहलका लागि कार्यालय प्रमुख/ बाल रोग विशेषज्ञ डा. निर्मल नागरकोटीज्यू तथा विशेषज्ञ एमडिजिपि (MDGPEM) डा. अभिषेक मिश्राज्यूलाई विशेष धन्यवाद व्यक्त गर्दछौं। साथै उपचार प्रक्रियामा निरन्तर सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण चिकित्सक टोलि , नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छौं।

— स्वास्थ्य सेवा कार्यालय, मुगु




स्वास्थ्य सेवा कार्यालय, मुगुको लागि गर्वको क्षण । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाद्वारा प्रकाशि...
09/03/2026

स्वास्थ्य सेवा कार्यालय, मुगुको लागि गर्वको क्षण ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार कल्याण महाशाखाद्वारा प्रकाशित “बाल स्वास्थ्य मञ्जरी – A Healthy Baby Initiative” (Issue VIII, आर्थिक वर्ष २०८२/८३, Year XI, December 2025) मा स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख तथा बालरोग विशेषज्ञ डा. निर्मल नगरकोटीको लेख प्रकाशित भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।

उहाँको लेख “Where Hope Breathes: A Pediatrician’s Calling in Mugu” शीर्षकमा प्रकाशित भएको छ। उक्त लेखमा दुर्गम जिल्ला मुगुमा बालस्वास्थ्य सेवा प्रदान गर्दा भोग्नुपरेका चुनौतीहरू, सीमित स्रोतसाधनका बीच सेवा प्रवाह गर्नुपर्ने वास्तविकता, तथा विपरीत परिस्थितिमा पनि आशा र प्रतिबद्धताका साथ सेवा दिँदै आएको अनुभवलाई भावनात्मक र यथार्थपरक रूपमा प्रस्तुत गरिएको छ। यस लेखमा मुगु जस्तो दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दा भोगिएका कठिनाइहरूसँगै हाम्रो स्वास्थ्यकर्मी टोलीले समन्वय र समर्पणका साथ व्यवस्थापन गरेका केही उल्लेखनीय बालस्वास्थ्य सम्बन्धी केसहरूलाई पनि विशेष रूपमा उजागर गरिएको छ। यसले सीमित स्रोतसाधनका बाबजुद पनि टोलीको समर्पण, सहकार्य र सेवाभावले कसरी बालबालिकाको जीवन बचाउन र आशा जगाउन सक्छ भन्ने सन्देश दिन्छ।

यस उपलब्धिले दुर्गम क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरूको मेहनत, प्रतिबद्धता र सेवाभावलाई राष्ट्रिय स्तरमा उजागर गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै, यस्तो प्रकाशनले ग्रामीण तथा दुर्गम क्षेत्रको स्वास्थ्य सेवाका वास्तविक अवस्था र सम्भावनालाई पनि सबैसमक्ष ल्याउन मद्दत गरेको छ।

यस महत्वपूर्ण उपलब्धिका लागि डा. निर्मल नगरकोटीज्यूलाई हार्दिक बधाई व्यक्त गर्दै, यस यात्रामा निरन्तर साथ, सहयोग र समर्पणका साथ कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी टोलीप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

स्वास्थ्य सेवा कार्यालय, मुगु आगामी दिनहरूमा पनि मुगु जिल्लाका बालबालिका तथा आम समुदायको स्वास्थ्य सुधारका लागि अझ समर्पित भई कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछ।

@ Nirmal Nagarkoti

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना आजको दिन नारीहरूको साहस, संघर्ष र योगदानलाई सम्मान गर्ने दिन हो। संसारका वि...
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना

आजको दिन नारीहरूको साहस, संघर्ष र योगदानलाई सम्मान गर्ने दिन हो। संसारका विभिन्न क्षेत्रमा महिलाहरूले नेतृत्व गर्दै समाज र राष्ट्रलाई अघि बढाइरहेका छन्। स्वास्थ्य सेवा, शिक्षा, विज्ञान, प्रशासनदेखि घरपरिवारसम्म—नारीको भूमिका अमूल्य छ।

हाम्रो अस्पतालमा पनि दिनरात सेवा गर्दै जीवन बचाउन समर्पित सम्पूर्ण महिला स्वास्थ्यकर्मीहरूप्रति हार्दिक सम्मान। नारी सशक्तिकरण र नेतृत्वको यो यात्रा निरन्तर अगाडि बढिरहोस्।

सबैलाई अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना।

स्वास्थ्य अपडेट  नखर्जी भाइरल seasonal फ्लु| डा. विकास धितालका अनुसार हिजोसम्म जम्मा १८० केस (३० नयाँ र अन्य फोलोअप) हेर...
02/03/2026

स्वास्थ्य अपडेट नखर्जी भाइरल seasonal फ्लु|
डा. विकास धितालका अनुसार हिजोसम्म जम्मा १८० केस (३० नयाँ र अन्य फोलोअप) हेरिएको छ। अधिकांश बिरामीहरूको अवस्था सुधारोन्मुख छ।
खत्याड गाउँपालिका स्वास्थ्य संयोजक वीरेन्द्र शाहीका अनुसार पनि अहिले अवस्था नियन्त्रणमा छ र औषधि उपलब्ध रहेको छ।
मुगु अस्पतालबाट खत्याड काज खटिनुभएका डा. विकास धितालसहित हाम्रो टोली आज खत्याड–जामेर क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ। बिरामीहरूको जाँच, उपचार र परामर्श कार्य निरन्तर जारी छ।
निर्वाचनका कारण केही चिकित्सकहरू निर्वाचन ड्युटीमा खटिए पनि मुगु अस्पताल आपतकालीन अवस्थाका लागि पूर्ण तयारीमा छ।
🚑 प्रदेश र केन्द्रीय समन्वय
प्रदेशबाट चिकित्सकसहित स्वास्थ्य टोली र औषधि खटिसकेको छ।
EDCD टोली पनि आवश्यक समन्वय गर्दै छिट्टै खटिने तयारीमा छ।
FETP team बाट पनि जाँच सुरु भइसकेको छ ।
🙏 समुदायलाई अनुरोध छ—सरसफाइ अपनाऔं, लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा सम्पर्क गरौं, र आधिकारिक सूचनामात्र विश्वास गरौं।
मुगु अस्पताल सधैं समुदायसँगै छ। सहकार्य र विश्वासका साथ हामी यो अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा राख्नेछौं। Arjun Bham Nirmal Nagarkoti Nahakul Shahi Gajendra Malla Pooja Acharya Rabin Khadka

खत्याड–नखार्जी, मुगुमा देखिएको इन्फ्लुएन्जा सम्बन्धी अद्यावधिक अवस्था विवरणखत्याड गाउँपालिका–नखार्जी क्षेत्रमा हालै देखि...
27/02/2026

खत्याड–नखार्जी, मुगुमा देखिएको इन्फ्लुएन्जा सम्बन्धी अद्यावधिक अवस्था विवरण

खत्याड गाउँपालिका–नखार्जी क्षेत्रमा हालै देखिएको इन्फ्लुएन्जा (Flu) जस्तै लक्षणहरूको अवस्थाबारे स्वास्थ्य सेवा कार्यालय, मुगु निरन्तर निगरानी तथा व्यवस्थापनमा सक्रिय रहेको जानकारी गराइन्छ।
जिल्ला अस्पतालबाट कामकाजमा प्राथमिक स्वास्थ्य केन्द्र, खत्याडमा कार्यरत डा. विकास धितालका अनुसार गत केही दिनमा करिब ३०० जना बिरामीको उपचार तथा निगरानी गरिएको छ, जसमध्ये करिब २५० जनामा फ्लु जस्तै लक्षणहरू देखिएका छन्।

हालसम्म:
❖ कुनै पनि बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था आएको छैन।
❖ कुनै मृत्युको घटना दर्ता भएको छैन।
❖ अधिकांश बिरामीहरूको अवस्था सामान्य तथा हल्का प्रकृतिको रहेको छ।
❖ आवश्यक परामर्श तथा औषधोपचार उपलब्ध गराइएको छ।

यस विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र अस्पताल प्रमुख डा निर्मल नगरकोटी बीच आज मिति २०८२/११/१५ गतेका दिन जुम बैठक सम्पन्न भएको जानकारी गराइन्छ। बैठकमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्का तथा खत्याड गाउँपालिकासँग समेत समन्वय र सहकार्य सुदृढ गरिएको छ।

खत्याड गाउँपालिकाबाट प्राप्त पछिल्लो जानकारी अनुसार हाल अवस्था नियन्त्रणमा रहेको छ।
स्वास्थ्य सेवा कार्यालय, मुगुले :
✔ आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा उपकरण आपूर्तिका लागि समन्वय गरिरहेको छ।
✔ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली क्षेत्रमै परिचालन गरिएको छ।
✔ अवस्थाको निरन्तर अनुगमन तथा प्रतिवेदन प्रणाली सक्रिय छ।

हामी सम्पूर्ण रूपमा तयार, सचेत र प्रतिबद्ध छौं।

समुदायलाई अनुरोध छ:
ज्वरो, खोकी, घाँटी दुख्ने, रुघाखोकी जस्ता लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
साबुनपानीले हात धुने, मास्क प्रयोग गर्ने र भीडभाडबाट जोगिने जस्ता सावधानी अपनाउनुहोस्।

यस कार्यमा सहयोग, समन्वय र समर्थन प्रदान गर्नु हुने सम्बन्धित सम्पूर्ण निकाय तथा जनसमुदायप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

– स्वास्थ्य सेवा कार्यालय, मुगु

मध्यरातको समर्पण – दुई जीवनको सुरक्षित आगमन मिति २०८२/११/१४ मध्यरातमा स्वास्थ्य सेवा कार्यलय मुगुमा  ४० हप्ता ४ दिनको G6...
26/02/2026

मध्यरातको समर्पण – दुई जीवनको सुरक्षित आगमन

मिति २०८२/११/१४ मध्यरातमा स्वास्थ्य सेवा कार्यलय मुगुमा ४० हप्ता ४ दिनको G6P3A2L3 जुम्ल्याहा गर्भवती आमामा सक्रिय प्रसवमा प्रगति नहुँदा तथा meconium stained liquor को अवस्था रहदा आकस्मिक शल्यक्रिया गरियो। परिस्थिति संवेदनशील थियो, तर हाम्रो टिम पूर्ण तयारीका साथ अगाडि बढ्यो।

अस्पतालका विशेषज्ञ MDGP डा. अभिषेक मिश्रको दृढ नेतृत्व, डा. अर्जुन भाम र डा. पूजा आचार्यको उत्साहपूर्ण सहभागिता, नर्सिङ टिम—रामदेवी केसी, सावित्री मल्ल तथा सपना न्यौपानेको समर्पण, एनेस्थेसिया टिम विकास न्यौपाने र सुरेश गजुरेल सर साथै सहयोगी कर्मचारीहरू सिद्धा बुढा र गगन बहादुर साहि लगायत सम्पूर्ण टिमको समन्वयले यो सम्भव भएको हो ।

परिणामस्वरूप आमा सुरक्षित तथा दुवै शिशु स्वस्थ अवस्थामा रहेको छन्। जब संसार निदाइरहेको थियो, हाम्रो टिम जीवनको पहरेदार बनेर उभिएको थियो।
यही नै हाम्रो सेवा, यही नै हाम्रो प्रतिबद्धता। सम्पुर्ण टिमलाइ धन्यवाद ।

- स्वास्थ्य सेवा कार्यालय , मुगु






@ Arjun Bham

सतर्कता सम्बन्धमा ।
25/02/2026

सतर्कता सम्बन्धमा ।

मिति २०८२/११/०८ गते स्वास्थ्य सेवा कार्यालय, मुगु मा १८ वर्षीया आमा ४३ हप्ताको अवधिको गर्भावस्थामा प्रसूति व्यथासहित भर्...
23/02/2026

मिति २०८२/११/०८ गते स्वास्थ्य सेवा कार्यालय, मुगु मा १८ वर्षीया आमा ४३ हप्ताको अवधिको गर्भावस्थामा प्रसूति व्यथासहित भर्ना हुनुभएको थियो। प्रसूति क्रममा जाँच गर्दा थिक मेकोनियम (Thick Meconium Stained Liquor) तथा भ्रूणको मुटुको धड्कनमा असामान्यता देखिएकाले भ्रूण संकट (Fetal Distress) को अवस्था पुष्टि भएको थियो।
परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै तत्कालै आकस्मिक सिजेरियन शल्यक्रिया गर्ने निर्णय गरियो।

MDGP डा. अभिषेक मिश्रको नेतृत्वमा र डा. दिपेन्द्र जंग शाही , अनेस्थेसिया तर्फ सुरेश गजुरेल र विकास न्यौपाने, नर्सिङ्ग सेवामा सपना र सावित्री मल्लको महत्वपूर्ण योगदानमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरियो।

जन्मपश्चात नवजात शिशुको अवस्था नाजुक रहेकाले तत्काल नवजात शिशु पुनर्जीवन (Resuscitation) आवश्यक परेको थियो। यस क्रममा बालरोग विशेषज्ञ तथा कार्यलय प्रमुख डा. निर्मल नगरकोटीद्वारा दक्षतापूर्वक पुनर्जीवन सेवा प्रदान गरिनुका साथै शिशुको अवस्था स्थिर बनाउन सफल भएको थियो ।

हाल आमा र शिशु दुवैको अवस्था सन्तोषजनक रहेको छ तथा निरन्तर चिकित्सकीय निगरानीमा आवश्यक उपचार प्रदान भइरहेको छ। यस जटिल तथा संवेदनशील अवस्थाको व्यवस्थापनमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीको उच्च व्यावसायिकता, समन्वय र समर्पणप्रति कार्यालय हार्दिक कृतज्ञता व्यक्त गर्दछ। हामी प्रत्येक आमा तथा नवजात शिशुको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी गुणस्तरीय तथा संवेदनशील सेवा प्रदान गर्न सदैव प्रतिबद्ध छौं।







Nirmal Nagarkoti

महत्वपूर्ण सूचना | कृपया भ्रममा नपर्नुहोस् केवल वडाध्यक्षको सिफारिसका आधारमा अस्पतालका सम्पूर्ण सेवा निःशुल्क हुँदैनन्। ...
17/02/2026

महत्वपूर्ण सूचना | कृपया भ्रममा नपर्नुहोस्

केवल वडाध्यक्षको सिफारिसका आधारमा अस्पतालका सम्पूर्ण सेवा निःशुल्क हुँदैनन्। कृपया गलत सूचना तथा अफवाहमा विश्वास नगर्नुहोस्।

नेपाल सरकारद्वारा तोकिएको लक्षित वर्ग (जस्तै: विपन्न, असहाय, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति आदि) का बिरामीहरूले आवश्यक कागजातसहित उपस्थित भएमा मात्र अस्पतालको सामाजिक सेवा इकाइ (Social Service Unit – SSU) मार्फत निःशुल्क वा सहुलियत सेवा उपलब्ध गराइनेछ।

सामाजिक सेवा इकाइको भूमिका:
सामाजिक सेवा इकाइले पेश गरिएका कागजातहरूको परीक्षण गरी, सरकारी मापदण्ड अनुसार योग्य बिरामीहरूलाई मात्र सिफारिस तथा स्वीकृति प्रदान गर्दछ। मापदण्ड नपुगेका अवस्थामा निःशुल्क सेवा उपलब्ध गराउन सकिने छैन।

आवश्यक कागजातहरू:
• सम्बन्धित परिचयपत्र
• विपन्नता प्रमाणित कागज (रेड कार्ड वा सम्बन्धित निकायको सिफारिस)
• अपाङ्गता/जेष्ठ नागरिक परिचयपत्र (लागू हुने अवस्थामा)
• अन्य आवश्यक सरकारी प्रमाणपत्र

हामी सबै बिरामीलाई समान, पारदर्शी र न्यायोचित सेवा प्रदान गर्न प्रतिबद्ध छौं।

स्वास्थ्य सेवा सबैको अधिकार हो तर निर्धारित प्रक्रिया पालना गर्नु सबैको जिम्मेवारी पनि हो।

धन्यवाद।
— स्वास्थ्य सेवा कार्यालय , मुगु

@ Nirmal Nagarkoti
@ Pooja Acharya
@ Nahakul Shahi

Address

Rara

Website

Alerts

Be the first to know and let us send you an email when Health Service office Mugu-hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category