30/05/2023
सूचना ! सूचना !! सूचना !!!
मिति:- २०८०|०२|१६ गते
विषय:- जो जस सँग सम्बन्धित छ ।
उपरोक्त सम्बन्धमा यस प्रा लि बाट बिभिन्न समयमा स्वास्थ्य सँग सम्बन्धित सामग्रीहरूको कारोबार गरी आर्थिक लेनदेन बाॅकि रहेका हाम्रा आदरणीय ग्राहक महानुभाव ज्यु हरूलाई मिति २०८०|०२|१७ गते देखी सात दिन भित्र मिती २०८०|०२|२३ गते सम्ममा सम्पर्कमा आएर बाॅकि रहेको आर्थिक कारोबार पुरा गरिदिन हुन विनम्र अनुरोध गर्दछौं ।
नोटः सो समय सम्म पनि सम्पर्कमा नआउनुहुने र बक्यौता रकम भुक्तानी नगर्नुहुने आदरणीय ग्राहक महानुभाव ज्युहरूको बारेमा सामाजिक सञ्जालमा नाम, ठेगाना, फोटोहरू (एकल वा परिवार सहितका), तीन पुस्ते विवरण, सम्पर्क नं, सामाजिक सञ्जालमा गरिएका कुराकानी ( च्याट), अडियो रेकर्ड, खातामा पैसा नभइ काटेका चेकहरू, लगायतका सामग्रीहरू क्रमबद्ध रूपले प्रकाशन गरिने कुरा लाई पनि विनम्रता पूर्वक अनुरोध गर्न चाहन्छौ। सो समयमा ती सामग्रीहरूको प्रकाशनले सम्बन्धित ग्राहक महानुभावमा पर्न सक्ने सामाजिक तथा मानसिक क्षति प्रती आजैको मितिमा क्षमा माग्दछौं।
अतः स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा अतुलनीय योगदान पुर्याउनु हुने सम्बन्धित बिद्वान ग्राहक महानुभावहरूले माथि उल्लेख गरे बमोजीमको चरणमा पुग्न यस प्रा लि लाई बाध्य पार्नुहुने छैन भन्ने पूर्ण बिश्वास लिएकाछौं।
लेखा शाखा सम्पर्क नं +९७७-९८४८१४७०९१
डि ए मेडिकेयर सोलुसन्स् प्रा लि, सल्यान ।
सबैको जय होस् ।
धन्यवाद ।।।