23/03/2025
तानसेन ९, दमकडा पाल्पा निवासी पिता दानराज तिमल्सेना र माता चण्डिका तिमल्सेनाका सुपुत्र सुन्दर तिमल्सेना हाल भारतमा कार्यरत रहेको अवस्थामा यस सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रका लागि १ छाक खानाकाे प्रयोजनका निम्ति रु. १०,०००/- (अक्षरुपी दस हजार मात्र )आर्थिक सहयोग गर्नुभएको छ। साथै चण्डिका तिमल्सेनाले विगतमा भान्सामा रही कर्तव्यनिष्ट आमाको भूमिका निर्वाह गरी गरेको योगदान पनि यस संस्थाले स्मरण गरिरहेकै छ । महत्त्वपूर्ण भौतिक तथा आर्थिक सहायता पुराउनु भएकोमा हार्दिक आभार प्रकट व्यक्त गर्दछौं र उहाँको स- परिवारकाे आगामी इच्छा, चाहना, सपना पूरा हुने वातावरण सिर्जना होस् भन्दै आर्थिक, दीर्घायु, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं ।
सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्र परिवार ।।।