02/28/2023
धन्यवाद 🙏
भूटान गजल मञ्चद्वारा गत २५ फेब्रुअरी २०२३ शनिबारका दिन आयोजित कार्यक्रम ‘गजल धमाका’मा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनुहुने यहाँहरू सम्पूर्णमा नमन तथा धन्यवाद।
भूटान गजल मञ्चका सम्पूर्ण पदाधिकारीज्यूहरू, सम्पूर्ण सल्लाहकारज्यूहरू लगायत विभिन्न संघ-संस्था, समूह र व्यवसायबाट प्रतिनिधित्व गरेर आफ्नो समय खर्चेर कार्यक्रमकै लागि भनेर आउनुहुने यहाँहरू सम्पूर्णमा हार्दिक नमन तथा धन्यवाद।
अमेरिकाका विभिन्न राज्य र शहरहरूबाट कार्यक्रममा आफ्ना प्रस्तुतिहरू दिन समय खर्चेर पाल्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक नमन तथा धन्यवाद।
गायन तथा वाद्य वादनमा साथ दिनुहुने गायकज्यूहरू, वाद्य वादकज्यूहरू, सयपत्री समूह - पिट्सबर्ग तथा सम्पूर्ण पिट्सबर्गवासीहरूमा हार्दिक नमन तथा धन्यवाद।
प्रत्यक्ष रूपमा साथ, समर्थन र हौसला स्वरूप आफ्नो पसिनाका अमूल्य थोपाहरू दिएर प्रायोजनमा सहयोग गर्नुहुने सम्पूर्ण यहाँहरूमा हार्दिक नमन तथा धन्यवाद।
दर्शक बनेर हामीलाई कार्यक्रम गर्न हौसलाको ज्योति प्रदान गर्नुहुने यहाँहरू सम्पूर्णमा हार्दिक नमन तथा धन्यवाद।
कार्यक्रमलाई यति भव्य बनाउन साउण्डमा तथा टेक्निकल पाटो हेर्नुहुने, कार्यक्रम सञ्चालनमा सहयोग गर्नुहुने प्रीय मित्रहरू, प्रचार-प्रसारका लागि क्यामरामा खट्नुहुने संचारकर्मीज्यूहरू, कार्यक्रमको लागि स्थान प्रदान गर्नुहुने मित्र, लगायत यसमा लेख्न छुटेका यहाँहरू सम्पूर्णमा हार्दिक नमन तथा धन्यवाद।
भूटान गजल मञ्चको यो कार्यक्रम सफल बनाउन प्रत्यक्ष-परोक्ष रूपमा योग्दान पुऱ्याउनुहुने यहाँहरू सम्पूर्णमा हार्दिक नमन तथा धन्यवाद।
यो हाम्रो सहकार्य सदा रहोस्।
जय भूटान गजल मञ्च