13/04/2026
सदाबाहर शुभकामना!
गङ्गा जमुना सरस्वती,
शील समाधि ज्ञान।
मंगल मैत्री करुणाले,
भरियोस तन मन प्राण।।
--------------------
*शील:*
*१ प्राणातिपाता वेरमणी:*
कुनै पनि प्राणीको हत्या नगर्नु।
*२ अदिन्नादाना वेरमणी:*
नदिएको वस्तु नलिनु (चोरी नगर्नु)
*३ कामेसु मिच्छाचार वेरमणी:*
यौन दुर्व्यवहार नगर्नु (अनैतिक यौन आचरणबाट टाढा रहनु)
*४.मुसावादा वेरमणी:*
झूटो नबोल्नु।
*५. सुरामेरय-मज्ज पमादट्ठाना वेरमणी:*
मदिरा तथा नशालु पदार्थ सेवन नगर्नु।
*पञ्चशील:* सदाचारी र नैतिक जीवनको आधार (Foundation of moral life) हो।यसले मनलाई शुद्ध बनाउँछ र निर्वाण पथ
(शील,समाधि र प्रज्ञा) को मार्गमा अघि बढ्न सहयोग गर्छ।
--------------------
*समाधि:*
आर्य अष्टाङ्गिक मार्गको अन्तिम अङ्ग सम्यक समाधि अर्थात् सही तरिकाले प्राप्त गरिएको शुद्ध एकाग्रता हो जहाँ मन पूर्ण रूपमा एक बिन्दुमा स्थिर हुन्छ
*किन “सम्यक”?*
एकाग्रता साधारण खेल, काममा आदिमा पनि हुन्छ, तर सम्यक समाधि भनेको:
१.नैतिक आधार (शील) मा आधारित हुन्छ
२.सही दृष्टि (सम्यक दृष्टि) सँग जोडिएको हुन्छ
३.मुक्ति (निर्वाण) तर्फ लैजाने हुन्छ
*अभ्यास कसरी गर्ने?*
आनापान ध्यानबाट
----------------------
*प्रज्ञा:*
वस्तुको वास्तविक स्वरूप बुझ्ने शक्ति, जीवनको सत्य (दुःख, अनित्य, अनात्म) लाई प्रत्यक्ष जान्ने ज्ञान जस्तै:
१.अनिच्च (अनित्य): सबै कुरा परिवर्तनशील छन
२.दुःख: आसक्ति हुँदा दुःख हुन्छ
३.अनत्ता: अनात्मा अर्थात् स्थायी आत्मा छैन
*प्रज्ञाका ३ प्रकार:*
1.श्रुतमयी प्रज्ञा: सुनेर/पढेर/आँखाले देखेर प्राप्त ज्ञान
2.चिन्तामयी प्रज्ञा: सोच-विचार गरेर बुझिएको ज्ञान
3.भावनामयी प्रज्ञा: विपश्यना ध्यानबाट प्रत्यक्ष अनुभवमा आएको सच्चा प्रज्ञा (सबैभन्दा उच्च) जसले बिमुक्ति प्रदान गर्दछ
*प्रज्ञाको महत्व:*
१.प्रज्ञा बिना मुक्ति सम्भव छैन
२.यसले अज्ञान (अविद्या) नष्ट गर्छ
३.निर्वाण प्राप्तिको मुख्य उपाय यही हो
----------------
*भवतु सब्ब मंगलम्!*