29/09/2025
लुसिफर
---
सौरभ ले हालैको एक अन्तर्वार्तामा लुसिफर को नाउँ किटेरै बताउँदै उनको अनुष्ठान गर्ने पात्रको बारेमा बताएको कुराले धेरैको दिमाग दिगमिग बनाइदियो।
सौरभले बताएको कुराहरु हाम्रो लागि नयाँनौलो थिएन। हामीले वर्षौं पहिला त्यसबारे कुराकानी चर्चा गरेको हो, तर हाम्रै कुरा सुन्ने धेरै साथीहरुले त्यसलाइ पत्याइदिएनन। खैर छाडिदिउँ त्यो कुरा ...
एक साथीले सन्देश पठाए,
'अचेल सबैले लुसिफर लुसिफर भन्न थालेछन्। के हो यो लुसिफर भनेको?'
एकैछिनमा उसको फोन नै आयो। केहिबेरको भलाकुसारीपछि उसले लुसिफर बारे सोध्न थालीहाल्यो ।
मैले भनें - बुझ्न सजिलो उत्तर सुन्ने कि गाह्रो उत्तर?
ऊ: सजिलो उत्तर बताइदेउ न ।
म: दक्षप्रजापति थाहा छ? त्यस्तै एउटा बोका वा भेडा को जस्तो टाउको, लामो २ वटा सिंह भएको, जिउडाल मान्छेको जस्तो भएको राक्षसी प्रवृत्तिको देउता हो।
ऊ: राक्षसी प्रवृत्तिको पनि देउता हुन्छ र? दानव होला नि।
म: उसलाइ पुजा नगर्ने तिमी हामी जस्तालाइ त त्यो दानव नै होला, तर उसको पुजा गर्ने जमातको लागि त ऊ देउता नै भयो नि होइन र?
ऊ: कसले पुजा गर्छ र त्यस्तो राक्षसी प्रवृत्तिलाइ? मैले त सुन्या' नि थेन।
म: नचाहिने कुरा नगर। ५ बर्ष अगाडी तिम्लाइ मैले नै बताएको थिएँ, होइन र? अहिले आएर सुन्या नि थेन भन्ने?
ऊ: खै? तिम्ले एकपल्ट भन्या हो हो जस्तो त लाग्छ, तर मैले ध्यान नै दिएन त्यो बेला। तिमी के के बताइरहन्छ, मेरो दिमागमा सबै कहाँ घुस्छ र? त्यो नि घुसेन होला । नरिसाउन यार।
म: अनि अहिले कुन सिन्काले घोच्ची घोच्ची घुसाइदियो त? अब किन सोध्न आएको त त्यो कुरा?
ऊ: हैन, अचेल सबैजना तेहि कुरा गर्न थाल्या'छ के। अब त राम्ररी चिन्नै पर्यो नि। म आज तिमीसित यो कुरा सोध्ने हो, भोली यहाँ गफसफ भयो भने अरुलाइ बताउने हो।
म: ल तेसो भए छोटकरीमा बताउँछु
लुसिफर स्वर्गलोकमा एक पुरुष परीको रुपमा थियो। सुन्दर र विद्वान पनि। बिहानीको तारा जस्तै चम्किलो हुनाले प्रकासको उद्गम पनि भनिन्थ्यो। तर उनमा घमण्ड बढ्दै गयो र उनले देउताहरुसित बिद्रोह गर्न थालेपछि उनलाइ स्वर्गबाट पतन गराइ नर्क पठाइयो। घमण्डी र देउतासित बिद्रोही स्वभाव भएकोले उनलाइ पतित तारा मानिन थाल्यो। पतनको मार्ग, अर्था शैतान, पछ्याउनेहरुको आदर्श उनलाइ बनाइयो। अचेल विश्वभरीको शैतानी दिमागवालाहरुको मुख्य देउता ऊ नै हो। बाहिर देखाउटी रुपमा जसलाइ पुजे नि, भित्र भित्र गोप्य रुपमा उसैको पुजाअनुष्ठानमा सरिक हुन्छन् भन्ने मानिन्छ।
यस विषयमा मेरो अलि फरक विश्लेषण पनि छ । लुसिफर को आकृति दक्षप्रजापति सित मिलेजस्तो देखिए तापनि उनी दक्षप्रजापति चाहिं होइनन। लुसिफर सम्भवत: गुरु शुक्राचार्य हुन।
किनभने, बिहानीको चम्किलो तारा वास्तवमा तारा होइन, शुक्र ग्रह हो। लुसिफरको प्रतिक शुक्र ग्रह पनि हो। विद्वान आचार्य अनि शुक्र ग्रह प्रतिक = शुक्राचार्य । यसरी म उनलाइ शुक्राचार्य को रुप हो ठान्दछु।
ऊ: यो शुक्राचार्य भन्ने नाउँ तिमीले दिएको कि? साँच्चै छ?
म: साँच्चै छ। मैले नाउँ दिएको होइन। तिमीलाइ शुक्राचार्य को हो थाहा छैन?
ऊ: अहँ थाहा छैन। मैले त सुनेकै छैन यार।
म: ल, उसो भए शुक्राचार्य को बारे छोटकरीमा बताउँछु।
पुराणहरुमा देउता र दानव को भीडन्तहरुको कथामा दुइटा नाउँ बारम्बार आउने गर्दछ। एउटा हो गुरु बृहस्पति, अर्को हो गुरु शुक्राचार्य । देउताहरु आपत परेको बेला गुरु बृहस्पतिसित बुद्धि माग्न जान्छन भने दानवहरु आपत परेको बेला गुरु शुक्राचार्यसित बुद्धि माग्न जान्छन। देवासुर संग्राम हेर्दा देउता र दानवहरु भिडीरहेको देखिएतापनि त्यहाँ वृहस्पति र शुक्राचार्यको विद्वत्त भिडन्तको दर्पण स्पष्ट देखिन्छ।
शुक्राचार्यको बुद्धि र हरकतहरु यति अब्बल हुन्छन् कि त्यसलाइ परास्त गर्न देउताहरुलाइ निकै पापड बेल्न परेको हुन्छ। त्यो पुराणको कथाहरु चाहिं मलाइ नसोध्नु । बस यत्ति जान्नु कि, शुक्राचार्य यदि नहुँदो हो त राक्षसहरुलाइ कसरी शक्तिशाली बन्ने, कसरी देउतालाइ झुक्याएर देउताको शक्ति छिन्नेर लिने, कसरी कहाँ तपस्या गरेर बरदान पाउने, त्यस्तो बुद्धि दिने मान्छे नै हुँदैन थे। र यो शुक्राचार्य फेरि मर्दै मर्दैन । राक्षसहरु सबै मर्छ, तर यो मर्दैन। अमृत पिएको, बुद्धि भएको तर बुद्धिलाइ खराब कामको लागि दुरुपयोग मात्रै गर्ने, त्यस्ता गुरु हुन यी शुक्राचार्य।
ऊ: ए ए!! उसो भए यो शुक्राचार्यले बुद्धि दिए जस्तै ... बुद्धि हैन, कुबुद्धि दिएको भन्नु पर्ला हगि?? अँ, शुक्राचार्यले कुबुद्धि दिए जस्तै लुसिफरले पनि कुबुद्धि दिने रहेछ?
म: लुसिफरले कस्तो बुद्धि दिन्छ, त्यो त मलाइ थाहा छैन । तर लुसिफर पुज्ने मान्छेहरुको हर्कत हेर्दा उनीहरु ठ्याक्कै त्यहि शुक्राचार्य कै बुद्धिपथमा हिडेका जस्ता देखिन्छन्। फरक यति मात्र हो कि, शुक्राचार्य आफु पुजिएर बस्दैनन, जब कि लुसिफर को निमित्त भने पुजा-अनुष्ठानहरु गरिन्छन्।
ऊ: कस्तो पुजा?
म: कस्तो पुजा अनुष्ठान भनेर म भन्दिनँ। राम्ररी थाहा पनि छैन। अलि अलि थाहा भएको कुरा पनि म यहाँ लेख्दिन, फोन वा म्यासेज बाट पनि बताउँदिन।
ऊ: किन नि?
म: एकजना संजीव शाही हुनुहुन्थ्यो । वहाँलाइ लुसिफर अनुष्ठान गर्नेहरुको हरकत योजना षडयन्त्र र कर्तूतहरु बारे धेरै अध्ययन थियो। वहाँले दैनिक दर्जनौं दर्जन जानकारीहरु बाँड्नु हुन्थ्यो। सौरभले अन्तर्वार्तामा भनेको थियो नि, जनताको भोट लिने तर आफ्नै भोटरहरुसित आँखा जुधाएर कुरा गर्न डराएर कालो चस्मा भिरेर कालै कोट लाएर कालो शक्ति छर्दै मैमत्ता भएर सिंहदरबारमा आगो लगाउदै हिड्नेको टाउकोमा सिंह पलाएको भनेर - चिन्यौ हैन?
उसले भन्यो : अँ अँ अँ चिने ...
मैले थपें :
हो त्यहि पात्रको दुइटा बच्चा मध्ये एउटा मात्र जिवित भएको र अर्को चाहि के भयो थाहा नभएको भन्ने हल्ला चलेको रहेछ। अनि अघि नाउँ लिएको थिएँ नि, संजीव शाही - वहाँले बताउनु भयो कि, त्यो अर्को बच्चा लुसिफरलाइ चढायो होला भनेर।
उसले भन्यो : हाँ???? हो र??? त्यो साँच्चै हो त???
मैले बताएँ : हो कि होइन कि? त्यो त मलाइ पनि थाहा छैन। दुइटा बच्चा पेटमा आएको पनि साँच्चै हो कि होइन थाहा छैन । यदि हो भने अर्को एउटा बच्चा कता गयो? त्यो पनि थाहा छैन । त्यस्तो बारे साँचो झूठो के हो के होइन भनेर भोट दिने मान्छेहरुले सोधीखोजी गर्नु पर्छ। हामी सात समुद्र पारी बस्नेलाइ थाहा हुने कुरा होइन। तर हामीलाइ थाहा भएको कुरा चाहिं के हो भने, ती संजीव शाही भन्ने मित्र, यस्तो रहस्य रहस्य को जानकारी दिने मान्छे, एकाएक शंकास्पद रुपमा निधन भइगए।
ऊ: अहो!!! उसो भए त्यो कुरा बताउने मान्छे मरिसक्यो? कहिले? कति अगाडीको घटना हो यो?
म: हो, ऊ अब यो दुनियाँमा छैन। मरेको हो कि, उसलाइ मारेको हो कि, त्यो पनि थाहा छैन। पोहोर साल जुलाइ महिनाको अन्तिम हप्ता उसको लाश कुहिएको अवस्थामा उसकै डेरामा फेला पर्यो। पुलिस अनुसन्धानले के निचोड दियो, त्यो पनि मलाइ आजसम्म थाहा छैन। मैले उनको संझनामा एक श्रद्धाञ्जली पोस्ट पनि हालेको थिएँ।
ऊ: अहो!! यो त तिम्ले एकदमै ड्याञ्जरको कुरा बतायो नि यार .... मुटु नै ढक्क फुल्यो। मलाइ विश्वासै लागेको छैन, त्यस्तो कुरा बताउने मान्छे एक्कासी त्यसरी गयो भनेको सुनेर।
म: त्यतिमात्र हो र? त्यसपछि ऊ मरेको बारे हामीलाइ थाहा भएको ३-४ दिन भित्र फेरी के भयो थाहा छ?
ऊ: के भयो?
म: हाम्रो फोनको म्यासेञ्जरबाट उसले पठाएको कमेन्टहरु, फाइलहरु, जवाफहरु धमाधम डिलिट भएर गयो। मेसेज खोलेर हेर्दा कमेन्टहरु सेतो सेतो आउने, र क्लिक गर्यो भने हराएर जाने, लिंकहरु क्लिक गर्यो भने खुल्दै नखुल्ने, सर्कल जस्तो आइकन घुमेको घुमेइ गर्ने, अनि कुर्दा कुर्दा थाकेर रिफ्रेस गर्यो भने त्यो लिंक नै गायब भैजाने।
ग्रुप मेसेजहरु पनि पठाउँथ्यो उसले, त्यो ग्रुपहरु नै आफै डिलिट भएर गयो । हुँदा हुँदा उसको फेसबुक पेज, प्रोफाइल, उसले लेखेको कमेन्टहरु, फोटोहरु, भिडियोहरु सबै सबै नै गायब। केहि बाँकि छैन। अचेल उसको सर्च गर्यो भने अरुले उसको नाउँ राखी लेखेको कन्टेन्टहरु अलि अलि फेला पर्छ । धेरै जसो त गायब नै भैगयो।
ऊ: हैन यार, मैले के कुरा सोधीरा', तिमीले मलाइ के कुरा बताइरा'? म त कन्फ्यूज भएँ ।
म: तिमी पनि ग्वाँजे नै रहेछ। लुसिफरको पुजा कसले गर्छ, कसरी गर्छ, किन गर्छ भन्ने कुरा मलाइ नसोध भनेर किन भन्न परेको भनेर यो घटना बताएको भनेर अझै बुझेन?
ऊ: ए ए ए ए ! त्यस्त ड्याञ्जर रहेछ है । मलाइ त डरै लाग्यो। तिमी पनि बचेर बस । यस्तो यस्तो कुरा गरेर नहिन ।
म: क्या फसाद!!! तिमीले नै सोधेको होइन त? तिमीले सोधेको भएर पो मैले बताएको त। नत्र म किन यो भन्थें र?
ऊ: ल ल ठिक छ । थाहा भयो अब। जे होस, सौरभ दाइलाइ चाहिं म थ्यांङक यू भन्छु। उसले भन्दिएर यति कुरा थाहा पाइयो आज।
म: टोइट!! उसले त जम्मा एक लाइनमा एकपल्ट एक शव्द मात्रै उल्लेख गर्या हो। तिमीलाइ यति कुरा थाहा दिलाइदिएको चाहिं मैले हो ... अब के? मलाइ थ्याङ्क्यू भन न मुला भनेर पनि मैले नै भन्दिन पर्ने?
ऊ: हि हि हि हि ... तिम्लाइ त जहिले नि थ्याङ्क्यू नि, जति ट्रक थ्याङ्क्यू दिए नि पुग्दैन । बरु भन, कहिले आउने? तिमीलाइ चट्ट न्ह्यपु र स:पुम्हिचा फ्राइ गरेर खोल्चामा मुस:गु अय्ला राखेर चट्ट गुरुदक्षिणा चढाउँला नि, हुन्छ?
म: हा हा, ल पुग्यो आजलाइ, पछि कुरा गरौला ....
कुरा बुझौं, मुसुमुसु हाँसौं ।