Yoga, Meditation, Bhakti, Delicious Veg meals, Peaceful natural atmosphere. Nearest to Chitwan National Park. Short walk to Rapti river, Chitwan.
17/11/2025
ओशो आश्रम सौराहाका आगामी शिविर:
------------
०६-१३ मङ्सिर:
७ रात/८ दिन
प्रारम्भिक विपश्यना ध्यान (जीवन जागृति अध्ययन एबम् साधना) शिविर - स्वामी मैत्रेयजी र सहयोगीहरुको साथमा।
अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा भोलि शनिबार कार्तिक २९ गतेको जीवन जागृति सत्संगमा स्वागत छ। समय १:५५ बजे। सम्पर्क: 9841312645 9843383537
05/11/2025
*मंगल कामना पावन आनापानसति दिवशमा*
भगवान गौतम बुद्धले मानव जातिलाई आज कार्तिक पूर्णिमाको पावन दिनमा आनापानसति सूत्र / ध्यान विधि प्रदान गर्नु भएको हो। यो विधिलाई मानव जातिको इतिहासमा सर्वाधिक बुद्ध पैदा गर्ने श्रेय छ।
यो विधिको आलम्बन् गरेर आफ्नो जीवन लाई परम मंगल तिर लग्ने प्रेरणा सबैलाई मिलोस। सबैको मंगल होस।
--------
*आनापानसति*
*विधि एक, फाइदा अनेक*
आनापानसति सम्यक सम्बुद्ध भगवान गौतम बुद्धद्वारा स्वयंको सम्बोधि यात्राकोलागि प्रयोग गर्नुभएको र आफ्ना उपासक, उपासिका, भिक्षु, भिक्षुणीलाई चित्तशोधन गर्दै निर्वाण सत्य (दुःख मुक्ति) सम्म पुग्नकालागि सुझाउनु भएको एक सरल, वैज्ञानिक र क्रान्तिकारी विधि हो । आनापानसति सूत्र र सतिपठ्ठान सूत्रमा भगवानले यसको उल्लेख गर्नु भएको छ र सद्गुरू ओशोले पनि यसको उल्लेख र प्रयोग गराउनु भएको छ ।
आनापानको अर्थ हो भित्र आउने (आन) र बाहिर जाने (अपान) सासप्रति होेशपूर्ण हुनु ।
*आनापानसतिका फाईदाहरूः*
१. शारीरिक स्वास्थ्य, मानसिक शान्ति र दीर्घायु लाभ।
२. निराशा, हताशा, चिन्ता, डर, अनिन्द्रा, क्रोध, वासना आदि व्याधीहरूको व्यवस्थापन ।
३. पढाई तथा आफ्नो कार्यक्षेत्र (पेशा) मा लगनशीलता र अधिक सफलता ।
४. सुन्ने, देख्ने, स्वाद, गन्ध र स्पर्सको क्षमता र संवेदनशीलतामा अभिवृद्धि ।
५. मनमा निरन्तर चल्ने राग, द्वेष, लोभ, मोह, ईष्र्या, आदि नकारात्मक खुराफातिलाई टाढैबाट साक्षी भावले हेर्न सक्ने बोधिचित्तको विकास ।
६. साधकलाई शिल, समाधि र प्रज्ञाको मार्गबाट विपश्यना गर्दै सम्यक समाधि र निर्वाण सत्यसम्म पुग्नका लागि बलियो जग प्रदान ।
७. निरन्तर अतित र अनागत (भविष्य) मा डुली रहने चञ्चल चित्त वर्तमानमा रम्न सुरु गर्ने र फलस्वरूप स्वस्थ र मस्त जीवन चर्या प्राप्त हुने ।
८. ठीकसँग गरिएको/गराइएको आनापानसतिले विपश्यना साधनाका चारै अंग कायानुपश्यना, बेदनानुपश्यना, चित्तानुपश्यना र धम्मानुपश्यनाको पनि स्वतः साधना हुने हुनाले निष्ठावान साधक अनित्य सत्य, दुःख सत्य र अनात्म सत्यको बोध गर्दै सहजै श्रोतापन्न, सग्गदागामी, अनागामी र अरहत अवस्थातिर अग्रगामी बन्ने ।
९. अन्य अनेकौं अनमोल फाईदाहरू प्राप्त हुने ।
*आनापानसति साधनाको प्रारभ्भ कसरी गर्ने ?*
१. पलेटि मारेर सुखपूर्वक बस्ने ।
२. कम्मर, ढाड र गर्धन यथासम्भव सिधा राख्ने ।
३. हलुकासँग दुबै आँखा बन्द गर्ने ।
४. आफ्नो मनलाई नासिका प्रवेशद्वारमा निरन्तर लगाई रहने र श्वासको आगमन प्रति होशपूर्ण र संवेदनशिल बनीरहने ।
५. यथासम्भव श्वासले नासिका र नासिका नलीमा छोएको थाहा पाउने ।
६. अभ्यास जारी राख्ने ।
७. अभ्यासलाई जारी राखी रहँदा पटक–पटक मन बाहिर भाग्न सक्छ । भागेको मनलाई फेरी–फेरी फर्काएर नासिकामा ल्याउने ।
*आनापानसति कति समयका लागि र कतिबेला गर्ने ?*
१. सुरुमा १०/१५ मिनेटबाट सुरु गर्ने र विस्तारै ४५ मिनेट वा सो भन्दा बढि पटक–पटक अभ्यास गर्ने ।
२. आनापानसति फुर्सदको कुनै पनि समयमा गर्न सकिन्छ तर लामो समयसम्म (४५ मिनेट वा सो भन्दा बढी) गर्ने अभ्यासका लागि भोजन गरेको २/३ घण्टा पछि गरेमा बढी लाभ प्राप्त हुने ।
३. बसमा वा हवाई जहाजमा यात्रा गर्दा जती समय वा पटक अभ्यास गर्न सकिन्छ गर्ने ।
४. परिवारजन वा २/४ जना अन्य व्यक्तिसँग समुहमा बसेर अभ्यास गर्दा धेरै गुणा फाईदा मिल्ने ।
५. सामान्य हिंड–डुल गर्दा, काम गर्दा, ट्राफिक लाइट पर्खंदा, खाली बसि रहँदा, फोन उठाउँदा वा बन्द गर्दा कुनै पनि समयमा पटक पटक श्वासको ख्याल गर्दा झन् बढी फाइदा हुने ।
*विशेष सुझावः*
सम्भव भएमा ओशो ध्यान विधिहरू जस्तै सक्रिय ध्यान, नो–माइन्ड (उन्मन्) ध्यान, मिस्टिक रोज ध्यान, कीर्तन ध्यान आदिको अभ्यास पनि साथ साथै गर्नाले आनापानसति ध्यानको अभ्यासलाई सहज बनाई दिन्छ । यी ध्यानविधि गर्ने सुविधा नभएमा पनि सिधै आनापानसति गर्न सकिन्छ ।
*अभ्यासको समापन कसरी गर्ने ?:*
फुर्सदमा बसेर गरेको प्रत्येक अभ्यासको अन्त्यमा ५/१० मिनेट कीर्तन संगीतमा उत्सव र त्यस पछि शरीरको विश्रामपूर्ण अवस्थामा भवतु सब्ब मंगलम् (सबैको मंगल होस) भाव गर्ने र बसेरै २/४ मिनेट सबैलाई र सबैतिर याद गर्दै आफ्नो तर्फबाट मंगल मैत्री र आफूले गरेको अभ्यासबाट प्राप्त पुण्य अरूलाई पनि मिलोस भनेर भाव वितरण गर्ने ।
*नमो बुद्धाय !*
*जय ओशो ।*
ओशो धारा मैत्री संघ
ओशो आश्रम सौराहा
चितवन
15/10/2025
सप्ताह व्यापी शिविरको आज चौथो दिन। पूर्व मेची देखि पश्चिम महाकाली सम्मका ५३ जना भाग्यमानीहरु ध्यान र ज्ञानमा डुबी रहनु भएको छ।
आगामी शिविर सप्ताह शनिबार, कार्तिक १५ गते अपरान्हबाट।
बुकिङ सम्पर्क :
9841906995
9841522443
9851074126
सबैको मंगल होस।
14/10/2025
✅ प्रारम्भिक विपश्यना - सम्यक समाधि शिविर
७ रात/८ दिन (15 देखि 22 कार्तिक | 1–8 November 2025)
👉 नयाँ/पुराना सबैका लागि
आश्रम प्रवेश: कार्तिक 15 गते अपरान्ह 3:30 बजे
समापन: कार्तिक 22 गते बिहान 7 बजे
स्थान:
जीवन जागृति अध्ययन तथा साधना केन्द्र
ओशो आश्रम सौराहा, चितवन
✅ सम्यक समाधि अभ्यास शिविर
६ रात/७ दिन (असोज १८–२४ | 4–10 October 2025)
👉 दस दिवसीय वा प्रारम्भिक विपश्यना शिविर गरी सक्नु भएका पुराना साधकका लागिमात्र
आश्रम प्रवेश: असोज १८ गते अपरान्ह ३:३० बजेभित्र
समापन: असोज 24 गते बिहान ७ बजे
✅ प्रारम्भिक विपश्यना शिविर
७ रात/८ दिन (असोज २५–कार्तिक 1 | 11–18 October 2025)
👉 नयाँ/पुराना सबैका लागि
आश्रम प्रवेश: असोज २५ गते अपरान्ह ३:३० बजे
समापन: कार्तिक 1 गते बिहान ७ बजे
स्थान:
जीवन जागृति अध्ययन तथा साधना केन्द्र
ओशो आश्रम सौराहा, चितवन
Be the first to know and let us send you an email when Osho Ashram Sauraha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.
Osho Life Awakening Center (ओशो जीवन जागृति केन्द्र)
Hello everyone. Namaste.
We would like to welcome all of you to the official page of Osho Life Awakening Center (ओशो जीवन जागृति केन्द्र). We are a spiritual non-profit organization committed to expand the teachings and the myriad spiritual resources given by Osho through regular life transforming workshops and events.
This official page is mainly going to serve two purposes. It is going to tell you about the recent activities and the coming events associated with our centers. It is going to inform you about the upcoming dates of our programs so that you can plan ahead in time if you wish to visit our centers. It will also help to facilitate you regarding your queries about our activities. This is the first purpose of this page.
Another important function of this page is to present the spiritual work of Osho through readable contents. The essence of his teaching lies in this beautiful expression called ‘loving awareness’ and we hope that the resources that we are going to share with you will nurture the growth of love and awareness inside you. While reading, do remember to imbibe and absorb the silence that is carried by his words. May his words find a way inside your heart to plant the seeds of love and awareness. May those seeds blossom inside you into a lotus of Buddhahood. We are going to post similar contents in a specific topic for a week or so before moving on to the next one.
Feel free to contact us if you want any information about our activities.