11/23/2024
भरद्वाज ऋषि तथा सिटौला वंशको कथा
गुरुर्ब्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुरेव परं ब्रह्म तस्मै श्रीगुरवे नमः ।।
जगत्जननी माता पार्वतीको आग्रहमा सदाशिव भन्नुहुन्छः अघिल्लो कल्पान्त पश्चात यस कल्पमा संसार निरंजन निराकार सत्यनित्य शुन्य थियो । त्यही शुन्यमा पनि एक सत्यनित्य निरंजन निराकार परमात्मा थियो । त्यहि परमात्मा नै सर्वप्रथम ॐकार रुपी ज्योतिर्लिंगको आकारमा परिवर्तन भई ॐकारको उत्पत्ति भयो । सोही ॐकाररुपी ज्योतिर्लिंगबाट आकाशको उत्पत्ति भयो । आकाशवाट वायुको । वायुबाट तेज(अग्नि) । तेजबाट जलको । जलबाट पृथ्वीको उत्पत्ति भयो । यसरी यस संसारमा पंचमहाभूत(पाँच तत्व) को उत्पत्ति भयो र संसार भरी पाँच तत्व फैलेर गयो । पाँच तत्वकै कारण यस संसारमा प्राणीको उत्पत्ति हुन्छ र पञ्चतत्वले नै यस संसारलाई पालन गर्दछ र यो संसार पाँच तत्वमा नै विलय हुन्छ । त्यसका साथसाथै सम्पूर्ण प्राणीहरुमा समेत सुक्ष्म रुपमा पञ्चतत्व नै विद्यमान हुन्छ । सो पाँचतत्व पनि शिवतत्व नै हो र प्राणिहरुका अन्तरआत्मामा रहेको परमात्मा पनि शिवतत्व नै भई यो संसार रम्दछ पनि ।
पंचमहाभूतको श्रृष्टिपश्चात एकोहम बहुस्याम भनी परम्ब्रह्मरुपी सदाशिवका मनमा भावना उठेकोले आफुलाई विभिन्न विभूतिहरुमा अवतरण गर्ने इच्छा भई विभिन्न विभूतिमा प्रकट हुनुभयो । त्यस्तैगरि भगवानले त्रिगुण सतरजतमको पनि श्रृष्टि गर्नु भयो । सत भनेको कुनैपनि विषयको ज्ञानलाई सत भनिन्छ । त्यस्तैगरि कुनैपनि विषयमा कर्म गर्नुलाई रज भनिन्छ भने त्यो कर्मभईसकेपछि एक अवस्थामा गई रोक्नुलाई तम भनिन्छ । कुनैपनि कर्म गरेर जवसम्म रोकिदैन तवसम्म त्यो कर्मको फल प्राप्त हुन सक्दैन त्यसैले कर्म रोक्नुले पनि अर्थ राख्दछ । साथसाथै भगवानले श्रृष्टिकर्ता ब्रह्मको श्रृष्टि गर्नुभयो । ब्रह्मदेवको श्रृष्टि भएपछि ब्रह्मदेवले सहश्रवर्ष सम्म भगवानको तपस्या गर्नुभयो । तपस्याको क्रममा ब्रह्मदेवलाई जुन ज्ञान प्राप्त भयो त्यसैलाई वेद भनिन्छ ।
त्यसपश्चात ब्रह्माजीलाई उनै सत्चिदआनन्द परमब्रह्म परमेश्वर सदाशिवको प्रेरणाले प्रथम स्वयंभुव मन्वन्तरमा संसारको श्रृष्टी गर्न थाल्नुभयो । श्रृष्टि गर्ने क्रममा सर्वप्रथम ब्रह्माजीले आफ्ना शरिरबाट मानसपुत्र सनकादी ऋषिको श्रृष्टि गर्नुभयो । सनकादि ऋषिहरुमा सनक, सनन्दन, सनातन र सनतकुमारको नाम आउँछ । त्यस्तैगरि ब्रह्मदेवले अरु दश मानसपुत्र, एक पुत्र धर्म एक पुत्र अधर्म एक पुत्र प्रजापतिरुचि, एक पुत्र ऋषि कर्दमको श्रृष्टि गर्नुभयो । तिनीहरुको नाम मनबाट मरीचि, नेत्रबाट अत्रि, मुखबाट अंगिरा, कानबाट पुलस्त्य, नाभिबाट पुलह, हातबाट कृतु, त्वचाबाट भृगु प्राणबाट वशिष्ठ अंगुठाबाट दक्ष र गोत्बाट नारद ऋषिको जन्म भयो ।
ब्रह्मदेवले मानव श्रृष्टिलाई मैथुनिक कार्यबाट अगाडि बढाउने उदेश्यले भगवान शिवको तपस्या गर्नुहुँदा भगवान शिवले ब्रह्मदेवलाई अर्धनारेश्वर शिवको दर्शन दिई तिम्रो ईच्छा पुरा होओस भनि बरदान दिनुभयो । भगवान शिवको वरदान पाएपछि ब्रह्मदेवले आफ्नै शरिरको एकभागबाट प्रकृति वा वातावरण वा स्त्रीको र अर्को भागबाट पुरुष वा विज को रुपमा शतरुपा र स्वयंभुव मनुको श्रृष्टि गर्नुभयो । पुनः ब्रह्मदेवले भगवान शिवको तपश्या गरी आफ्नो तपबाट कामदेवको श्रृष्टि गर्नुभयो । यसरी कामदेवको श्रृष्टिभएपछि कामदेव संसारमा विचरण गर्न लागे र संसारमा प्रेम र वासना छर्न लागे । फलस्वरुप शतरुपा र स्वयम्भुव मनुको विवाह भयो । त्यसपछि मैथुनिक श्रृष्टि अगाडि बढ्यो । यसैकारणले यिनैको नामबाट मनुस्य शब्द हामीले पाएका हौँ । यि शतरुपा र मनुबाट २ पुत्र र ३ पुत्री भए । पुत्रको नाम प्रियव्रत र उत्तानपाद हो भने पुत्रीहरुको नाम आकूति, देवहूति र प्रसूति हो । आकूतिको विवाह प्रजापति रुचिसंग भएका थियो भने देवहूतिको विवाह कर्दम ऋषिसंग भएको थियो । त्यस्तैगरी प्रसूतिको विवाह ब्रह्मदेवकै दश मानसपुत्र मध्येका एक मानसपुत्र दक्षसंग भएको थियो । प्रजाति दक्ष र प्रसूतिको विवाह पश्चात यिनीहरुले २४ कन्या जन्माए त्यसमध्ये १३ कन्याको विवाह ब्रह्मदेवकै मानसपुत्र धर्मको साथमा भएको थियो । ख्यातिको विवाह भृगुको साथमा भएको थियो । माता शतिको विवाह भगवान शिवका साथमा भएको थियो । सम्भूतिको विवाह ऋषि मरिचिको साथमा भएको थियो । स्मृतिको विवाह महर्षि अंगिराको साथमा भएको थियो । प्रितिको विवाह महर्षि पुलत्स्यको साथमा भएको थियो । क्षमाको विवाह महर्षि पुलहका साथमा भएको थियो । सन्नतिको विवाह महर्षि कृतुको साथमा भएको थियो । अनुसुइयाको विवाह महषि अत्रिको साथमा भएको थियो । उर्जाको विवाह महर्षि वशिष्ठका साथमा भएको थियो । स्वाहाको विवाह अग्निदेवको साथमा भएको थियो । त्यसैले हामी यज्ञमा चरु लगाएत केहिपनि अर्पण गर्दा स्वाहा भनि अग्निपत्निको नाम लिने गछौं । स्वधाको विवाह पित्रीदेवको साथमा भएको थियो । पित्रीहरुका देवताको नाम आर्यमा हो र आर्यमाको पत्निको नाम स्वधा हो त्यसैले हामीले पित्रीहरुलाई केहिपनि अर्पण गर्दा स्वधाको नाम नलिईकन अर्पण गरेमा पित्रीले पाउदैनन भन्ने शास्त्रको मान्यता छ । नाम प्रजापति दक्षले पहिलो विवाह प्रसूतिका साथ गरेका थिए भने दोश्रो विवाह वीरण प्रजापतिकी पुत्री अस्किनीका साथमा गरेका थिए, जसलाई वीरणी वा पंचाजनी पनि भनिन्छ । दक्ष प्रजापति र वीरणीबाट ६० पुत्री जन्मिएका थिए । उनीहरुका १० पुत्री धर्मका साथमा विवाह गरिएको थियो । १७ पुत्रीहरुको विवाह महर्षि कश्यपका साथमा भएकोथियो । २७ पुत्रिहरुको विवाह चन्द्रदेवसंग भएको थियो । २ पुत्रिहरुको विवाह कुशस्वाका साथमा भएको थियो । २ पुत्रिहरुको विवाह भूतका साथमा भएको थियो । रतिको विवाह कामदेवका साथमा भएको थियो । स्वधाको विवाह महर्षि अंगिराको साथमा भएको थियो । आदीकालमा पृथ्वीमा मुख्यरुपमा भएको जन्म र विवाहको रुपमा केहि संक्षेपमा मात्र यहाँ केहि प्रस्तुत गरिएको छ । अव हामीलाई अंगिरा ऋषितर्फ जानुपर्ने भएकोले त्यतातर्फ लागौँ । अंगिरा ऋषिका विषयमा ऋग्वेदमा वर्णन गरिएको छ ।
ब्र्रह्मदेवले आदी कालमा सामान्य मनुस्यको श्रृष्टि हुनुभन्दा पहिले सप्तर्षिहरुको श्रृष्टि गरी तिनिहरुलाइ वेदका ६ अंग शिक्षा शास्त्र, कल्पशास्त्र, व्याकरणशास्त्र, निरुक्तशास्त्र, छन्दशास्त्र र ज्योतिषशास्त्रको ज्ञानध्यान साधनाभक्ति सिकाउनुभयो । अव मनुस्यको पनि श्रृष्टि हुनै लागेको हुनाले मनुस्यहरुलाई शिक्षादिक्षा ज्ञानध्यान तपस्याभक्ति साधना र एक निर्दिष्ट दिशा दिनु, परिवार र गुरुकुलको ढंग सिकाउनु यहि ति सप्तर्षिहरुको जन्मको कारण र उद्देश्य पनि हो उपदेश दिनुभयो । ब्रह्मविधान अनुसार सेकेण्ड, मिनेट, घण्टा, दिनरात, हप्ता, महिना, वर्ष, युग, मन्वन्तर, कल्प हुँदै समय वित्दैगयो । विभिन्न मन्वन्तर अनुसारका सप्तर्षिहरु पनि बदलिदै गए ।
ऋषि अंगिरा(अंगिरस)
स्वेतवराह कल्पको प्रथम स्वयम्भूव मन्वन्तरमा ब्रह्मदेवले पहिले केहि मानसपुत्रहरु र प्रजापतिहरुको श्रृष्टि गर्नुभयो र केही समय पश्चात उनलाई अर्को एक पुत्र जन्माउने इच्छा भयो र उनले आफ्नो वुद्घीबाट एक पुत्र जन्माए जो अति नै तिक्ष्ण बुद्घी र दैवी शतिm र चमत्कार युक्त थियो र इनलाई मनसा पुत्र भनियो । इनै थिए अंगिरस ऋषि । ऋषि अंगिरालाई सदैव ज्ञान, भक्ति र सत्कर्म वा उच्चआचरण वृध्दि गर्ने ब्यक्तिका रुपमा जानिन्छ । ब्रह्मदेवले उनलाई अन्तरआत्मीय ज्योतीयुक्त ठुलो बरदान दिनुभयो । जसले अंगिरा ऋषिलाई तिनैलोक सुधार्नको लागि उपयोगी भएको शास्त्रहरुको मत छ । त्यसपश्चात ब्रह्मदेवले ऋषि अंगिरालाई गई गृहस्थ आश्रम अपनाउनु र यस संसारमा श्रृष्टीको काम अघि बढाउनु भनि आशिर्वाद दिनुभयो । यस संसारमा भएका सवै मानव वा अन्य जिवजन्तुहरुको लोककल्याणको कार्य गर्नु भनी आदेश दिँदा हवस भनी अंगिरस ऋषि तपस्यामा गए । अंगिरा ऋषि साइलो पुत्र भएपनि उनी सप्तऋषिमध्ये प्रमुख थिए ।
ऋषि अंगिरालाई एक प्रजापतिको रुपमा पनि हेर्ने गरिन्छ । उनका ४ पत्नि थिए । जेठी पत्नीको नाम स्मृति हो र यिनी प्रजापति दक्षकी छोरी हुन । यिनबाट सिनीवाली, कुहु, राका र अनुमति नाम गरेका ४ कन्याहरु भएका थिए । ऋग्वेदमा यिनका अरु पनि ३ पत्नि भएको प्रमाण भेटिएको छ । ऋषि अंगिराकी माहिली पत्निको नाम सुरुपा हो र सुरुपा ऋषि मरिचीकी छोरी थिइन । यिनबाट देवगुरु बृहस्पतिको जन्म भएको थियो । ऋषि अंगिराकी साइली पत्निको नाम स्वराट थियो । ऋषिपत्नि स्वराट, ऋषि कर्दमकी छोरी थिइन र स्वराटबाट गौतम, प्रबंध, वामदेव, उतथ्य र उशिर नामका पुत्र प्राप्त भएको थियो । ऋषि अंगिराकी कान्छि पत्नीको नाम पथ्या हो । यीनि पथ्या ऋषि मनुकी छोरी थिइन । यिनबाट विष्णु, संवर्त, विचित, अयास्य, असिज, दीर्घतमा, सुधन्वा नामका सन्तान भए । विश्वकर्मा देवताका मूलपनि अंगिरा ऋषिसंग जोडिएको भेटिन्छ । त्यस्तैगरी विभिन्न किसिमका शिल्पकारहरु जस्तै सुनार, ल्वाहार, मिस्त्री, पञ्चाल आदि कालिगढहरु प्राय सवै हामी ऋषि अंगिराका सन्तान हांै भनि दावा गर्छन । चौथो वेद अथर्ववेदको उत्पत्तिको श्रेय पनि ऋषि अंगिरालाई नै जान्छ । उनले स्मृती(दक्षकी छोरी)संग र श्रद्घासंग विवाह गरेका थिए भन्नेपनि कही लेखिएको पाईन्छ । उनी ऋषिहरु मध्ये प्रमुख भएकै कारण उनले आफ्ना पुत्र ऋषि बृहस्पतिलाई देवगुरुको पद्वी दिलाएका थिए ।
श्रृष्टि हुने क्रमलाई २ भागमा बाँडिएको छ । अमैथुनिक श्रृष्टि र मैथुनिक श्रृष्टि । अमैथुनिक श्रृष्टिमा पनि विभिन्न प्रकार देखिन्छ, जस्तैः काल्पनिक मनसा श्रृष्टि र याज्ञिक श्रृष्टि । काल्पनिक मनसा श्रृष्टि अन्तर्गत आदिकालमा सनकादी ऋषिहरु, सप्तर्षिहरु अरु पनि विभिन्न समयमा अन्य मानव तथा प्राणिहरुका श्रृष्टि भएको देखिन्छ भने याज्ञिक श्रृष्टि अनुसार विभिन्न समयमा विभिन्न व्यक्तिहरुको श्रृष्टि भएको देखिन्छ जस्तैः त्रेता युगमा जनकपुरमा सिता, द्वापर युगमा द्रौपदी, दृष्टद्युम्न आदि व्यक्तिहरु । खासगरी ज्ञान उपार्जन र ज्ञान वितरणको लागि ऋषिहरुको श्रृष्टि भएको भएतापनि समाजमा व्यवहारिक ज्ञान दिने व्यवस्थाका लागि ऋषिहरु पनि गृहस्थाश्रम अपनाउनु पर्ने कारणले ऋषि(गुरु) परिवारबाट पनि संसारको श्रृष्टि अगाडि बढ्यो भने समाजबाट शिक्षा लिनका लागि युवायुवतीहरु गुरुकुल गै शिक्षापश्चात गुरुकै अनुयायी भएका कारणले पनि गुरुकुलकै हाँगा अगाडि बढ्दैगएको देखिन्छ ।
मैथुनिक श्रृष्टि अगाडि बढाउने हेतुले ब्रह्मदेवले सर्वप्रथम मनु नाम गरेका एक पुरुष र सतरुपा नाम गरेकी एक स्त्रिको जोडिलाई श्रृष्टि गर्नुभयो र अव तिमीहरु पतिपत्नि भै मैथुनिक ढंगले श्रृष्टि अगाडि बढाउनु भनि आशिर्वाद दिनुभयो । यी नै पुरुष र महिलाहरुलाई यस संसारको मैथुनिक श्रृष्टिको प्रथम मनुस्य जोडिको रुपमा मानिन्छ । यी मनुस्यलाई मरणधर्मि मनुस्य भनिन्छ । यस पछि सबै मानिसहरु मैथुनिक ढंगले जन्मने र आफ्नो प्रारव्ध अनुसार जीवन व्यतित गरी अन्तमा मर्ने सम्वन्धमा ब्रह्मविधान लागुभयो ।
देवगुरु बृहस्पति
सप्तषि मध्येका एक प्रमुख ऋषि अंगिरा र माता सुरुपाका गर्भबाट देवगुरु बृहस्पतिको जन्म भएको थियो । सुरुपाका पिताको नाम सप्तर्षि मध्येका एक मरीचि हो । ऋषि अंगिराका सबै सन्तानमध्ये ऋषि बृहस्पति सो समयमा सबैभन्दा सबै क्षेत्रमा उच्चकोटीको ज्ञान, भक्ति र साधना भएका कारण उनलाई देवगुरुको पद्वी प्राप्त भएको थियो । यो सम्बन्धि जानकारी महाभारतको आदी पर्वमा यथार्थ भेटिन्छ । देवगुरु बृहस्पतिले प्रभासतिर्थमा शिवजीको अखण्ड तपस्या गरेकोले शिवजी प्रसन्न भई यीनलाई देवगुरुको पद्वी दिएका थिए भने नवग्रहमध्ये एक ग्रहमा स्थान र पद्वी पनि दिएका थिए । जव भगवान शिवले काशि नगरीको स्थापना गरे सो समयमा धेरै देवताहरुले पनि सो स्थानमा वासस्थानको लागि विन्ति गरेका थिए तर देवगुरु बृहस्पतिले भने सो स्थानमा बस्न स्वीकृती पाएकोले सो स्थानमा आजपनि बृहस्पति मन्दिर छ । देवगुरु बृहस्पतिका शुभा, तारा र ममता ३ पत्नि थिए । जेठीपत्नी शुभाका गर्भबाट ७ कन्या जन्भिएका थिए । माहिली पत्नि ताराका गर्भबाट ७(सात) पुत्र र १ (एक) कन्या प्राप्त भएको थियो । कान्छिपत्नि ममताको गर्भबाट २(दुई) पुत्र प्राप्त भयो जसको नाम भारद्वाज र कच हो । यीनलाई प्रार्थना तथा भक्तिका स्वामी मानिएकोछ । यीनलाई नवग्रहका नायक मानिएकोछ । भरद्वाज गोत्रका सवै ब्राह्मण यिनैका वंशज मानिन्छन । खासगरी ज्योतिष शास्त्रमा देवगुरु बृहस्पतिको बडो गुनगान गाइन्छ ।
हामी मनुस्यको जन्मकुण्डलीमा रहने नवग्रह मध्येका मुख्य एक ग्रह यीनै बृहस्पति हुन । बृहस्पति ग्रहका ६४वटा उपग्रह भएको विस्वास गरिन्छ । देवगुरु बृहस्पति ऋषि देवता र मनुस्य विचमा पुलको काम गरिदिन्छन । यीनलाई अति पराक्रमी मानिन्छ । देवगुरु बृहस्पतिले धर्मशास्त्र, नीतिशास्त्र, अर्थशास्त्र र वास्तुशास्त्र र ज्योतिषशास्त्र, बृहस्पति स्मृती आदी ग्रन्थहरु लेखेका छन् । यी ग्रन्थहरुका सुत्र सवै सिध्द थिए । ऋषि बृहस्पतिलाई ब्रह्मदेव पछिका व्याकरण शास्त्रका प्रवक्ताका रुपमा धेरै योगदान दिएका थिए भनिन्छ । रामायणमा
त्यस्तैगरी रामायणमा अर्को प्रसंग आउछ । बृहस्पतिका पुत्र थिए गदगद । गदगद र वानरसुन्दरी रिक्षका पुत्र थिए केसरी । केसरी र अन्जनाका पुत्र थिए हनुमान । हनुमान पुत्र थिए मकरध्वज । हनुमानलाई नचिन्ने संसारमा को होला र । आजभोलीको शक्तिको केन्द्र अमेरिकाका पुर्व राष्ट्रपति बाराक ओवामा पनि हनुमानबाट धेरै प्रभावित छन् र हनुमानको सानो प्रतिमा संधै बोकेरै हिड्छन् भन्ने सुनेको हो । त्यस्तैगरि अर्को एक अनौठो कथा छ ऋषि बृहस्पतिका परिवारमा । संसारमा कसको उदय कसरी हुने र कसरी समापन हुने भन्ने कुरा परमात्मा नै जानुन् ।। भरव्दाज ऋषि र सुसीलाका पुत्र एक थिए गर्गाचार्य । यीनै गर्गाचार्यले श्रीकृष्णको नामाकरण गरेका थिए र गर्गाचार्य पनि एक त्रिकाल दर्षि ऋषि थिए । गर्गाचार्य ऋषि राजा सुरसेन, उनका छोरा बासुदेव तथा नाती भगवान श्रीकृष्णका कुल पुरोहित थिए । गर्गाचार्य ऋषिले पनि एक छुटृै गोत्रको थालनी गरे जो गर्ग नाम गोत्रले प्रख्यात छ । गर्ग ऋषिको पुत्रको नाम गग्र्या हो भने उनकी पत्नीको नाम गार्गी हमो ।
भरद्वाज ऋषि तथा गोत्रको महिमा
भरद्वाज ऋषि, देवगुरु बृहस्पति र माता ममताका गर्भबाट जन्मिएका थिए । यिनी महाऋषि अंगिराका नाती हुन । हालसम्म छ वटा मन्मन्तर वितिसकेकोछन् । आजभोली सातांै मन्वन्तर चल्दैरहेको सर्वविदितै छ । साथै प्रत्येक मन्वन्तरमा तिनै वा अरु छुटृै सप्तऋषि हुन सक्ने पनि सबैलाई जानकारी भईरहकै हो । हाल चलिरहेको सातौं भैवस्वत मन्वन्तरका सप्तऋषिहरु कश्यप, अत्री, वशिष्ठ, विश्वाभित्र गौतम जमदग्नी र भरव्दाज हुन् । ब्रह्मदेव, देवगुरु बृहस्पति र इन्द्रदेव पछि भरद्वाज ऋषिलाई चौथो व्याकरण प्रवक्ताको रुपमा सम्मान गर्ने गरेको पाईन्छ । “भरद्वाज ऋषिका दर्शन” नामक ग्रन्थमा ऋग्वेद तथा अथर्ववेदका मन्त्रहरुलाई आधार मानि मनन गर्दा कश्यप, अत्री, वशिष्ठ, विश्वाभित्र गौतम जमदग्नी र भरव्दाज ऋषिहरु मध्ये धेरैजसो मन्त्रमा अरु ऋषिहरुको भन्दा भरव्दाज ऋषिको नाम नछुटेका कारणले भरव्दाज ऋषिको महिमा उच्च थिएन भन्दा अन्याय हुने देखिन्छ । मित्र र वरुण भरव्दाज ऋषिको रक्षा गर्छन् भन्ने सोहि ग्रन्थमा पाइएको छ । भरव्दाज ऋषि त्रिकालदर्शि थिए । रातमा कस्तो सुरक्षा चाहिन्छ र दिनमा कस्तो भन्ने यिनलाई पुर्ण ज्ञान थियो । यिनी वडा योद्घा पनि थिए । जव युद्घ गर्न यिनी जान्थे अश्विनीकुमारहरु यिनको रक्षा गर्थे । सोहि ग्रन्थमा यिनी एक तथा अनेक हुन्थे भन्ने वर्णन पाइएको छ । कहि अश्विनीकुमारहरुले भरव्दाज ऋषिको रक्षा गर्छन भन्ने पाईएको छ । भरद्वाज ऋषिको वास्तविक नाम भरद्वाज बार्हस्पत्य हो । प्राचिन समयमा भारद्वाज वा भरद्वाज नाम गरेका धेरै ऋषिहरु भएको विभिन्न शास्त्रहरुमा प्रमाण पाईन्छ तर त्यसमध्ये पनि आज हामी अंगिराका नाति, देवगुरु बृहस्पतिका पुत्र र वैवश्वत मन्वन्तरका सप्तर्षि मध्येका एक ऋषि भरद्वाजऋषिका विषयमा चर्चा गर्दैछौं । विष्णु पुराणका अनुसार भरद्वाज ऋषि सप्तर्षिमध्येका एक हुन ।
ऋग्वेद, महाभारत, रामायण, श्रीमद्भागवत, मत्स्य–पुराण, ब्रह्मपुराण वायु पुराण आदी ग्रन्थहरुमा ठाउँठाउँमा कहि विस्तारमा र कहि संक्षेपमा भरद्वाज ऋषिको सम्बन्धमा उल्लेख गरेको पाइन्छ । भगवान शिवको विवाहको लागि माता पार्वतिको हात माग्नका लागि हिमालयराजकहाँ ऋषि भरद्वाज सहित सप्तर्षि गएको प्रसंग आउंछ । भरव्दाज ऋषि एक रंकदेखि राजा समेत र एक साधुदेखि महारथी योद्घासम्म हुन सक्षम थिए भन्ने सो ग्रन्थको आशय भेटिन्छ ।
विभिन्न ग्रन्थहरुमा भरद्वाजका ऋजिष्वा, गर्ग, नर, पाय, वसु शास, शिराम्बिठ, शुनहोत्र, सप्रथ, सुहोत्र १० पुत्र र रात्रि र कशिपा २ पुत्रीहरु भएको प्रसंग भेटिन्छ । त्यस्तैगरि आचार्य द्रोणलाई भरद्वाज पुत्र भनि संबोधन गरेको महाभारतको आदिपर्वमा प्रमाण भेटिन्छ । महाभारतमै भरद्वाजपुत्र यभाक्रित र ऋषि रैभ्य र उनकापुत्र अर्वावसुको मनोमालिन्यको कथा आउँछ ।
भारव्दाज गोत्र भनेको जो भारव्दाज ऋषिका सन्तान वा अनुयायी भन्ने बुझिन्छ । अंगिरा ऋषिका वंश सम्बन्धमा खोजतलास गर्दा अष्टचिरञ्जिवी मध्ये २ चिरन्जिवी भएको पाईयो र ती विभूतिहरुको नाम हो हनुमानजी र अस्वत्थामा । भारव्दाज ऋषि र घृतासी पुत्र थिए आचार्य द्रोण । द्रोणाचार्यका विषयमा नजान्ने को नै होला र । धृतराष्ट्र र पाण्डुपुत्रका गुरु थिए द्रोणाचार्य । द्रोणाचार्यका पुत्र थिए अस्वत्थामा । जो अष्टचिरिन्जीवि अध्येका एक हुन । भारव्दाज ऋषिका दुई पुत्री थिए, जसको नाम कात्ययानी र इलविला हो । कात्यायनी ऋषि यज्ञवल्क्यले विवाह गरेका थिए भने दोश्री छोरी इलविला विश्रवा मुनीले विवाह गरेका थिए । यज्ञवल्क्य स्मृती संसार प्रसिद्घ भएको कुरा सर्वविदितै छ । विश्रवा र इलविला कै पुत्र थिए देवताहरुका कोषाध्यक्ष यक्षराज कुवेर । यज्ञवल्क्य पनि भारद्वाजकै अनुयायी थिए । वास्तवमा स्वर्ण नगरी लंका र पुष्पक विमानका स्वामी थिए यक्षराज कुवेर । तर रावणले लुटी लगेको थियो । भारव्दाज गोत्रमा निम्नलिखित थरहरु नेपाल भएको र नेपाली मुलका भारतमा समेत बासस्थान हुने जानकारी पाईयो । सिटौला, सुवेदी, थपलिया, सिवाकोटी, चौलागाई, वैदवार क्षेत्री, पन्थि, सिलुवाल, विष्ट, वाग्ले, लोहनी, पन्त, अधिकारी(थामी) दुधपोखरेल देवकोटा, निरौला, जमरकटेल, खडका, महाराजी खडका, रावल, कणेल, श्रीपाली वस्नेत, पाँड,े जोशी, बोहोरा आदी । सोदेखि बाहेक भारतमा भारव्दाज गोत्र भएका मानिसहरुको धेरै ठुलो जनसंख्या रहेको जानकारीमा आएको छ । जस्तै भारतको उडिसा राज्यमा रहने सरस्वता ब्राह्मणहरु, कास्मिरमा रहने सरस्वता व्राह्मणहरु, हिमाचल प्रदेशका करिव ६० प्रतिशत ब्राह्मणहरु, पंजावमा रहने करिव ४५ प्रतिशत व्राह्मणहरु, हर्याण र राजेस्थानमा रहने करिव ४० प्रतिशत ब्राह्मणहरु,
बहु आयामिक ऋषि
भरद्वाज आश्रम इलाहावादको प्रयाग भन्ने ठाउँमा छ र सो आश्रम महत्वपुर्ण मन्दिर मानिन्छ । सो मन्दिरमा शिवजीको पुजा हुन्छ र यी शिवजीलाई भरव्दाजेश्वर महादेव भनिन्छ । शास्त्रले प्रयागलाई तिर्थहरुको राजा मानेकोछ । वैवस्वत मन्वन्तरमा सप्तर्षिहरु भरद्वाज, कश्यप, अत्रि, वशिष्ट, विश्वामित्र, गौतम, जमदग्नि भएपनि भरद्वाज ऋषि भने सवै ऋषिका प्रमुख ऋषि रहेको पनि प्रसस्तै प्रमाण भेटिएको छ । भरद्वाज ऋषिले ३०० वर्षसम्म त केवल वेद अध्ययन गर्दागर्दा थाकि विश्राम गरेका अवस्थामा इन्द्र आई हे भरव्दाज ऋषि अव तपाई वेद अध्ययनवाट थाक्नुभए जस्तो छ अझै १०० वर्षको आयु पाएमा के गर्नुहुन्छ भनी सोधनी गर्दा भरव्दाज ऋषि भन्नुहुन्छ वेद अपार छ यो जानेर कहिल्यै सकिदैन । अझैपनि मेरो वेदै बुझने इच्छा छ भन्ने सो ग्रन्थमा उल्लेख छ । भरद्वाज महर्षिलाई ज्ञान–विज्ञान, वेद पुराण, आयुर्वेद, धनुर्वेद, विमान शास्त्र, नीति शास्त्र, अर्थशास्त्र, व्याकरण, राजनीति शास्त्र, यन्त्र सर्वस्व आदि विषयका प्रकाण्ड विद्वान भएको विस्वास गरिन्छ । कौटिल्य(चाणक्य)ले आफ्नो ग्रन्थमा भरद्वाज महर्षिको अर्थशास्त्र भनेर ७ पटक उल्लेख गरेको पाईन्छ । ब्रह्मदेव देवगुरु बृहस्पति र इन्द्रदेव पछि चौथो व्याकरण प्रवक्ता हुन भनी उल्लेख गरेको पाइन्छ । उनको गुरुकुल विद्या तथा शिक्षाको ठुलो केन्द्र थियो । वाल्मीकि रामायणमा सो गुरुकुलको कुलपति भएको प्रमाण भेटिन्छ । चरक संहिताका अनुसार भरद्वाज ऋषिले देवराज इन्द्रबाट आयुर्वेदको ज्ञान पाएका थिए भनि उल्लेख गरेकोछ । तमसा तटमा क्रौंचबध हुँदा भरद्वाज ऋषि वाल्मिकी आश्रममा रहेको कुरा रामायणमा भेटिन्छ । सो समयमा भरद्वाज आश्रम अयोध्य राज्यभित्रै प्रयागमा पर्दथ्यो । प्रभु श्रीराम वनवास जानेक्रममा दंडकारण्य जान लाग्नु भएको थियो तर भरद्वाज आश्रम गै मुनीको आशिर्वाद लिई ऋषिले चित्रकुटको वाटो सुध्याउनु भयो । वनवास सकेर अयोध्या फिर्ने क्रममा भगवान श्रीराम भरद्वाज आश्रम पुगेर ऋषिको आशिर्वाद लिई दरवारतर्फ लागेका थिए ।
महान वैज्ञानिक भरव्दाज
हामी सवैले सँधै देखेकै हो आकाशमा अनगिन्ती विमानहरु उडिरहेका हुन्छन् । हामीमध्ये कतिले त्यी विमानहरुमा यात्रापनि गरिसकेका छौं । ति सवै विमानहरु वैज्ञानिकहरुले आविश्कार गरि निर्माण गरेका हुन । भरव्दाज ऋषि पनि एक विलक्षण प्रतिभाका वैज्ञानिक थिए । उनले आजभन्दा ६४०० सय वर्ष पहिले नै विमान शास्त्र लेखेका थिए । उनले लेखेका ती ग्रन्थका विषयमा आजभोली अनुसन्धान भैरहेको छ तर वडेवडे वैज्ञानिकहरु ले पार पाउन सकेका छैनन् । राजकुमार सोनी भन्नुहुन्छ भारतका सुविख्यात वैज्ञानिक डा.वामनराव काटेकरले अगत्स्य मुनीव्दारा निर्मित पुष्पक विमान पनि भरव्दाज ऋषिले अरु विकसित गरेका थिए । अन्तरराष्ट्रीय संस्कृत शोध मण्डलले भारतमा भएका प्राचिन पाण्डुलिपीहरु खोजअनुसन्धान गर्ने क्रममा भरव्दाज ऋषिको विमानशास्त्र पनि प्रकाशमा आयो । जस्मा प्राचिन विमान सम्बन्धी महत्वपुर्ण तथा तमत्कारिक तथ्य भयो भनी सोनिजी भन्नुहुन्छ । ई.स. १९५८ मा स्वामि ब्रह्ममुनि परिव्राजकबाट सुसम्पादित वृहत विमान शास्त्र प्रकाशमा आयो । भरव्दाज ऋषिले वेदरुपी समुन्द्रलाई मन्थन गरेर मक्खनको रुपमा यंत्र–सर्वस्त ग्रन्थ लेखि मानिसमात्रलाई ऋण लाएकाथिए भनी सोनीजी भन्नुहुन्छ । ऋषिजीका ग्रन्थमा विमान बनाउन,े चरा भैm उडाउने, बसाउने, मर्मत संभार आदि सबै वर्णीत भएको कुरा सोनीजी भन्नुहुन्छ । सो समयमा ३ प्रकारका विमानहरु हुन्थेः
१.मान्त्रिक विमान(मंत्रचालित दिव्य विमान)
२.तान्त्रिक विमान(औषधि तथा शक्तिमय बस्तुवाट संचालित विमान)
३. कृतक विमान( यन्त्रव्दारा संचालित विमान)
प्राचिन युगमा जम्मा ५६ किसिमका विमानको वर्णन गरिएको छ । त्रेता युगमा मान्त्रिक विमान हुन्थे । पुष्पक विमान एक मान्त्रिक विमानको उदाहरण हो भने व्दापरमा तान्त्रिक विमान । आज कलियुगमा भने कृतक वा यान्त्रिक विमान प्रचलनमा छन् । यि यान्त्रिक विमान २५ किसिमका भएको वर्णन छ । प्राचिन युगमा जम्मा ५६ प्रकारका विमानको वर्णन गरिएको छ । भरव्दाज कृत यंत्र–सर्वस्वं ग्रन्थमा उल्लेखित विमानका सम्बन्धमा त आजसम्म कल्पना पनि गर्न सकिएको छैन् । त्यसवेलाका विमान अति तिब्र र मनका गतिले चल्ने हुन्थे । कुनै विमान त सुन्दा पनि अचम्म लाग्ने कुरा के छ भने ती विमान नत जलाउन सकिन्थ्यो नत काट्न, नत टुक्रा पार्न , नत नष्ट गर्न नै । ती विमानमा चढेका व्यक्ति हल्लीदैनथे । वरपरका सवै शत्रुहरुको सवै गतिविधी थाहा हुन्थ्यो । सो समयका विमाग अघिपछि दाँयावाँया सवै तिर दौडन वा उड्न सक्ने भएको उल्लेख गरिएको छ ।
भरव्दाज ऋषि लिखित अर्को ग्रन्थ अंशुबोधिनींमा अनेक विद्याहरुको वर्णन गरिएको छ र सोमा विमानको पनि वर्णन गरिएको छ । जसअनुसार ८ किसिमका विमान हुन्थे । १. शक्तियुद्गम(बिजुलीबाट चल्ने) २.भूतवाह (अग्नी, जल, र वायुबाट चल्ने) ३.धूमयान(ग्यासबाट चल्ने) ४.शिखोद्गम(तेलबाट चल्ने) ५.अंशुवाह(सूर्यको किरणवाट चल्ने) ६. चारामुख(चुम्बकवाट चल्ने) ७. मणिवाह (चन्द्रकान्त सूर्यकान्त मणिवाट चल्ने) ८. मरुत्सखा(केवल आयुवाट चल्ने)
अगाडि भन्नुहुन्छ, वैज्ञानिक भरव्दाज ऋषि लिखित अर्को ग्रन्थ रत्न–प्रदीपिकांमा विभिन्न किसिमका मणिमाणिक्यहरु र सोको उपयोगिता र मणिहरु मिसाएर नयाँ किसिमको मणि वनाउने सम्बन्धमा उल्लेख छ ।
अगाडि भनिएको छ राइट ब्रदर्स पहिलो विमान निर्माता होइनन् । ई.स.१८९५ मा मुम्वई स्कुल अफ आर्टस का अध्यापक शिवकर बापूजी तलपडेले आफ्नी संस्कृतकी विदुषी पत्नीसंग मिलेर भरव्दाज महर्षिव्दारा वर्णित मरुत्सखा विमान बनाएका थिए र सो विमान परिक्षण गरि उडाएका पनि थिए । सो विमान १५०० फुट उचाईसम्म उडेको थियो । पछि उनकी पत्नीको देहान्त भएकाकारण सो विमान प्रसंग त्यत्तिकै सेलायो । पछि सो विमान र सोका सम्पूर्ण सामाग्रीहरु राइट ब्रदर्सलाई वेचियो भन्नुहुन्छ सोनीजी । हाम्रा सवै ऋषिमुनीहरुको हाम्रालागि योगदान कति छ भन्ने सन्दर्भमा हामीले बयान गर्न नसकिने अनन्त छ त्यसैले सबै ऋषिमुनीहरुको खोजतलास गर्न सके हाम्रो साहित्य सम्बृद्घ हुनेछ । आशा गरौं सबै राम्रो नै हुनेछ । अस्तु........