Dr KN Paudel

Dr KN Paudel Head, Dept.

of internal medicine , Province Hospital, Surkhet
Member, American College of Physicians
WSO Future Stroke Leader Scholar
Fellowship in Echocardiography, CIMS, Ahmedabad
Fellowship in UGI & LGI Endoscopy, Intern'l association for GI endoscopy

उच्च रक्तचाप सम्बन्घी छापिएको मेरो लेख ….
04/01/2026

उच्च रक्तचाप सम्बन्घी छापिएको मेरो लेख ….

तपाईंले आज खाने रक्तचापको औषधिले पाँच वा दश वर्ष पछिको समयमा पक्षाघात, हृदय रोग र अन्य जटिलताहरूबाट जोगिन मद्दत ग....

Internal Medicine विशेषज्ञका रूपमा आफ्ना अनुभव राख्न र Internal Medicineका भर्खरै प्रवेश गरेका नयॅा  विशेषज्ञहरूका लागि ...
14/12/2025

Internal Medicine विशेषज्ञका रूपमा आफ्ना अनुभव राख्न र Internal Medicineका भर्खरै प्रवेश गरेका नयॅा विशेषज्ञहरूका लागि महत्वपूर्ण सुझावहरू दिन पाउँदा खुसी र गर्व लाग्यो।
SIMONCON मा नेपाल भरीबाट आउनुभएका वरिष्ठ चिकित्सकहरूसँग एउटै platform मा आफ्ना धारणाहरू राख्ने मौका दिनुभएकोमा Society of Internal Medicine of Nepal लाई धन्यवाद दिन चाहन्छु।

काठमाडौँमा आयोजित STROKE RESEARCH कार्यशालामा सहभागी भई अनुसन्धानका विभिन्न पक्षहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार...
07/12/2025

काठमाडौँमा आयोजित STROKE RESEARCH कार्यशालामा सहभागी भई अनुसन्धानका विभिन्न पक्षहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य तथा नयाँ दृष्टिकोणहरू बुझ्न पाएकोमा खुसी छु। साथै stroke research - ideas र impacts बारे प्रस्तुती गर्न पाउँदा गर्व महसुस भयो।
Thanks to Nepal Stroke Association and Nepal Stroke Project for this wonderful opportunity and exchange of scientific ideas !!

कर्णाली प्रदेश कै ११ वटा निजी र सार्वजनिक अस्पतालका ६८ जना स्वास्थयकर्मीहरु सहभागी भएर राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञहर...
16/11/2025

कर्णाली प्रदेश कै ११ वटा निजी र सार्वजनिक अस्पतालका ६८ जना स्वास्थयकर्मीहरु सहभागी भएर राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञहरुबाट पक्षघातको उपचार सम्बन्धी तालीम वीरेन्द्रनगरमै सफलतापूर्वक सम्पन्न भयो ।
यसको संयोजक हुन पाउदा मेरो विशेष धन्यवाद आयोजक Nepal Stroke Assocaiton र Nepal Stroke Project र यसका नेतृत्व मा रहनु भएका डा. लेखजंग थापा र डा. राजु पौडेललाई जान्छ जसले आफ्नो सम्पूर्ण समय कार्यक्रमलाइ दिनुभयो । कर्णालीका अग्रज चिकित्सक डा. डम्बर खड्का, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापा , र नेपालगंज बाट हाम्रो निम्तो स्वीकारेर आउनुभएका वरिष्ठ रेडियोलोजिस्ट डा. प्रसन्न राज घिमिरेलाई पनि मुरी मुरी धन्यवाद !!
कर्णाली प्रदेशमा पक्षघातको उपचारका लागि गुणस्तर को साथ-साथै नेतृत्व गर्न सक्ने जुझारु स्वास्थयकर्मीहरु बनाउन यो कार्यक्रमले पक्कै मद्दत पुर्याउनेछ ।

नेपाल र विशेषत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै स्ट्रोक उपचार र रोकथामाको क्षेत्रमा गरेका साना–ठूला उपलब्धि/योजनाहरू ...
01/10/2025

नेपाल र विशेषत कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै स्ट्रोक उपचार र रोकथामाको क्षेत्रमा गरेका साना–ठूला उपलब्धि/योजनाहरू GERMANY स्थित अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्न पाउदा गर्वको अनुभव गरेको छु ।
बडादशैं जस्तो पावन अवसरमा परिवारबाट टाढा रहनु परेको भएता पनि HEIDELBERG UNIVSERSITY को उत्क्रिष्ट ज्ञान र सीपको अनुभव आदान प्रदानले यो क्षणलाई अर्थपूर्ण बनाइदिएको छ।
Heartfelt thanks and HAPPY BIJAYA DASHMI to all, specially beautiful people of Karnali, Nepal Stroke Project and Hedielberg University, Germany for inspiring me always !!!!

WHO ले गरेको कालाजर (KALA-AZAR) सम्बन्धी अर्थपूर्ण कार्यमा नेपाल र कर्णालीको प्रतिनिधित्व गर्न पाएकोमा र यस यात्रामार्फत...
04/09/2025

WHO ले गरेको कालाजर (KALA-AZAR) सम्बन्धी अर्थपूर्ण कार्यमा नेपाल र कर्णालीको प्रतिनिधित्व गर्न पाएकोमा र यस यात्रामार्फत पेपर प्रकाशित गर्ने अवसर पाउँदा अपार गर्व र कृतज्ञताले भरिएको छु।

कर्णालीको आवाज अन्तराष्ट्रिय सम्मेलनमा गुञ्जियो। हाम्रो पक्षघात सम्बन्धी कामलाई Himalayan International Stroke summit (H...
19/08/2025

कर्णालीको आवाज अन्तराष्ट्रिय सम्मेलनमा गुञ्जियो।
हाम्रो पक्षघात सम्बन्धी कामलाई Himalayan International Stroke summit (HISS) सम्मेलनमा दोस्रो उत्कृष्ट मौखिक प्रस्तुति पुरस्कार र स्वास्थय मन्त्रीज्यूबाट सम्मान प्राप्त भयो।
यो तपाईँ हामी सबैको लागि हो 🙏

स्ट्रोक चिन्ने: अनुहार बांगिनु, हात/खुट्टा नचल्नु, बोली बिग्रिनु।
यस्तो लक्षण भएमा तुरुन्त अस्पताल पुग्नुहोस्।

कर्णाली प्रदेश स्थित विरेन्द्रनगरमा पक्षघातको जनचेतनामा पहल सुरु हुँदै!आज नगर प्रमुख मोहन माया ढकालज्यू सँगको सफल छलफलपछ...
14/08/2025

कर्णाली प्रदेश स्थित विरेन्द्रनगरमा पक्षघातको जनचेतनामा पहल सुरु हुँदै!

आज नगर प्रमुख मोहन माया ढकालज्यू सँगको सफल छलफलपछि SPACE परियोजना अब विरेन्द्रनगर नगर अस्पतालमा कार्यान्वयनमा छिट्टै ल्याउने तयारी हुदैंछ। SPACE परियोजना जोखिम समूहका बिरामीहरूका लागि भिडियो-आधारित सामुदायिक जनचेतनामूलक कार्यक्रम हो, जसले पक्षघात (स्ट्रोक) को सचेतना र रोकथाममा कर्णाली प्रदेशमा ठूलो योगदान पुर्‍याउनेछ।

यो अन्त्तराष्ट्रिय परियोजना नेपाल र ब्राजिलसँगै एकैसाथ सञ्चालन हुनेछ र यसलाई नेतृत्व गर्न पाउँदा हामी गर्वित छौं। 🙌🇳🇵🤝🇧🇷

कर्णाली प्रदेशमा पहिलो पटक स्थापना तथा व्यवस्थापन हुन लागेको एमडीआर-टिबी (बहु-औषधि प्रतिरोधी क्षयरोग) होस्टेलका लागि मार...
07/07/2025

कर्णाली प्रदेशमा पहिलो पटक स्थापना तथा व्यवस्थापन हुन लागेको एमडीआर-टिबी (बहु-औषधि प्रतिरोधी क्षयरोग) होस्टेलका लागि मार्गनिर्देशन प्रतिवेदन तयार पार्ने समितिको नेतृत्व गर्नु मेरो लागि एक अत्यन्तै महत्वपूर्ण अवसर रह्यो। उक्त प्रतिवेदन औपचारिक रूपमा प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. केशर ब. ढकाल लाई हस्तान्तरण गरियो - सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश ; स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेश ; प्रदेश स्वास्थ्य आपूर्ति व्यव्स्थापन कार्यालयका निर्देशक डा. शक्ति सुवेदी ; तथा प्रदेश अस्पताल सुर्खेतका प्रतिनिधिहरूको उपस्थितिमा। साथै सहयोग गर्न मूख्य भुमिका निभाउने महेन्द्र भाईलाई धन्यवाद ।

सबै सरोकारवालासँगको सहकार्यले एमडीआर-टिबी रोगीहरूका लागि सुरक्षित, प्रभावकारी र व्यवस्थित आवास सुनिश्चित गर्न र आवश्यक संरचित ढाँचा व्यवस्थापनको रणनिती तयार गर्न सम्भव भएको छ। आसा गरौं, यो प्रतिवेदन चाँडै कार्यान्वयन हुनेछ र कर्णाली प्रदेशमा एमडीआर-टिबी बिरामीहरूको उपचार तथा सेवामा महत्वपूर्ण उपलब्धि हुनेछ।

चियाको कप, छोराको मुस्कान र सकारात्मक सोच — स्वास्थ्यका यी सरल सूत्रहरू अपनाऔं। शारीरिक मात्र होइन, मानसिक स्वास्थ्य पनि...
27/06/2025

चियाको कप, छोराको मुस्कान र सकारात्मक सोच — स्वास्थ्यका यी सरल सूत्रहरू अपनाऔं। शारीरिक मात्र होइन, मानसिक स्वास्थ्य पनि उत्तिकै जरुरी छ।
Weekend fun with family !!

स्वास्थ्य तथा सामाजिक सेवाको क्षेत्रमा दिएको योगदानलाई कदर गर्दै Lions International District 325 N, Nepal बाट सम्मान पत...
21/06/2025

स्वास्थ्य तथा सामाजिक सेवाको क्षेत्रमा दिएको योगदानलाई कदर गर्दै Lions International District 325 N, Nepal बाट सम्मान पत्र प्राप्त गर्न पाउँदा अत्यन्तै खुशी र गौरव महसुस गरिरहेको छु।

यस सम्मानका लागि आयोजक संस्था, कार्यक्रमका सम्पूर्ण टिम तथा सम्माननीय व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

यो सम्मानले भविष्यमा अझ जिम्मेवार र समर्पित भएर समाजको सेवामा लाग्न हौसला प्रदान गरेको छ।

पक्षघात अर्थात् PARALYSIS अथवा STROKE - यसको उपचारमा कर्णाली प्रदेश को प्रगति र परिकल्पनालाई प्रस्तुतिकरण गर्ने मौका दिन...
24/04/2025

पक्षघात अर्थात् PARALYSIS अथवा STROKE - यसको उपचारमा कर्णाली प्रदेश को प्रगति र परिकल्पनालाई प्रस्तुतिकरण गर्ने मौका दिनुभएकोमा सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारी र सचिव अर्जुन गौतम ज्यूलाई धन्यवाद दिन चाहान्छु । कर्णाली प्रदेशमा पक्षघात उपचार केन्द्र सञ्चालनका लागि सम्भावना र अवसरका बारेमा, मन्त्रालय अन्तर्गत आवश्यक महाशाखाका जिम्मेवार व्यक्तिहरू, र प्रदेश अस्पतालको निर्देशक लगायतको TEAM बीच प्रस्तुती भयो।
प्रदेश सरकारको सहयोग गर्ने प्रतिबद्दताको लागि म लगायत प्रदेश अस्पतालको TEAM आभारी छ !

Address

Yerichowk
Surkhet
21700

Opening Hours

Monday 08:00 - 09:45
15:00 - 19:00
Tuesday 08:00 - 09:45
15:00 - 19:00
Wednesday 08:00 - 09:45
15:00 - 19:00
Thursday 08:00 - 09:45
15:00 - 19:00
Friday 08:00 - 09:45
15:00 - 19:00
Saturday 08:00 - 10:00
15:00 - 19:00
Sunday 08:00 - 09:45
15:00 - 19:00

Telephone

+97783525417

Alerts

Be the first to know and let us send you an email when Dr KN Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr KN Paudel:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram