12/03/2016
आत्महत्या गर्ने मुलुकको सूचीमा नेपाल आठौं
विश्वमा हरेक ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्ने गरेका छन् । नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा छ ।
संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार हरेक वर्ष ८ लाखले आत्महत्या गर्छन् । भारतमा मात्रै एकै वर्ष २ लाख ५८ हजार ५७ जनाले आत्महत्या गरे । नेपालमा एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् ।
यसरी आत्महत्या गर्नेमा महिलाहरु भन्दा पुरुष बढी छन् । नेपालमा पनि आत्महत्या गर्नेमा महिला भन्दा पुरुषहरु नै बढी छन् । ७० वर्ष कटेकाहरुमा बढी यो समस्या देखिएको छ ।
विश्वमा आत्महत्या सम्बन्धी उदेकलाग्दा तथ्यहरु भेटिएका छन् । स्वीटजरल्याण्डमा आत्महत्यामा सहयोग गर्ने र आत्महत्या गर्न पाउनुपर्ने (राइट टु डाइ)को वकालत गर्ने संस्थासमेत छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा आत्महत्याका कारण मर्ने मानिसको संख्या द्वन्द्व र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउनेको संख्याभन्दा बढी छ ।
विश्वमा हरेक वर्ष अकालमा ज्यान गुमाउने १५ लाख मानिसमध्ये आधाजसोले आत्महत्या गर्ने गरेको संगठनले जनाएको छ ।
विश्वमा हुने आत्महत्या सम्बन्धी पहिलो विस्तृत अध्यनन प्रतिवेदन तयार पारेको विश्व स्वास्थ्य संगठनले जेनेभामा एक कार्यक्रमबीच उक्त प्रतिवेदन सार्वजनिक गरेको छ । पछिल्लो एक दशकमा विश्वका १ सय ७२ देशको आत्महत्याको तथ्याङ्क विश्लेषण गरी यो प्रतिवेदन तयार गरिएको हो ।
SUICIDE-REPORT-OF-WHOप्रतिवेदन अनुसार सन् २०१२ मा विश्वमा ८ लाख ४ हजार जनाले ज्यान गुमाए । यो आधारमा विश्वमा आत्महत्याको दर ११.४ प्रतिलाख रहेको छ । अर्थात् हरेक एक लाख जनामा ११.४ जनाले आत्महत्या गर्छन् ।
आत्महत्याको दर महिलामा भन्दा पुरुषमा दोब्बर देखिएको छ । पुरुषमा आत्महत्याको दर प्रतिलाखमा १५ जना छ भने महिलामा हरेक एक लाखमा ८ जनाले आत्महत्या गर्ने गरेका छन् ।
कतिपय धनी देशमा भने पुरुषहरुमा आत्महत्याको दर महिलामा भन्दा तेब्बर बढी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सन् २०२० सम्ममा हरेक मूलुकमा आत्महत्याको दर १० प्रतिशतले घटाउने लक्ष्य प्रस्तुत गर्दै संगठनले विभिन्नखाले जटिल तत्वहरुका कारण आत्महत्या एक मुख्य तथा रोक्न सकिने स्वास्थ्य समस्या भएपनि सम्बन्धित निकायले सम्बोधन गर्न नसकेको जनाएको छ ।
समग्रमा धनी देशहरुमा आत्महत्याको दर गरीब देशमा भन्दाबढी रहेको तथ्यांकले देखाएको छ । गरीब देशमा आत्महत्याको दर प्रतिलाखमा ११.२ छ भने धनी देशमा प्रतिलाखमा १२.७ छ ।
बढी आत्महत्या हुने देशहरु
विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुएना हो, जहाँ हरेक १ लाखमा ४४.२ को दरले आत्महत्या गर्छन् । दोस्रोमा प्रतिलाख ३८.५ सहित उत्तर कोरिया छ । तेस्रोमा दक्षिण कोरिया (२८.९) श्रीलंका (२८.८) सहित चौथो र पाँचांै स्थानमा लिथुआनिया (२८.२) छन् ।
त्यस्तै छैटौँ स्थानमा सुरिनेम (२७.८) र सातौँ स्थानमा मोजाम्बिक (२७.७ ) रहेका छन् । नेपाल र तान्जानिया दुबै संयुक्त रुपमा बढी आत्महत्या हुने मुलुकको सूचिमा आठौँ स्थानमा रहेको प्रतिवेदनमा देखाइएको छ ।
बढी आत्महत्या गर्ने दसौँ स्थानमा बुरुण्डी रहेको छ । जसको आत्महत्या दर २३.१ छ ।
नेपालको अवस्था के छ ?
आठौं स्थानमा रहेको नेपालमा प्रतिएकलाख मानिसमा आत्महत्याको दर २४.९ छ । अर्थात् हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार सन् २०१२ मा नेपालमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन् । त्यसमध्ये महिलाको संख्या २४ सय ६८ र पुरुषको संख्या ३१ सय ४ रहेको छ ।
आत्महत्याको दर ७० वर्षभन्दा बढी उमेरका मानिसमा धेरै छ । सो उमेर समूहकाप्रति लाख जनामा आत्महत्याको दर ८२.२ रहेको छ । सबैभन्दा कम ५ देखि १४ वर्ष उमेर समूहमा प्रतिलाखमा दुई जना रहेको छ ।
नेपालमा सन् २००० देखि २०१२ सम्मको अवधिमा उमेर मानक आत्महत्याको दर भने घटेको पाइएको छ । सन् २००० मा प्रतिलाख ३३.५ रहेको दर सन् २०१२ मा २४.९ रहेको छ ।
प्रतिवेदन अनुसार ७० वर्ष वा सो भन्दा बढी उमेरका मानिसमा आत्महत्याको दर सबैभन्दा उच्च छ । तर, केही देशमा भने युवाहरुमा समेत आत्महत्याको दर उच्च पाइएको छ । तथ्यांक अनुसार १५ देखि २९ वर्ष उमेर समूहका युवायुवतीमा मृत्युको प्रमुख कारणको रुपमा आत्महत्या रहेको पाइएको छ ।
मुख्य चुनौतीः सेलिब्रेटीको आत्महत्या
विश्व स्वास्थ्य संगठनका अनुसार सेलिब्रेटीहरुको आत्महत्याको खबरलाई संचार माध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रशारण गर्ने विषय आत्महत्या न्यूनीकरणमा मुख्य चुनौती बनेको छ । सेलिब्रेटीहरुको आत्महत्याको खबर प्र्रमुखताका साथ प्रशारण हुँदा आत्महत्यासमेत ग्लामरको एउटा पाटो बनेको र यसले सर्वसाधारणलाई समेत चर्चा कमाउनका लागि आत्महत्या गर्न प्रेरित गर्ने गरेको ठहर विश्व स्वास्थ्य संगठनको रहेको छ ।
रिपोर्टअनुसार विश्वमा आत्महत्याका पीडितहरु प्रायः सीमान्तकृत समूहका छन् जसमा यसको बचावटको उपायसम्म पहुँच छैन ।
विष पिएर मर्नेहरु बढी
आत्महत्या गर्नका लागि प्रयोग गर्ने साधनमध्ये विष सेवन -खासगरी किरा मार्न प्रयोग गरिने विष) ग्रामीण समुदायमा सबैभन्दा बढी प्रयोग भएको पाइएको छ । त्यस्तै झुण्डिने र आफैलाई गोली वा हतियार प्रहार गर्ने पनि आत्महत्याका माध्यम बनेका छन् । यस्ता माध्यमहरुमा जोखिमयुक्त व्यक्तिको पहुँचलाई बन्देज गरिएमा आत्महत्याको दर घट्ने ठम्याइ पनि संगठनको रहेको छ ।
भारत आत्महत्याको राजधानी
विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार भारत यस्तो देश हो, जहाँ विश्वका सबैभन्दा धेरै मानिसले आत्महत्या गर्दछन् । सन् २०१२ मा भारतमा २ लाख ५८ हजार ७५ जनाले आत्महत्या गरे । त्यसमध्ये पुरुषको संख्या १ लाख ५८ हजार ९८ र महिलाको संख्या ९९ हजार ९ सय ७७ रहेको छ ।
डब्लएचओका अनुसार दक्षिण तथा पूर्वी एशिया क्षेत्र विश्वमा सबैभन्दा बढी आत्महत्या हुने क्षेत्र हो । विश्वमा हुने आत्महत्यामध्ये ३९ प्रतिशत आत्महत्या यही क्षेत्रका निम्न तथा मध्यम आय भएका मुलुकका जनताले गर्ने गर्छन् । यस क्षेत्रका कृषिमा आधारित जनताले आत्महत्या गर्ने मुख्य साधन भनेको विषादिको सेवन रहेको छ ।
जापानमा घट्दै, तर दिनमा ७० जना
जापान ‘हाइ प्रोफाइल’ आत्महत्याका कारणबाट पीडित छ । आत्महत्या जापानी संस्कृतिको एक अंग समेत बनेको छ । सामुराइ संस्कृतिमा आत्महत्यालाई पवित्र तथा महत्वपूर्ण समेत मान्ने परम्परागत सोच छ ।
पछिल्लो समय जापानमा चर्चित व्यक्तित्वहरुले समेत आत्महत्या गर्न थालेपछि त्यसले ठूलै तहल्का मच्चाएको छ । जापानको अर्थतन्त्र धरासायी भएसँगै रोजगार गुमेका कारण सन् १९९० को अन्त्यतिर त्यहाँ आत्महत्याको दर निकै उच्च भएको थियो । त्यसबेला वर्षेनी ३२ हजार मानिसले आत्महत्या गर्थे । सन् २००७ मा जापानमा ३३ हजार ९३ जनाले आत्महत्या गरेका थिए ।
आत्महत्या घटाउने प्रयास
आउँदो १० वर्षमा आत्महत्यालाई २० प्रतिशतले घटाउने लक्ष्य तय गर्दै जापान सरकारले त्यसका लागि २२० मिलियन अमेरिकी डलर बजेट घोषणा गर्यो ।
सो मार्फत सर्वसाधारणलाई परामर्श दिइनुका साथै मानिसहरुलाई आत्महत्या गर्न प्रेरित गर्ने वेबसाइटहरुमाथि समेत निगरानी बढाइएको छ । यसले केही सकारात्मक नतिजा समेत दिएको छ । सन् २०१२ मा जापानमा आत्महत्या गर्नेको संख्या १९९७ पछि पहिलोपटक ३० हजारभन्दा घटी भयो ।
सो वर्ष त्यहाँ २७ हजार ७ सय ७६ जनाले आत्महत्या गरे । सन् २०१३ मा यो संख्या अझै घटेर २७ हजार २८३ मा झर्यो ।
समस्या समाधान गर्न नसकेपछि समस्याबाट भाग्न आत्महत्याको बाटो रोज्ने तथा समाजको पितृसत्तात्मक सोचका कारण युवाहरुमा पर्ने दबावले जापानी युवाहरु -खासगरी २० देखि ४४ वर्षका) मा आत्महत्याको दर उच्च छ ।
ज्ापानमा हरेक दिन ७० जनाले आत्महत्या गर्छन् । आत्महत्याको यो दर प्रतिलाखमा अमेरिकाको भन्दा दोब्बर हो । जबकि अमेरिकाको जनसंख्या जापानको भन्दा दोब्बर छ ।
जापानमा जनसंख्या बुढ्यौलीतर्फ उन्मुख भएको र त्यसका कारण डिप्रेसन, एक्लोपना तथा विभिन्नखाले गम्भीर स्वास्थ्य समस्याका कारण पनि पाका मानिसहरुमा आत्महत्याको दर बढेको बताइन्छ ।
स्वीटजरल्याण्डको ‘आत्महत्या पर्यटन’ फस्टाउँदो
स्वीटजरल्याण्डमा आत्महत्या पर्यटन मौलाउँदै गएको एक प्रतिवेदनले देखाएको छ । त्यहाँको सहमतिमा गरिने आत्महत्या सम्बन्धी कानून अस्पष्ट भएका कारण विश्वका विभिन्न देशका मानिसहरु आत्महत्या गर्ने एकमात्र उद्देश्यका लागि स्वीटजरल्याण्डको जुरिच पुग्ने गरेका अध्ययनको निष्कर्ष छ ।
स्वीटजरल्याण्डमा गएर आत्महत्या गर्ने त्यस्ता विदेशीलाई आत्महत्या पर्यटक भनिएको छ ।
सन् २००८ देखि २०१२ को अवधिमा स्वीटजरल्याण्डमा ६ सय ११ जना आत्महत्या पर्यटकले आफ्नो ज्यान सुम्पिएका छन् । त्यसरी स्वीटजरल्याण्डमा आएर आत्महत्या गर्ने विदेशीहरु विभिन्न ३१ देशका थिए, जसमध्ये बढी बेलायती र जर्मन छन् ।
प्रतिवेदनमा भनिएको छ,’बेलायतीहरुका लागि अरुको सहयोगमा गरिने आत्महत्याका लागि स्वीटजरल्याण्ड पर्याय बनेको छ । मर्न पाउने अधिकारको वकालत गर्ने विभिन्न ६ संगठनहरुले स्वीटजरल्याण्डमा मानिसहरुलाई आत्महत्याका लागि सहयोग गर्छन् र यसरी ६ सय भन्दा बढी मानिसहरुले यस्ता संगठनको सहयोगमा वर्षेनी त्यहाँ आत्महत्या गर्छन्, जसमध्ये डेढदेखि २ सय आत्महत्या पर्यटक हुन्छन् ।’
चार वर्षको अवधिमा स्वीटजरल्याण्डमा भएका सहायताजन्य आत्महत्याका ६ सय ११ घटनामध्ये ५८ प्रतिशत महिला थिए । यसरी आत्महत्या गर्ने पर्यटकहरु २३ देखि ९७ वर्षको रोगी थिए र उनीहरुको औषत उमेर भने ६९ वर्ष छ । यसरी आत्महत्या गर्नेहरुमा क्यान्सर, मस्तिष्क रोग, मुटु तथा नसा रोग जस्ता जटिल रोग थिए ।
स्वीटजरल्याण्डको मर्न पाउने अधिकारको वकालत गर्ने संस्था डिग्नीटासका अनुसार ४ जनाबाहेक अरु सबैलाई सोडियम पेन्टोबार्बिटल नाम रसायन प्रयोग गरी मृत्युशैयामा पुर्याइएको थियो ।
स्वीटजरल्याण्डमा डाक्टरले कतिपय अवस्थामा मानिसलाई स्वेच्छिक मृत्युवरण गर्न सहयोग गर्न पाउने कानूनी व्यवस्था भए पनि अन्य अवस्थामा अरु मानिसले कुनै मानिसलाई आत्महत्या वा स्वेच्छिक मृत्युका लागि सहयोग गर्न पाउने नपाउने विषयमा कानूनी अस्पष्टता रहेको छ ।
यसैको फाइदा मर्न पाउने अधिकार (राइट टू डाइ) को वकालत गर्ने संस्थाहरुले लिएका छन् र त्यहाँ आत्महत्या पर्यटन मौलाउँदै गएको बताइएको छ l
मानसिक रोग र आत्महत्या
आत्महत्यालाई मूलतः एक सामाजिक समस्याको रूपमा पहिले धेरैले हेरे पनि हाल आएर यो समस्याका अन्य पक्षहरू पनि देखिंदै आएका छन् । कडा मानसिक रोगबाट पीडित व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्ने विभिन्न तथ्यांकबाट स्पष्ट भइसकेको छ ।
डिप्रेसन
डिप्रेसनद्वारा ग्रस्त १५ देखि २० प्रतिशत व्यक्तिहरू आत्महत्याद्वारा मर्दछन् । यो सामान्य जनसमुदायको भन्दा १० देखि १५ गुणा बढी दर हो । डिप्रेसन द्वारा पीडित व्यक्तिहरूमा सुरुमा मन दिक्क हुने, काम गर्न जागर नलाग्ने, बढी थकावट महसुस हुने, मनमा नकारात्मक विचारहरू आइरहने र यस्तो अवस्था सुरुमै नियन्त्रण नभएमा समस्या बढ्दै गएर जीवनको अर्थ नै नरहेको जस्तो लाग्ने, आफु मरेपनि हुन्थ्यो जस्तो लाग्ने, र अझै रोग छिपिदै गएमा अन्त्यमा आत्महत्यासम्म पुग्न सक्ने हुन्छ।
स्क्रिजोफ्रेनिया
त्यस्तै स्क्रिजोफ्रेनिया तथा अन्य पागलपनद्वारा ग्रसित व्यक्तिहरू पागलपनको असरले आफूले थाहा नै नपार्इ आफ्नो ज्यान जोखिम मा पार्न सक्दछ । केहि पागलनपका बिरामीहरू मृत्यु वरण गर्न प्रेरित गर्ने आवाजहरू आएर पनि आत्महत्या गर्ने हुन्छन । यस्ता बिरामीहरू पागलपनको उपचारपश्चात् आफुमा पागलपनजस्तो रोग लागेको जानकारी भएपछि हीनताबोधको कारणले आत्महत्या गर्ने पनि हनु सक्दछन।
आत्तिने रोग
आत्तिने रोगहरूबाट ग्रसित व्यक्तिहरू पनि रोगको कारणले दिक्क भएर आत्महत्या गर्ने हनु सक्दछ । तर यस रागे को कारणले आत्महत्या गर्नेहरु को प्रतिशत भने निकै कम देखिएको छ।
व्यक्तित्व सम्बन्धी समस्याहरू
दैनिक जीवनका विभिन्न गतिविधिलाई नकारात्मक किसिमले असर गर्ने बानी तथा व्यवहारहरू भएकाहरु व्यक्तित्वसम्बन्धी समस्याहरूले ग्रसित हुन सक्दछन । असामाजिक व्यक्तित्व तथा आवेशमा आउने व्यक्तित्व भएका मानिसहरूमा आत्महत्या गर्ने सम्भावना बढी पाइएको छ। जब पीडा व्यक्तिको बहन गर्ने क्षमता भन्दा बढी हुन्छ, आत्महत्याको सम्भावना पनि बढ्दै जान्छ।
लागू पदार्थ र आत्महत्या
हाम्रो समाजमा सबैभन्दा प्रचुर मात्रामा सेवन गरिने मादक पदार्थ रक्सी हो । रक्सी सेवन गर्ने बानि परेका व्यक्तिहरूमा आत्महत्या गर्ने सम्भावना बढ्छ । तर यस समस्याको व्यापकताको कारणले कूल आत्महत्याको ३३ प्रतिशत घटना रक्सी सेवनसग सम्बन्धित पाइएको छ । त्यस्तै हेरोइन नामक लागू पदार्थ सेवन गर्नेहरुमा आत्महत्याको दर जनसमुदायको भन्दा २० गुणा बढी पाइएको छ। लागू पदार्थको सुलभता, सुईद्वारा नशामा लिइने प्रचलन, असामाजिक व्यक्तित्व, अव्यवस्थित दिनचर्या र आवेशमा आइहाल्ने बानी भएकाहरूमा आत्महत्याको सम्भावना बढी हुन्छ ।
हामी आत्महत्याको रोकथाम गर्ने प्रयास गर्न सक्छौं ।
सबैभन्दा पहिले प्रष्ट हुन जरुरी छ कि अन्य मृत्युका कारणहरूझैं हामी आत्महत्यालाई निर्मूल पार्न सक्दैनौं । जब मानिसले मर्ने निर्णय गरिसकेको हुन्छ, त्यसबेला उसलाई बचाउन ढिलो भइसकेको पनि हुनसक्छ । कहिलेकाही त मर्ने मानिस ‘मैले मेरो जवाफ पाइसकें’ भनेर अरूका अगाडि खुशी पनि देखिन्छ । तर आत्महत्या गर्ने निर्णय गरेका मानिसहरू प्रायजसो अन्तिम समयसम्म पनि दोधारमै हुन्छन् । मर्ने या नमर्ने दुवै खालका विचार उनीहरूको दिमागमा एकपछि अर्को गर्दै आइरहेको हुन्छ । तसर्थ आत्महत्या रोकथामका लागि दुई वटा कुरामा ध्यान दिनुपर्छ ।
(१) आत्महत्यासम्म पु¥याउन सक्ने रोग लागेको छ भने सो रोगको निदान गर्ने प्रयास गर्नुपर्छ ।
(२) आत्महत्या मात्र समस्याको समाधान होइन, आत्महत्या वाहेक अरूपनि समस्याका निदान छन् भनेर उक्त व्यक्तिलाई मायालु वातावरणमा सम्झाउनु पर्दछ ।
(१) रोगको उपचार
(क) विभिन्न मानसिक रोगहरूले आत्महत्याको सम्भावना बढाइदिन्छ । डिप्रेसन भएको छ भने डिप्रेसनको औषधी गर्नुपर्छ । यदि आत्महत्याको विचार कडा छ भने उक्त व्यक्तिको सुरक्षाको लागि अस्पतालमा भर्ना गर्नुपर्ने हुन्छ । उपचारले असर तुरुन्त गर्दैन, केही हप्ता लाग्छ । सुरूमा डिप्रेसनको उपचारले भोक तथा निद्रामा सुधार हुनसक्छ, बिस्तारै उदासीपनामा सुधार पनि आउला, तर आत्महत्या गर्ने विचारमा परिवर्तन आइसकेको नहुन सक्छ । त्यसैले उपचार सुरू गरेको केही दिनदेखि दुई हप्तासम्म उक्त व्यक्तिलाई निगरानीमा राख्नुपर्छ । कहिलेकाही रोग यति कडा हुन्छ कि विजुलीको उपचार गर्नुपर्ने पनि हुन्छ । केही अवस्थामा उक्त व्यक्तिले मर्ने निर्णय गरिसकेको हु“दा उसले अस्पतालमा भर्ना हुन वा निगरानीमा रहन अस्वीकार गर्दछ । अष्ट्रेलिया लगायत थुप्रै देशहरुमा यस्ता व्यक्तिलाई इच्छा विपरित उपचार गरिने कानुन निर्माण गरिएका छन् । यस्तो अवस्थामा साथीभाई तथा घर परिवारका सदस्यले पुलिस या मानसिक स्वास्थ्यको आकस्मिक सेवामा सम्पर्क गरी तत्काल उक्त व्यक्तिको सुरक्षा तथा उपचारको प्रक्रिया सुरू गराउन सक्दछन् । त्यस्तै कतिपय व्यक्तिहरू आफैं मानसिक आकस्मिक सेवामा सम्पर्क गरी सुरक्षित वातावरणमा बस्न र उपचार सुरू गराउन अस्पातालमा भनार्् हुन जान्छन् । अष्ट्रेलियामा डिप्रेसनले गर्दा हुने आत्महत्यामा निकै कमी आएको छ ।
(ख) अन्य मानिसक रोगले पनि आत्महत्यातर्फ धकेल्न सक्ने हुनाले ती रोगका उपचारद्वारा पनि यस्तो सम्भावनालाई कम गर्न सकिन्छ । साइकोसिन (पागलपन) रोगको हकमा भने जब पागलपन ठिक हु“दै जान्छ र उक्त व्यक्तिलाई आफूलाई कस्तो रोग लागेको थियो भन्ने ज्ञान हु“दै जान्छ, उक्त व्यक्तिलाई यस जानकारीले कहिलेकाही यति दुखी बनाउ“छ कि उसले आत्महत्याबारे सोच्न थाल्छ । यस अवस्थामा पागलपनको उपचारस“गै डिप्रेसन सुरू भएको छ कि छैन भनेर जा“च गरी आवश्यक परे डिप्रेसनको माथि भनिएअनुरूप उपचार गर्नुपर्छ ।
(ग) आत्तिने रोग (Anxiety) आत्महत्यासग खासै सम्बन्धीत छैन । तर यातना पछिको मनोवैज्ञानिक अवस्थामा आत्तिने समस्या यति कडा हुन सक्छ कि उक्त व्यक्तिले आफूले पाएको मनोवैज्ञानिक पीडाको समाधान आत्महत्या मात्र देख्न पुग्छ । त्यस्तै कति आत्तिने समस्याको उपचार नगर्दा डिप्रेसन पैदा हुन्छ । यसर्थ आत्तिने समस्याको समयोचित उपचारले पनि आत्महत्याको दर कम गर्न मद्दत पुग्छ ।
(घ) लागूपदार्थ दुव्र्यसनको उपचार: दुव्र्यसनीहरूमा आत्महत्याको दर बढी छ । डिप्रेसन भएको मानिसले लागूपदार्थ या रक्सीको सेवन गर्छ भने आत्महत्याको सम्भावना धेरै बढ्छ । यदि हामीले चिनेको व्यक्ति धेरै उदास छ, निराशावादी कुरा गर्छ र उसलाई रक्सी या लागूपदार्थको आदत छ भने उसलाई कसैको निरिक्षणमा रहने व्यवस्था गर्दै दुव्र्यसन र डिप्रेसन दुवैको उपचार गर्न सल्लाह दिनुपर्छ ।
(ङ) कतिपय व्यक्तित्व सम्बन्धी समस्याहरू, जुन बाल्यकालमा भएको हेला र दुव्र्यवहारको कारणले वयस्क भएपछि पनि गाह्रो प¥यो कि आत्महत्याको विचार आइहाल्ने हुन्छ, त्यस्तोमा व्यक्ति अनुसारको आत्महत्या रोक्ने योजना (Individual Su***de Prevention Plan) बनाउनु पर्छ । यस्ता व्यक्तिलाई आत्महत्याको विचार आउ“दा के गर्ने भनेर पहिले नै भनिन्छ ।
(२) सहयोगीको भूमिका
माथि नै भनियो, आत्महत्याको बारेमा विचार गरिरहेको व्यक्ति कहिले जिउने र कहिले मर्ने कारण अन्त्यसम्म पनि खोजिरहेको हुन्छ । कतिपय अवस्थामा त उसले परालको त्यान्द्रो बराबर पनि बा“च्ने कारण भेटिरहेको हु“दैन । बा“च्ने कारण खोज्दा उसले बाबुआमा तथा श्रीमान÷श्रीमती, छोराछोरी सम्झिन्छ, तर उसले क्रमकि रुपले यो पनि सोच्न सक्छ कि ऊ सबैको लागि बोझ हो र उसको मृत्यु पश्चात सबैलाई त्यस्तो बोझबाट छुटकारा मिल्नेछ । यदि तपाईंले आफ्नो साथीभाइको व्यक्तित्वमा परिवर्तन देख्नुभयो, ऊ आजभोली कतै हराएको जस्तो, बढी नै टोलाएको जस्तो पाउनुभयो भने, उसले केही भन्न खोजको जस्तो गरेको छ भने, तपाईं पनि आफूलाई एक कदम अगाडि बढाउनुहोस । ‘सन्चै छ ?’ को औपचारिकताबाट अघि बढ्नुहोस र सोध्नुहोस– के तिमी साच्चै नै सन्चै छौ त ? उसलाई केही भएको रहेनछ, या क्षणिक चिन्ता रहेछ– भने त ठिकै छ– तर होइन, निराशावादी सोचमा चुर्लुम्म डुबेर जीवनको कुनै अर्थ देख्न छाडेको रहेछ भने तपाईंको मायालु प्रश्नले उसलाई आफ्नो मनको वह पोख्न सहायत गर्छ । सम्झनुहोस– आत्महत्याबारे सोध्दैमा आत्महत्याको सम्भावना बढ्दैन– बरू यस प्रश्नले उक्त व्यक्तिलाई गुम्सिरहेको भावना बाहिर ल्याउन पाएर हलुका नै हुन्छ । यदि आत्महत्याको सम्भावना तत्काल छ भने तुरुन्त आकस्मिक सेवातर्फ उसलाई लग्नुपर्छ । यदि विचार मात्रै छ, तर योजना छैन भने चाहि“ उसलाई उसको समस्या समाधानका बारेमा छलफल गर्न प्रेरित गर्नुपर्छ । उसको मनमा भएको आत्महत्या विरोधी सोचलाई बढाउनलाई सहायता गर्नुपर्दछ । यस लेखको सन्देश तपाईंलाई तपाईंको साथीको काउन्सिर बन्न प्रेरित गर्नु होइन, मात्र उसको भा“चिएको मन बुझ्न खोज्नुस र उपयुक्त सहायता सुरू नहुन्जेल टेको भैइदिनुस मात्र भनेको हो ।
विकसित मुलुकहरूमा आत्महत्याको रोकथामका संगठनहरू खोलिएका छन् । यी संगठनहरू आत्महत्यागर्न खोज्ने व्यक्तिलाई भावनात्मक सहायता दिनुका साथै सो व्यक्तिको समस्याको पहिचान गरेर उपयुक्त तरिकाले समस्या समाधानको लागि पहल गर्दछन् । त्यस्तै यदि आत्महत्यातर्फ उन्मुख भएको व्यक्ति कुनै मानसिक रोगले ग्रसित छ भने उसको रोगको उपचारको लागि बाटो देखाइदिने या पहल कदमी गरिदिने पनि गर्दछन् । यसमा सामाजिक कार्यकर्ताको निकै ठूलो भूमिका हुन्छ । त्यस्तै Hot Line तथा Crisis Centre को सुविधा पनि आत्महत्याको रोकथामका लागि सहायक हुन सक्छन्।